केहि दिन पहिले एक जना पत्रकार मित्रसँग बाटोमा भेट भयो । ती मित्रसँग कुरा कोट्याउन मैले हालचाल सोधें । उनी त सपरिवार अष्ट्रेलियातिर बसाईं सर्न लागेकी रहिछिन् । उनले गर्वपूर्वक सुनाएको समाचारमा मेरो बोली प्वाक्क निस्क्यो - अर्काको देशमा त दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्छ नि । व्यंग्यात्मक हाँसो हाँसेर उनले भनिन् - तपाईं पनि देशको कुन पो पहिलो दर्जाको नागरिक हुनुहुन्छ नेपालका पहिला दर्जाका नागरिक भनेका त वाईसीएल र माओवादी मात्र हुन् । उनको उत्तरले धेरैबेर घोत्लिनु पर्ने बनायो ।
हुन पनि नेपालमा नेपाली कहिल्यै पहिलो दर्जाका नागरिक भएका रहेनछन् । हाम्रो देशमा पहिले राणा थिए पहिलो दर्जाका नागरिक अनि पाच र मण्डले भए । त्यसपछि कांग्रेस र एमालॆले पनि कुनै राजनीतिक दलमा नलाग्ने निष्पक्ष व्यक्तिलाई सेवा र सुरक्षाको प्रत्याभूति गर्न चाहेनन् वा सकेनन् । सधैं सबैले आफ्ना चाटुकार नातेदार सेवक सुसारे र दलाललाई नै अगाडि बढाए ।
हुनत एउटा स्वतन्त्र नागरिकलाई दर्जा चाहिन्न । उसलाई राज्यले कम्तीमा बुच्न पाउने सम्पति कमाउन र राख्न पाउने अभिव्यक्ति स्वतन्त्रताजस्ता नैसर्गिक अधिकारको प्रत्याभूति गरे पुग्छ । २०४६ पछिका केही वर्षसम्म यी अधिकारका लागि लड्न सक्ने अवस्था थियो तर पछिल्ला दिनमा जनता बिस्तारै आफ्ना अधिकारबाट विाचत हुँदै आएका छन् ।
माओवादी विद्रोह सुरु भएपछि उसले वर्गीय शत्रु भनेर किटेका व्यक्तिले बाँच्न पाउने र सम्पति माथिको सबै अधिकार गुमाए । प्रजातन्त्र मास्ने षड्यन्त्रमा लागेका राजाले राजनीतिमा र माओवादीले गाउँ गाउँमा बसेर सरकारमा रहेका पार्टीलाई जनहितको कुनै काम गर्ने मौका नै दिएनन् । दलहरु सधैँ राजनीतिक बखेडामा अल्झिरहे । सरकारमा भएका दलले यस्ता जनअधिकार सुरक्षित गर्न नसकेका कारण जनता अभिभावकविहीन भए । चन्दा दिन नमान्ने वा गाउँमा माआवादी अत्याचार विरुद्ध बोल्नेको भौतिक वा सामाजिक जीवन नै अन्त्य गरिन्थ्यो ।
बन्दुकको बलमा राज्यसत्ता कब्जा गर्नुपर्ने अडानमा रहेका माओका अनुयायी प्रभुत्व जमाउन सफल हुँदै गए । तर बन्दुकले विजय प्राप्त गर्न गाह्रो भएको लाग्ने बित्तिकै तिनले आफ्नो रणनीति परिवर्तन गरे । २०६२ सालमा उसले यो बाटो छोड्ने संकेत दिनेबित्तिकै सम्पूर्ण शान्तिप्रेमी जनता तिनलाई शान्तिको बाटोमा ल्याउन उन्मुख भए । अहिले आएर माओवादीको लोकतन्त्र र शान्ति प्रतिको प्रतिवद्धता एउटा रणनीतिक चाल मात्र रहेछ भन्ने प्रमाणित भएको छ ।
अहिले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको शासन भएको बेलामा जनयुद्धकालमा बम पड्काउने गोली चलाउने बैंक लुट्ने जर्बजस्ती चन्दा असुल्नेहरु पहिलो दर्जा भन्दा माथिका अर्थात् विशेष नागरिक भएका छन् । जनयुद्धपश्चात ज्यान मार्नेको झन् ठुलो इज्जत छ । पत्रकार वीरेन्द्र साहका हत्यारालाई पार्टीमा विशेष स्थान व्यापारी रामहरि श्रेष्ठ सिध्याउनेको पदोन्नति प्रचण्ड थैवको हत्याको अभियोग लागेका व्यक्तिलाई पार्टीको आतिथ्य । अझ उप कूलपतिलाई कालो मोसो लगाउने विद्यार्थीहरुको ईज्जत बढाउने कार्य गर्न कूलपति अर्थात प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं लागेका छन् ।
प्रधानमन्त्रीले चाहे भने प्रहरी र प्रशासनले थैवको हत्यारा हुन् वा उप कूलपतिको मानमर्दन गर्ने छिचरा विद्यार्थी तिनलाई तुरुन्त कारवाही गर्न सक्छ । कारवाही गर्ने त हैन कारवाही गरिने भनेर भाषण गर्दै हिँड्ने मात्र उनको उद्देश्य देखिएको छ । उनले जति यस्तो भाषण गर्छन् त्यति नै ती उद्दण्ड विद्यार्थीको पार्टीमा इज्जत बढ्छ र अरु चिचिला विद्यार्थी त्यस्तो इज्जत कमाउन अग्रसर हुन्छन् ।
माओवादीका सदस्य सबै विशेष दर्जाका नागरिक भएपछि पहिलो दर्जाको नागरिकको होलान् भनेर हेरॆको त नागरिक समाजमा लागेर मानव अधिकारका लागी लड्छु भनि टोपल्नेको लामै पंक्ति देखियो । कुनै वखत् जनताले पुलिसको लठ्ठी खाँदा पनि मच्चिएर चिच्याउने यिनका आवाजमा साथ दिन कति जना त यीनका पछि नै लागेका थिए । तर माओवादीको सरकार आएपछि अचानक यी आवाज कतै बिलाए । यिनका पछि लागेकाहरु सबै अलमलिएर छरिए । मानौ उनीहरु जनअधिकारको मलामी आएका थिए र अब लाश जलाइसकियो ।
आश्चर्य अहिले यी आवाजहरु पुनः सुनिन थालेका छन् तर अलि फरक रुपमा । आफ्ना तीखा कलम मीठा आवाज र कडा भाषण यिनले प्रचण्ड र बाबुराम स्तुतिमा लगाएकाछन् । जब जब माओवादी जनविरोधी काम गरेर समस्यामा पर्छन् तब तब यी आवाजहरु माओवादीको संरक्षण र समर्थनमा उत्रन थालेका छन् ।
जसरी ०४६ को प्रजातन्त्रपश्चात् देशमा केही विकास भएन भनेर सदन र सडक थर्काउनेहरु राजाले शासन लिने बित्तिकै ज्ञानेन्द्रको काखीमुनि ओत लाग्न गए त्यसैगरि यी प्रगतिशीलहरु पनि माओवादी शासन आउने बित्तिकै एकाएक तँछाड र मछाड गर्दै बालुवाटारतिर दौडिए । अलि अलि लोक लाज मान्नेजस्ता पनि प्रचण्ड र बाबुरामले घरमै गएर दर्शन दिने बित्तिकै आफ्नो लुरे नरकटे खुट्टोमा राम्ररी सुरुवाल पनि नभिरी उनका पछाडि मुड््की उजाउँदै कुदे । यसरी नेता कुदेका देखेर मानव अधिकारवादी हुँ भन्ने भुन्टेहरुले पनि आफूले जानेको सिकेको सबै बिर्सिएजस्ता भएका छन् । मानौ सबै मिलेर एक दलीय शासनलाई पगरी गुथाएपछि नेपालीका सबै समस्या बिलाएर जानेछन् ।
यी त भए पहिला दर्जाको नागरिक हुने होडमा लागेका प्रगतिका नाउँमा देशलाई दुर्गतिउन्मुख गराउने बुद्धिजिवी । अब पहिलो दर्जाको नपाएपनि दोस्रो दर्जाको लागि दौड त छँदैछ । हरेक प्रकारका मौकाखोर व्यापारी बुद्धिजिवी प्रहरी पत्रकार कर्मचारीआदि जोसुकै हुन् प्रचण्डको मामाको सालाको जेठानको मित बनेर होस् वा अरु कुनै माओवादी नेतासँग गोरु बेचेको साइनो जोडेर होस् आफ्नो कालो वा सेतो धन बचाउने र ज्यानको सुरक्षा गर्ने कार्यमा डटेका छन् । तिनलाई लागेको छ एकै माघले जाडो जान्छ । अहिले आफू जोगिए सन्तानको भविष्य राम्रो हुने हो देशको प्रगति हुने हो भने बन्दुकेलाई चिढाउनुभन्दा साथी बनाउन सजिलो हुन्छ । अब शक्तिशालीको गोडा मलेर आफ्नो सोझो गरिहालुँ भन्ने यी जीव आफैँ नपरी चेत्ने भए देश यो अवस्थामा पक्कै पुग्दैन थियो ।
आपुनोविरुद्ध बोल्नेलाई सखाप पार्नुपर्छ भनेर दीक्षित मुक्की उजाएर भत्ता बजाइरहेका सबै १९ हजार साथीलाई राष्ट्रिय सेनामा ल्याइदिने हो भने कोही पनि तेस्रो दर्जाको नागरिक हुन पदैै्रन कि रहलपहल सबै माओबादी भैहालिन्छ । अनि त के छ र 'सबै नेपाली पाँच सबै पाँच नेपाली' भनेझैँ स्वर र शब्द हुनेहरु उठेर 'सबै नेपाली माओवादी सबै नै माओवादी नेपाली' भनी घन्काउन थालिहाल्छन् ।
माओवादीले आफूलाई समयमै परिवर्तन नगर्ने हो भने वा उसले खोजे झैँ सबै देश माओवादीमय भयो भने उस्को अन्त्य झन् अवश्यम्भावी छ । किनभने एक दलीय शासन कहीँ पनि कहिल्यै पनि दिगो भएको छैन र हुँदैन । उत्तर कोरिया वा बर्मा बनेर आजको नेपाल रहन सक्दैन र रहँदैन ।
समय छँदै यो वर्ग शत्रु 'सिध्याउन' उठेको पार्टीले बुद्धि पुर् यायो भनेमात्र हामी चाँडै सही लोकतान्त्रिक बाटोमा लाग्छौँ । होइन भने उही ज्ञानेन्द्रका झै देश र माटो सुहाउँदो लोकतन्त्र भन्दै आफ्नालाई मान्छे मार्ने छुट अर्कालाई कोठाको कुनामा विरोध गरे पनि कारवाही गर्दै जाने परिपाटी बस्छ । अनि जनता जाग्न फेरी धेरै समय लाग्दैन । तर त्यो जन धन र समयको क्षति नगरौं । २०६२को आन्दोलनमा आफूले मानेको सीमा नाघेर अघि बढ्ने माओवादीले प्रयास आत्मघाती दुस्साहस नबनोस् ।