प्रधानमन्त्री बाबुराम भट्टराईले एक वर्षे कार्यकालको मूल्यांकन गर्न खर्चेको एक घन्टा लामो प्रत्यक्ष प्रसारणमा भारतसँगको कसिलो सम्बन्ध भन्न लाज माने। जबकि दिल्ली दाहिना पार्न सबभन्दा सफल प्रधानमन्त्री सम्भवतः उनै बनेका छन्।
पहिलो वर्ष पूरा गरेको भोलिपल्ट बुधबार उनी इरानतर्फ प्रस्थान गरे। असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिने क्रममा उनले फेरि भारतीय समकक्षी मनमोहन सिंहसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्। दिल्ली, न्युयोर्क, माले र रियो दि जेनेरियोपछि तेहरानमा भेटघाट गर्दा सिहसँग उनको पाँचौं हात जोडाई हुँदैछ।
एक वर्षभित्र भारतका प्रधानमन्त्रीसँग यति धेरैपल्ट द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको अर्को कुनै नेपाली प्रधानमन्त्री सम्भवतः छैन। हुन त, भट्टराईले भारत र चीनको आर्थिक विकासबाट लाभ लिन गतिशील पुल बन्ने नीति प्रकट गर्ने गरेका छन् तर उत्तरस"गको विश्वास भने हासिल गर्न सकेको देखिँदैन।
चिनिया राष्ट्रपतिको त कुरै छाडौं, प्रधानमन्त्री बेन जिआबाओसँग उनको भेटघाट एकैपल्ट त्यो पनि उनी एक दिने नेपाल भ्रमणमा आउँदा भएको हो। उनले चीन भ्रमण गर्ने उत्सुकता नदेखाएकामा बेइजिङ धेरै प्रसन्न छैन भन्ने बुझिन्छ। नेपालका धेरै कम्युनिष्ट नेताले धेरैपल्ट चीन भ्रमण गरेका छन्, उनले त चीनको भीसा एकपल्ट पनि हान्न पाएका छैनन्। नेतृ पत्नी हिसिला यमीले बरु बल्लतल्ल पत्रकारहरुको नेतृत्व गर्दै हालै पहिलो चीन भ्रमण गरिन्।
अध्यक्ष पुष्पकमल दाहालको नौ महिने शासनकालमा चीनबाट तेह्र वटा प्रतिनिधिमण्डलले काठमाडौं भ्रमण गरेको र नेपालमा चीनको बाक्लो उपस्थिति र चाख देखिन थालेको भन्ने दिल्लीको गुनासो उनले चाल पाएका थिए। उनी भारतसँग हात कसिलो पार्ने र सकभर चीनलाई पनि प्रतिकूल नपार्ने गरी सार्वजनिक अभिव्यक्ति दिन सचेत देखिएको उनको पछिल्लो सम्बोधनबाट पनि प्रष्ट हुन्छ।
भारतसँगको सम्बन्ध सहज पार्नु र अझ 'बिजनेस फ्रेन्ड्ली' बनाउनु आवश्यक छ भन्ने उनको निश्कर्ष व्यवहारवादी छ। भारत भ्रमणका क्रममा समकक्षी मनमोहन सिंहले अहिले नगरे तपाईंलाई अनुकूल होला कि भन्दा पनि राजनीतिक जीवनको बरु जुवा नै खेल्छु भन्दै द्विदेशीय लगानी संरक्षण र सम्बर्द्धन सम्झौता बिप्पा गराए। माओवादी पार्टीलाई मूलधारको अर्थ राजनीतिमा व्यावहारिक तुल्याउने जस त्यही सम्झौतालाई जानेछ।
भट्टराई भारतसँग सन्धि सम्झौता गर्न हिच्किचाउनुहुन्न भन्छन् र सत्तामा पुग्नुअघि जति विरोध गरे पनि १९५० को सम्झौताको प्रसंग उक्काउँदैनन्। त्यो सम्झौताका शब्द र सारमा अल्झेर धेरै नेपाली नेताले आन्तरिक राजनीति गरे तर सम्बन्धलाई व्यावहारिक बनाउन सकेनन्। युद्धकालमा भारतसहितका देशलाई गोप्यपत्र लेखेको भनेर पछिल्लोपल्ट चर्चामा आउ"दा उनले गुप्तचर निकायहरुस"गको सबभन्दा आपत्तिजनक सहकार्यबारे भने मुख खोलेका छैनन्।
चीनस"ग पनि बिप्पा गराउनेबारे उनी सकारात्मक देखिन्छन्। त्यो आवश्यक कदम हुने थियो तर चीनले कति पत्यार गरेको छ भन्ने खुलिसकेको छैन। नेपाल नीतिका प्रभावशाली चिनियाँ पदाधिकारी आइ पेइले नेपाल भ्रमण गर्दा भएभरका नेता भेट्दा पनि भट्टराईलाई भेटिदिएनन्। शायद त्यो उनको असन्तुष्टि व्यक्त गर्ने संकेत थियो। भट्टराईले पश्चिम सेती चिनिया कम्पनीलाई दिने समझदारीपत्रमा हस्ताक्षर गराएर अर्को प्रगति भने गरेका छन्। चीनसँग पनि बिप्पा गराउने श्रेय पाए भने उनी नेपालका व्यवहारवादी नेता सावित हुन सक्नेछन्। नत्र बाह्य सम्बन्धमा उनी सन्तुलित हुने छैनन्।
देशभित्र भने उनको विश्वसनीयता खस्किएको र जनमानसमा आशा मरेको व्यापक टीका-टिप्पणी हुने गरेको छ। काठमाडौंका सडक चौडा पार्न अर्को कुनै प्रधानमन्त्रीले शायदै जोखिम मोल्ने थियो। त्यसैगरी मुख्य सचिवमा लीलामणि पौडेललाई नियुक्ति निर्णय गरेर सत्ता गठबन्धन आफ्नो काबुमा राखेका उनले अब प्रहरी महानिरीक्षकमा कुबेरसिंह रानाको त्यस्तै निर्णय गरे भने अडानमा बस्ने नेताको पगरीबाट उनी धेरै वञ्चित हुने छैनन्।
तर देशको राजनीतिक कार्यदिशा र संविधानबारे उनले पछिल्लोपल्ट दिएको अभिव्यक्ति पनि अविश्वसनीय र विरोधाभाषपूर्ण छ। सबभन्दा पहिला बहुमतीय प्रक्रियामा जानुपर्ने अवस्थाबारे उनले अरुलाई दोष दिएका छन् जबकि गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने भनेर धोका दिएपछि माओवादीप्रतिको अविश्वासका कारण संविधान संशोधन भएको इतिहास साक्षी छ। राष्ट्रपति कसैलाई नबनाई राष्ट्राध्यक्षको जिम्मेवारीसहित प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहालले देश चलाउन खोजेका थिए भन्ने उनीहरु बक्न चाहँदैनन्।
त्यसैगरी उनले संविधान सभाको म्याद थप गर्न नमानेको भनेर कांग्रेस सभापतिलाई लाञ्छित गरेका छन् भने अर्कातिर सर्वोच्च अदालतको व्याख्या र आदेशमा संविधान सभा स्वतः अवसान भएको भनेका छन्। अदालतको आदेश नाघेर म्याद थप्न कोइरालाले नदिएको आरोप लगाउनु विरोधाभाषपूर्ण छ। त्यत्तिकै विरोधाभाषपूर्णरुपमा उनले भनेका छन्- संविधान सभाको अवसान आकस्मिक थियो भनेर। अदालतले पटकपटकका आदेशबाट त्यो अन्तिम म्याद थियो भनिसकेपछि राजनीतिक असफलताको दोष अदालतलाई लगाउने उनको मनसुवा देखिन्छ।
उनले दलबीचको पाँच बुदे सहमति किन कार्यान्वयन नगरेको भन्ने कारण दिन सकेका छैनन्। पाँच बुँदेभन्दा विपरीत दुई मधेस प्रदेशको अडान लिएर भट्टराई आफैंले सबैलाई छक्याएको जेठ १४ गतेका घटनाक्रमबाटै प्रष्ट हुन्छ। बहुपहिचानसहितको संघीयता राखेर त्यस दिन संविधान जारी हुने चाँजोपाँजो मिलिसकिएको थियो, एकाएक कसले प्रक्रिया अवरुद्ध गरेको भन्ने पनि उनी एकीन बोल्न चाहँदैनन्।
भट्टराईले कांग्रेस र एमालेका प्रतिनिधि म्याद थपको विपक्षमा उभिएर सरकारबाट अलग्गिएको भनेका छन् तर एमालेका प्रतिनिधि त अकस्मात निर्वाचनको निर्णय गर्न लागेको मन्त्रिपरिषद्को बैठकबाट पो अलग्गिएका थिए त। संविधान सभाको आकस्मिक अवसान रोक्न म्याद थपको प्रस्ताव लैजाने आफू हो भनेर उनले बोल्दा संकटकाल लगाएर संविधान सभा जोगाउने प्रस्तावमा छलफल नगरेकोचाहिँ उल्लेख गर्न खोजेका छैनन्। त्यसैगरी सभामुख सुवासचन्द्र नेम्वाङको सक्रियतामा व्यवस्थापिका संसद जोगाउनेगरी संविधान संशोधनको विकल्प सारिएको पनि उनले जनतालाई बुझाउन आवश्यक ठानेका छैनन्।
इतिहासले मूल्यांकन गर्छ को दोषी थियो भन्ने। प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म संसद जोगिएको भए पनि संविधानसमेत जारी हुने र सरकार जवाफदेही रहिरहनसक्ने उपयुक्त विकल्पमा किन आ"खा चिम्लिए त? सहमतिको त्यति धेरै रटान दिने प्रधानमन्त्रीले चारमध्ये दई शक्तिमात्र मिलेर राजनीतिमा मोर्चाबन्दी कस्न संविधान सभालाई असफल पारेको प्रष्ट भइसकेको छ।
अर्को वैधानिक सरकारलाई जिम्मेवारी सुम्पने घोषणा गर्दा उनले संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुको बहुमत रहेको हिसाब देखाएका छन्। तर उनकै दल माओवादी र उपप्रधानमन्त्रीको फोरम लोकतान्त्रिक फुटेपछि उनको त्यही बहुमत पनि खुस्किएको लुकाएका छन्।
परिवर्तनका एजेन्डालार्ई अरु दलले आत्मसात गर्न सकेनन् भनेको के हो? बहुपहिचानसहितको संघीयता के परिवर्तनको एजेन्डा होइन? के मधेसमा दुई प्रदेशको अडानमात्र परिवर्तनको एजेन्डा हो? सुदूरपश्चिम, विराट र भोजपुराका आन्दोलनसामु सत्तासीन दलका नेताहरुले सहमति गरेका होइनन्? उनले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक मुद्दाका लागि संविधान सभा खोजिएको उल्लेख गरेका छन् तर वर्गीयको ठाउ"मा जातीय मुद्दालार्ई प्रधानता दिएको देश साक्षी छ।
संविधान बन्न नसकेको कारणबारे जनतालाई सत्य प्रकाश गर्न नसकेको र उल्टै छल गरेको देखिँदा उनको विश्वसनीयता घट्नु स्वाभाविक हो। आन्तरिक राजनीतिमा विश्वसनीयता स्थापित नगरी बाह्य सम्बन्धलाई व्यावहारिक तुल्याएर मात्र आजको देशले निकास पाउन सम्भव छैन।
प्रधानमन्त्रीको विदेश भ्रमणको पूर्वसन्ध्यामा उनकै दलका अध्यक्षसहित शीर्ष नेताहरुको भेटघाट र सरकार फेर्ने प्रयास पनि राष्ट्रिय चरित्रका दृष्टिले अशोभनीय छ। कामचलाउ नै भए पनि राष्ट्रको प्रतिनिधित्व गरेर विदेश जान लागेका प्रधानमन्त्रीलाई कमजोर आँकेर अर्को सरकारको सम्भाव्यताबारे छलफल चलाएको देखिनु राष्ट्रको प्रतिनिधित्व कमजोर तुल्याउनु हो।