विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल र रिसोर्ट संचालन गर्न दिने कि नदिने र दिए कसरी दिने भन्ने विवादले चर्को रूप लिएको छ। वन प्रशासन र व्यवसायीबीचको १५ वर्षे सम्झौता २०६६ असार मसान्तमा सकिएपछि यो विवाद चर्किएको हो। यस विषयमा वन प्रशासन र मन्त्रीबीच मनमुटाव देखिएको छ।
होटल व्यवसायी भने कुनैपनि हालतमा आफूहरूले नै होटल संचालनको अनुमति पाउनुपर्छ भन्ने हठमा छन्। वन प्रशासन विद्यमान ऐन, नियम र निर्देशिकाअनुसार प्रतिस्पर्धाका आधारमा दिनुपर्छ भन्ने अडान छ। वन मन्त्री दीपक बोहरा भने व्यवसायीका पक्षमा देखिएका छन्।
जैविक विविधता संरक्षणका लागि निकुञ्जको स्थापना गरिन्छ। यस निकुञ्जको स्थापना पनि त्यहाँका वन्यजन्तु, वनस्पति, पंक्षीलगायतको संरक्षण गर्न गरिएको हो। यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय सम्पदा क्षेत्र हो।
तत्कालीन वन राज्यमन्त्री वीरमणी ढकालले ऐन नियम उलंघन गरेर १५ वर्षका लागि होटलहरूसँगको सम्झौता नवीकरण गरिदिए। ०४६ अघिसम्म तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको अध्यक्षतामा रहेको 'वाइल्ड लाइफ कमिटी'को सिफारिसमा ५/५ वर्षका लागि सम्झौता नवीकरण हुन्थ्यो। ढकालले ज्ञानेन्द्र पथलाई निरन्तरता दिएका थिए। ऐन नियमको पूरै उलंघन भएको यो अनुमति निकै विवादित बनेको थियो। अहिलेका वन मन्त्री दिपक बोहरा पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावली, २०३०विपरीत प्रतिस्पर्धाबिना होटल र रिसोर्ट संचालनको अनुमति दिएर त्यही बाटो पछ्याउने प्रयासमा देखिन्छन्। ऐनको दफा ६ र नियमावलीको नियम ३ ले ३५ दिने सूचना निकालेर गोप्य बोलपत्रमार्फत् प्रतिस्पर्धाका आधारमा सेवा सुविधा संचालनको अनुमति दिनुपर्ने व्यवस्था गरेको छ।
ऐन कानुन निर्माण गर्ने राजनीतिज्ञबाटै नियम उलंघन हुनु दुर्भाग्य भन्ने वन मन्त्री बोहराले राम्ररी बुझेको हुनुपर्छ। त्यसैपनि उदारीकरण र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा मन्त्री वा कसैको तजबिजमा प्रतिस्पर्धाबिना राज्यको स्रोत एउटै समूहलाई दिनु उपयुक्त हुँदैन। आर्थिक नीति नियमका दृष्टिकोणले पनि वन मन्त्रीको हालको अडान उचित छैन।
निकुञ्जभित्र संचालिन सात वटै रिसोर्ट र होटलको गतिविधि अनुगमन र निरीक्षण गर्न वन मन्त्रालयका सहसचिव माधव आचार्यको संयोजकत्वमा समिति बनेको थियो। त्यसले निकुञ्जभित्र स्थायी संरचना निर्माण गर्न दिननहुने सुझावसहितको प्रतिवेदन तत्कालीन वन मन्त्री किरण गुरुङलाई बुझाएको थियो। समितिले निकुञ्जभित्र 'टेन्टेड क्याम्प' मात्र संचालन गर्न दिन सिफारिस गरेको छ। अहिले उक्त प्रतिवेदनको पनि बेवास्ता गरिएको छ। समितिले व्यवसायीले २०५१ को सम्झौता उलंघन गरेको समेत उल्लेख गरेको छ। सम्झौता उलंघन हुँदा टुलुटुलु हेरेर बस्ने वन प्रशासन पनि यस सबालमा कम दोषी त छैन। व्यवसायीले अनुमतिबेगर र करारनामा उलंघन गरेर निकुञ्ज भित्र स्विमिङ पुल र पक्की घर बनाउँदा पनि वन प्रशासनले किन कारवाही गर्न सकेन ? यो वन प्रशासनको गैरजिम्मेवारी हो।
अर्कोतिर होटल व्यवसायीले निकुञ्ज प्रशासनलाई संरक्षण, राजस्व र जरिवाना शुल्कबापत बुझाउनुपर्ने करिब एक करोड रुपैँया बुझाएका छैनन्। माग गरेपछि तत्कालीन मन्त्रिपरिषदले युवराज खतिवडाको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने सैद्धान्तिक सहमति दिएको थियो। त्यसैको प्रतिवेदनको आधारमा वनले अर्थलाई सिफारिस गरेपनि अर्थले ०६५ मा राजस्व छुट दिन नमिल्ने निर्णय गर्यो। सरकारले छुट दिएको भन्दै व्यवसायीले भने उक्त रकम बुझाएनन्।
अहिलेसम्म पनि वातावरणविद र प्राविधिक संलग्न स्वतन्त्र टोलीले निकुञ्जभित्र परेको वातावरणीय प्रभावको अध्ययन गर्न सकेको छैन। विगतमा सरकारी अधिकारी तथा प्राविधिकले गरेका अध्ययनबाट भने निकुञ्जभित्र स्थायी संरचना निर्माण गर्न दिन नहुने निष्कर्ष निकालिएको थियो।
सबैभन्दा पहिले त निकुञ्जभित्र होटल र रिसोर्ट राख्ने कि नराख्ने भन्ने निक्र्यौल हुन जरुरी छ। त्यो निर्णय गर्न ती रिसोर्ट र होटलले विगत तीन दशकमा निकुञ्जभित्र पारेको वातावरणीय प्रभावको अध्ययन गर्नुपर्छ। अध्ययन प्रतिवेदनलाई सरकारी अधिकारी, होटल व्यवसायी, संरक्षणविद्, वातावरणवादीलगायतका सरोकारवालाबीच छलफल गराउनुपर्छ। अध्ययनमा आधारित भएरमात्र निर्णय गर्नु अघि बढ्नु जरुरी छ। धेरै पहिले गर्नुपर्ने यो काम गर्न दुवै पक्ष चुकेका छन्।
अहिले वन मन्त्रालयको कर्मचारी र राजनीतिक नेतृत्व दुवैका लागि गल्ती सच्याउने मौका प्राप्त भएको छ। प्रचलित कानुनको पालना गरेर अख्तियारको दुरुपयोग गर्नबाट जोगिनु नै उनीहरूको बुद्धिमानी हुनेछ।