कोही किन चाहँदैन चुनाव!
२५ साउन २०६९
•
९ मिनेट पाठ
कोही किन चाहँदैन चुनाव!
नेपालमा संसदीय निर्वाचन जम्माजम्मी पाँचपल्ट भएको छ। राणाशासनपछिका छ दशकमा बाह्र वर्षमा एकपल्टका दरले। यस हिसाबले हामी संसारकै कम मतदान गर्ने नागरिकमध्येमा पर्छौँ। भनिन्छ, निर्वाचनको प्रक्रियाबाटै लोकतन्त्र संस्थागत हुदै जान्छ। हामी भने सधैँ अनिश्चय, द्वन्द्व र मतभेदको व्यवस्थापन जनमतबाट गर्न नसक्ने 'फगत आन्दोलनकारी'को चरित्र वहन गरिरहेका छौँ।

संविधान सभाको अवधि स्वतः सकिएपछि अर्को निर्वाचन सहमतिमा घोषणा हुनुपर्थ्यो। सरकारले त विपक्षीलाई छक्याएर सत्ता लम्याउने नियतले रातारात निर्वाचनको घोषणा गर्‍यो।
एनेकपा (माओवादी) टुक्रिएको छ, मधेसी दलहरू हातका औँलामा गन्न नसकिने संख्यामा फैलिएका छन्। संविधान मस्यौदा गर्न र संघीयताको विश्वसनीय खाका कोर्न असमर्थ भएकाले गठबन्धन नेतृत्व राजनीतिक रूपमा पराजित छ। नैतिक सामर्थ्य गुमाएको, सैद्धान्तिक आधार हराएको र सांगठनिक अन्तरकलहले जेलिएको हुँदा उसलाई निर्वाचन भरसक पन्छाउँदै लैजानुपर्नेछ। आन्तरिक कारणले माओवादी महाधिवेशनतिर लहसिएको छ। निर्वाचन उसको वंशानुगत गुण पनि होइन। उसले लोकतान्त्रिक निर्वाचन गराउने विश्वास जगाउन पनि सत्तै्कन।
उसका सहयात्री मधेसी दलहरू हरेकजसो अझै टुक्रिन सक्ने खतरालाई प्रमुख चुनौती मान्न विवशः छन्। मधेसीको पहिचान स्थापित गर्ने मुख्य मनसुवा राखिरहेका यी दलमध्ये सबैजसो क्षेत्रीय शक्ति हुन लालायित छन्। गुट, फुट र टुटले ग्रस्त यी दल निर्वाचनका लागि तयार छैनन्। एउटै मधेसी दल कायम गर्ने आदर्श कल्पनामा बाँचिरहेका छन् जुन नेतापिच्छे जस्तो झन्डा राख्ने प्रवृत्तिका कारण सम्भव छैन।
निर्वाचनमा जोड दिनुपर्ने नेपाली कांग्रेसले हो। विपक्षीको स्वाभाविक माग त्यही हुनुपर्ने हो। ऊ भने राजनीतिक सहमति खोजिरहेको छ। निर्वाचनमा जाने भनेको आफ्नो कार्यसूची जनतामा लैजाने हो, जनताको विश्वास लिएर फर्किने हो। जनताले मत दिने भनेकै दलहरूका छुट्टाछुट्टै चुनाव चिन्ह र चिन्हअनुसारको चरित्रलाई हो। यहाँ कांग्रेसले सहमति भनेर सत्ता खोजेको हो। सत्ता त चुनाव जितेर लिने हो। चुनावमा दोस्रो हुने तर नेतृत्व खोज्ने लिप्साले उसलाई भित्री आत्माबाटै कमजोर तुल्याएको छ।
विश्वसनीय चुनाव कांग्रेसको पहिलो मुद्दा हुनुपर्ने हो। नियमित निर्वाचनको मूल्यमान्यता पालना गरेको भए शान्ति प्रक्रिया भंग हुनसक्ने अवस्था थियो भनेर हालै एक अन्तर्क्रियामा तत्कालीन प्रमुख आयुक्त भोजराज पोखरेलले भने। संविधान सभा निर्वाचन छुट्टै परिस्थितिमा भएको हो। अबको निर्वाचन संविधान सभाकै लागि हुने भए पनि नियमित निर्वाचनको झैँ आचारसंहिताले कडिकडाउ गर्ने सुनिश्चितता खोज्न सकिन्छ। कांग्रेसले त निर्वाचन आयोग पदाधिकारीविहीन हुदै गएकोमा चिन्ता जनाउने हो, माओवादीले यसो गर्‍यो उसो गर्‍यो भनेर बिलौना गर्ने होइन। माओवादी वा सरकारका कमजोरी अरू दलका लागि त उपयोगी चुनावी मुद्दा हुन्।
एमाले त हुँदाहँुदा युवा संघलाई दिनहुँ चक्काजाम गर्न लगाएर जनताको गतिविधि नियन्त्रित गर्ने अलोकतान्त्रिक रवैयामा लिप्त भएको छ। आफूभन्दा क्रान्तिकारी दलहरू देशमा निस्किसकेको र परम्परागत जनजाति आधार पनि गुम्ने चिन्ताले उसलाई के गरौँ? कसो गरौँ भन्दै छटपटिने मनःस्थितिमा पुर्‍याएको छ। हुनत, उसले माओवादी पनि अन्ततः बहुदलीय जनवादमै आइपुगेको प्रचार गर्नसक्थ्यो, उदारीकरण र वैदेशिक लगानी स्वीकार्न बाध्य भएकोमा आफ्नो राजनीतिक विजय मान्न सक्थ्यो। तेस्रो दल भएपछि पनि दुईटाले नपुगेर तेस्रो प्रधानमन्त्री आफ्नै दलबाट बनाउने अभिप्रायले ऊ कृत्रिम शक्ति प्रदर्शनको अभ्यासतिर डोरिएको छ।
निर्वाचनका लागि कोही तयार छैन। यथार्थ यही हो। जनजाति अगुवाहरू दलहरूलाई सुधार्नेभन्दा नयाँ दल खोल्ने महŒवाकांक्षा प्रकट गरिरहेका छन्। जनजातिको मत कसले हासिल गर्ने भन्नेमा एमालेलाई छाडेर माओवादीका दुई दल आफैँ भिड्ने छन्। माओवादीको नयाँ दल भरसक निर्वाचनमा गइहाल्ने मनःस्थितिमा छैन। त्यसकारण ऊ फरक अस्तित्वका लागि गोलमेचको नारा दिइरहेको छ। बरु राप्रपा (नेपाल) निर्वाचनका पक्षमा देखिएको छ जसलाई बाह्र बुँदे समझदारीपछिको राजनीतिक व्यवस्थाप्रति असन्तुष्ट जनमत आकर्षित गर्न सकिन्छ भन्ने लागेको हुनुपर्छ।
कामचलाउ भइसकेका प्रधानमन्त्रीको राजीनामा माग्ने होइन। राजीनामा माग्नु भनेको बाबुराम भट्टराई अझै कार्यकारी प्रधानमन्त्री रहेको प्रत्याभूति दिनु हो। राष्ट्रपतिले उनलाई पदमुक्त घोषणा गरिसकेका छन्। संविधान जारी गर्ने र निर्वाचन गराउने दुवै घोषित नीतिमा असफल भएकाले उनको असफलता अरू दलका लागि चुनावी सामल हुन्।
अन्तरिम संविधानले सहमतिको व्यवस्था गरेको राजतन्त्र हटाउन हो। संविधानका अन्तरवस्तुमा सहमति होइन। संविधान सभाको पहिलो बैठकसम्म मात्र सहमति थियो। त्यस बैठकले गणतन्त्र घोषणा गर्‍यो र नेपाल संघीय लोकतान्त्रिक राज्यव्यवस्था हुने प्रस्ताव अनुमोदित गर्‍यो। सहमति त्यहीँसम्म हो र संविधान सभाले पारित गरेका ती दुवै प्रस्ताव राज्यका वैध र औपचपारिक सम्पति हुन्। त्यसपछि प्रतिस्पर्धा सुरु भएको हो।
अब फेरि सहमति भनेको आम निर्वाचनका लागि मात्र हुनसक्छ। निर्वाचनको तिथि, निर्वाचन आयोगका पदाधिकारीको नियुक्ति र संविधान सभाको आकार व्यावहारिकरूपले सानो पार्ने तथा संसद्का रूपमा पाँच वर्ष रहने व्यवस्था गर्ने विषयमा हुनसक्छ।
दलहरूले आम निर्वाचनअघि स्थानीय निर्वाचनको आवश्यकता अझै ठम्याउन सकेका छैनन्। स्थानीय निर्वाचनले मात्र दलहरूलाई जनताको नजिक पुर्‍याउँछ र आधारभूत तहदेखि जवाफदेही राज्यव्यवस्था निर्माण गर्छ। दलहरूले किन स्थानीय निर्वाचन समेत नचाहनुको कारण भने उनीहरू जनतासँग टाढा भएकाले चुनाव जित्न सकिँदैन भन्ने भयले ग्रस्त हुनु नै हो। आफूमात्र जित्ने चुनाव खोज्दा भर्खरको लोकतन्त्र अझै शिथिल हुने निश्चित छ।
अब पनि निर्वाचनका लागि अर्को बाह्र वर्षै त कुर्नुपर्ने होइन भन्ने शंका जन्मिसकेको छ।
अर्को समाचार
वैद्य पक्ष चुनाव चाहँदैन : कोइरला
०८ भदौ २०७०
•
१ मिनेट पाठ
वैद्य पक्ष चुनाव चाहँदैन : कोइरला
चितवन - मंसिर ४ गते संविधानसभाको चुनाव नहोस भन्ने नियत राखेर नेकपा– माओवादीले नेपाली गोलमेच सम्मेलन र संविधानमा राखिने अन्तरवस्तु कुरा उठाएको नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको भनाइ छ। आज भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।'उहाँहरुको माग प्रति लचिलो भएर गोलमेच सम्मेलन गरौं भनेको हो। तर त्यसमा को को बस्ने केके विषयमा छलफल गरेर कसरी निर्णय लिने? यी यावत कुरामा गृहकार्य गर्न नै समय लाग्छ। अनि गोलमेच सम्मेलन कहिले बस्ने?' सभापति कोइरलाको भनाइ थियो। मंसिर चारको चुनाव सार्ने नियतले मात्रै माओवादी आएको उनले बताए। 

संविधानमा लेखिने अन्तरवस्तुबारे अहिल्यै सहमति हुनुपर्छ भन्ने वैद्य नेतृत्वको माओवादीको अडानलाई समेत सभापति कोइरालाले अन्यवश्यक भनेर टिप्पणी गरे। 'चुनाव सकिएको छ महिना भित्र मस्यौदा तयार गर्ने भनेको छ। त्यसैले मस्यौदा तयार गर्दा नै त्यसमा राखिने अन्तर्वस्तुबारे छलफल हुन्छ अहिले होइन,' उनले भने। 

चुनाव पर सारे दुर्घटना निम्तने कोइरालाको भनाइ थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस