संविधान सभा विघटन भएयताको २ महिना जनताका दिनचर्या शान्तिपूर्ण, आतंकविहीन तथा भयरहित रह्यो। जेठ १५ गतेपछि 'देश नै जल्छ' भन्ने शंकामा त्रसित जनताले संविधान नबनेकाले राहत भेटे। जनताले 'राहत' भेटे पनि ६०१ ले भने 'आहत' भेटे। त्यसैले उनीहरू संसद पुनर्स्थापनाको माग गरिरहेका छन् भने जनतामा पुनर्स्थापना होला भन्ने भय छ।
नेपाली कांग्रेसका छैहत्तरेहरु र एमालेका बहुसंख्यक जनजाति नेता तथा प्रचण्ड स्वयंको आवाज संसद पुनर्स्थापनामा एक हुन पुगेको छ। सदनको पुनःस्थापनामा एक स्वर बन्न पुग्नुले हाललाई टरेको भयानक कुरु क्षेत्र अचानक सुरु हुन सक्ने शंका देखिएको छ।
नेताको सोच सत्ता भएको छ भने जनताको सोच हत्या हिंसाबाट मुक्त शान्ति। तर दुवै सोच एकअर्कामा परस्पर उल्टो भएकाले कुनबेला फेरि जेठ १४ अघिको भयावह स्थितिमा देश फर्किने हो भन्ने चिन्ता जनमानसमा छ। तर यसबाट बेखबर प्रतिपक्षी नेतारू हरेक दिन राष्ट्रपतिको 'सहमतिको सरकार बनाऊ' को स्वरमा स्वर मिलाउँदै छन्। सरकार पनि सहमतिको विकल्प छैन भन्दै यही सरकारमा सामेलीको आग्रह गर्दैछ। र, एकपछि अर्को अध्यादेश ल्याइरहेको छ।
जेठ १४ का दिन नेवाः र जनजातिको बन्दमा कोटेश्वर चोकलाई किरांती राजधानी घोषित गरेको रातो तुल देखिन्थ्यो। त्यसको केही दिनअघि खस ब्राह्मण समाजको बन्दका दिन सडकमा उस्तै रमिता देखिन्थ्यो। संविधान बन्दैन भन्ने कसलाई थाहा थिएन? संविधान नबनेपछि स्वतः सभा मर्छ भन्ने कसलाई थाहा थिएन? तैपनि एकअर्कालाई संविधान सभा खारेज तथा संविधान नबन्नुको दोष दिँदै सत्ता खोसाखोस गर्न राष्ट्रपतिलाई उक्साउने होडबाजीले नेताहरुमा चेत नआएको संकेत मिल्छ। साथै यसले खतरनाक द्वन्द्व नजिकै आएको झलक पनि दिन्छ। यसलाई आम जनताले तमाशाका रूपमा मात्रै लिए पनि यसलाई अर्को चरणको द्वन्द्वका रूपमा लिन सकिन्छ।
कल्पना गरौंं, १४ गते संविधान बनेको भए अर्को विशेषण जोडेर या सग्लै जातीय परिचय नामाकरण हुने निश्चित थियो। ७/८ जातिको हर्षबढाइँ भए पनि अन्य सयको हाराहारीमा रहेका जातिबाट हुन सक्ने सम्भावित विरोधले कस्तो रूप लिन्थ्यो होला? देशभर फैलेका आर्यखस ब्राह्मण, दशनामी, दलितलगायत् अन्य जातका नेपाली ढोका थुनेर रोएर बस्थे होला त? केही हप्ताअघि एक शेर्पाले बाहुन क्षत्रीलाई गरेको गाली मिडियामै हेरेपछि बाहुन क्षत्रीले पनि ती शेर्पा नेताका कुन पुस्ता हिमाल काटेर नेपाल छिरेको 'थाहा चाहियो' भनी कुर्लेको आवाज सुनिएकै हो। यस्तो स्थितिमा मुलुक निकारागुवा, अफगानिस्तान या अफ्रिका बन्न कतिबेर लाग्ला? त्यसमाथि विदेशी दातृसंस्थाहरू त्यस्तै कामका लागि उक्साउन उद्यत छन्।
जुन विदेशी शक्तिले आज जनताका मनोमस्तिष्कमा जुन विषवृक्ष रोपेको छ, के यथास्थितिमा उही असहमतिको राज्य संरचनाको पान्डुरा बाकस खोलेपछि चूपचाप बस्छ त? संघीय राज्यको कुन संरचना ठीक कुन बेठीक? समस्या त्यो होइन। उक्त अवधारणाका पक्ष र विपक्षमा आम जनताको मन विभाजित बनाइएकाले कुनै पनि पक्षको सोचको संरचना अर्को पक्षलाई सहज स्वीकार्य नहुने सम्भावना बढाएको छ। त्यस्तो स्थितिमा द्वन्द्व मच्चाउन भन्दा अहिलेकै स्थितिलाई निरन्तरता दिनुको विकल्प छैन।
हामी राष्ट्रियताबाट जातीयता र क्षेत्रीय विखण्डनमा पुगिसकेका छौं। जातीयताबाट राष्ट्रियतामा उक्लेका देश र समाजमात्रै टिक्ने तर ठीक उल्टो अर्थात् राष्ट्रियताबाट जातीयतामा खुम्चिएका समाज विलिन हुने प्राकृतिक नियम नै हो। विनासबाट जोगिने हो भने कुनै पनि संवेदनशील परिवर्तन जनमतबाटै गरिनुको विकल्प छैन। संघीयताकै विषयमा पनि जातीय संघीयता कि अर्थमुखी संघीयता? उत्तर दक्षिण मिसिएको सगोल स्रोतमुखी 'भर्टिकल' संघीयता कि 'होराइजेन्टल' संघीयता? यस्ता कुरा जनमतले मात्रै निर्णय गरेमा गृहयुद्ध रोकिन्छ। नत्र, भिरको विकल्प छैन। तर कुनै पनि दल र नेताहरु जनमतमा जान चाहँदैनन्, विशेष गरी जातीय संघीयताका समर्थक। तर जनताभन्दा ठूलो र जनमतभन्दा सत्य अरु केही हुँदैन।