लैङ्गिक उत्तरदायी बजेट भनेको महिला वा पुरुषका लागि छुट्याइएको अलग अलग बजेट होइन। यसले राज्यको बजेटबाट महिला वा पुरुषको विकासमा पुर्याछएको योगदान परीक्षण गरेर लैङ्गिक समानता कायम गराउँछ।
साथै राज्यको हरेक क्षेत्रका नीति तथा कार्यक्रमको बजेटमा लैङ्गिक संवेदनशीलता जगाउँछ। तसर्थ यो लैङ्गिक उत्तरदायी बजेट लैङ्गिक दृष्टिले हेर्दा आवश्यक आर्थिक संयन्त्र पनि हो। किनभने समाजमा महिला र पुरुषको आवश्यकता र प्राथमिकता फरक फरक हुन्छन्। महिला र पुरुषका आवश्यकता र प्राथमिकतालाई लक्षित गरेर यो बजेटले उनीहरुप्रति सामाजिक न्याय प्रदान गर्छ।
महिला र पुरुषबीच समविकासको अवधारणा बोकेको यस्तो बजेटको आवश्यकता किन छ भन्ने प्रश्न आजको सन्दर्भमा निकै महŒवपूर्ण हुन्छ। महिला र पुरुष समान हुनुपर्छ भन्ने नारा घन्किरहेका बेला लैङ्गिक बजेटबिना यस्तो नाराको सार्थकता हुँदैन। एकथरीलाई लाग्न सक्छ- बजेट जस्तो ल्याए पनि महिला र पुरुष उत्तिकै तवरमा लाभान्वित हुँदैनन् र? यस्तो प्रश्नको जवाफ खोज्नु पनि निकै समसामयिक र सान्दर्भिक हुन्छ। राज्यले महिला पुरुषलाई बराबर अधिकार दिने सदासय राख्छ भने उसले लैङ्गिक उत्तरदायी बजेटको अवधारणा लागु गर्नैपर्ने हुन्छ। समाजमा सदियौंदेखि रहँदै आएको भेदभाव कम पार्दै लैजाने भएकाले पनि नेपाल सरकारले यस्तो बजेटलाई बढी जोड दिनुपरेको हो।
सन् १९८४ मा अष्ट्रेलियाबाट प्रारम्भ भएको लैङ्गिक उत्तरदायी बजेटको अवधारणालाई नेपालमा संस्थागत गर्नका लागि २०६२ भदौदेखि अर्थ मन्त्रालयमा 'लैङ्गिक उत्तरदायी बजेट समिति' गठन गरिएको हो। त्यस्तै आर्थिक वर्ष २०६४/०६५ देखि मुलुकको बजेटमा पहिलो पटक लैङ्गिक उत्तरदायी बजेट विनियोजन गरिएको थियो। यस बजेटमा महिलाको विकासका लागि भनेर पहिलो पटक प्रत्यक्ष लाभअन्तर्गत ११ प्रतिशत बजेट छुट्याइएको थियो। पछिल्ला आर्थिक वर्षमा विस्तारै यो प्रतिशत १४ र १७ हुँदै १९ प्रतिशतमा पुर्याएइएको छ। वर्तमान कामचलाउ सरकारले पनि यस आर्थिक वर्षमा तृतीयांश बजेट विनियोजन गरेकामा गएको आर्थिक वर्ष २०६८/०६९ को बजेटमा लैङ्गिक उत्तरदायी बजेटलाई छुट्याइएको १९ प्रतिशतलाई नै निरन्तरता दिएको छ। र, अब विस्तारै भविष्यमा यो बजेटलाई ३३ प्रतिशतसम्म पुर्या उन प्रयास गरिने कुरा पनि सार्वजनिक गरिएको छ।
महिलाका केही त्यस्ता प्राकृतिक अवस्था हुन्छन्, जसलाई पुरुषले भोग्नुपर्दैन तर त्यसबाट हुने प्रभावबाट पुरुष पनि उम्कन सक्दैन। गर्भवती तथा सुत्केरी अवस्थामा महिलालाई चाहिने स्वास्थ्य सुविधा प्राप्त नभएमा हुने क्षतिले उसको पूरै परिवारलाई प्रत्यक्ष प्रभाव पार्ने कुरा नकार्न सकिँदैन। हालसम्म नेपालमा सरकारले लैङ्गिक उत्तरदायी बजेटअर्न्तगत के/कस्ता कार्यक्रम ल्यायो र त्यसको प्रभाव कस्तो रह्यो भन्ने उदाहरणले पनि लैङ्गिक उत्तरदायी बजेटको महत्व झल्काउँछ। केन्द्रीय तथ्याङ्क विभाग, २०६३ को तथ्याङ्क अनुसार नेपालमा मातृमृत्युदर प्रतिएक लाख जीवित शिशुमा २ सय ८१ छ। यसअघिको तथ्याङ्कअनुसार मातृमृत्युदर प्रतिएक लाखमा पाँच सय थियो। महिलाको प्रजनन् स्वास्थ्यका लागि विगतका सरकारले सबै गाविसमा स्वास्थ्य स्वयंसेविका खटाएको, सबै स्वास्थ्य चौकीमा प्रसूति कक्ष स्थापना, अस्पतालमै सुत्केरी गराउन प्रोत्साहन गर्नका लागि त्यस्ता महिलालाई नगद रकमको सहयोग, गाउँमा हेल्थपोस्ट स्थापना, गर्भवती र सुत्केरीलाई ध्यान दिनुपर्ने कुराको जनचेतना जगाउनेखालका विभिन्न कार्यक्रममा बजेट प्रवाह गरेका कारण मातृमृत्युदर विस्तारै घट्दैछ।
त्यस्तै महिलाको शैक्षिक अवस्थामा वृद्धि गर्ने उद्देश्यले सरकारले अहिले सरकारी वा सामुदायिक विद्यालयमा पढने कक्षा आठसम्मका छात्रालाई निशुल्क र हिमाली क्षेत्रका छात्रालाई नगद नै सहयोग गर्र्दै आएको छ। यति हुँदाहुँदै पनि कक्षा आठभन्दा माथि छात्राको विद्यालय जाने संख्या ह्वात्तै घटेको पाइन्छ। यस्तो हुनुको कारण विद्यालयमा शौचालय आदि जस्ता महिलामैत्री भौतिक संरचना र वातावरणको अभाव नै हो। यस उमेरका छात्रालाई महिनावारी हुँदा छुट्टै शौचालय आवश्यक पर्छ। यसका लागि विगतमा सरकारले झण्डै २ हजार विद्यालयमा छुट्टै शौचालय निर्माण गरेको छ तर पनि यो प्रयास अझै अपर्याप्त छ। त्यस्तै सरकारले छोरीलाई विद्यालय पठाउने अभिभावकलाई खाने तेल र खाद्यान्न अभाव भएको जिल्लामा दिवा खाजा सञ्चालनको व्यवस्था गरेको छ। त्यसैगरी वादी जातिलाई घर निर्माण योजना, अन्तरजातीय विवाह भत्ता, विधवा भत्ता तथा विपन्न परिवारको पाँच वर्षभन्दा कम उमेरका बच्चालाई ५ सय रुपियाँ मासिक भत्ता प्रदान गर्दै आएकोलाई प्रगतिशील कदम भन्न सकिन्छ।
कुनै पनि कारणले गर्दा होस, एकल हुन पुगेका महिलाको आर्थिक अवस्था दयनीय हुन पुग्छ। अझ त्यस्ता महिला जो पतिको घरबाट पनि उपेक्षित हुन्छन् र माइतीले पनि आर्थिक दायित्वबाट मुक्त भइसकेको भनेर सहयोगसमेत गर्दैनन्, यस्ता महिलालाई सशक्तीकरण गर्न सरकारले लैङ्गिक उत्तरदायी बजेट लागु गर्नुपर्छ। सरकारले उद्योग र व्यवसाय गर्न चाहने महिलाका लागि ऋण प्रदान गर्दा ब्याजमा दस प्रतिशत छुट दिँदै आएको छ। महिलालाई सशक्त बनाउनका लागि महिलाको नाममा जग्गा किन्दा रजिष्ट्रेशन शुल्कमा पनि छुट गर्ने व्यवस्था छ। यसका लागि नगरमा २५ प्रतिशत, ग्रामीण भेगमा ३० प्रतिशत र हिमाली क्षेत्रमा ४० प्रतिशत दर्ता शुल्कमा छुट दिने व्यवस्था छ। यसले भूिममा महिलाको पहुँच बढाउन निकै सहयोग पुर्यापएको छ। त्यस्तै हिंसामा परेका महिलालाई थप हिंसा नहोस भनेर तत्कालै उद्दार गर्न सरकारले १५ जिल्लामा अल्पकालीन आश्रयस्थल व्यवस्था गरेको छ। यी सबै लैङ्गिक उत्तरदायी बजेटका उदाहरण हुन।
लैङ्गिक उत्तरदायी बजेटको अवधारणाको विषयलाई अब अर्थ मन्त्रालयमा मात्र सीमित राख्न मिल्दैन। राज्यका सबै मन्त्रालय, सचिवालय, संस्थान तथा हरेक निकायमा लैङ्गिक बजेटप्रति संवेदनशील हुनु जरुरी छ। किनभने हरेक कार्यालय अथवा निकायका लागि छुट्टै बजेट हुन्छ। तसर्थ महिला कर्मचारीका अतिरिक्त आवश्यकतालाई हृदयंगम गर्नु उत्तिकै महŒवपूर्ण छ। लैङ्गिक बजेटको अवधारणालाई भावनात्मकरूपले अङ्गिकार गर्नुका साथै कार्यक्षेत्रमा भौतिक संरचनालाई महिलामैत्री बनाउनु आवश्यक छ। लैङ्गिक उत्तरदायी बजेट भनेको सरकारी बजेटमात्र होइन, यो गैरसरकारी संस्था, साझेदार संस्था, निर्वाचित निकाय, दातृनिकाय तथा केन्द्रीय र स्थानीय सरकारद्वारा विनियोजन गरिने बजेट पनि हो। तसर्थ अब लैङ्गिक उत्तरदायी बजेटको महत्व र संवेदनशीलतालाई सरकार तथा समाजका सबै अंगले अनुमोदन गर्ने समय आइसकेको छ। यसबाट विकासको बाटोमा महिला र पुरुषरूपी रथका दुवै पांग्रा समानरूपले अगाडि बढ्न सक्छ।