हाम्रो देश र हामी जनता लामो पीडादायी संक्रमणकालबाट गुजि्ररहेका छौं। संक्रमणकाल त्यसै पनि पीडादायी हुन्छ, त्यसमा पनि संक्रमणकाल छोट्याएर स्वतन्त्र र समृद्ध देश बनाउने वाचा गरेका दलहरूका आन्तरिक र बाह्य संघर्षले झनै यातना दिइरहेका छन्।
संविधान सभामार्फत् नयाँ संविधान लेखन, संघीयतामार्फत् राज्यको पुनर्संरचना र लोकतान्त्रिक गणतन्त्रमार्फत् शान्ति प्रक्रियाको तार्किक निष्कर्षतिरको यात्रा फेरि अल्मलिएको छ। देशलाई स्वदेश बनाउने र राज्यमाथि आफ्नो पनि स्वामित्व स्थापित गर्न चाहने जनताको सार्वभौम हुने प्रक्रियामा राजनीतिक दल र तिनका नेतामा रहेको भिजन अभावले बाधा तेर्स्याएको छ। यही अल्मलिँदो राजनीतिक यात्रामा थप अड्चन हाल्ने काममा राजनीतिक दलका नेतामात्रै होइनन्, प्रशासक र पुराना बुद्धिजीवीको महान् योगदान पनि कम छैन। युएनडीएएफ र डीएफआइडीले निकाल्न खोजेका रिपोर्टमा उनीहरूले 'लिंग, जात, धर्म, संस्कृति र भाषाका आधारमा जारी संरचनागत विभेद' शब्दसमेत हटाउन दबाब दिएको सन्दर्भले उनीहरूको पुरातन एकलवादी दिलदिमागले समावेशिता, संघीयता र समग्र राज्य पुनर्संरचनाको बाटोमा बाधा तेर्स्याउनु अनौठो होइन।
सत्ता-शक्ति-सम्पत्तिबाट वञ्चित रहेका वर्ग, क्षेत्र, लिंग र समुदायका सबै अन्यजनका लागि महायज्ञ हो, लोकतान्त्रिक गणतन्त्र सकारेको राज्यलाई समावेशी र संघीय बनाउने अनि त्यसमाथि स्वामित्व, अपनत्व र ममत्व जगाउने अभियान। सबै अन्यजनका लागि लामो समयदेखि आफ्नै देशको राज्य पनि आफ्नो नभएको र राज्य आफैं जनतालाई उपनिवेश बनाउने सत्ता-संयन्त्र भइरहेको छ। लामो कालखण्डको संघर्ष र युद्धपछि पनि औपनिवेशिक चरित्र भएको राज्यलाई हरहिसाबले समावेशी गर्ने तथा देशमा बहुराष्ट्रिय राज्य बनाउने लोकतन्त्रीकरणमा बाधा-व्यवधान आउने क्रम निरन्तर जारी छ। यस्ता बाधा-व्यवधानलाई छिचोल्ने राजनीतिक र बौद्धिक नेतृत्व तथा भिजनको अभाव फेरि खट्किन थालेको छ।
बीपी र असमावेशी राज्य
आजका धेरैजसो नेताका पनि नेता बीपी कोइरालाले शाह, राणा र अन्य शासकबाट निर्माण नभएको राष्ट्र बनाउने सपना बुनेका थिए। आफ्नो जमानाका राजनीतिक र बौद्धिक नेता बीपीले राष्ट्र निर्माणको अवधारणा बनाउन पुरानो 'देश' शब्दको विनिर्माण (डिकन्स्ट्रक्ट) गर्न खोजेका थिए, 'राष्ट्रियता-नेपालको सन्दर्भमा' लेखमा देश 'राष्ट्र' बनेन भन्ने विश्लेषण गर्दै। गोरखा साम्राज्यको विस्तार ब्रिटिस साम्राज्यसँग ठोक्किएपछि नेपाल देशबाट राष्ट्र बन्ने सम्भावना बढेको उनको विश्लेषण थियो। तर, सुगौली सन्धिपछि शासकहरू सत्ता-शक्ति-सम्पत्तिका लागि मारकाटमा लागेपछि त्यस्तो सम्भावना तुहिएको उनको विश्लेषण छ, 'सन् १८१६ पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन।' किनभने, उनको ठम्याइमा शाह राजाहरूको अभियान विभिन्न जाति तथा भाषाभाषीलाई आबद्ध गरेर राष्ट्रियताको चेतना निर्माण गर्नेखालको थिएन। उनको खरो मत थियो, 'गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै, न गोरखा राज्य विस्तारको यन्त्र : गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए। गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन।'
अरु राजाभन्दा गरिब रहेका गोरखाली राजा र राजनीतिक नेताहरूले क्षेत्रीय विस्तार र साम्राज्य निर्माणलाई आफ्नो आर्थिक अवस्था सुधार्ने माध्यमका रुपमा उपयोग गर्नु अनौठो होइन। उनीहरूले राज्यमाथिको प्रभुत्वलाई आफ्नो आर्थिक सुरक्षा र समृद्धितिरको उकालो यात्रामा भर्यानङका रुपमा प्रयोग गरेका थिए। किनभने, उनीहरूका लागि सिंगो देश बिर्ता थियो र राज्यचाहिँ बिर्ता स्याहार्ने माध्यम। अतः उनीहरूले थालेको 'राष्ट्र निर्माण' प्रचारबाजी मात्रै होइन, स्वसमृद्धिमाथि ढाकछोप गर्ने नाटक पनि थियो।
महेशचन्द्र रेग्मीका अनुसार गोरखाली साम्राज्यको राजधानी गोरखाबाट काठमाडौं सारिए पनि देशको नाम गोरखाबाट नेपालै राखिए पनि मुटु भने गोरखै थियो। गोरखा र त्यसको सेरोफेरोका थरघर र अन्य परिवारका सम्भ्रान्त नै राजनीतिक र प्रशासनिक नेतृत्वमा स्थापित गरियो। गोरखाली वर्चस्व रहेको काठमाडौंले नेपालकै 'बडी पोलिटिक'मा विशिष्ट स्थान ओगटेर बसेको छ। भुवनलाल जोशी र लियो इ. रोजका अनुसार काठमाडौंले लिइरहेको विशिष्ट स्थान हो, प्रशासनिक राजधानीका रुपमा, नीतिनिर्माणको मुटुको रुपमा नेपाली राष्ट्रवादको मुहानका रुपमा, नेपाली सम्भ्रान्त वर्गको आवास गृह र उपासना गृहका रुपमा अनि सांस्कृतिक र बौद्धिक आचरणको केन्द्रका रुपमा।
नेपाल भनेको काठमाडौं होइन। राज्य भनेको पनि काठमाडौंका दरबार र शासकहरू पनि होइनन्। तैपनि उनीहरूले सत्ता-शक्ति-सम्पत्तिका लागि राजधानी काठमाडौंलाई केन्द्रीकृत बनाए, काठमाडौंबाहिरको औपनिवेशिक दोहन र गरिखानेहरूको बहिष्करण गरे। यस्तो वर्गीय, क्षेत्रीय र जातीय दोहनकै परिणामस्वरुप देश राष्ट्र बन्न सकेन, मुलुक विभिन्न भाषा, जाति, भाषा, धर्म, लिंग र क्षेत्रका जनताको सामूहिक घर बनेन। एउटै फूलले सजिने 'राष्ट्र-राज्य' बनाउने हिन्दू शासक वर्गको अभियानले अन्यजनलाई राज्यबाटै बहिष्कृत गर्दै दोस्रो दर्जाका नागरिक मात्रै बनायो।
बीपी र पुष्पलालको प्रस्ताव
सन् १९७१ मै बीपी कोइरालाले भनेका थिए- विभिन्न जाति, भाषाभाषी र धर्मावलम्बीको ठूलो जमातलाई राष्ट्रका रुपमा गठन गर्न र देशमा राष्ट्रियता निर्माण गर्नमा शासक र उनीहरूका अनुयायी चुके। त्यस चुकाइले देश र जनताबाट निकै महँगो मूल्य असुल गरेको देखेर उनले ठम्याएका थिए- शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको जग पनि यही एउटा सिद्धान्तको जगमा टिक्छ।
राज्य भनेको जनताको साझा सम्पत्ति हुनाले त्यसमाथि सार्वभौम जनताको सर्वाधिकार रहन्छ भन्दै उनले राज्यको नीति निर्धारण र राज्यशक्तिको प्रयोगमा जनताको साधिकार र निर्वाध उपस्थिति एवं हस्तक्षेपको सिद्धान्तलाई प्रजातन्त्रका तीन खुट्टामध्ये एक भनी व्याख्या गरे। र, पिछडिएका वर्ग र जातिलाई उनीहरूको उन्नतिका लागि हर क्षेत्रमा विशेष र तात्कालिक प्रोत्साहन दिनेखालको समाजवादको वकालत गरे। तर, बीपीले स्थापना गरेको नेपाली कांग्रेस र प्रजातन्त्रवादी भन्न रुचाउने उनकै अनुयायीले प्रजातन्त्र र समाजवादलाई सत्ताको भर्यापङबाहेक केही बनाएनन्।
देश वा राष्ट्र भनेको भूगोल र माटो होइन, जनता हो भन्ने बीपीले शासनयन्त्रमा जनताको समावेशीकरणको मूर्त प्रस्ताव गरेको पाइँदैन। उनकै समकालीन नेता पुष्पलाल श्रेष्ठले मूर्त प्रस्ताव राख्दै सन् १९५१ मै राज्यको सर्वाेच्च अधिकार जनताबाट निर्वाचित प्रतिनिधिको हातमा राख्ने, उनीहरूलाई निर्वाचकको बहुसंख्याले फिर्ता बोलाउन सक्ने, जनप्रतिनिधिहरूले नै विधान र ऐन बनाउने, १६ वर्ष पुगेका बालिगहरूले गोप्य मताधिकारका आधारमा प्रत्यक्ष चुनाव गराउने, राजनीतिक पार्टीहरूलाई अनुपातिक प्रतिनिधित्वको अधिकार दिने र स्थानीय सरकारलाई व्यापक अधिकार दिने प्रस्ताव गरेका थिए।
पुष्पलाल श्रेष्ठले धर्म, जात, योनी, वर्ण र जातीयताको भेदभाव नगरी सबैलाई बराबर नागरिक अधिकार दिनेमात्रै प्रस्ताव गरेका होइनन्, सबै जातिलाई आत्मनिर्णयको अधिकार दिने, मातृभाषामा शिक्षासँगै सरकारी तथा जनताका संस्थामा आ-आफ्ना भाषा प्रयोग गर्न पाइने र राज्यले नेपाली भाषा मान्नैपर्छ भन्ने कर नरहने खाका पनि पेस गरे। जातिहरूको जीवनस्तर उठाउने, उनीहरूलाई सबै दिशामा उन्नति गर्नमा पूरा सहयोग गर्ने, उनीहरूलाई राजकाजमा सामेल हुन दिने वा आ-आफ्नो इलाकामा आफ्नै मातृभाषामा शिक्षा प्राप्त गर्ने र अड्डा अदालतमा काम गर्न दिने पक्षमा उभिएका श्रेष्ठको दाबी थियो- नेपाल कम्युनिस्ट पार्टी जातिहरूको संस्कृति रक्षा, विकास र अन्य हकका निम्ति लड्छ। तर, नेकपाका सबै घटक पार्टीभित्र र पार्टीबाहिर यदुवंशी शैलीमा लड्दैछन्, उत्पीडित जातिलाई हक दिने कि नदिने भन्ने मुद्दामा।
वैचारिक विरासतको त्याग
हुन त बीपी कोइराला आजका अधिकांश राजनीतिक नेताका मात्रै होइन, आर्थिक र सामाजिक क्षेत्रका नेताहरूका पनि गुरू थिए भने पुष्पलाल श्रेष्ठ उनीभन्दा भिन्न विचार बोक्ने नेताहरूका गुरू थिए,। ती दुवै जना लोकतान्त्रिक नेताका अग्रगामी विचारलाई पनि उनीहरूकै अनुयायीले बेवास्ता गर्दै लामो आन्दोलन र युद्धको माग कुल्चँदै, समावेशिता र संघीयताविरुद्ध उभिने दुस्साहस गर्न थालेका छन्। जबकि उनीहरूलाई राम्ररी नै थाहा छ, अढाइ सय वर्षको बहिष्करण, दोहन र उत्पीडनकै परिणाम र प्रतिक्रियास्वरुप आज सत्ता-शक्ति-सम्पत्तिको केन्द्रीकरणविरुद्ध राज्य पुनर्संरचनाको बृहत् माग भएको हो, समावेशीकरण र सङ्घीयताका लागि प्रयास पनि सघन भएको हो। यो प्रयास आन्दोलनपछि स्थापित राजनीतिक लोकतन्त्रमा नपुग रहेको बहुसांस्कृतिक लोकतन्त्रको खोजी हो, देशको विखण्डन र समाजको विभाजनको माग होइन।
विडम्बना, अनेक निहुँमा जनआन्दोलन र जनयुद्धबाट देशभरि पोखिएका यस्ता माग र अनेक प्रयास तुहाउने सम्भ्रान्त वर्गीय प्रयत्न भने फेरि तेज भएको छ। यसको अर्थ सत्ता-शक्ति-सम्पत्तिमाथि हालीमुहाली गर्दै आएको सम्भ्रान्त शासक वर्ग र उसको राजनीतिक नेतृत्व ऐतिहासिक संघर्षहरूबाट पटक्कै चेतेका रहेनछन्। त्यस्तै मानसिकता र प्रवृत्ति बोकेका उच्च जातजाति र समुदायका पुरातन बुद्धिजीवी र प्रशासकहरूले पनि कुनै पाठ सिकेका रहेनछन्। आफ्नो स्वार्थ र हित नै सर्वाेपरि ठान्ने अनि अन्यजनका मागलाई जुत्ता पुछ्ने कपडा मान्ने उनीहरूको असमावेशी र अलोकतान्त्रिक चरित्र समावेशीकरण र संघीयताको विरोधमा मात्रै सीमित छैन, अन्तर्राष्ट्रिय संस्थामाथि दबाब दिने काममा पनि देखिएको छ, अनमिनलाई लखेट्ने अभियानमा जस्तै।
नेपाललाई बहुराष्ट्रिय राज्यका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने तथा त्यसमा सबै जाति, भाषा, क्षेत्र र लिंगका जनताको समावेशीकरण, सहभागिता र स्वामित्व कायम गर्ने लोकतन्त्रीकरण र मानव अधिकारको अभियानलाई अब 'सद्भाव, एकता र शान्ति' आदिआदि आकर्षक नाराको पासोमा अल्झाएर तुहाइयो भने सबै नेपालीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। किनभने विषमता, विभेद र उत्पीडनले भरिएको समाजमा न्याय, समता र स्वतन्त्रताको माग कुल्चँदै 'सद्भाव, एकता र शान्ति' को मात्रै नारा लगाउनु सामाजिक दुर्घटनालाई छिटो निमन्त्रणा गर्नु हो। अतः शासनयन्त्रमा जनताको समावेशीकरणको पक्षमा उभिएका बीपी कोइराला तथा शासनयन्त्रलाई नै रुपान्तरण र लोकतन्त्रीकरण गर्न मूर्त प्रस्ताव राखेका पुष्पलाल श्रेष्ठका विचारको आलोकमा मात्रै राज्य पुनर्संरचना गर्ने हो भने पनि राजनीतिक संक्रमणकाल छोट्टिने, राज्यमाथि अन्यजनको स्वामित्व र अपनत्व बढ्ने तथा निकट हुँदै गएको सामाजिक दुर्घटनाको रोकथाम र उपचार हुने देखिन्छ।