राष्ट्रियताको आधार
२४ साउन २०६९
•
१३ मिनेट पाठ
राष्ट्रियताको आधार
मल्लकालसम्म नेपाल एकीकृत थियो तर त्यसबेलासम्ममा कुनै ठाउँ विशेषमा केन्द्रित एउटा धार्मिक समूह अर्को ठाउँमा पनि पुग्यो। शक राज्यका थारुहरू झापा र मोरङसम्म पुगे।
किराँतहरू पूर्व र पश्चिम फैलिए भने खसहरू पनि पूर्वपश्चिम फैलिए। भौगौलिक कारणले पहाडका ब्राह्मण क्षेत्रीको अलग भाषा र संस्कृति विकास भए। पहाडमा 'वर्ण व्यवस्था' का चार रूप कायम रहेनन् (पहाडमा वैश्य भेटिन्न) तर तराईमा 'वर्ण व्यवस्था' का चार भेद सामाजिक व्यवस्थाकै रूपमा विकसित भए। पहाड र तराईका किराँतमा पनि भाषिक र सांस्कृतिक भिन्नता आए। नेपाली संस्कृतिभित्रै अनेकौँ भाषा र संस्कृति विकसित भए।

मल्लकालपछि पुरानो सामाजिक व्यवस्थाको विशृंखलतासँगै केन्द्रीय राज्य प्रणाली कमजोर भयो। सबै रजौटा र सामन्तलाई नियन्त्रण गर्ने केन्द्रीय राज्य प्रणाली कमजोर हुँदै गएपछि नेपाली राज्य 'रजौटाहरूको समूहमा' परिणत भयो। सामाजिक भावना, संस्कृति, धार्मिक दर्शन, सामाजिक मर्यादाका नियमहरू, आचार र सदाचार भने उस्तै थिए। तर पनि उनीहरूबिचमा भौगोलिक सीमा कोरिए। नेपाल केही शताब्दी यसरी नै अराजकता र कमजोर राष्ट्रका रूपमा रह्यो। तर सत्रौं शताब्दीमा बेलायतीहरू 'व्यापार र क्रिश्चियन धर्म' लिएर आई भारतलाई उपनिवेशमा परिणत गरे। भारतमाथि पूरै आधिपत्य जमाएपछि तिनले नेपालमा आँखा लगाउन थाले। 'तिब्बत हुँदै चीनसँग व्यापार' उनीहरूको देखाउने चासोको विषय थियो भने चीन उनीहरूका लक्ष्यका लागि अवरोध हुन पनि सक्थ्यो। तिब्बत 'एकातिर चीन र अर्कातिर नेपाल तथा भारत' का बीचमा थियो र एउटा व्यापारिक संगम पनि। त्यसताका बेलायतको त्यस खतरनाक उपस्थितिका बारेमा रणनीतिक विश्लेषण गर्न सक्ने राजनीतिज्ञ नेपालमा थिएनन्। काठमाडौं उपत्यकाका राजाहरूलाई यो खतरा थाहा थियो तर उपत्यकाभित्रै तीनवटा राज्य बनाएर बसेका उनीहरू आपसमै 'वैरी' भएर एक अर्काविरूद्ध क्रियाशील थिए। जुम्लाका राजाले दुर्गमताका कारणले यो खतरा सायद महसुसै गरेनन्। गोर्खामा पृथ्वीनारायण शाह फरक राजाका रूपमा उदाए। उनलाई थाहा थियो नेपाललाई एकीकरण गरी समृद्ध राज्यका रूपमा पुनर्गठन गर्न सकिएन भने बेलायती उपनिवेशवादले यस भूमिमा अतिक्रमण गर्नेछ र नेपालको अस्तित्व रहनेछैन।

थुप्रै मानिसहरू त्यसताकाको बेलायती उपनिवेशवादी अतिक्रमणको त्यो खतरासँग जोडेर नेपालको एकीकरणलाई हेर्नेभन्दा त्यस 'एकीकरणलाई इतिहासको कलंकका' रूपमा प्रस्तुत गर्दै ठूलाठूला भाषण गर्न उद्यत देखिन्छन्। प्रसिद्ध उपन्यास 'वार एण्ड पिस' मा लियो टोल्सटोयले लेखेका छन् 'हाम्रो धर्म, हाम्रो संस्कृति र हाम्रो राष्ट्रियता' को अतिक्रमण भएको छ भन्ने हल्ला गर्दै क्रान्तिको नाममा जनतालाई सजिलै भड्काउन सकिन्छ।' अहिले यस्तै भएको छ नेपालमा। त्यसैले इतिहासको गर्भमा रहेका केही प्रश्नको उत्तर खोज्नुपर्ने समय आएको छ। के पृथ्वीनारायण शाहले त्यसताका नेपालको एकीकरण नगरेको भए विभाजित नेपालका 'भुरे टाकुरे' रजौटाले बेलायती उपनिवेशवादका विरूद्ध आफ्नो स्वतन्त्रता कायम राख्दै सार्वभौम राज्यको रूपमा आफूलाई कायम राख्न सक्ने थिए? के ती ससाना राज्यलाई बेलायत आफूसरहको समान स्वतन्त्र राज्यका रूपमा मान्यता दिन तयार थियो? ती रजौटालाई बेलायतले आफ्नो अधीनमा राखेको भए, भारत स्वतन्त्रता हुँदा ती रजौटा पनि छुट्टै राज्यको रूपमा स्वतन्त्र हुने थिए? अनि के वर्तमान नेपाल स्वतन्त्र राष्ट्रका रूपमा रहन सक्यो?
भारत छोड्दा बेलायतले कुनै पनि रजौटाको स्वतन्त्रता फर्काएन। यद्यपि, बेलायतले उनीहरूलाई स्वतन्त्रता दिने आश्वासन थियो। बेलायतका प्रतिनिधि भायसराय लर्ड माउन्टबेटनले सबै रजौटालाई भारत पाकिस्तान विभाजन ताका दिल्लीमा बोलाएर भारत पाकिस्तान विभाजनको सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारे र भारतमा राजतन्त्रका अवशेष समाप्त भए। नेपाली रजौटाको अवस्था पनि त्यही हुने थियो र पश्चिम नेपाल उत्तरप्रदेश हुने थियो होला, पूर्व नेपाल बंगाल हुने थियो होला। लिम्बुवान सिक्किम र सायद काठमाडौं विहार पो हुन्थ्यो कि? तर एकीकृत नेपालका सेनाले बेलायतसँग लडे। थुप्रै भूमि गुमाए पनि वर्तमान नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा जोगाए। त्यही ऐतिहासिक एकीकरणका कारणले हामी 'नेपाल राष्ट्रका नाममा' जीवित छौँ।

राजा पृथ्वीनारायणको त्यो एकीकरण 'साम्राज्यवादी' आक्रमण थियो भनेर भाषण गर्नुको तात्पर्य 'हामी भारतीय' भूमि हुन पाएनौ भन्ने गुनासो त पक्कै होइन होला। कहिले काहीँ इतिहासलाई अपमान गर्दा आफ्नै सार्वभौमिकता माथि अपमान गरेको हुनजान्छ भन्ने हेक्का विद्वान्हरूमा हुनुपर्छ। समान अधिकार पाइएन भने लिनुपर्छ तर समानताका नाममा इतिहासको 'दुर्दशा'प्रति गौरवान्वित हुनु आधुनिकता हुन सत्तै्कन।

सन् १८१४ मा फ्रान्स वाटरलुको युद्धमा बेलायतसँग हार्योद। नेपोलियनको महत्वकांक्षाको पतन पनि भयो। बेलायत साम्राज्य बन्यो। उसले भारतमा उपनिवेशवादी निरंकुशतालाई कडाइका साथ सुदृढ पार्योस। भारतमा 'सरकार केन्द्रीकरण' गर्योस र भारतबाट कहिल्यै नफर्किने योजनासहित त्यहाँ विकासका काम गर्न थाल्यो। नेपालमाथि चौतर्फी आक्रमण सुरु गर्योर। नेपालले ठूलो क्षति भोग्यो। सन् १८१६ मा सुगौली सन्धि भयो। यो आक्रमणको प्रतिरोध बाइसी, चौबीसी, गोर्खा, पाटन, भक्तपुर, नुवाकोट, विजयपुर, मकवानपुर जस्ता आदिम शासन व्यवस्थाका सामन्तले कसरी गर्थे होलान्? त्यस लडाइँलाई बेलायतले किन प्राथमिकता दियो? पहिलो त, हालको डलरजस्तै दक्षिण एसिया र तिब्बतबीचको व्यापारिक मुद्रा नेपाली स्वर्ण मुद्रा थियो। नेपालको आर्थिक अवस्था राम्रो थियो। तिब्बत चीन र दक्षिण एसियाको व्यापार नाका थियो। यस व्यापारिक अवसरले नेपाल शक्तिशाली राष्ट्रका रूपमा रहँदा बेलायतलाई खतरा हुनसक्थ्यो। अर्कातिर नेपालमा उपनिवेश विरोधी राष्ट्रियता प्रखर थियो। नेपालसँग सक्षम सेनाको सम्भावना पनि थियो। नेपालको एकीकरण नहुँदो हो त बेलायतले काठमाडौंलाई आफ्नो अधीनमा राखेर तिब्बतको व्यापार नियन्त्रण गर्न धेरै समय लाग्ने थिएन। दोस्रो, नेपालले भारतका रजौटालाई समेटेर बेलायत विरोधी मोर्चा बनाउनसक्ने सम्भावना पनि उत्तिकै थियो। अर्थात् नेपाल एउटा सक्षम राष्ट्र थियो भने एकीकृत भारतको उदय नै भएको थिएन।
युद्धमा पराजित नेपालको सबै भूमि लिनुभन्दा त्यहाँका मानिसलाई बटुलेर उपनिवेशी सेनाको निर्माण गर्ने चातुर्य बेलायतले गर्यो। यसबाट नेपालले युवालाई एकत्रित गरेर फेरि लडाइँको तयारी गर्नसक्ने खतरा पपनि रोक्न सकिन्थ्यो। अर्कातिर हिन्दी भाषा नबोल्ने पहाडी मूलका मानिसलाई प्रयोग गरेर भारतमा औपनिवेशिक साम्राज्य कायम गर्न सहज हुन्थ्यो। यसैले बेलायतले गोर्खा ब्रिगेडका नाममा ठूलो सैन्यशक्ति निर्माण गर्योय। राणाहरूलाई पैसा दिएर खुसी पार्यो। दोस्रो विश्वयुद्धमा मात्र चार लाख नेपाली युवा प्रयोग गरिए। त्यसबेला नेपालको जनसंख्या असी लाखमात्र थियो। त्यसमध्ये जनजाती युवाको जनसंख्या करिव आठ लाख थियो। दुई लाख जति पहिलो विश्वयुद्धमा समाप्त भएका थिए। करिब ३५ प्रतिशत युवा लडाइमा मरे। कैयौं हराए। कतिपय फर्किएनन्। सन् १९५० को दशकमा विश्वयुद्धमा गई सत्तरी र असीका दशकमा देशको सेवामा आउनुपर्ने जनजाति युवा युद्धमा परे। बेलायतले १५० पाउन्ड र नौहात सेतो कपडा दिएर घर फर्काइयो। नेपालीको चौबीस पाउन्ड पेन्सन थियो भने गोरा सिपाहीको ४०० पाउन्डभन्दा बढी थियो। जनजाति युवाले पढ्न पाएनन्। युद्धमा मारिए तर क्षतिपूर्ति पाएनन्। पेन्सनमा भेदभाव गरियो। उनीहरू राष्ट्रिय सेवा र राजनीतिमा पछाडि परे। आर्थिक अवस्था कमजोर भयो? उनीहरू बेलायती मन्त्रीले भनेजस्तै दोस्रो दर्जाका नागरिक हुन पुगे। तर त्यो कसले गर्दा? यसको उत्तर खोजिनुपर्छ होला।

समृद्ध नेपालको हाम्रो चाहनामा सबैको सहयोगात्मक र सकारात्मक सहभागिता हुनुपर्छ। राजनीतिमा र सरकारी सेवामा सबैको निर्बाध पहुँच हुनुपर्छ। त्यो कसरी गर्न सकिन्छ? अब नेपालका सांस्कृतिक, भाषिक तथा धार्मिक समूहबीचमा छलफल हुनुपर्छ। छिमेकीको माया त छिनभरको मात्र हो तर जति नै झगडा भएपनि जीवन त आफ्नै दम्पती मिलेर चलाउनु न पर्छ।
अर्को समाचार
राष्ट्रियताको दिगो आधार
०८ कार्तिक २०७३
•
१४ मिनेट पाठ
राष्ट्रियताको दिगो आधार
समाजशास्त्री भन्ने गर्छन्- जुन देश र समाजमा स्वधर्म संस्कृतिको आधार खलबलिन्छ, त्यो देश र समाज त्यसरी नै पतन हुन्छ जसरी जरामा धमिरा लागेको रुख हावाको सानो झोक्काले पनि ढल्छ। दुःखका साथ भन्नुपर्छ यतिबेला हाम्रो राष्ट्रियताको आधारको रूपमा रहेको स्वधर्म संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेको छ। हाम्रो धर्म संस्कृतिका जरा खल्बल्याउने काम अदृष्यरूपमा लोभलालचमा फसाएर परधर्मीहरुबाट हुँदै आएको भए तापनि देखिने गरी हामी नेपाली जो क्षणिक सत्ता धनादिको लोभमा फसेर त्यस्तो कुकर्म गरिरहेका त छैनौं? सबैले आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ। करिव २ सय ६० वर्षपहिले काठमाडौं उपत्यका विजयपछि धर्म परिवर्तनमा संलग्न इसाई पादरीका साथ केही नेपालीलाई पृथ्वीनारायण शाहले …यी फिरङ्गी देशका धमिरा हुन्' भन्दै तिनलाई डाँडा कटाएका थिए।

राष्ट्र निर्माताप्रति श्रद्धा र राष्ट्रियताप्रति समर्पणभाव नभएको कोरा राष्ट्रवाद गोहीको आँसु जस्तो छलकारा हो, वास्तविक होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ। मुलुक सम्पन्न बन्नका लागि स्वधर्म संस्कृति सभ्यता र संस्कार सबै क्षेत्रमा त्यसको झलक देखिनुपर्छ। त्यसैले भनिन्छ, जहाँ संस्कृति त्यहाँ समृद्धि। हाम्रा असंख्य  मठमन्दिर, गढी, पीठ, कोट, गुम्बा, बिहार, चैत्य, गुरुद्वारा आदि संरक्षण, सुधार र आकर्षण बढाउने हो भने त्यसबाट धार्मिक पर्यटकको संख्या बढ्दै जाँदा राष्ट्र समृद्ध बन्न सक्ने प्रशस्त सम्भावना भेटिन्छन्।

आफ्नो मूल पहिचानका रूपमा रहेको  राष्ट्रियता, धर्म र भाषाको मौलिकता र महत्व घटाउने र मेटाउने दुस्प्रयास संसारका कुनै पनि देशका देशभक्त र स्वाभिमानी नागरिकले गर्दैनन्।

आज तिनै फिरङ्गीसँग बाहिरी विरोधभित्र खुसामद गर्दै सत्ता स्वार्थमा लिप्त कथित क्रान्तिकारीसहित वाम दक्षिण सबै राजनीतिक शक्ति र शक्तिहरु मिलेर जनप्रतिनिधिद्वारा अनुमोदित भन्दै ३ आश्विन २०७२ मा जारी नेपालको संविधानको प्रस्तावनामा तिनै राष्ट्रनिर्माता पुर्खाको पौरख तिरस्कार गर्दै राज्यको स्वरूप धर्म निरपेक्ष हुने उद्घोष गरे। आफू  बाँचुन्जेल मोजमस्तीसाथ राज गरौं, सत्ता छाडेको वा मरेको भोलिपल्ट यो मुलुक जोसुकैको हात परोस्, मतलव छैन जस्तो गरी क्षणिक सत्तास्वार्थमा डुबेको नेतृत्वले हिजो मुलुक निर्माणको इतिहास र भोलिको सार्वभौमिकता र सुरक्षा दुवैको बेवास्ता गर्दै आँखा चिम्लिएर रजाइ गर्दैछ। जगन्नियन्ता परमेश्वर भन्दा खलातिले जस्तो सास फेर्ने आफ्नो भौतिक शरीर ठूलो ठान्दै पदको शपथ लिँदा ईश्वरको नाम उच्चारण नगर्ने र राष्ट्रिय महत्वको पर्व विजयादशमी (दशैं) को टीका बहिष्कार गर्ने स्वनामधन्य क्रान्तिकारी र तिनका आसेपासेले आफ्नो सनातन धर्म संस्कृतिको तिरस्कार गर्दै परधर्मको वकालत गर्नु अस्वाभाविक होइन। तर आफूलाई सनातन धर्म संस्कृतिका पक्षधर ठान्ने कतिपय सन्त महन्त पण्डित पुरोहित लामा धर्मगुरुसहित समाजमा विद्वान् बुद्धिजिवी कहलिएका प्राज्ञिक क्षेत्रका केही व्यक्तिसमेत स्वधर्म संस्कृति, भाषा, पोशाक, पात्रो पर्व, जन्म मृत्यु संस्कार जस्ता धर्म संस्कृति र संस्कारसँग जोडिएका महत्वपूर्ण पक्षमाथि प्रहार गर्दै स्वधर्म संस्कृतिको निशानी मेट्ने र आफ्नै पहिचान सिध्याउने खेलमा संलग्न देखिनु खेदको विषय हो।

संसारको यात्रा गर्ने क्रममा जोकोही जहाँकहीँ जाँदा पनि सर्वप्रथम यात्रुको राष्ट्रियता, धर्म, भाषा र पेशा सोध्ने गरिन्छ। त्यहाँ जातजाति वा पार्टी पक्षको उल्लेख हुँदैन। सिंगो जातिको परिचय खुल्ने मुख्य चार विषय उल्लेख गरिन्छ। राष्ट्रियता, राष्ट्रिय धर्म, भाषा र पेशा प्रमुख मानिन्छन्। आफ्नो मूल पहिचानका रूपमा रहेको  राष्ट्रियता, धर्म र भाषाको मौलिकता र महत्व घटाउने र मेटाउने दुस्प्रयास संसारका कुनै पनि देशका देशभक्त र स्वाभिमानी नागरिकले गर्दैनन्।

हामी सहजै अनुमान गर्न सक्छौं पक्कै पनि हाम्रो देशका ख्याति कमाएका जुनसुकै दलका ठूलाठालुहरु, माओवादी केन्द्रका अध्यक्ष प्रधान मन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नयाँ शक्तिका डा.बाबुराम भट्टराई, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसहितका नेता विदेश भ्रमणमा जाँदा तत्तत् देशका विमानस्थलमा उत्रने बेला यात्रुले भर्ने पर्चा (फर्मेट) मा राष्ट्रियता नेपाली, धर्म हिन्दु (बुद्ध?) भाषा नेपाली (अंग्रेजी) पेशा स्वयंसेवा, समाजसेवा वा राजनीति लेख्दा हुन्। पक्कै तिनले अहिलेसम्म राष्ट्रियतामा गैरनेपाली र धर्मको महलमा इसाई वा इस्लाम, भाषामा हिन्दी, उर्दु र पेशामा मजदुरी लेखेका छैनन् होला। तर तिनै नेताले आफ्नो देशको संविधानमा हिन्दु राष्ट्र लेख्न रोके। राष्ट्रभाषा नेपालीलाई उपेक्षा गर्दै व्याकरण लिपि केही नभएका कतिपय अल्पसंख्यक जातजातिका भाषासरह निम्न कोटीको दर्जामा राखे। अहिले आएर हिन्दी र अँग्रेजीलाई समेत राष्ट्रभाषाको दर्जा दिँदै मुख्य भाषा नेपालीलाई कमजोर पार्ने दाउपेच गर्दैछन् भन्ने सुनिन्छ। त्यस्तो गरिएमा नेपालको राष्ट्रियता र राष्ट्रभाषा दुवैको अस्तित्वमा चुनौती थपिने निश्चित छ।

संसारका कुनै पनि देशमा राष्ट्र जोड्ने रसायनका रूपमा केही महत्वपूर्ण तत्व रहेका हुन्छन्। जस्तो धर्म, संस्कृति, भाषा, पोशाक, परम्परा, चाडपर्वका साथै राष्ट्र निर्माणमा आफ्ना  पूर्खाको योगदानप्रति गौरव आदि। यता केही वर्षदेखि परिवर्तन, क्रान्ति वा क्रमभंगका नाममा हाम्रा यी राष्ट्र जोड्ने रसायन एकपछि अर्को गर्दै कमजोर पार्ने, मेट्ने र हटाउने काम हुँदै आएका छन्। उदाहरणका रूपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती (२७ पुस) राष्ट्रिय एकता दिवसलाई बिदाको सूचीबाट हटाउनु, राष्ट्रिय पोशाक दौरा सुरुवालको औचित्य समाप्त पारिनु, आफ्नो देशका मुद्रा (नोट)मा नेमुनि, राजा जनक, गौतम बुद्ध, पृथ्वीनारायण शाह आदि राष्ट्रिय विभूतिको प्रतिकृति (फोटो) नराखिनु आदि घटनाक्रमले राष्ट्र जोड्ने रसायनहरु एकपछि अर्को गर्दै हटाउने, मेटाउने दुष्प्रयास निरन्तर चलिरहेको पाइन्छ। अतीतमा राष्ट्रिय एकताका प्रतीकका रूपमा नेपालको राजसंस्थालाई पनि मानिन्थ्यो। समयक्रममा त्यसका जिम्मेवार पदाधिकारीहरु राष्ट्र जोड्ने रसायनको भूमिकामा रहनुको सट्टा तिनले राष्ट्रभित्र स्थापित आफ्नो शुभचिन्तक मुख्य लोकतान्त्रिक दलका विरुद्ध अन्य प्रतिक्रियावादी दल जन्माएर तिनलाई पालनपोषण र प्रोत्साहन दिँदै राष्ट्र जोड्ने रसायन कमजोर पार्दै राष्ट्रिय एकता खल्बल्याउने र द्वन्द्व बढाउने काम गरिरहे।

उदाहरणका रूपमा २०४८ को जननिर्वाचित सरकारविरुद्ध दरवारले एमाले उचाल्दा कर्मचारीभित्र राजनीति प्रवेश गराएर त्यसले उभद्रो मच्चायो। ५७ दिन संसद् अवरुद्ध पार्‍यो। त्यतिमात्र होइन, काँग्रेस र संसदीय लोकतन्त्रविरुद्ध माओवादी उचालेको यथार्थ वर्तमान प्रधान मन्त्री पुष्पकमल दाहालकै मुखबाट दरवार हत्याकाण्ड भएको भोलिपल्टै माओवादीले दश वर्षे हिंसात्मक सशस्त्र द्वन्द्व थाल्नुअघि राजा वीरेन्द्रसँग अघोषित साँठगाँठ भएको कुरा खुलासा भएको थियो।

देशभित्रका राजनीतिक पार्टीहरु संधैँ सत्तास्वार्थमा बहकिन्छन्। तिनका तुलनामा   राष्ट्रियता र राष्ट्रिय एकताका मामिलामा राजसंस्था वा राजाहरु नै बढी संवेदनशील हुन्छन् भन्ने लोकतन्त्रवादीको बुझाइ थियो। तर त्यसविपरित राजसंस्था वा तत्कालीन राजाहरुले दिल्ली सम्झौतादेखि कालापानी र सिंगो सगरमाथाको सन्दर्भमा देशको राष्ट्रियताको रक्षा भन्दा तत्कालीन आफ्नो गद्धीको सुरक्षालाई प्राथमिकता दिए। राजा त्रिभुवन र महेन्द्रपछिका राजा वीरेन्द्र र ज्ञानेन्द्रको शासनकालमा राष्ट्रियतामा आघात पर्ने विवादास्पद गोप्य समझदारी सम्झौता भएको पाइँदैन।

पूर्वाग्रह नराखी भन्दा पूर्वराजा ज्ञानेन्द्रले दक्षिणको चाहनाअनुसार भुटानी राजाको दर्जामा बस्न मन्जुर गर्दै परराष्ट्र, सुरक्षा र जलस्रोत जस्ता महत्वपूर्ण विषय उतै सुम्पन मन्जुर भएका भए तिनको राजगद्धी जाँदैनथ्यो अथवा गए पनि अहिलेसम्म पुनःस्थापित भसक्थ्यो भन्ने धेरैको बुझाइ छ। २००७ सालमा राणा प्रधान मन्त्री मोहनशमशेरले भुटान मोडेलको तयारी दस्तावेजमा सही गर्न इन्कार गरेर राष्ट्रियतामा अडान लिए। सत्ता छाड्न तयार भए। कम्युनिस्टहरु दिल्ली सम्झौता धोका हो भन्दै हिँड्छन्। कतै तिनले दिल्लीको चाहनाअनुसार सो सम्झौता नभएको हुँदा त्यो सम्झौताको विरोध गरेका त हैनन्? समयअनुसार हिजोका शासकहरु एकाधिकारवादी, निरंकुश वा स्वेच्छाचारी सोचका हुँदा हुन्। त्यो तिनको दुर्गुण हो तर तिनीहरुले कम्तीमा आजका नेताहरुले जस्तो सत्ताका लागि आफ्नो राष्ट्रियता, धर्म संस्कृति र संस्कार सभ्यता सबै चीज विदेशीलाई सुम्पन्न तयार त थिएनन् नि!

अन्त्यमा, राष्ट्रियताको दिगो आधार स्वधर्म संस्कृतिको संरक्षण र सुधार भन्दै गर्दा कदापि राजासहितको हिन्दु अधिराज्यको वकालत गरिँदैन। लोकतान्त्रिक गणतन्त्रात्मक सनातन हिन्दु राष्ट्रका पक्षमा सबैको आत्मबोधको अपेक्षा गरिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस