लाहुरेकरण र राज्य पुनर्संरचना
२३ साउन २०६९
•
१७ मिनेट पाठ
लाहुरेकरण र राज्य पुनर्संरचना
नेपालमा दुई सय वर्ष लामो इतिहास रहेको गोरखा भर्तीको राजनीतिक प्रभाव कस्तो रह्यो? गोरखा भर्तीका नाममा भएको लाहुरेकरणले सत्ता-शक्तिको संरचनामा के कस्तो असर पार्यो?
यसले गोरखा भर्तीमा गएका विभिन्न जाति र समुदायको राजनीतिक जीवनमा कस्तो भूमिका खेल्यो? ती जाति र समुदायका सदस्य राजनीतिकरूपमा कत्तिको सशक्त भए? उनीहरूले राजनीतिक संरचनामा तलदेखि माथिसम्म कति हदसम्म हस्तक्षेप गर्न सके?
यस्ता प्रश्नमा नेपाली राजनीतिले खासै चासो लिएको छैन। न त यो राजनीतिक नेतृत्वकै चिन्ताको विषय भएको छ। गोरखा भर्तीको नालीबेली लेखेका लेखक झलक सुवेदीका शब्दमा 'ब्रिटिस गोरखाका नेपाली मोहरा' ठानिएका लाहुरेसँग जोडिएका यस्ता प्रश्न राजनीतिक दलका लागि चासो र चिन्ताका विषय बनेका छैनन्। मानवशास्त्री मेरी डेसनको भाषामा 'आङ्लो-नेपाली सम्बन्धको मुद्रा'का रूपमा उपयोग गरिएको लाहुरेकरणको राजनीति र नेपाली राजनीतिमा त्यसको प्रभावबारे चिन्तन गरियो भने वैदेशिक मुद्रा र कूटनीतिक सहयोगको स्रोत सुक्ने डर जो व्याप्त छ।




भूगोलविद् हर्क गुरुङका अनुसार 'लाहुरेहरू अधिकांश मतवाली जातिका हुनाले अभिजात वर्गबाट सञ्चालित नेपाल सरकार उनीहरूको समस्याप्रति संवेदनशील छैन।' 'गोरखा भर्ती बन्द गर' वा 'गोरखा भर्ती बन्द गर्न पाइँदैन' भन्ने थोक नारा लगाउने काम त भएको छ, तर नेपाली राजनीतिमा गोरखा भर्तीको राजनीतिक प्रभावबारे कमै चिन्तन भएको छ। केही नेतामा भर्ती गएका जनजातिले धन कमाएर गैरजनजातिको राजनीतिक एकाधिकारमा दखल दिन थालेकोमा चिन्ता बढेको छ।

इतिहासकार प्रत्यूष वन्तको निष्कर्ष छ, धेरैजसो राष्ट्रवादी इतिहासकारका दृष्टिमा विदेशी सेनामा सेवा गर्ने नेपालीहरूको बहादुरीले विदेशीका आँखामा नेपालको सम्मान वृद्धि गर्छ र तिनले भिœयाउने रुपियाँले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा योगदान पुर्यालउँछ भन्ने देखिन्छ। प्रश्न के हो भने तिनले कुन चाहिँ वर्ग, जाति र समुदायका आर्थिक, सामाजिक र राजनीतिक विकासमा योगदान पुर्या एका छन् त? भर्ती र रेमिट्यान्सले लाहुरे जन्माउने वर्ग, जाति र समुदायको राजनीतिक सशक्तीकरणमा सघाएका छन् र? जुनजुन प्रक्रियाले उनीहरूलाई भर्ती हुन बाध्य पारे, जुनजुन स्थितिले उनीहरूलाई लाहुरे र गोरखाली हुन प्रेरित गरे, तिनको राज्य संरचनामा ती वर्ग, जाति र समुदायको बहिष्करण र विभेद बढ्यो कि समावेशीकरण बढ्यो?

साम्राज्यका स्वार्थ र असमावेशी राज्य
गोरखाली भर्तीको आधार बनाउने ब्रिटिस साम्राज्य र गोरखाली साम्राज्यको नीति र नियत समावेशी राज्य संरचना निर्माण गर्नु थिएन। सिल्भाँ लेभीका अनुसार, ब्रिटिस साम्राज्यलाई मध्य एसियातिर व्यापार बढाउनका लागि नेपाली नाकाहरू खुला भए पुग्थ्यो। रमाकान्तका अनुसार, उसलाई दक्षिण एसियामा स्थापित आफ्नो आर्थिक, राजनीतिक र सैनिक प्रभुत्व सुदृढ गर्न चाहिने सैनिक शक्तिका लागि नेपाली युवाको भर्ती खुला भए पुग्थ्यो। गोरखाली साम्राज्यलाई पनि ब्रिटिस साम्राज्यसँग पहिले संघर्ष, पछि समर्पणको माध्यमबाट आफ्नो आर्थिक अवस्थामा सुधार्नुबाहेक अरू गर्नु नै थिएन, विश्व साम्राज्यको घेराबन्दीका कारण अरू काम गर्नसक्ने अवस्था पनि थिएन। आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीका अनुसार, सापेक्षित गरिबी भोगेका गोरखाका पहाडीया राजा र राजनीतिक नेतृत्वले क्षेत्रीय विस्तार र साम्राज्य निर्माणलाई आफ्नो आर्थिक अवस्था सुधार्ने माध्यमका रूपमा प्रयोग गरे। आफ्नो गरिबी उन्मूलन गर्ने माध्यमका रूपमा साम्राज्य विस्तार गरेका गोरखाली राजनीतिक कुलीनहरूले समावेशी राज्य बनाउने कुरा भएन, त्यसको साटो राज्यसत्तामाथिको प्रभुत्वलाई आफ्नो आर्थिक सुरक्षा र समृद्धिका लागि उपयोग गर्नु अनौठो होइन।

गोरखाका शाहवंशीय राजतन्त्रको कुलीन राजनीतिक नेतृत्वमा ६ थर परिवार थिए, जसमा अर्याल, पाँडे, पन्थ, खनाल, बोहरा र राना परिवार थिए। पछि थापा, बस्न्यात, कुँवर र ठकुरी परिवारको वर्चस्व पनि बढ्यो, जसले क्षेत्रीय विस्तारमा सघाएका थिए। गोरखाली साम्राज्यको राजधानी काठमाडौं सारिए पनि त्यसको मुटु भने गोरखै थियो, त्यसको सेरोफेरोमा रहेका जिल्लाका घरथर र अन्य परिवारका कुलीनलाई नै राजनीतिक र प्रशासनिक नेतृत्वमा स्थापित गरियो। हुन त क्षेत्रीय विस्तारमा लडभिड गर्ने काममा मूलतः मगर, त्यसपछि गुरुङजस्ता गैरहिन्दू जनजातिका योद्धाको योगदान थियो तर पनि उनीहरूका सीमित कुलीनलाई बाहेक अरूलाई राजनीतिक र प्रशासनिक नेतृत्वमा स्थापित गरिएन। तत्कालीन शासक वर्गको जातीय बनोटले नै असमानता झल्काउने तर्कका साथ उभिएका हर्क गुरुङका अनुसार, गोरखा राज्य विस्तारका बेला तागाधारी प्रधान घरथरमध्ये मगरको पनि गन्ती हुन्थ्यो, जङ्गी पदमा मगर र गुरुङको सहभागितासाथै केहीलाई जनै पनि दिइयो। सामरिक संघर्ष सकिएपछि मतवाली कमान्डरको दरकार परेन र सरकारी ओहोदा तागाधारी पर्वतेको पेवा हुन पुग्यो।
मगर र गुरुङ जातिबाहेक अन्य जनजाति र सामान्य जनताका लागि गोरखा राज्यको विस्तार र सुदृढीकरणको अर्थ थियो : राजनीतिकरूपमा गोरखाली साम्राज्यको अधीनस्थ हुनु, आर्थिकरूपमा गोरखाली साम्राज्यका तागाधारी राजनीतिक-प्रशासनिक नेतृत्वबाट आफ्ना भूमि खोसिनु अनि सांस्कृतिकरूपमा हिन्दू उच्च जातका संस्कार र संस्कृति लादिनु। यस्तो उत्पीडनले धकेलिएर आर्थिकरूपमा वैकल्पिक अवसरको खोजीको क्रममा निस्केका मगर, गुरुङ, राई र लिम्बुहरूको लाहुरेकरण भएको थियो। विडम्बना, अन्तरसाम्राज्यवादी युद्धबाट बचेर फर्केका अधबैंसे भूपू गोरखाली मगर र गुरुङहरूको सामाजिक समावेशीकरणसमेत सहज भएन। त्यसमा पनि राजनीतिक र प्रशासनिक समावेशीकरण सम्भव नहुनु अनौठो होइन। हर्क गुरुङका अनुसार, राज्यसंयन्त्रले बहुजातीयतालाई वर्णाश्रमको परिबन्दमा, बहुधार्मिकतालाई हिन्दूत्वमा र बहुभाषिकतालाई खस कुराको एकाधिकारमा विलय गराउन खोज्दा समस्या थप बल्भि्कएको हो। त्यसैले उनीहरूको राजनीतिक र प्रशासनिक समावेशीकरण सांस्कृतिक उत्पीडनका कारण पनि झनै कठिन भएको हो।

लाहुरेकरणका कारण राजनीतिक स्थिरता
हुन त लाहुरेकरणलाई ठूलो मात्रामा नेपाल भित्रिने रेमिट्यान्सका आधारमा उचित ठहर्यािउने र त्यसको आर्थिक, सांस्कृतिक र राजनीतिक प्रभाव बेजोडकै ठान्नेहरूको अभाव छैन। प्रथम विश्वयुद्धमा भर्ती गरिएका दुई लाख गोरखाली सिपाही नेपाल फर्किंदा छ सात वर्षको जागिर, पेन्सन र मरुवा पेन्सन गरी सरदर पाँच सय रूपैयाँका दरले पसेको पच्चीस करोड रेमिट्यान्सलाई राम्ररी उपयोग गर्न नसकेको सरदार भीमबहादुर पाँडेको गुनासो छ। उनको ठम्याइ छ, पहिलो विश्वयुद्धबाट पहाडमा आएको ठूलो धनराशिले नेपालको आर्थिकभन्दा पनि सामाजिक स्थितिमा ठूलो अवाञ्छनीय परिवर्तन ल्यायो। लाहुरेहरूका कारण जुवा र भट्टीका विस्तारसँगै पहाडका जमिनको मूल्य आकाशिएको तथ्य पेस भए पनि लाहुरेकरणको राजनीतिक असर भने खोतलिएन।

पूर्वब्रिटिस सैनिक अधिकृतको लेखनदेखि नेपाली सेनाका प्रकाशनसम्मले एकै स्वरमा करोडौँ विदेशी मुद्रा आर्जनले आर्थिक, सामाजिक र राजनीतिक विकासमा सघाएको बखान गरेका छन्। जेपी क्रसको दाबी छ, जीवन सपार्ने अन्य भौतिक उपाय नभएका नेपालीहरूको लाहुरेकरणकै परिणामस्वरूप राष्ट्रिय आयात बढेको र त्यसले विदेशी मुद्रा उपलब्ध गराउनुका साथै राजनीतिक स्थिरता सिर्जना गरेको छ। जेहोस्, नेपालमा शोषण, उत्पीडन र सीमान्तीकरणका कारण अनि ब्रिटिस साम्राज्यले देखाएको काम, पैसा र नामको लोभलालचका कारण बढेको लाहुरेकरणले देशमा उत्पीडक शासक वर्गको राजलाई सुरक्षित गर्न 'सेफ्टी भल्भ'को काम गरेकोमा शंका छैन। सम्भ्रान्त वर्गका शासकहरूले जमदार श्रीपति गुरुङदेखि लखन थापा मगरसम्मको विद्रोहबाट पाठ सिकेर पश्चिमका गुरुङ र मगर युवाहरूको विस्फोटअघि नै विद्रोह साम्य पार्ने नियतले लाहुरेकरणलाई तीव्र पारेको हुनसक्छ। मेरी डेसनका अनुसार, लामो समयसम्म गोरखाली साम्राज्यको विस्तारविरुद्ध प्रतिरोध गरेका पूर्वका राई र लिम्बूहरूको क्षेत्रमा राज्यप्रति बफादार ब्राह्मण र क्षेत्रीको बसोबासलाई सघन पार्ने र राई-लिम्बूहरूका जग्गाजमिन हडप्न प्रेरित गर्ने अभियानकै परिणास्वरूप उनीहरूको अत्यधिक लाहुरेकरण भएको हो।

यसरी राजनीतिक, आर्थिक र सांस्कृतिक विस्फोटबाट बचाउने त्यस 'सेफ्टी भल्भ'ले तागाधारी सम्भ्रान्त वर्गका लागि मात्रै राजनीतिक स्थिरता ल्याएको हो। उनीहरूबाहेकका लागि त्यही राजनीतिक स्थिरताले गरिबी, उत्पीडन र शोषणलाई पुनरुत्पादन गरिरहेको छ। त्यो राजनीतिक स्थिरता विभिन्न जातिका लाहुरेको रगत र पसिनाको मूल्यमा मात्रै होइन, राजनीतिकरूपमा उनीहरूको बहिष्करण र सामाजिकरूपमा सीमान्तीकरणको मूल्यमा समेत प्राप्त गरिएको हो।
राज्यमा सहभागिताका लागि संघर्ष

विदेशमा लाहुरे निर्यात गर्ने र स्वदेशमा रेमिट्यान्स आयात गर्ने सैन्यखेतीले लाहुरेकृत भएका सबै जनजातिलाई आर्थिकरूपमा सबल र राजनीतिकरूपमा सशक्त गरेको छ भन्नेजस्ता दाबीलाई भने प्रमाणित गर्दैन। पक्कै पनि लाहुरेकरणबाट हुने रेमिट्यान्सलाई लाहुर जान र अन्य कामका लागि उच्च जातका साहुमहाजनबाट लिइएको ऋण तिर्न, उनीहरूकहाँ बन्धकीमा परेको आफ्नो घरजग्गा निखन्न, थप जमिन किनेर वा ऋण दिएर आर्थिक स्रोत बढाउन तथा श्रेणीगत समाजमा मानमर्यादा बढाउन प्रयोग गरिएको मानवशास्त्री लायोनेल क्याप्लनको ठहर छ। पक्कै पनि रेमिट्यान्स बोकेर आउने उच्चपदस्थ लाहुरेले मानसम्मानमात्रै होइन, पहाडी गाउँका स्थानीय नयाँ कुलीनको हैसियत पाए। उनीहरूले त्यही हैसियतसहित पुराना उच्चजातीय हैकमलाई चुनौती दिने तथा आफ्नै जातका मुखिया र सुब्बाहरूको प्रभुत्वलाई हाँक दिने काम गरे। उनीहरूले स्थानीय सत्ताशक्ति र राजनीतिक संरचनामा केही हदसम्म दखल दिन थाले पनि राष्ट्रिय राजनीतिमा भने कमै हस्तक्षेप गर्न सके।

क्याप्लनका अनुसार, बृहत् समाजमा पूर्वगोरखाले केही सम्मान पाए पनि, उनीहरूको केही प्रभाव भए पनि उन्नाइसौं शताब्दीमा स्थापित प्रभुत्वशाली संरचनामा बलियो हस्तक्षेप गर्न सकेको दसीप्रमाण भेटिँदैन। सरकारमा उच्च जातिका कुलीनहरूले पहिलेदेखि भोग गर्दै आएको सुविधामा कुनै कमी आएको देखिएन। न त राष्ट्रिय र स्थानीय प्रशासनमा उनीहरूको प्रभुत्वमा पनि कुनै कमी आएको पाइन्छ। उदाहरणका लागि, पोखराको आर्थिक जीवनमा महŒवपूर्ण शक्ति भइसक्दा पनि पूर्वगोरखाहरू ब्राह्मण र नेवारहरूको एकाधिकार भएको सहरको राज्यसंयन्त्रमा छिर्नै सकेनन्। चुनावको सिलसिला सुरु भएपछि भने गुरुङ समुदायका नगर प्रमुख र सांसददेखि सभासद्सम्म चुनिने स्थिति आएको छ। यस्तो जागरणसँगै राज्य पुनर्संरचना र त्यसमा पहिचानसहितको संघीयता निर्माण लाहुरेहरू र लाहुरे जन्माउने जनजातीय समाजको लगाव र सक्रियता त्यसै सघन र व्यापक भएको होइन। राजनीतिक सत्ताशक्तिमा सहभागिता, स्वामित्व र अपनत्वका लागि सुरु भएको यस्तो लगाव र सक्रियताले लाहुरेकरणलाई पनि राज्य पुनर्संरचनाको 'डिस्कोर्स'मा एउटा मुद्दाको रूपमा उठाउने बुद्धिमानी देखाउनु जरुरी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस