कांग्रेसको ताण्डव नाच
०४ भदौ २०६९
•
१४ मिनेट पाठ
कांग्रेसको ताण्डव नाच
दोस्रो जनआन्दोलनपछिको घटना हो यो। हाम्रा एक प्रभावशाली नेता वरिष्ठ मन्त्रीको हैसियतले बंगलादेशको राजधानी ढाकामा क्षेत्रीय सम्मेलनमा सहभागी हुनुहुन्थ्यो। छोटो अवधिमै उहाँको बंगलादेशी समकक्षीसँग दोस्ती भयो।
बंगलादेशी मन्त्रीले बेलुकी डिनरको निमन्त्रणा दिनुभयो आफ्नै बंगलामा। भब्य बंगलाको सजिसजाउ बैठकमा दुई मन्त्रीले आशन ग्रहण गरे। 'मलाई यो असाध्यै मनपर्ने स्कच हो। तपाईं अत्यन्त परम मित्र भएको हुनाले तपार्इंको स्वागतमा यो बोतल खोल्ने आज्ञा पाउँ' बंगलादेशी मन्त्री जनिवाकर ब्ल्यु लेवलको बोतल देखाउँदै थिए। हाम्रा मन्त्रीलाई मनपर्ने ब्राण्ड पनि त्यही नै थियो। मुलुकमा प्रजातन्त्र पुनर्स्थापनापछि नेपालमा भित्रन थालेको उच्चस्तरीय रक्सी। पहिले अंग्रेजीमा चलेको वार्ता अब सविस्तार हिन्दीमा हुन थाल्यो। विश्व शान्ति, अरब मुलुकमा चलेको क्रान्तिको लहर, युरो क्राइसिस हुँदै छिमेकी राष्ट्र ठूलो भएकाले उसले गरेको थिचोमिचोसम्म पुग्यो। जति जति बोतल रित्तिँदै गयो, ती दुईबीच आत्मीयता झनै प्रगाढ बन्न थाल्यो। मौकाको फाइदा उठाउँदै हाम्रा मन्त्रीले प्र्रश्न गर्नुभयो- तपाई मेरा परम मित्र हुनुहुन्छ। म तपाईंसँग एउटा प्रश्न गर्दैछु। मलाई बताइदिनुहोस् कि यत्रो श्रीसम्पत्ति कसरी जम्मा पार्नुभयो?

बंगलामन्त्रीले उत्तर दिए- यो भन्ने कुरा त होइन तर तपाईं हितैषी मित्र भएकाले बताइदिन्छु। मेरो मन्त्रालय ठूलो छ र बजेट पनि ठूलो छ। त्यसबाट मलाई २० प्रतिशत आउँछ, मुलुकलाई ८० प्रतिशत! त्यही हो मेरो उन्नतिको रहस्य! हाम्रा मन्त्रीलाई दीक्षा मिल्यो। ती बंगलामन्त्री हालै नेपाल भ्रमणमा आएका थिए। पालाको पैँचो तिर्न हाम्रा मन्त्रीले उनलाई आफ्नै घरमा डिनरमा बोलाए। उनीहरुबीच कुरा चल्न थाल्यो। यस पटक भने जनिवाकर ब्ल्युलाई पनि माथ गर्ने किंग जर्ज ह्विस्कीको चौथो संस्करण खोलियो। हाम्रा मन्त्रीको शान शौकत देखेर बंगलामन्त्रीले सोधिहाले- होइन मित्र, ऊ बेला त मेरो सम्पत्तिको विषयमा प्रश्न गर्नुभएको थियो। तपाईंको त मेरो भन्दा धेरै उन्नति भएको देख्दैछु। यो कसरी सम्भव भयो?

धक नमानिकनै हाम्रा मन्त्रीले जवाफ दिए- 'मेरो गुरु त तपाईं नै हो नि! हामी हिन्दुका निमित्त गायत्री मन्त्र महत्वपूर्ण हुन्छ। त्यो मन्त्रदान मलाई गर्नुभएको हो। मैले मन्त्रालयको बजेटबाट ८० प्रतिशत आफूलाई राखेँ। २० प्रतिशत राष्ट्रलाई दिएँ। यत्रो ठूलो मन्त्रालय चलाएको छु। यसको बजेट ठूलै छ। मेरो उन्नतिको रहस्य यही हो।' बंगलामन्त्री झस्के। उनले भने- 'मैले त २० प्रतिशत मेरो, ८० प्रतिशत राष्ट्रको पो भनेको थिएँ त!' नेपाली मन्त्रीको जवाफ थियो- 'ए, त्यसो भए मेरो बुझाई गलत भएछ। तर के भयो र! हाम्रो मुलुक संक्रमणकालबाट गुज्रँदैछ। हामीकहाँ दण्डहीनता फष्टाएको छ। मित्र, तपार्इंबाट दीक्षित हुनुअघि मेरो कुनै हैसियत थिएन। यो श्रीसम्पत्ति मात्र पाँच वर्षको उपलब्धि हो। मलाई कसैले छुन सक्दैन। पार्टी कार्यकर्ताहरुलाई खाँचो परेका बेला सहयोग दिने गरेको छु। म त तपाईंप्रति सारै नै आभारी छु। चियर्स...!'
माथिको घटना प्रतीकात्मक हो। सत्यचाहिँ हाम्रो मुलुकमा राजनीतिक भ्रष्टाचार व्यापकमात्र होइन, ठूलो रोगका रुपमा अकल्पनीय ढंगले आएको छ। यसको नियन्त्रणमा सर्वोच्च अदालतले अहिले अहम् भूमिका खेलेको छ। चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता, गोविन्दराज जोशी र खुमबहादुर खड्कालाई सजाय दिएर। यी व्यक्ति कुनै समयका होनहार नेता थिए। चिरञ्जीवी वाग्ले प्रजातन्त्रका लागि साँच्चै 'टाउकोमा कात्रो' बाँधेर हिँडेका हुन। जेलनेलको पर्वाह नगरी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन। खुमबहादुर त झन् पंचायतका विरुद्ध बन्दूक बोकेर क्रान्ति गर्न लागिपरेका व्यक्ति हुन। गोविन्दराज जोशी विद्यार्थी आन्दोलनमा कति सक्रिय थिए, स्तम्भकार उनकै समकालीन भए पनि धेरै कुरा थाहा छैन। स्तम्भकार देशान्तर साप्ताहिकमा संलग्न भए पनि जयप्रकाश गुप्ताको राजनीतिक पृष्ठभूमिको त्यति ज्ञान छैन। तर जनमानसमा प्रकट भएको तथ्य के हो भने उहाँहरु चारै जना नेपाली कंाग्रेसका ठूला-ठूला नेताहरुको विश्वासपात्र हुनुहुन्थ्यो। चिरञ्जीवी वाग्ले र खुमबहादुर बीपीका प्रिय पात्रहरुमध्ये पर्नुभएको थियो। चिरञ्जीवी वाग्ले पछिल्लेा समयमा कृष्णप्रसाद भट्टराईको अति नजिक हुनुहुन्थ्यो र खुमबहादुर गिरिजाप्रसाद कोइरालाको। त्यसो त जयप्रकाश र गोविन्दराज दुवै गिरिजाप्रसादका अति नजिकका भनिन्थ्यो। राजनीतिक समीकरणमा उहाँहरु कहिले कता, कहिले कता हुनु भए पनि मुलुकको राजनीतिक क्षितिजमा उज्ज्वल तारा नै मानिनुहुन्थ्यो।

भ्रष्टाचारको आरोपमा सजाय भोग्दा उहाँहरुले अन्यायमा परेको अनुभूति व्यक्त गर्दा हामी जनसाधारण हाँस्नमात्र बाध्य भएका छौँ। ज-जसले उहाँहरुबाट अपेक्षा राखेका थिए तिनीहरुलाई ठूलो धोका भएको छ। धोकाको प्रसंग उठ्दा उहाँहरु चारै जनाले आफूलाई विश्वास गर्ने स्वर्गीय नेताहरुलाई धोका दिएकै हो। पार्टीलाई धोका दिएकै हो। मतदाताहरुलाई धोका दिएकै हो। अनि हामी गरिब जनताको भाग खोसेर व्यक्तिगत फाइदा उठाएर हामी नेपालीलाई धोका दिएकै हो।

उनीहरुले पाएको सजायले उनीहरुको आर्थिक हैसियतमा कुनै फरक पर्नेवाला छैन। सजाय काटिसकेपछि पनि मुलुकमा भएको मुद्रास्फीति र बैँकबाट पाइने ब्याजको हिसाव गर्ने हो भने आठ दश वर्षअगाडि भ्रष्टाचार गरेर कमाएको सम्पत्तिको मूल्य धेरै गुणा बढिसकेको छ। त्यसकारण उनीहरुले पाएको सजाय र जेल जीवनले तिनको आर्थिक स्थितिलाई क्षति पुर्या्उन सक्दैन। कुनै कुराको क्षति भएको छ भने त्यो हो हाम्रो मूल्य र मान्यताको। जुन मुलुकमा केही वर्षअघिसम्म पनि सरकारी रकम खायो भने सात पुस्तालाई पिरोल्छ भन्ने प्रचलन थियो, त्यस विपरीत अहिले व्यवहार चलेको छ। पञ्चहरु भन्ने गर्थे, उनीहरुको व्यवस्था लागु भएको ५/६ वर्षसम्म भ्रष्टाचार नियन्त्रित थियो। तर प्रजातन्त्र प्राप्तिपछि ३/४ वर्षमा नै जनताबाट चुनिएका प्रधानमन्त्री धमिजा काण्डमा मुछिनुभयो। कृषि मन्त्री डेरीको दूध वितरण गर्ने प्लाष्टिक ब्यागमा। महाअभियोग लाग्ने प्रायः निश्चित भएका प्रधानमन्त्रीले तीन वर्षमा नै संसद विघटन गर्नुपर्ने परिस्थिति आयो। 'सुशासन दिन्छ कांग्रेसले' भन्ने आशामा बसेका नेपालीलाई भ्रष्टाचारका काण्डहरुले चकित तुल्यायो। एमालेलाई भोट दिन पुगेका जनतालाई चिनीकाण्डले झस्क्यायो।

एउटा अफ्रिकी कथन छ- 'माछा कुहिँदा टाउकोदेखि नै कुहिन्छ।' हाम्रो मुलुकमा राजनीतिक व्यक्तित्वहरुले सुरु गरेको भ्रष्टाचारको सिमाना के कता छ? भन्ने अनुमान गर्नु अब कठिन भएको छ। उदेक लाग्ने वास्तविकताचाहिँ भ्रष्टाचारीको समर्थनमा खुलेआम जुलुस निकाल्ने नकच्चरोपन हो। अनुमान गर्न सकिन्छ, चिरञ्जीवी वाग्ले जेलबाट छुट्दा चारतारे झण्डा बोकेर पुगेका कार्यकर्ता र खुमबहादुरको समर्थनमा सर्वोच्च अदालतको निर्णयको विरोध गर्ने जुलुस यस्तै उदेकलाग्दो उदाहरण हो। 'किन हाम्रा नेतालाई मात्र सजाय भयो?' भन्ने ठूला नेताको उक्तिबाट त कतै नेपाली कांग्रेस पार्टीभित्र भ्रष्टाचारलाई अभिन्न अंगका रुपमा हेर्ने प्रवृत्ति त विकास भएको होइन? भन्ने प्रश्न खडा भएको छ।
निश्चय पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाली कांग्रेस पार्टीको सरकारले नै सशक्त संस्थाको रुप दिएको हो। अनि क्रमिकरुपमा यो संस्थालाई कमजोर बनाउने काम सबै दलका नेतृत्वले गरेका हुन्। फलस्वरुप, आज यो संस्था धेरै हदमा नीरिह बन्न पुगेको छ। संस्था बलियो हुँदा नै चारै नेताहरुको लुटको पोल खुलेको हो। त्यसकारण हाम्रा नेतालाई मात्र किन? भन्नुको कुनै तुक छैन। अझ महत्वपूर्ण कार्य भनेको त राजनीतिक पार्टीहरुले भ्रष्टाचारीलाई पन्छाउन नसक्नु हो। किनकि सबै पार्टीको मुख्य लक्ष्य मुलुकमा सुशासन दिनु नै हो। भ्रष्टाचार र सुशासन साथसाथै जाँदैन। झन् त्यसमा पनि राजनीतिक भ्रष्टाचारको अग्रिम पंक्तिमा परेका मुलुकका राजनीतिक व्यक्तिहरुको लहरमा हाम्रा राजनीतिक महारथिहरु सबभन्दा अगाडि रहनु भनेको नैतिक पतनको पराकाष्ठा हो।

नेपाली कांग्रेसप्रति जनताको विश्वासको मुख्य आधार यसले सुशासन दिन्छ भन्ने धारणा नै हो। विगतमा पार्टी सत्तामा रहँदा वा सत्ता गठबन्धनको सदस्य रहँदा कांग्रेसले जनताप्रति विश्वासघात गरेको छ। तर पनि अन्य पार्टीका नेताहरुको नैतिक धरातल कमजोर भएको र नेपाली कांग्रेस सत्ताको 'एसिड टेष्ट' मा पनि नपरेकाले यसमाथि जनताको झिनो आशा रहेको हो। काँधमा झोला भिरेर चप्पल फट्कार्दै गाउँ-गाउँ डुल्ने खद्दरधारी नेताहरु कांग्रेसमा अझै धेरै छन्। तिनका पनि दिन आउला र तिनैले सुशासन पनि ल्याउलान् भन्ने जनताको आशा अलिकति जीवित नै छ। खुमबहादुर खड्कामाथि अन्याय भएकाले पुनरावलोकन गर्नुपर्योश भन्ने सुकिला-मुकिला नेताहरुको वर्चस्व रहेको कांग्रेस केन्द्रीय समितिको प्रस्ताव र त्यहाँ देखिएको ताण्डव नृत्यले अब त्यो आशामा तुषारापात गरिदिएको छ। यस्तो पार्टीबाट जनताले के अपेक्षा राख्ने?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस