विद्यमान अन्योल र अनिश्चित राजनीतिक अवस्था नेपाली कांग्रेसका निमित्त अवसरका रूपमा खडा भएको छ। क्रमिकरूपमा किनारा लाग्दै ओझेलतर्फ उन्मुख पार्टीका निमित्त अहं प्रश्न भनेको अगाडि आएको अवसरको प्रयोग गर्न कस्तो रणनीति अख्तियार गर्ने अथवा त्यस्तो अवसर गुम्न दिनेछ भन्ने हो।
सबैभन्दा बलियो राजनीतिक शक्तिका रूपमा उदाएको माओवादी पार्टी आफैँमा अन्तर्निहित सैद्धान्तिक तथा व्यावहारिक कारणहरूले गर्दा विभाजित भइसकेको छ। डा. बाबुराम भट्टराई अझै सत्तामा टिकिरहने हो भने पुनः दुई ड्यास थपिएको अर्को पार्टी बन्ने प्रायः निश्चित नै छ। भट्टराई जसरी काठमाडौँ उपत्यकाको संरचना भताभुंग पार्न सफल भए, त्यसरी नै उनी पार्टी अध्यक्षको पार्टीभित्र र बाहिरको पकडका तानावाना टुक्राटुक्रा पार्न अग्रसर भएको देखिन्छ। हरकिसिमबाट जनमानसमा लुकेर रहेको प्रचण्डका कमी/कमजोरी प्रकाशमा ल्याउने रणनीतिमा लागिपरेको पाइन्छ। आफू कमजोर देखिनुमा भट्टराईको भूमिका देखेपछि एक पटक उनलाई प्रहार गर्ने निष्कर्षमा ढिलो वा चाँडो प्रचण्ड पुग्ने नै छन्। अर्कोको हातमा चाबी थमाएर अध्यक्षको समर्थनमा सत्ता टिक्ने रणनीति अख्तियार गरेका उपाध्यक्षबीचको टकरावले फुटको अर्को विकल्पबाहेक के नै निम्त्याउन सक्छ र?
एमाले पार्टीको हविगत झनै कमजोर छ। उसका नेताहरू तातोमा रमाएर कुम्भकर्णको निद्रामा मस्त देखिन्छन्। यो पार्टीसँग न मुलुकलाई विद्यमान चुनौतीबाट पार लगाउने कार्यक्रम छ, न कुनै रणनीति तर्जुमा गर्ने क्षमता नै। त्यही कारण समाजमा भएको बेरोजगार युवाहरूको एक हिस्सालाई सडक तताउने कार्यमा उसले खटाएको छ। पौराणिक सोम शर्माको कथामा जस्तै घैंटोमा लात हानेर अलिकता बचेको सातु पनि पोख्ने कार्यतर्फ उन्मुख देखिन्छ एमाले।
तराई आन्दोलन पश्चात् मुलुकको दक्षिणी भेगबाट सशक्त राजनैतिक पार्टीको उदय हुने लक्षण देखापरेका थिए। तर, राजनैतिक चरित्र नभएका व्यक्तिहरूले नेतृत्वमा पकड जनाउने अवसर पाएको त्यो सम्भाव्यता त साउन महिनाको भेल जस्तै बन्न पुग्यो। अब त तराईलाई आधार मान्ने पार्टीहरूको गल्ती गर्न पनि कठिन हुन थाली सकेको छ। त्यसै कारण पनि तराईमा गुमेको नेपाली कांग्रेसको पकड पुनःजीवित बन्ने बलिायो आधार देखा पर्न थाली सकेका छन्।
'उपेक्षित भयौं' भन्दै समावेशीकरणको नारामा उठेका जनजाति आवाजलाई पनि जनजातिको प्रतिनिधित्व गर्ने नाममा सीमित 'बौद्धिक समुदाय' तथा विभिन्न राजनीतिक पार्टीमा वर्चस्व कायम गर्ने नेताहरूले जनजातिको नारा 'हाइज्याक' गरेका छन्। यो अवस्थामा जनजातिको हकहित र अधिकार केन्द्रित सशक्त पार्टी उदय हुने आशा पनि झिनो हुन थालेको छ।
विद्यमान परिस्थितिमा पनि नेपाली कांग्रेसका तीन नेता पार्टीले पाँच दशक पहिले उन्मूलन गरेको राणाकालीन रोलक्रमको प्रतीक्षामा रहनु दुर्भाग्य नै हो। पाँच बुँदे समझदारीअनुसार माओवादीले दुई दुई पटक शासन गर्न पाए। एमालेले पनि दुईपल्ट शासन गर्न पायो। अब 'हाम्रो पालो' भनेर बालरोदन र हठमा अल्भि्कनु इतिहास बोकेका पार्टीका निमित्त सस्तो जोकसिवाय अरू के नै हुन सक्छ र? झन् त्यसमा पनि प्रचण्डले सुशील कोइरालालाई 'अब तपाईँको नेतृत्व गर्ने पालो' भनेपछि आधा घन्टामा प्रधानमन्त्रीको उम्मेदवार प्रस्तुत गर्न सक्ने कोइराला प्रधानमन्त्रीको पगरीको आशमा टिकेका छन्। गिरिजाबाबुलाई प्रथम राष्ट्रपति बनाइदिने प्रलोभनमा पार्टीले बेहोर्नुपरेको क्षतिप्रतिको सजगताको अभाव उनमा पूरै देखिन्छ।
सुशील कोइरालालाई थाहा हुनुपर्छ, जुन दिन उनले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछन्, त्यही दिन उपाध्यक्ष रामचन्द्र पौडेल उनको प्रतिद्वन्द्वी बन्नेछन्। रामचन्द्र पौडेलले गिरिजाबावुको आश्वासनमा 'शान्ति मन्त्री' मा चित्त बुझाएझैं सुशील कोइरालाको मन्त्रीमण्डलमा बस्ने छैनन्। बरु उनी आफ्नो साथ लाग्ने मित्रहरूलाई लिएर पुराना मित्र शेरबहादुर देउवाको पोल्टामा उर्लिएर लाग्नेछन्। पौडेललाई केही गरी सुशील कोइरालाले पगरी थमाउने प्रयत्न गरे भने त पुनः एकपल्ट अर्को कांग्रेस पार्टी 'प्रजातन्त्र' को पगरी जन्मिनेछ। अहिलेको परिस्थितिमा तिनै नेताहरूले आफू प्रधानमन्त्री बनेर पार्टी टुक्राउने भन्दा व्यक्तिगत स्वार्थ त्यागेर प्रधानमन्त्रीको सपनाबाट ब्युँझिनु उत्तम देखिन्छ।
प्रधानमन्त्रीको रोलवाला हकदार भएर आफू र पार्टीलाई रुमल्याउनु भन्दा कांग्रेस नेतृत्वले घोत्लिनुपर्ने आवश्यकता त पार्टीले सरकारको नेतृत्व किन गर्ने? भन्ने प्रश्न नै हो। यसरी सोच्ने हो र व्यक्तिगत तथा आसेपासेहरूका सम्भाव्य फाइदालाई थाँति राख्ने हो भने उत्तर एउटै हुन्छ- 'निष्पक्ष चुनाव गराउने।' कांग्रेसजनलाई थाहा छ, 'राष्ट्रिय सरकार भनेको एकल पार्टी सरकार होइन अर्थात् नेपाली कांग्रेसले नेतृत्व गर्न पाइहाल्यो भने पनि केवल प्रधानमन्त्री र केही महŒवपूर्ण मन्त्रालयमात्र उसको हात लाग्ने हो। त्यस परिस्थितिमा हुने चुनाव संविधानसभाको चुनावभन्दा पार्टीका निमित्त बढी परिणाममुखी बन्नेछ भन्ने पनि कुनै ग्यारेन्टी छैन।' यस अर्थमा अलिकति पनि दृष्टि भएको भए पार्टीले निष्पक्षीय अराजनीतिक सरकारको माग गर्नुपर्ने थियो। यस कार्यमा नेपाली कांग्रेस चुकिसक्यो। किनकि फड्को मारेर प्रचण्ड अघि आइसके। अर्को विकल्प भनेको नेपाली कांग्रेसले राष्ट्रिय सरकारको भनी कार्यक्रम तर्जुमा गर्ने हो। त्यसका आधारमा कम भन्दा कम सहमति बुँदाहरू तयार गरी दुई वा बहुपक्षीय पार्टीहरूको बैठक गरेर सहमति खोज्ने हो। यस कार्यमा मात्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्नु उपयुक्त हुन्छ।
बीपी कोइरालाले ०३६ सालको जनमत संग्रहको पूर्वसन्ध्यामा परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री घोषणा गर्नुभएको थियो। त्यस कार्यले पार्टीभित्रका तीन प्रत्यक्षीहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई सत्तातर्फ भन्दा पार्टी एकतातर्फ केन्द्रित हुन बाध्य तुल्याएको थियो। त्यसैगरी २० वर्षपछि गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा खडा गर्दा भट्टराईले चुनावमा विजय हासिल गर्नुभएको मात्र होइन, पार्टीले एकल सरकार बनाउने अर्थात् बहुमत प्राप्त गर्ने अवसरसमेत पायो। अहिले पनि कांग्रेस नेतृत्वलाई प्रधानमन्त्रीको उम्मेदवार अग्रिम घोषणा गर्ने सुनौलो अवसर आएको छ। यो अवसरबाट विमुख नहुने हो भने उसका निमित्त तीन विकल्प छन्। ती हुन्- (१) भीमबहादुर तामाङ अथवा केबी गुरुङमध्ये एकलाई जनजातिको प्रतिनिधि र नेताका रूपमा प्रस्तुत गर्ने। (२) मधेसी नेतृका रूपमा चित्रलेखा यादवको नाम अघि सार्ने। यी दुई विकल्प स्वीकार्य नभए युवा नेता गगन थापाको नाम प्रधानमन्त्रीका रूपमा घोषणा गर्ने।
माथि उल्लेख गरिएकाको विरोध गर्न चारित्रिक आधार हुने छैनन्। प्रथम, दुईलाई आफ्नै पार्टीले मात्र होइन, मुलुककले श्रद्धाको दृष्टिले हेर्ने गर्छ। भीमबहादुर अथवा कुलबहादुर दुवै लामो अवधिदेखि नेपाली आकाशमा चम्किएका दुई तारा हुनुहुन्छ। उहाँहरूमाथि कुनै आक्षेप वा आरोप कहिल्यै लागेन। उहाँहरूले विरलै अवसर पाउनुभयो तर ती अवसरको दुरुपयोग गरेको लान्छना कहिल्यै लागेन। उहाँहरूको नाम अघि सार्दा पार्टी टुक्रनुको साटो एक ढिक्का बन्न सक्छ। त्यसैगरि शक्तिमा नभए पनि चित्रलेखा यादवले पनि नेतृत्व गर्ने क्षमता देखाइसकेकी छिन्। दोस्रो जनआन्दोलमा उनले खेलेको भूमिकाको प्रशंसा समुच्च मुलुकले गरेको थियो। मुलुकको बहुसंख्यक जनता अर्थात् महिलाको प्रतिनिधित्व समेत हुने हुनाले उनको प्रस्तुति कांग्रेसका लागि अति लाभदायक बन्न सक्छ। निश्चय पनि गगन थापाको नाम सार्दा 'कम उमेरको' भन्ने आवाज सबैतिरबाट आउन सक्छ। तर तिनको उमेरमा हो कांग्रेसका नेताहरू उदाएका। बीपीले पार्टी हाँकेको मात्रै होइन, क्रान्तिको नायक बनेको, गणेशमान सिंहले जेल फोडेर हिँडेको अनि सुवर्णशमशेर राणा अर्थमन्त्री बनेको उमेर त्यही हो।
विश्वमा गगन थापाको उमेरमा थुप्रै नेताले प्रधानमन्त्री बनेर आफ्नो मुलुकलाई उन्नति पथमा अग्रसर तुल्याएका छन्। हाम्रो मुलुकको जनसंख्याको बनावट नै गगन थापाको पक्षमा छ। नेपाली कांग्रेसलाई राष्ट्रिय आवश्यकताअनुरुपको खाँचो पूरा गर्नुछ भने अवसर यही हो। यो एउटा सुनौलो अवसर उसका सामु आएको छ। यसलाई चुनौतीका रूपमा हेर्ने विवेक हावी भयो भने निश्चय पनि पार्टी पुनः एक ढिक्का बन्न सक्छ। समय आएको छ। बल नेपाली कांग्रेसको कोर्टमा छ। हेर्नु छ, उसले त्यसको उपयोग पुनः एकपल्ट व्यक्तिगत स्वार्थ र आकांक्षाका निमित्त गरेर आफैँलाई असान्दर्भिक बनाउँछ अथवा मुलुकको बृहत् हितका निमित्त प्रयोग गर्छ।