वैदेशिक लगानी र हामी
११ भदौ २०६९
•
११ मिनेट पाठ
वैदेशिक लगानी र हामी
ताइवान, कोरिया तथा चीनले असीको दशकमा गरेको उन्नतिबाट म धेरै प्रभावित थिएँ। उनीहरूको उन्नति वैदेशिक लगानीकर्ताहरूको लगानीबाट भएको हो भन्ने मेरो बुझाई थियो। त्यसैले विदेशीहरूसँग कुरा गर्ने अवसर पायो कि नेपालमा लगानी गर्न आग्रह गर्थेँ।




एक दिन एकाबिहानै वासिङ्टन डिसीबाट रोबर्ट नाथन एसोसियटका अध्यक्ष डा. जोन बायरको फोन आयो। उनले भने- 'ल, मैले एक ठूलो अमेरिकी उद्यमीलाई नेपालमा लगानी गर्न राजी गराएको छु। तिमीले सहयोग गर्यौा भने उनले नेपालमा उद्योग खोल्न सक्छन्।' यो समाचारले मलाई ज्यादै उत्साहित तुल्यायो। त्यसको केही दिनपछि सिकागोस्थित रिगलिज (विश्वको सबैभन्दा ठूलो चुइगम बनाउने बहुराष्ट्रिय कम्पनी )को प्रधान कार्यालयबाट फोन आयो। खबर पाएँ- रिगलिज कम्पनीका मालिकका छोरा विलियम रिग्ालिज जुनियर आठ घण्टाका लागि नेपाल आउँदै छन्। जोन बायरले उनलाई मसँग सम्पर्क गर्न सल्लाह दिएकाले भेटघाटको कार्यक्रम बनाएर सहयोग गर्न अनुरोध गरियो।
मैले अर्थमन्त्री भरतबहादुर प्रधान र उद्योगमन्त्रीको अनुपस्थितिमा उद्योग सचिव दामोदर गौतमलगायत् त्यस समयका ठूला उद्योगपति रतन फिड इन्डष्ट्रिजका प्रदीप श्रेष्ठ, मर्कन्टाइलका राजीव र सञ्जीव राजभण्डारीसँग रिगलिज जुनियरको भेटघाटको समय मिलाएँ। उनी र उनका सहयोगी बिहान बैंककबाट काठमाडौँ आइपुगे। सबैसँग सौहार्द्रपूर्ण वातावरणमा भेटघाट भयो। छोटो शब्दमा भन्नु्पर्दा मन्त्री भरतबहादुर प्रधान र राजीव-सञ्जीव दाजुभाइले बडो सम्मानजनक हिसाबले 'वैदेशिक लगानी बढाउन कटिबद्ध भए पनि वातावरण अनुकूल नभइसकेको' सन्देश दिए। अरूहरूले चाहिँ 'आऊ, उद्योग खोल, हामी पूर्णरूपले साथ दिन्छौँ' भने।

दिल्ली हुँदै अमेरिका प्रस्थान गर्ने समयमा विलियम रिगलिजले मलाई भने- 'हामी तिम्रो मुलुकको सौन्दर्यबाट प्रभावित भएका छौँ। मानिस ज्यादै नै सभ्य तथा मित्रवत् लाग्यो। यो मुलुकमा फ्याक्ट्री बनाएर भारत र चीनको विशाल बजारमा हाम्रा उत्पादन निर्यात गर्न सकिन्छ।' उनीहरू गएको केही दिनपछि मैले एउटा पत्र पाएँ, रिगलिज कम्पनीको प्रधान कार्यालयबाट। त्यसमा उल्लेख थियो-सहयोगका लागि धन्यवाद, तर चाहेर पनि अहिले नेपालमा हामी उद्योग खोल्न सक्दैनौँ। केही वर्षपछि खबर गरौँला।' यो घटनापछि मैले सोच्न थालेँ- किन हाम्रो देशमा विदेशी उद्योगपतिहरू लगानी गर्न इच्छुक छैनन्?

भारतीय व्यक्तिगत लगानीकर्तालाई अलग राख्ने हो भने सन् १९७२ सम्म हाम्रो मुलुकमा भित्रिने वैदेशिक लगानी नगन्यप्रायः थियो। त्यस वर्ष करिब ३० हजार डलर लगानी भएको तथ्यांकले देखाउँछ। पञ्चायती कालमा डा. प्रकाशचन्द्र लोहनी अर्थमन्त्री बन्नुभएपछि वैदेशिक लगानी प्रबर्द्धनका लागि केही प्रयास भएका थिए, जसले गर्दा १९८४ मा वैदेशिक लगानी ९ लाख ५० हजार अमेरिकी डलर पुग्यो। लगानी बढ्ने क्रम १९८६ र ८७ सम्म कायम रह्यो। सन् १९८७ मा पुग्दा वैदेशिक लगानी झन्डै १४ लाख अमेरिकी डलर पुग्न लागेको थियो।

पञ्चायतको अवसानपछि विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक भएका पाइन्छन्। सन् १९९० मा झन्डै ६० लाख डलर वैदेशिक लगानी भित्रिएको थियो। माओवादी विद्रोहका बेलामा पनि वैदेशिक लगानी बढ्ने क्रम कुनै न कुनै हदमा कायमै रह्यो। सन् २०१० सम्म पुग्दा हामीकहाँ वैदेशिक लगानी आठ करोड डलरभन्दा बढी भएको देखिन्छ। यो त्यतिबेलाको कुल राष्ट्रिय उत्पादनको ०.५६ प्रतिशत थियो। चार दशकअघिको तुलनामा हाम्रोमा बढी देखिए पनि जुन प्रकारले वैदेशिक लगानी नेपालमा भित्रिएको छ, अन्य देशसँग दाज्ने हो भने त्यो अति नै न्युन छ। संयुक्त राष्ट्र संघको विकासशील मुलुकका व्यापार वृद्धिका निमित्त गठन गरिएको आयोग 'अनटाड' द्वारा प्रकाशित सन् २०१२ को विश्व लगानी प्रतिवेदनले अमेरिका वैदेशिक लगानीको प्रथम गन्तव्य भएको र हामी १३४ औँ स्थानमा भएको देखाउँछ।

प्रजातन्त्र प्राप्तिको दुई दशकका अवधिमा बनेका १७ जना प्रधानमन्त्रीले 'हामी वैदेशिक लगानी भित्याउन इच्छुक छौँ र त्यो वातावरण बनाउँछौँ' भनेर सुगा रटाई नगरेका होइनन्। तर, जहाँसम्म लगानी भित्याउने सफलताको प्रश्न छ, उनीहरू सबै असफल नै रहे। किनकि वैदेशिक लगानीको अंश हाम्रो कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत पनि पुग्न सकेको छैन। सरकार परिवर्तन र त्यसबाट उब्जेको राजनीतिक अनिश्चिततालाई भित्रिएको रकमसँग दाँज्ने हो भने दुईबीच बलियो सम्बन्ध भएको पाइन्छ। अर्थात्, जब-जब देशमा राजनीतिक अन्योल हुन्छ, तब-तब लगानीकर्ता पलायन भएका छन्।

प्राप्त तथ्यांक हेर्दा हाम्रो मुलुकमा वैदेशिक लगानीकर्तामा ६० प्रतिशत भारतीय तथा चिनियाँहरू भएको पाइन्छन्। त्यसपछि अमेरिकी, दक्षिण कोरियालीदेखि बेलायतीसमेत भएको पाइन्छन्। भारतीय र चिनिया लगानीकर्ता नेपालको जलविद्युत्तर्फ स्वाभाविकरूपले आकर्षित भएका पाइन्छन्। भारतको आर्थिक प्रगतिसँगै बढ्दै गएको उसको बिजुलीको माग तथा हाम्रो विद्युत् उत्पादन गर्न सक्ने क्षमता यसको मुख्य कारण हो। नेपालको प्राकृतिक सौन्दर्यका कारण पर्यटन व्यवसायमा पनि लगानीकर्ताहरू आकर्षित भएका पाइन्छन्। प्रश्न उठ्छ- सम्भावना प्रशस्त हुँदाहँुदै पनि किन लगानीकर्ता आउँदैनन् त?

हाम्रो देशको सबैभन्दा ठूलो धन भनेको श्रमशक्ति हो। बर्सेनी झन्डै चार लाखको संख्यामा श्रम बजारमा उपलब्ध श्रमजीवी यो देशको सबैभन्दा ठूलो सम्पत्ति हो। तर यो सम्पत्ति यति विशाल हुँदाहुँदै पनि दक्ष भने छैन। शिक्षितहरूको अभाव छ। जो शिक्षित छन्, तिनीहरूको कार्यक्षमता न्युन छ। यो हुनाको कारण शिक्षाको गुणस्तर हो। यो प्रत्येक दिन खस्कँदैछ। अनि समाजमा सुनको फूल पार्ने हाँस पालेर फूल संकलन गरेर उन्नति पथमा अग्रसर हुनुको साटो हाँसको पेट चिरेर एकैचोटि धनी बन्न पाइन्छ कि भनेर जोखिम लिने अग्रसरता हाबी छ। यसले मजदुरहरूको आकांक्षा आकासिएको छ। अनि माओवादीको नेतृत्वमा राजनीतिक संस्कृतिले यसलाई मलजल गरिरहेको छ।

हाम्रोजस्तो अस्थिर राजनीतिक परिस्थिति भएको मुलुकमा वैदेशिक लगानीकर्ता एक त आकर्षित हुन चाहँदैनन्। जो चाहन्छन्, ती छोटो अवधिमा धेरै फाइदा हुने क्षेत्रमा लगानी गर्न अग्रसर हुन्छन्। दुःखको कुरा, त्यस्ता लगानीकर्तालाई पनि हतोत्साही बनाउनेमात्र होइन, लखेट्ने परिपाटी हामीले बसालेका छौँ। एकातिर ऐनहरू लगानी उत्साहबर्द्धक वातावरण बनाउनुको साटो त्यसलाई बाधक बनाउने किसिमका छन्। अर्कोतर्फ मजदुरहरू आजै भएभरको सुखसुविधा पाएर बाँचौ भन्ने महत्वाकांक्षाबाट प्रेरित छन्। यही कारणले देशको गार्मेन्ट उद्योग धराशायी भयो। अब त बल्ल-बल्ल भित्रिएका केन्टकी फ्राइड चिकेन (केएफसी) र पिज्जा हट पनि बन्द भइसकेका छन्। सरकारले श्रमजीवीहरूको हक र अधिकारको सुरक्षाका खातिर उद्योगीहरूको अधिकार संरक्षण गर्न नसक्ने वातावरण कायम रहने हो भने जसरी हाम्रो पानी खेर गइरहेको छ, त्यसैगरी श्रम शक्ति पनि खेर गइ नै रहनेछ। अनि हाम्रो उन्नति केवल राजनीतिज्ञहरूले सत्ता प्राप्त गर्न देखाइदिने सपनामा सीमित हुनेछ।
अर्को समाचार
ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार
११ भदौ २०७८
•
३ मिनेट पाठ
ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार
नेपालमा डिजिटल कारोबार हुने क्रम ह्वात्तै बढेको छ। विगत लामो समयदेखि डिजिटल कारोबारमा जोड दिने गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बेला आर्थिक वर्ष २०७७/७८ मा भने निकै बढी कारोबार भएको  र त्यसले आगामी सम्भावनालाई झनै बढाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ई–कमर्समा आठ अर्ब ६४ करोढ ३९ लाख रूपैयाँको कारोबार भएको हो।




कोरोना महामारीका कारण डिजिटल कारोबारमा वृद्धि भएको सम्बद्ध अधिकारी बताउँछन्। यस्तो कारोबारले सेवा दिने निकाय  र सेवाग्राहीलाई सहजता दिनुको साथै आर्थिक पारदर्शिता कायम गर्न पनि उत्तिकै मदत पुर्‍याउँछ। पछिल्लो समयमा उपभोक्ताले साना साना घरायसी सामानदेखि खाद्यान्न लगायत विद्युतीय सामान ख रिद समेत अनलाइन भुक्तानीबाट गर्न थालेका छन्।

मूल्यवृद्धि साढे तीन प्रतिशतमा कायम  

यसैबीच, गत वर्ष उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ३.६० प्रतिशत कायम भएको छ।राष्ट्र बैंकका अनुसार जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.५५ प्रतिशत बिन्दुले कम हो।अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत थियो।

गत आवमा घ्यु,  तेल, दाल तथा गेडागुडी, सुर्तिजन्य पदार्थको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४, १०.६५, ९.८३ प्रतिशत  रह्यो।समीक्षा अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत  रहेको छ। २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत थियो। गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.०० प्रतिशत रहेको छ।अघिल्लो आवमा त्यस समूहको मुद्रास्फीति ८.१६ प्रतिशत थियो।

यसैगरी, गत आवमा गैर–खाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति २.५१ प्रतिशत  रहेको छ।अघिल्लो आवमा त्यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत थियो। क्षेत्रगत उपभोक्ता मुद्रास्फीति गत आवमा काठमाडौं उपत्यकामा ३.३३, त राईमा ३.६८, पहाडमा ३.८७  र हिमालमा २.८७ प्रतिशत  रहेको छ।अघिल्लो आवमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६, ६.२९, ५.१०  र ४.९१ प्रतिशते थियो। गत आवमा वार्षिक औसत थोक मुद्रास्फीति ७.६१ प्रतिशत  रहेको छ।अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशते थियो।  

शोधनान्तर बचतमा गिरावट  

पछिल्लो समयमा शोधान्तर बचतमा गिरावट आउन थालेको छ। गत वर्ष शोधनान्तर एक अर्ब २३ करोड रूपैयाँले बचतमा  रहेको  राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८२ अर्ब ४१ करोड रूपैयाँले बचतमा थियो। उता समीक्षा आवधिमा चालु खाता झिनो  रकमले सुधार हुँदै तीन खर्ब ३३ अर्ब ६७ करोड रूपैयाँले घाटामा  रहेको छ। अघिल्लो आवमा चालु खाता ३३ अर्ब ७६ करोड रूपैयाँले घाटामा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ क रोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ८४ करोड रूपैयाँले घाटामा रहेको छ। त्यस्तै, गत आवमा पुँजीगत ट्रान्सफ र ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रूपैयाँ पुगेको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ क रोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफ र.१४ अर्ब २१ करोड रूपैयाँ  र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रूपैयाँ थियो।

रेमिटेन्स नौ खर्ब ६१ अर्ब

अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले वृद्धि भएपछि गत आर्थिक वर्ष २०७७/७८ मा नौ खर्ब ६१ अर्ब रूपैयाँ  रेमिटेन्स भित्रिएको छ। जुन अघिल्लो वर्षको तुलनामा ९ दशमलब ८ प्रतिशतले वृद्धि भएको  राष्ट्र बैंकले जनाएको छ। गत असार मसान्तसम्म नौ खर्ब ६१ अर्ब पाँच क रोड रूपैयाँ  रेमिटेन्स भित्रिएको छ। अमेरिकी डलरमा  रेमिटेन्स ८.२ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड डलर पुगेको छ।अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो।

वैदेशिक लगानीमा सामान्य वृद्धि

गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी  रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन करोड रूपैयाँले बढे र १९ अर्ब ५१ करोड रूपैयाँ पुगेको हो। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस