'अल्पमतमा रहेकाहरू अस्तित्वकै लागि पनि बढी संगठित हुनैपर्छ' - कुशल संगठक कसरी बन्ने भन्ने विषयमा प्रशिक्षण दिनेहरूले धेरै दोहोर्याउने वाक्य हो। तर, उनीहरूले सँगै के पनि सिकाउँछन् भने अति संगठित हुने क्रममा आफैँमा मात्र सीमित रहन खोज्नु भने हानिकारक हुन्छ। अहिले नेपाली कांग्रेसभित्रको एउटा समूहले आफूलाई अल्पमत ठानेर बढी संगठित बनाउने नाममा यस्तै क्रियाकलाप गरिरहेको छ। पार्टीको बाह्रौँ माहाधिवेशनमा सभापतिमा पराजित शेरबहादुर देउवा समूहले पार्टीका सबैजसो निर्णय र कदमका विपक्षमा 'बलियो एकता' प्रकट गर्ने रणनीति अख्तियार गरिरहेको देखिन्छ। यस रणनीतिले पार्टी र सो समूहलाई कति क्षति पुग्नेछ र त्यसको परिणाम कस्तो होला भन्ने बिषयमा भने छलफल भएको देखिँदैन।
शेरबहादुर देउवा नेपाली कांग्रेसका नेता हुनुहुन्छ। समकालीन राजनीति उहाँको स्थान र भूमिकालाई कसैले अवमूल्यन गर्न सक्दैन। राष्ट्रिय राजनीतिमा अझै पनि उहाँको भूमिका अपेक्षित छ। यो यथार्थ नबुझ्नु देउवाको कमजोरी हो। उहाँ त फराकिलो हुन पो सक्नुपर्छ। पार्टीका यावत् गतिविधिमा उहाँको पूर्ण संलग्नता र सक्रियता देखिनुपर्छ। नेतृत्वसँग उहाँको प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन। प्रतिस्पर्धाबीचमा पनि सहकार्य गर्नसक्ने क्षमता उहाँले देखाउन सक्नुपर्छ। कांग्रेसमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचमा विवाद हुँदा त्यो विवाद छताछुल्ल हुँदैनथ्यो। पत्रकारहरूलाई एकपटक किसुनजी ले भन्नुभएको थियो - 'गिरिजाबाबु सभापति हो, उहाँले भन्नुभयो भने म पार्टी कार्यालयमा झाडु लगाउने भूमिका पनि निभाउन तयार छु।' पार्टीभित्रको प्रतिष्पर्धालाई अस्वस्थ्य हुन नदिन किसुनजीको प्रतिक्रियाको अर्थ गहिराइमा पुगेर खेज्नु उचित हुन्थ्यो। पार्टी महाधिवेशनले सुशील कोइरालालाई एक कार्यकाल पार्टी संचालन गर्ने जिम्मेवारी दिएको हो। महाधिवेशनको मत पार्टीको अंशबन्डाको कागजपत्र हैन। तर, देउवालाई भने भागबन्डाको राजनीतिमा सीमित गराएर स्वार्थ सिद्ध गर्न एउटा समूह लागेको छ। पार्टीभित्र क्षमता र योगदानका आधारमा आफ्नो भविष्य नदेख्नेहरूले अगाडि सारेको 'भागबण्डा'को मन्त्रमा देउवाजस्ता नेता अलमलिनु सुहाउने विषय होइन। अल्पमत संगठित हुनपर्छ भन्ने नाममा भागबन्डाको राजनीति गर्दा त्यसको नकारात्मक असर देउवालाई मात्र पर्ने हो। भागबन्डाका नाममा पद खोज्नेहरूको केही बिग्रँदैन। भजनमण्डलीको गाथामा देउवा रमाउन हुँदैन। यस्तो भजनमा देउवा रमाउँदा उहाँका लागिमात्र होइन, राष्ट्रिय राजनीतिमा समेत घाटा हुनु हो।
पटकपटक प्रधानमन्त्री भइसकेेका देउवाले यतिबेला राष्ट्रिय राजनीतिको निकासका बारेमा आफ्नो दृष्टिकोणको व्याख्या गर्दै हिड्नुपर्ने हो। त्यही व्याख्यालाई पार्टीको आधिकारिक धारणा बनाउन प्रयत्न गर्नुपर्ने हो। नेतापिच्छे फरक धारणा बाहिर नजाओस् भनेर पार्टी सभापति र अन्य शीर्ष नेतासँग सघन छलफल गर्नुपर्ने हो। सर्वदलीय बैठकहरूको आयोजना गरेर समकालीन राजनीतिमा अग्ला नेताको हैसियत बनाउनुपर्ने हो। पूर्वप्रधानमन्त्री भएका नाताले उहाँको अनुभव र उहाँका सूचना संयन्त्रहरूको अधिकतम प्रयोग गरी शक्तिसन्तुलन मिलाएर अगाडि बढ्नसक्ने उहाँ जत्तिको अर्को नेता छैन। उहाँका यी महत्वपूर्ण दायित्व राष्ट्रले अपेक्षा गरिरहेका अवस्थामा उहाँ आत्मश्लाघामा रमेर स्कुले विद्यार्थीका निधारमा कोइराला र देउवाको छाप लगाउने खेलमा बस्नु सबैका लागि दुर्भाग्यपूर्ण हो। आफ्नो स्वार्थका लागि देउवाको उचाइको नेतालाई 'भागबन्डा'का पुरेतमा सीमित गर्नेहरूसँग उहाँ जोगिनुपर्छ।
जवाहरलाल नेहरूले भनेका थिए - पार्टी कार्यकर्तालाई काम दिइएन भने तिनको दिमागले खुराफात गर्न थाल्छ। त्यसैले तिनलाई केही काम दिन नसके खाल्डो खन्न अनि त्यसंलाई पुर्न लगाउनु पर्छ। शेरबहादुर देउवाले कार्यकर्तालाई काम लगाउन जान्नु भएन। उहाँले कार्यकर्तालाई निकै माया गर्नुभयो। देउवाको विशेषताका रूपमा कार्यकर्तालाई माया गर्ने स्वभाव पनि मानिन्छ। तर, अहिले त्यही स्वभावबाट पुल्पुलिएकाले उहाँलाई माकुराको माउ बनाउन खोज्दैछन्।
पछिल्लो पटक विभागहरूको गठनमा विरोध चर्काइएको छ। पार्टीलाई जनतासम्म पुर्याउने कार्यको विरोध हुनु उचित होइन। देउवाले त भागबन्डा हैन क्षमताका आधारमा गठन हुनुपर्छ पो भन्न सक्नुपर्थ्याे। दुई महिनामा हुनुपर्ने काम दुई वर्षसम्म नहुँदा पार्टी संगठनलाई पुगेको क्षति स्मरण गरेर जनतासँग सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा काम गर्न सबै विभागीय प्रमुखलाई देउवाले बधाई र शुभकामना दिनुपर्थ्याे। भविष्यमा पार्टीको नेतृत्व देउवाले गर्नुपर्ने संभावना सबैभन्दा बलियो देखिन्छ। यसैले उहाँले त बलियो संगठनको नेतृत्व गर्ने चाहना राख्नुपर्ने हो। कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुँदोरहेछ भन्ने शेरबहादुर देउवाले जत्ति स्पष्टसँग अरू कसैले बुझेको छैन। त्यस्तै एक्लै हिँड्न सकिदोरहेनछ भन्ने अनुभव पनि उहाँलाई जति अरूलाई छैन। उहाँको यो अनुभव पार्टी एकताका लागि प्रयोग हुनुपर्छ। यो ठूलो अनुभवको प्रयोग हुन नदिने र दैनिक भजन गाएर उहाँको कदलाई सीमित राख्न चाहनेहरूलाई देउवाले चिन्नुपर्छ।
आन्तरिक विवादकै कारण कांग्रेसले आाफ्नो उदार छवि र अग्लो साख गुमाइरहेको छ। पार्टीका शुभेच्छुकले निराशा व्यक्त गर्न थालेका छन्। पार्टीलाई बौद्धिक परामर्श दिनेहरूसँग नेताहरूको अन्तर्क्रिया हुन सकिरहेको छैन। नेताहरूको घरमा गुटका कुरा गर्नेको घेरा बढ्दो छ। यसले कांग्रेसलाई कमजोर बनाइरहेको छ। पार्टीको बैठकमा गर्ने बहस सडकमा छरपष्ट पार्दा कसैको हित हुँदैन। यस्त विषयमा नेतृत्वले संवेदनशील भएर सोच्नुपर्छ।
आन्तरिक स्वच्छ प्रतिष्पर्धाले पार्टीभित्रको एकतालाई कमजोर बनाउँदैन। यस्तो प्रतिपर्ष्धालाई सहजरूपमा स्वीकार्य हुन्छ। तर, अहिले त अस्वस्थ्य प्रतिष्पर्धा छ। यो रोकिनै पर्छ। आफ्नै क्षमतामा विश्वास नभएकाहरूको 'भागबन्डा' फर्मुलाबाट नेताहरू मुक्त हुनपर्छ। आफूलाई पाार्टीको मूल प्रवाहबाट एक्लो बनाउने खेललाई देउवाले पनि बेलैमा चिन्न सक्नुपर्छ। भावि सभापतिका प्रबल दाबेदार ठानिने देउवालाई नै यतिबेला सबैभन्दा बलियो कांग्रेस चाहिनुपर्ने हो। बलियो कांग्रेस बनाउन देउवाको भूमिका महत्वपूर्ण हुनुपर्ने हो। आज एक्लिएर बस्दा भोलि अरूले असहयोग गर्ने सम्भावना हुन्छ भन्ने हेक्का राखेर देउवाले क्षमता र उदारता प्रदर्शन गर्ने समय यही हो। अल्पमतमा रहनेहरू संगठित हुनुपर्छ, तर सीमित हुने होइन। महाधिवेशनमा देउवासँग रहेकाहरू कतिजना अहिले उहाँसंग छैनन्। अल्पमत संगठित हुदाँको खतरा देउवाले भोग्दै हुनुहुन्छ।