हालसालै दुई खालका मृत्यु संस्कार मैले नजिकबाट नियालेँ। एउटा इसाई, अर्को नेवारी सनातन संस्कार।
क्यान्सरग्रस्त ५० वर्षे तेजकुमारीको निधन उनकै इच्छाअनुसार चर्चमा भयो। इसाई विधिअनुसार कफिनमा शव राखिएपछि सभा आयोजना गरियो जहाँ मृतकको 'मुक्ति'का लागि सबैले प्रार्थना गरे। त्यसपछि उनका फरक धर्मी आफन्तलाई सम्मानसाथ सभाहलमा अगाडि राखियो। आठ जनाले मृतकको सम्झनामा भाषण गरे। सबैभन्दा प्रभावकारी र मार्मिक भाषण मृतककी किशोरी छोरीले गरिन् जुन सुनेर सभामा आँसु नबगाउने कमै थिए।
चर्चले रिजर्भ गरेका दुइटा गाडीमा मृतकका आफन्त र चर्चका सदस्य मलामी गए। तिलगंगाको पाखामा तयार पारिएको खाडलमा कफिन राखियो। धर्मगुरु र चर्चका सदस्यले मृतकको 'मुक्ति'का लागि प्रार्थना गरे र सबैले एक, एक मुठी माटो दिए। बेलुकी संगीतसहित प्रार्थना गरियो जहाँ स्थानीय बासिन्दा उपस्थित थिए। धर्म गुरु केशव लुइँटेलले स्थानीय बासिन्दालाई सम्बोधन गर्दै भने, 'मृतकका नाममा अब कुनै कर्मकाण्ड गर्नुपर्दैन। सकिन्छ भने आफन्तलाई सहयोग गरौँ, नसके उहाँहरूलाई मानसिक पीडा हुने कुनै दबाब नदिऊँ। यही सबैभन्दा ठूलो मानवीय धर्म हो।' तेजकुमारीका नाममा त्यसपछि कुनै कर्मकाण्ड गर्नुपरेको छैन।
डेढ महिनाअघि तेजकुमारीकै आफन्त ३० वषर्ीया रोशनीले आत्महत्या गरिन्। हालसालै कतारबाट फर्केका उनका पतिले त्यसपछि भोग्नुपरेको सास्ती भनिसाध्य छैन। एकथरीबाट आवाज उठ्यो, 'अब नचाहिँदो चलन बन्द गर्नुपर्छ।' गाउँका 'भद्रभलाद्मी' अजासु (अति जान्नेसुन्ने)ले भने, 'चलिआएको चलन नगरी हुन्छ ?' फेरि आवाज उठ्यो, 'मरेका मान्छेका नाममा जिउँदालाई 'मार्ने' काम बन्द गर्नुपर्छ।' अजासुले भने, 'यस्तै भएर संसार नाश हुनलागिसक्यो, चेत छैन ? जहाँ धर्मकर्म नाश हुन्छ, त्यहाँ अनिष्ट हुन्छ।'
प्रश्न उठाइयो, 'कर्मकाण्ड गरेर के हुन्छ ?' एक 'विद्वान्' पण्डितले भने, 'विष्णु पुराणमा भनिएको छ, कर्म गर फलको आशा नगर। आफ्नो काम गर्नुपर्छ, फल दिने, नदिने भगवान्को इच्छामा भर पर्छ।' पण्डितलाई सम्झाइयो, यो त गीतामा कृष्णले अर्जुनलाई दिएको उपदेश हो गुरु Û सानातिनाका कुरा सुने ती पण्डित के पण्डित Û उनले त्यो विष्णु भगवान्कै महावाणी भएको जिद्दी गरे।
आखिर सबै महान् कर्मकाण्ड सम्पन्न भयो। मझेरीमा 'चोखोनीति' गरेर पिठो छरियो जसलाई डोकाले छोपेर राखियो। सातौँ दिन पिठोमाथि चराको पाइला भेटियो जसलाई मृतक चरा बनेर स्वर्ग गएको विश्वास गरियो। चारौँ र छैठौँ दिन आफन्त 'बिचार' आउने, सातौँ दिन 'भात दिने', दसौँ दिन फोहोर खोलामा पिनाले नुहाउने, पुरुषले कपाल मुण्डन गर्ने र कोरा बार्ने, बाह्रौँ र पैँतालिसौँ दिन मर्नेका नाममा जिउँदालाई ठूलो भोज दिइयो। अब वर्ष दिनसम्म प्रत्येक महिना र त्यसपछि प्रत्येक वर्ष मृतकका परिवारले यस्तै भोज गर्नुपर्नेछ।
हामीकहाँ शिक्षित कम छन्। जोजति शिक्षित छन्, ती पनि सांस्कृतिक दृष्टिले बेहोस छन्। होसमा भएकाहरू कायर छन्। समाजसँग विद्रोही आँखा लडाउने आँट तिनीहरूमा छैन। पीडित व्यक्ति कानसम्म ऋणको पोखरीमा डुबेर पनि कर्मकाण्डमा सामेल हुन्छ तर विद्रोहको आँट गर्दैन। विद्रोह गर्दा समाजबाट एक्लो परिन्छ। मर्दा लास उठाउने र पर्दा जन्ती गइदिने कोही हुँदैन। त्यसो त हिन्दू समाजमा कुनै पुरुषले आफूभन्दा तथाकथित तल्लो जातकी केटी बिहे गरे उसलाई गुठी, देवाली निकाला गर्ने, मर्दा लास उठाउन नदिनेजस्ता कैयन् घटना भएका छन्। भारतीय संस्कृतिविद् गीतेश शर्माले हिन्दू धर्मको सबैभन्दा ठूलो खोट यसैलाई मानेका छन्। उनका अनुसार आफ्नै सम्प्रदायका मानिसलाई ठूला र साना जातमा विभाजित गरेर यसले ठूलो अपराध गरेको छ।
धर्म-संस्कृतिको काम जीवनलाई उन्नत बनाउनु हो। जीवनलाई उन्नत बनाउने मानवीय गुण नभए धर्म-संस्कृतिको हालत मृत्युपछि ब्युटीपार्लरमा सिँगारिएकी युवतीको जस्तै हुन्छ। इसाई धर्मको पक्ष लिइएको होइन। जन्मनु नै पापी हुनु हो, त्यसबाट मुक्ति पाउन परमेश्वरको शरणमा जाऊ भन्ने यसको सार जीवनवादी छैन। तथापि यसको मृत्युसंस्कार तुलनात्मकरूपले धेरै मानवीय छ। राम्रो जति हाम्रो भन्ने हो भने यसको मानवीय पक्ष अँगाल्दा के बिग्रन्छ ? मानवतालाई पिर्ने कुनै पनि धर्म वा संस्कारको कायाकल्प अनिवार्य छ।