निराश शैक्षिक अभ्यास
२९ साउन २०७७
•
५ मिनेट पाठ
निराश शैक्षिक अभ्यास
२०७२ भन्दा पहिला शिक्षामा विकेन्द्रीकरण गरी स्थानीय निकायसम्म पु¥याउने नारा लिइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राखेर शैक्षिक व्यवस्थापनलाई विकेन्द्रित गरेको छ। विगतमा लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनुले पनि शिक्षामा स्वामित्वलिने, जिम्मेवारी बहन गर्ने व्यक्ति र संस्थाको अभाव थियो। स्थानीय तहको निर्वाचनपश्चात स्थानीय तहले जनप्रतिनिधि, समुदायले अभिभावकत्व गर्ने नेतृत्व पनि प्राप्त गरेको छ। केही स्थानीय तहले विगतमा केन्द्रले विभिन्न प्रयास गर्दा पनि गर्न नसकिएका कार्यमा आफ्नो क्षेत्रमासजिलै सफलता प्राप्त गरेका छन्। अवसर पाउँदा पनि केही स्थानीय तहका शैक्षिक अभ्यासले भने सुधार भन्दा पनि निराशाजनक परिणाम ल्याउने निश्चित छ।

शिक्षक सेवा आयोग गठन नहुँदासम्म शिक्षक नियुक्तिमा प्रणाली स्थापित हुन सकेन। योग्य व्यक्ति शिक्षक हुन चाहँदा÷चाहँदै पनि शिक्षक हुन पाएनन्, कामको खोजीमा अन्य क्षेत्रमा लाग्नुपर्ने बाध्यता भयो। विद्यालय शिक्षामा कमसल खालका व्यक्ति पनि भित्रिए। त्यो भित्रिएको समूह अझै १०–१५ वर्ष रहनेछ। केही स्थानीय तहले राम्रा, योग्य व्यक्तिलाई कसरी भित्राउने भन्दा आफ्ना दल समर्थकलाई कसरी रोजगारी दिने? आफ्ना मतदातालाई नजिकमा कसरी सरुवा गर्ने? कसरी आफ्नो पछाडि लाग्ने शिक्षकलाईथप सुविधा दिने ?भन्नेतर्फ लागेको र विगतमा भएका गलत अभ्यास अनुशरण गर्न खोजेको देखिन्छ।  

अध्यापन अनुमतिपत्र भएका व्यक्ति हुँदाहुँदैपनि अनुमतिपत्र नभएकालाई नियुक्ति गर्ने,करार तथा अस्थायीरूपमा कार्यरत भएर ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धामा ४० अंक पनि ल्याउन नसकेर सुविधा लिएर अवकाश लिइसकेका व्यक्तिलाई समेत पुनः विभिन्न तरिकाले शिक्षकमा नियुक्त गर्ने गरेको पनि भेटियो। त्यसैगरी रिक्त दरवन्दीमा करार शिक्षक नियुक्तिकालागि लिइने परीक्षाहरू देखाउनकालागि मात्र गर्ने, आफ्नोलाई सेटिङ मिलाएर नियुक्ति गर्ने, एउटा विद्यालयकालागि छानिएकोकरार शिक्षकलाई अन्य विद्यालयमा, अन्तरपालिका पनि सरुवा गर्नेगरेको पनि पाइयो। यस्ता अभ्यासले पक्कै पनि विद्यार्थीको सिकाइ उपलब्धि राम्रो हुँदैन।

विगतमा कर्मचारीले जे गरेका थिए जनप्रतिनिधिले पनि त्यस्तै गर्ने हो भने शिक्षा क्षेत्रको सुधार कसरी सम्भव होला ?
भौतिक सुधार तथा विद्यालय भवन, शौचालय फर्निचर निर्माण गर्दा विद्यार्थी संख्या हेरेर, आवश्यक भएको विद्यालयका लागि मात्र निर्माण कार्यका लागि बजेट छुट्टाउनुपर्नेमा, विद्यार्थी कम हँुदै गएका आवश्यकता नै नभएका विद्यालयलाई पनि भौतिक निर्माणमा बजेट छुट्टाउने र नाममात्रको भौतिक सुधार गरी बजेट निजी शिक्षक तलबमा खर्च गर्ने अभ्यास पनि केही पालिकाले गरेका देखिन्छ। संघीय सरकारबाट विद्यालयलाई वितरण गर्न ससर्त अनुदानका रूपमा छात्रावृत्ति, पाठ्यपुस्तक, दिवा खाजा, नमुना विद्यालय निर्माण, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगकालागि प्राप्त रकमसमेत विद्यालयमा निकासा दिन ढिला गर्ने, नदिने, भौतिक निर्माणको बजेटबाट पाँच प्रतिशत कन्टिन्जेन्सी कटाउने, कमिसन खोज्ने जस्ता कार्य पनि गरेको पाइयो। विद्यालयमा निकासा गरिएको रकम कुन शीर्षकमा के कार्यकालागि हो? कसरी खर्च गर्ने हो भन्ने विद्यालयलाई जानकारी हुनुपर्छ। निकासा दिएको रकमको विवरण र खर्च गर्ने प्रक्रियासहितको पत्र नदिएमा विद्यालयलाई खर्च गर्न अन्योलहुन्छ।कुन विद्यालयमा कुन शीर्षकमा कति बजेट निकासा भयो भन्नेसमेत अभिलेख चुस्तदुरुस्त राख्ने र निकासा भएको बजेट सार्वजनिक गर्ने गरेको पनि धेरै पालिकामा भेटिएन।  

स्थानीय तहले प्राविधिक विषय सञ्चालनको अनुमति दिँदा आफ्नो पालिकाभित्र कुन कुन प्रविधिक तथा व्यावसायिक विषय सञ्चालनमा छन्?कुन विषयको आवश्यकता छ ? आफ्नो क्षेत्रकालागि कस्तो विषयको सम्भावना बढी छ ? युवाहरू कुन विषय पढ्न चाहन्छन् ? कुन विद्यालयमा कुन विषय आवश्यक छ जस्ता कुरा एकिन गरेर, योजना र दीर्घकालीन सोच बनाएर विद्यालयलाई प्राविधिक विषय सञ्चालनको अनुमति दिनुपथ्र्यो।तर पालिकाहरूले विद्यालय अनुमति माग्न आयो, हामीले दियाँै भन्ने गरेका पाइन्छ। र, विनासम्भाव्यता अध्ययन र विनायोजना प्राविधिक विषय सञ्चालनको अनुमति दिने गर्नाले प्रविधिक तथा व्यावसायिक विषय नाममात्रको हुने वास्तविक प्राविधिक तथा व्यावसायिक हुन नसक्ने सम्भावना बढ्दै गएको छ। विद्यालय खोल्दा, कक्षा तथा तह थप गर्दा र समायोजन गर्दा पनि नक्सांकनको आधारमा गरिनुपर्नेमा विद्यालयले मागेकै आधारमा अनुमति दिने गरेको पनि भेटियो।  

हरेक आर्थिक वर्षको सुरुमाशिक्षा क्षेत्रमा छुट्टाएको बजेट, बजेट खर्च गर्ने प्रक्रियासमेतको सरोकारवालामा अभिमुखीकरण गर्नुपर्ने आवश्यकता हुन्छ। बजेट जति सार्वजनिक तथा पारदर्शी गर्न सक्यो त्यति दुरूपयोगको सम्भावना घट्छ।  निकै कम पालिकाले मात्र बजेटको अभिमुखीकरण गर्ने गरेको पाइयो। स्थानीय सरकार सञ्चालन ऐनले विद्यालयका जग्गा र सम्पत्तिको संरक्षण गर्ने, सदुपयोग गर्ने जिम्मा पनि स्थानीय तहलाई दिएको छ। मधेसतिरका धेरै विद्यालय विघौँविघा जमिन भएका पनि छन्। सहरी क्षेत्रमा भएका विद्यालयमा सटर तथा जमिन भाडाबाट पनि पर्याप्त आम्दानी हुन्छ। विगतदेखिनै विद्यालयका जग्गा ठेक्का लगाउँदा, सटर जमिन भाडामा दिँदा धेरै दुरूपयोग हुने गरेका छन्। स्थानीय तह र जनप्रतिनिधिले चाहने हो भने त्यस्ता विकृति र दुरूपयोग रोक्न सक्ने सम्भावना छ। तर त्यतातिर भन्दा कतिपय पालिका तथा जनप्रतिनिधिले आफैँ विद्यालयको जग्गा भाडामा लिने, सम्पत्तिमा गलत दृष्टि लगाउने गरेको पनि देखिन्छ।  

वडा समिति भनेको वडा सरकार जस्तै हो। ऐनलेवडा समिति र वडा अध्यक्षलाई तोकेका कार्य भ्याउन नसकिनेखालका छन्। केही पालिकाले वडाध्यक्षलाई वडामा भएका सबै विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने नियम बनाएको देखिन्छ। विद्यालयका विभिन्न निर्णय गर्न पटकपटक व्यवस्थापन समितिको बैठक बस्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा वडाध्यक्षले समय दिन नसकेर बैठक बस्न नसकेको पनि देखियो।अर्कोतर्फ साधनस्रोतको दुरूपयोग रोक्न नजिकका विद्यालय समायोजन गर्नु पनि आवश्यक छ। तरमतदाता बिच्किन्छिन् भनेर  विद्यार्थी शून्य भए पनि सामायोजन गर्न कोही तयार छैन।
अर्को समाचार
शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड
२१ मंसिर २०८०
•
१ मिनेट पाठ
शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड
गोविन्दराज जोशी, पूर्वसहमहामन्त्री, नेपाली कांग्रेस
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन रोकिन नसकेको बताएका छन्।

तनहुँको भानु नगरपालिका– ११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताए। उनले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै उनीहरूलाई रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

कक्षा १२ पास हुनेबित्तिकै नयाँ पुस्ता बिदेसिने क्रम बढ्दा वैदेशिक मुद्रा सञ्चितीमा पनि त्यसले प्रभाव पारेको वास्तविकता सुनाउँदै पूर्वमन्त्री जोशीले शैक्षिक क्षेत्रको सुधार तथा व्यावसायिक शिक्षाको विकासका निम्ति सरकार गम्भीर हुनुपर्ने बताए।

त्यस अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वप्रमुख उदयराज गौली, क्याम्पस प्रमुख रवीन्द्रराज जोशीले मन्तव्य व्यक्त गरेका थिए।

 –रासस 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस