सर्वोच्चको फैसला नेपाली भाषाको एकल जित अरू सबै भाषाको हार हो। अर्थात् फैसलाले कसैलाई न्याय दिएको छैन, बरु मुलुकमा बोलिने सबै भाषीलाई प्रत्यक्ष/अप्रत्यक्ष अन्याय गरेको छ।
सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिएको शपथ खारेज गरिदिएपछि राजनीतिमा नयाँ विवाद उत्पन्न भएको छ। सर्वोच्चकै पूर्व न्यायाधीशसमेत रहेका उपराष्ट्रपतिले मात्र होइन मधेशवादी सबै दलले फैसलाको चर्को विरोध गरेका छन्। झा फैसला नमान्ने अडानमा छन्। संविधान, कानुन बुझेको र मुलुकको सम्मानित पदमा बसेको व्यक्तिले न्यायिक फैसलाको त्यसरी विरोध गर्नु उचित हो/होइन, बहसको विषय हो। अन्तरिम संविधानको अक्षर हेर्दा फैसलालाई गैरसंवैधानिक भन्ने ठाउँ नहोला। तर, त्यसले हिन्दी मातृभाषा भएका नेपाली नागरिकको चित्त पक्कै दुखेको छ। हिन्दीलाई नेपालीसरह सरकारी कामकाजको भाषा बनाउनुपर्ने एजेन्डा बोकेका मधेशवादी दललाई फैसलाले झस्काएको देखिएको छ।
संविधान र कानुनका अक्षरमात्र हेरेर गरिएको फैसलामा सधैं न्याय हुन्छ भन्न सकिन्न। अदालतको निर्णयको विवेचना गर्दा त्यसले न्याय गर्यो कि अन्याय भनेर हेर्नु महत्वपूर्ण हुन्छ। शपथसम्बन्धी यस फैसला पनि यही कसीमा जाँचिनुपर्छ। यस फैसलाले कसलाई न्याय दियो ? यसले कसैलाई न्याय दिएको छैन। पञ्चायतकालीन 'एक भाषा एक भेष' का पक्षधर रिट निवेदक बालकृष्ण न्यौपानेजस्ता केही 'राष्ट्रवादी'लाई उत्साहित गराएको छ। उनीहरूले सोचेका होलान् नेपालमा नेपाली भाषाको एकल जित भएको छ। सरकारी तथ्यांकअनुसार मुलुकमा ९२ भाषा बोलिन्छन्। हिन्दी नेपालमा बढी जनताले बोलिने सत्रौं भाषामा पर्छ। तराईका जनताको सम्पर्क भाषासमेत हिन्दी हो। नेपाली भाषाको एकल जित अरू सबै भाषाको हार हो। अर्थात् फैसलाले कसैलाई न्याय दिएको छैन, बरु मुलुकमा बोलिने सबै भाषीलाई प्रत्यक्ष/अप्रत्यक्ष अन्याय गरेको छ। बहुजातीय, बहुभाषिक मुलुकका 'एक भाषा एक भेष' नचाहने बहुलवादी नेपाली भाषीको मनमा समेत चोट पुगेको छ।
संघीय लोकतान्त्रिक ढाँचामा अगाडि बढ्न लागेको मुलुकमा अहिले भाषालगायत थुप्रै विषय कानुनी होइन राजनीतिक विवाद र एजेन्डा बनेका छन्। राजनीतिक विवादको राजनीतिकस्तरमा समाधान हुन्छ। मुलुकले संघीय ढाँचामा जान ठूलो फड्को मार्दैछ। न्यायालयबाट राजनीतिक क्रान्ति भएका उदाहरण छैनन्। जनमतविपरीत जाने अदालतको फैसलाको जनताले सम्मान गर्दैनन्।
संसारमा कहीँ पनि संविधान हेरेर क्रान्ति हुँदैनन् र भएका पनि छैनन्। जनताले पञ्चायती संविधानका अक्षर हेरेको भए न त २०४७ सालको परिवर्तन हुन्थ्यो, न त २०४७ सालको संविधान अक्षरशः पालना गरेको भए २०६३ को परिवर्तन सम्भव हुन्थ्यो।
भाषाकै सवालमा २०५६ जेठ १८ मा सर्वोच्चले अहिलेकै जस्तै अनुदार फैसला गरेको थियो। काठमाडौं महानगरपालिकामा नेपाल भाषा, धनुषा जिल्ला र राजविराज नगरमा मैथिली भाषालाई त्यहाँका स्थानीय निकायले सरकारी कामकाजको भाषा बनाएका थिए। सर्वोच्चले ती तीनवटै स्थानीय निकायको भाषासम्बन्धी निर्णय खारेज गरिदियो। त्यसले नेपाल भाषी र मैथिली भाषीको हृदयमा मात्र चोट पुर्याएन कि नेपालमा बोलिने सबै भाषाभाषीले आफू अन्याय भएको महसुस गरे र त्यो फैसला भएको दिनलाई 'कालो दिन' को संज्ञा दिए। हरेक वर्ष जेठ १८ का दिन मधेशी, आदिवासी जनजातिले उक्त दिन त्यस फैसलाको विरोध गर्दै विभिन्न कार्यक्रम गर्छन्। हिन्दी भाषाको शपथलाई खारेज गर्ने सर्वोच्चको पछिल्लो फैसलासमेत त्यस्तै विवादास्पद कालो धब्बा नबनोस् भनेर इजलासमा बसेका न्यायाधीशले एकपटक सोच्नै पथ्र्यो।
अदालत भाषा विवादमा नपर्ने प्रशस्त उपाय थिए। सबै न्यायाधीशलाई थाहा छ, संविधानसभामा नयाँ संविधान निर्माण गर्न आएका जनप्रतिनिधिले मुलुकमा बोलिने सबैजसो भाषामा शपथ लिएका थिए। २०६३ को परिवर्तनपछि मन्त्रीहरूले समेत नेपालीबाहेक अरू भाषामा समेत शपथलिएका उदाहरण प्रशस्त छन्। विभिन्न भाषामा शपथ लिएका सभासद्बाट निर्वाचित उपराष्ट्रपतिले मुलुकमै बोलिने एउटा भाषामा शपथ लिँदा संविधानको मर्म नहेरी अक्षरमात्र हेरेर निर्णय दिइएकाले न्यायिक मनको प्रयोगसमेत नभएको देखियो।
अन्तरिम संविधानले मुलुक संघीय लोकतान्त्रिक ढाँचामा जाने ढोका खोलेको छ। संविधानसभाबाट बन्ने नयाँ संविधानले मुलुकमा विभिन्न प्रान्त त बनाउने नै छ, केन्द्र र प्रान्तमा सरकारी कामकाजको भाषाको पनि किटान गर्दैछ। त्यही पृष्ठभूमिमा उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथलाई हेर्नुपथ्र्यो। सर्वोच्चका सामु यो राजनीतिक यथार्थलाई आत्मसात गरी उदार भएर फैसला गर्नसक्ने, भाषा राजनीतिक विवाद भएकाले राजनीतिकस्तरमै निरुपण हुनुपर्छ भनेर उम्कने या फैसला नै नगर्ने विकल्प पनि थिए। फैसला नगर्दा कसैलाई अन्याय हुँदैन र राजनीतिक विवाद पनि हुँदैन भने शपथको सुनुवाइलाई पछि सार्दै गएको भए उपराष्ट्रपतिको पदावधि नै सकिने थियो। यसैगरी नेपालीमा लिखित शपथको कागजमा उपराष्ट्रपति झाले हस्ताक्षर गरेकाले कानुनतः पनि त्यसलाई बदर गर्न मिल्ने देखिँदैन।
सर्वोच्च अदालतको संयुक्त इजालासले गलत फैसला त गरिसक्यो। अब त्यसलाई सच्याउन मात्र सकिन्छ। फैसला सच्याउने अन्तिम उपाय हो त्यसको पुनरावलोकन। पुनरावलोकनमा मुद्दा पुर्याएर शपथसम्बन्धी निर्णयमा भएको गल्ती सच्याउँदा सर्वोच्च अदालतको गरिमा नै बढ्नेछ। balaram@nagariknews.com