संविधान सभाको विघटन र व्यवस्थापिका-संसद्को समाप्तिपछि सहमतीय राजनीति पनि समाप्तिको डिलतिर पुगेको छ। सत्ता टकरावका कारण नेपाल राजनीतिक अस्थिरता र अनिर्णयको बन्दी राष्ट्र बन्न थालेको छ।
नेपाली राजनीति 'फ्री स्टाइल' को कुस्ती गर्ने अखडामा फेरिएको छ, जहाँ जसलाई जसरी मन लाग्यो, त्यसरी विपक्षीलाई प्रहार गर्न पाइन्छ। सत्ताको खेलको अखडामा उत्रिएका राजनीतिक खेलाडीहरूको सत्ता टकरावले सामान्य विधि र विधानलाई पनि ओझेलमा पारेको छ। र, संविधान सभाबाट संविधान बनाउने, शान्ति प्रक्रिया टुंग्याउने र राज्य पुनर्र्संरचना गर्ने जनआन्दोलनका कार्यभारको त उच्चारणसमेत हुन छाडेको छ।
अस्थिरता, अराजकता, अकर्मण्यता र अन्तरद्वन्द्व नै तानाशाह जन्मिने वातावरणका कारक तत्व हुन्। यस्तै वातावरणमा नेपालकै इतिहासमा पनि तानाशाहहरू जन्मिएका थिए। संविधान सभाबाट 'गणतन्त्रात्मक संविधान' बनाउने घोषणापछि ठूलो जनसमर्थन पाएका राजा त्रिभुवनले अंकुशविनाको राजतन्त्र सुदृढ गर्दै संविधान सभाको चुनावै तुहाएको तीतो सत्य उल्लेखनीय छ। नेपाली राजनीति सात सालदेखि सत्र सालका जस्तै अन्तरद्वन्द्व, अस्थिरता र अकर्मण्यतासँगै तानाशाहीकरणतिर बढ्दैछ भने त्यसको केन्द्र 'राष्ट्रपिता' राजा त्रिभुवनको साटो राष्ट्रपति डा. रामवरण यादवलाई बनाइँदैछ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि देशलाई 'अधिराज्य' ठान्ने, त्रिभुवनलाई 'राष्ट्रपिता' मान्ने र आफूलाई राष्ट्रपिताका बालक बबुरा ठान्नेहरूको संख्या कम छैन। 'संरक्षक-संरक्षितको सम्बन्ध' (प्याट्रोन-क्लाइन्ट रिलेसन्स) ले जन्माएको मनस्थिति बोक्ने मानिसले कसैलाई राष्ट्रका पिता भन्नु, कसैलाई राष्ट्रका निर्माता ठान्नु र कसैलाई राष्ट्रका पति मान्नु अनौठो होइन। राष्ट्रलाई महिला, जनतालाई बालक बबुरो, आफूलाई पुत्र अनि राष्ट्रप्रमुखलाई राष्ट्रका अध्यक्ष होइन, राष्ट्रपति नै ठान्ने राजनीतिक नेतृत्वको दासवत चिन्तन र आफूलाई संरक्षित ठान्ने चिन्तन र प्रवृत्ति अझै छन्। त्यस्तो प्रवृत्तिका लागि एक न एक राजा, अभिभावक, पिता वा तानाशाह नभई न राज्य चल्छ, न राज्यको नीति नै चल्छ, न त राजनीतिक दल नै। राष्ट्राध्यक्षलाई पनि राष्ट्रपति बनाएका त्यस्ता चिन्तन र प्रवृत्तिले राष्ट्रपतिलाई 'त्रिभुवन राजपथ' मा हुइँक्याउँदैछन् भने कांग्रेसका महामन्त्रीबाट राष्ट्रपति बनेका रामवरण यादवमा पनि नयाँ त्रिभुवन राजा हुने आकांक्षा पलाउन थालेको प्रतीत हुँदैछ।
तानाशाहविनाको तानाशाही
शक्ति-राजनीतिका लागि राष्ट्रपिता त्रिभुवन र उनका पुत्र महेन्द्रले नेपाली राजनीतिमा तरंग ल्याउने गरी प्रवेश गरेका थिए, त्यस्तो प्रवेशको पुनरावृत्ति हुँदै आएको छ। संरक्षक-संरक्षितको अन्तरसम्बन्धले मलिलो माटो र ऊर्वर भूमि तयार गरेपछि राजाहरू शक्ति-राजनीतिमा पसेर दाइँ गरेको इतिहास दोहोरिँदै आएको छ, चाहे त्यो राष्ट्रपिताका नातिद्वय वीरेन्द्रको सन्दर्भमा होस् या ज्ञानेन्द्रको प्रसंगमा। शक्ति-राजनीतिमा आफ्नो दल वा नेतृत्वको पल्ला गह्रौं पार्न राजनीतिक नेताहरूले राजाहरूलाई रिझाउन खोज्ने चलन र राजाहरूले पनि मौकामा चौका हान्दै शक्ति राजनीतिको केन्द्रमा आफूलाई स्थापित गर्ने प्रवृत्ति राष्ट्रपतिकालमा पनि पुनरावृत्त हुने खतरा बढ्दैछ।
वास्तवमा सात सालको परिवर्तनपछि राणा परिवार र नेपाली कांग्रेसका सत्ता संघर्षकै बीचबाट राजा त्रिभुवन सत्ताशक्तिको केन्द्र बनेका थिए। कांग्रेसभित्रको गुटबन्दी र मातृकाप्रसाद कोइराला र बीपी कोइरालाको द्वन्द्वले उनको सत्ताशक्तिको अभ्यासलाई चार-चार वर्ष लम्ब्यायो। उनले भारतलाई दायाँ र शाही सेनालाई बायाँ राख्दै दल बन्न नसकेका दलहरूलाई मुसोजस्तै खेलाए, विधि, विधान र वैधतालाई खल्तीमा हाल्दै। तर, उनलाई महान् प्रजातान्त्रिक नेता र राष्ट्रकै पिता ठान्ने मानसिकता भएका राजनीतिक दलहरूले न त्यसको कडा प्रतिवाद गर्न सके, न त संविधान सभाको चुनावै नगराउने र त्यसमार्फत 'गणतन्त्रात्मक संविधान' बन्न नदिने शाही षड्यन्त्र बुझ्न सके। नेकपाका संस्थापक नेता पुष्पलालहरूले बुझे पनि नेपाली कांग्रेसलाई तानाशाही शासनको आगमनबारे 'कन्भिन्स' गर्न सकेनन्।
राजनीतिक दलहरू संस्थागत नहुने, राजनीतिलाई विधि र विधानअनुसार नबढाउने, कुनै पनि सरकार स्थायी हुन नसक्ने अनि राजा संविधान सभाको निर्वाचन गराउन तत्पर नहुने स्थितिमा राजाको प्रत्यक्ष शासन सुरु भएको थियो। त्यही कटु यथार्थतिर संकेत गर्दै अमेरिकी विश्लेषक युगिने ब्रेमर मिहालीले 'फरेन एड एण्ड पोलिटिक्स अफ नेपाल' मा सटीक टिप्पणी गरेका थिए- राजा त्रिभुवनको नेपाल तानाशाहविनाको तानाशाही राज्य थियो।
नन्दीभृङ्गीहरूको राजनीति
तानाशाही राज्यका लागि अभाव भएका तानाशाहका रुपमा उदाए, राष्ट्रपिताका पुत्र महेन्द्र। सातदेखि पन्ध्र सालसम्मका आठ वर्षमा आठै सरकार बनाउने काममा उनी नै प्रमुख योजनाकार थिए। मुखले संविधान सभामार्फत गणतन्त्रात्मक संविधान बनाउने उद्घोष गर्दै हिँड्ने, कामले भने सेना र प्रशासनमाथि कब्जा जमाउँदै राज्यमाथि आधिपत्य कायम गर्ने अनि परिवर्तनपछि स्थापित राजनीतिक प्रणाली संस्थागत हुनै नदिने अनेक आचरणबाट उनले तानाशाहीकरणलाई बलियो बनाए। उनले शाही सल्लाहकार समितिबाट शासन चलाए नै, आम निर्वाचनपछि बीपी कोइरालाको सरकारलाई सैन्य बलबाट बर्खास्त गरी तानाशाही नै थोपरे। विधि र विधानलाई रछ्यानमा फ्याँक्ने तथा वैधानिकता र वैधतालाई ताकमा राख्ने उनको आचरणलाई तल जनआन्दोलन र माथि सरकारबाट चुनौती दिइएन। बरु, राजालाई नै सत्ता-शक्तिको मालिक ठान्ने र आफूलाई त्यसकै संरक्षित मोहोरा मान्ने प्रवृत्तिले तानाशाहीको बाटोमा रहेका सबै अवरोध हटाइदियो।
तानाशाहीकरणका क्रममा महेन्द्र राजपथबाट काँडा हटाउने काममा राजनीतिक नेतृत्व नै लागिपरेको थियो। चिन्न मात्रै सक्नुपर्छ, त्यही प्रवृत्ति विभिन्न नाम र रुपरंगमा अहिले पनि प्रकट भइरहेकै छ। 'प्रजातन्त्रका लागि नेपाल योग्य छैन' भन्ने प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको प्रवृत्ति अझै विद्यमान छ। 'मुलुकमा चुनाव त हुने हो तर संविधान सभा वा संसद्, केका लागि हुने हो, टंुगो छैन' भन्दै संविधान सभाको चुनावबारे अन्योल सिर्जना गर्ने प्रधानमन्त्री टंकप्रसाद आचार्यको जस्तै प्रवृत्ति त अहिले सर्वत्र छँदैछ। अब त संविधान सभामार्फत् संविधान लेखनका लागि जनआन्दोलनको नेतृत्व गरेका कांग्रेस र एमालेजस्ता दलले संविधान सभाको साटो संसद्को चुनावमा जाने निर्णय विनामतलव, विना ऐतिहासिक विरासत पक्कै गरेका होइनन्। उनीहरूले आफ्ना महान् प्रजातान्त्रिक नेता टंकप्रसादको सरकारले संसद्को चुनाव गराउने निर्णय गर्दै संविधान बनाउने अधिकार राजाको हातमा पुर्याकएझैं त्यस अधिकारलाई राष्ट्रपतिको हातमा पुर्याोउने सम्भावना बढ्दो छ। यस अर्थमा संविधान सभाबाट लोकतान्त्रिक, जनमुखी र प्रगतिशील संविधान बनाउने नीति र नियतै नभएपछि नयाँ राजाका रुपमा राष्ट्रपतिलाई नै सार्वभौम मालिक घोषणा गरियो भने पनि कुन आश्चर्यको विषय हुन्छ र! आम जनता सार्वभौम भए आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि खतरा देख्ने आँखाहरूले राष्ट्रपतिका सबै काम-कारबाही लोकतान्त्रिक र वैधानिक देख्ने स्थिति उत्पन्न भइसकेको बेला कुनै पनि रुपरंगको तानाशाहीकरण सुदूर भविष्यको खतरा हुनै सक्दैन। भारत दायाँ र सेना बायाँ हुनेबित्तिकै नयाँ राजाको राज्यारोहण हुने र राजनीतिक दलहरूले त्यसको अभिषेक गर्ने सम्भावना टड्कारो देखिँदैछ, आममानिसलाई माओवादी तानाशाहीको खतरा देखाउँदै।
'बादशाहको लुगा खोई?'
विगतमा राष्ट्रपितादेखि उनका पुत्र र नातिहरूलाई शक्ति-राजनीतिमा प्रवेश गर्न दिने र सत्ता-शक्ति-सम्पत्तिले सम्पन्न बनाउने खेल खेलेका दल एवं तिनका नेताहरूले राष्ट्रपतिलाई नयाँ राजा बनाउन खोजेकोमा कुनै शंका भए कांग्रेसकै दोस्रो तहका नेताहरूलाई साक्षी राख्न सकिन्छ। त्यसमा पनि नयाँ राजाको राज्यारोहण चाहनेहरूमध्ये कसैले राष्ट्रपति शासनको पक्षमा खुलेआम वकालत गर्न थालिसके भने कसैले प्रधानमन्त्रीलाई बालुवाटारबाट घोक्रेठ्याक लगाउनुपर्ने माग पनि गरिसके। राष्ट्रपति डा. यादव पनि उनीहरूकै उक्साहटमा प्रधानमन्त्री डा. भट्टराईसँग टक्कर लिँदै सत्ता-शक्तिको राजनीतिमा प्रवेश गर्दैछन्। उनले तजबिजी अधिकार प्रयोग गर्दै संविधान सभा निर्वाचनसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि त्यसलाई जायज, वैध, वैधानिक र अत्यावश्यक ठहर्याधउने राजनीतिक नेताहरूको कसरतले शक्ति-राजनीतिमा उनको प्रवेशलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्दैछ। रुख र सूर्य चिह्न समात्दै पेसागत संगठनका नेता भइटोपलेका नागरिक अगुवाहरूले त उनलाई अभिषेक गरिसके, राष्ट्रपतिले जे पनि गर्न सक्छन्, प्रधानमन्त्री हटाउन राष्ट्रपतिलाई कसैले पनि रोक्न सक्दैन भन्दै।
आफ्नो स्वार्थको पक्षमा सहमति निर्माणका लागि प्र्रचारबाजी भइरहेको बेला मेरो मनमा खुल्दुली भएको छ : यतिबेला ह्यान्स क्रिश्चियन एन्डर्सनको कथा 'इम्पेरर्स न्यु क्लोथ' का बालकले जुलाहाजस्ता नेता र नागरिक अगुवालाई मात्रै होइन, राष्ट्रपतिलाई हेरेर 'बादशाहको लुगा खोई?' भनी सोध्यो भने उनीहरूले के उत्तर दिने होलान्। महामहिमहरू, व्यवस्थापिका-संसद्बाट चुनिएका प्रधानमन्त्री कामचलाउ हुने, त्यही संस्थाबाट दुई वर्षका लागि छानिएका राष्ट्रपति कामचलाउ नहुने, अझ व्यवस्थापिका-संसद् विघटनपछि त कार्यकारी राष्ट्रपति नै हुने, सरकारले पठाएको अध्यादेशको सान्दर्भिकता-असान्दर्भिकता जाँच्नेजस्तो राजतन्त्रकालीन विशेषाधिकार प्रयोग गर्ने प्रावधान अन्तरिम संविधानको कुन धारा/उपधारमा छ भनी प्रश्न गर्न सकिन्छ। त्यस बालकले केरकार गर्न सक्छ, संविधानको अक्षर मात्रै केलाएर भट्टराई सरकारलाई बर्खास्त गर्न र विपक्षी नेताहरूलाई सत्तासीन गर्न सकिँदैन भन्दै अन्तरिम संविधानको हत्या गर्न उक्साउने र अध्यादेशको अस्वीकृतिमार्फत् हत्याको क्रमलाई तीव्र पार्ने हो भने राष्ट्रपति संविधानका पालक र संरक्षक हुन सक्लान् र? राष्ट्रिय सहमतिको सरकार बनाउन सहजकर्ताको भूमिका खेल्नुको साटो निर्वाचित प्रधानमन्त्रीसँग टक्कराउने र उसलाई कुनै पनि निहुँमा बलात् फ्याँक्ने खेल खेलियो भने राष्ट्रपति फ्याँक्ने आन्दोलन पनि नहोला भन्न सकिन्छ र?
जे होस्, राष्ट्रपिता र उनका पुत्रले संविधान सभाको चुनावमार्फत् संविधान लेखनविरुद्ध चालेका पश्चगामी कदम देखे/भोगेका, उनका नातिद्वयले लोकतन्त्रको विपक्षमा चालेका पाइलाविरुद्ध संघर्षसमेत गरेका राष्ट्रपति डा. यादव कुनै पनि निहुँमा अर्का बादशाह बन्नु लोकतान्त्रिक राजनीतिको स्वास्थ्यका लागि हानिकारक हुन्छ। लोकतान्त्रिक राजनीतिको सुस्वास्थ्यका लागि अनेक दिशातिर फर्केका राजनीतिक शक्तिबीच संवाद, सहमति र सहकार्यसँगै सत्ता-साझेदारीको औषधी 'प्रेस्क्राइब' गर्न सकिएन भने डाक्टरसाहेब नै इतिहासमा पहिलो तानाशाही राष्ट्रपतिका रुपमा कुख्यात हुन सक्छन्, राष्ट्रपति नामक संस्था नै धराशायी हुने र लोकतान्त्रिक गणतन्त्रको यात्राले ठूलो धक्का पनि खाने सम्भावना टड्कारो छ।