नेताबीचको सहमति र जनताको मत
१७ भदौ २०६९
•
१५ मिनेट पाठ
नेताबीचको सहमति र जनताको मत
विवादित विषयमाथि जनताको मत असल विकल्प हो तर यसलाई पनि सर्वग्राह्य बाटोबाट अगाडि बढाउनुपर्छ। सम्पूर्ण संस्था ध्वस्त गर्दै अब हिँड्ने बाटो अस्थिरताउन्मुख भयो भने त्यो देशका लागि दुर्भाग्य हुनेछ।
थोरैमात्रै विवादित विषय बाँकी रहँदै संविधान सभालाई मृत्युवरण गर्न निमोठियो। बाबुराम भट्टराईको शासन यसै कारणले पनि सय दिनभन्दा बढी लम्बियो। त्यसो त उनको बचनवद्धता ४५ दिन हुँदै ३ महिनामा मुलुकका जटिल एवं उल्झेका सबै विषय सुल्झाउने कुरा त कहाँ फ्याँकिए कहाँ? दण्डहीनता, अराजकता, लथालिंग प्रशासन, मनपरीतन्त्र, झण्डैझण्डै राणाकालमा जस्तै हुकुमी शासनको बोलवाला मुलुकले अनुभव गर्‍यो र गर्दैछ पनि। फेरि राजनीतिक सहमतिका कुरा उठ्न थालेका छन्। सहमतिको एउटा प्रमुख पक्ष नै आफैं सत्तामा हावी छ। ऊ आफू भने सहमतिका लागि तयार छैन। र, अरुलाई सहमति जुटाएर ल्याए त्यसपछिमात्रै सत्ता छोड्छु भन्ने जिद्धिबाट एक पाइला पनि पछि हट्न तयार छैन।




जे होस्, ढिलो/चाँडो विभिन्न दलका शीर्ष नेताको पछिल्लो बैठकमा पनि विवादित विषयमा सहमति गरौं भन्ने कुरा उठेको छ। संविधान जारी गर्नुपर्ने भनेर तोकिएको मिति जेठ १४ गतेसम्म फर्केर हेर्दा विवादित विषय भनिएको संघीयताको मामिला नै थियो। जसलाई लिएर उठेका जुलुस साना-ठूला जे-जस्ता हुन् चार दिशाबाट सविधान सभाका बाटा घेर्नका लागि भने पर्याप्त थिए। ती धेरैजसो जुलुसको नेतृत्व एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नै गरेका थिए। अहिले त झन उनी मधेसकेन्द्रित केही दलको मोर्चासमेतका नेता भएका छन्। संघीयताको विषयलाई लिएर उनले घोषणा गर्दै आएका अहिलेसम्मको एकल जातीय राज्य अर्थात् एकल जातीय पहिचानसहितको राज्य या पछि आएर सुधार गर्न खोजिएको जातीय पहिचानसहितको राज्य या मात्र पहिचानसहितको राज्य या सीमा र रेखांकन पछि गर्न सकिनेखालको राज्य आदि कुराले अब दलहरुको विवाद हो या उनैको आफैंभित्रको मनोदशाको द्वन्द्वान्मकता हो, त्यो त उनी आफैं बुझून्। तर संघीयताको विषय यद्यपि नेपालको राजनीतिमा एउटा गम्भीर विषय छ, जसले भावी संविधानलाई निश्चितरुपमा प्रभावित गर्छ नै।

पुष्पमकल दाहाल एउटा ठूलो तलाउमा त्यस्तो नाउ खियाउँदै हिँडेका छन्, जसले केही बेरसम्म पानीमा डोब छोड्छ र त्यो मेटिँदै जान्छ। उनले सुरु गरेको जनयुद्धदेखि आजको राजनीतिक परिदृश्यसम्म आइपुग्दा धेरै कुरा फेरिएका छन्। अब पनि फेरिँदैनन् भन्न सकिँदैन। यसलाई उनको स्रैद्धान्तिक राजनीति भनौं, व्यावहारिक राजनीति भनौं या राजनीतिक चतुर्‍याई भनौं या राजनीतिलाई आफ्नो अनुकूलतामा ल्याउने चाटुकारिता जे भन्दा पनि मिल्छ।

विवादित विषयमा जनताको मत लिनेतिर राजनीतिक दलहरुको सहमति यदि पुग्नै लागेको हो भने यसलाई सकारात्मक दिशाको पहलकदमी मान्नुपर्छ। संविधानको अन्तरवस्तुलाई सहमतिबाट टुंग्याएर संविधान संशोधन गदर्ैै एकैपटक संसद्को निर्वाचनमा जाने वा संविधान सभाको निर्वाचनमा गएर नयाँ संविधान निर्माण गर्ने। यी कुनै पनि विकल्पमा प्रवेश गर्नका लागि अन्तरिम संविधान संशोधन अपरिहार्य हुन्छ नै। अब यो समस्याको निराकरण कसरी गर्ने भन्ने कुरो जहाँको त्यहीँ छ। आन्दोलन, समझदारी जेसुकै गरे पनि राजनीतिक दलहरु एक ठाउँमा बसेर एउटा निर्णयमा पुगेर यसको जिम्मेवारी कसै न कसैले लिनैपर्ने हुन्छ। र, त्यो जिम्मेवार संस्थाले यो काम सम्पन्न गर्नैपर्ने हुन्छ।

संविधान संविधान सभाले नै बनाउनुपर्छ। अर्को विकल्पको खोजी सामान्यतः स्वीकार्य हुँदैन। यो टालटुले राजनीतिमात्र हुन जान्छ। सहमति हुन नसकेका विषय भनेर किटान गरिएका संघीयता र शासकीय स्वरुपलाई संविधानमा समाहित गर्नका लागि उत्तम विकल्प भनेकै यी दुई विषयमाथि जनमत संकलन गर्नु नै हो। जो सामान्यतः आम बोलिवचनको भाषाको जनमत संग्रह (रेफेरेन्डम) होइन कि बरु अर्को प्रकृतिको मत संकलन हो, जसलाई प्लेबिसाइट पनि भनिन्छ, जो खासखास संवैधानिक मुद्दामा मात्रै मत संकलन गरिन्छ। यसरी यी दुई जटिल मुद्दालाई हामी सुल्झाउन वा टुंग्याउन सक्छौं अथवा मुद्दामाथिको मत संग्रह पनि गर्न सकिन्छ। जसमा एउटा या दुईटा मुद्दाका लागि बेग्लाबेग्लै मतपत्रमा बेग्लाबेग्लै मत संग्रह गरिन्छ र त्यसैबाट त्यसको टुंगो लगाउने अभ्यास हुन्छ। संविधान लेखनमा अरु त्यति जटिल प्रश्न भएजस्तो देखिँदैन। यति नै विषयमा राष्ट्रिय सहमति बन्न सके पनि संविधान निर्माणमा धेरै जटिलता आउँदैन। दलीय अडानजस्ता बकवासपूर्ण कुराले भने संविधान कहिल्यै पनि बन्न सक्दैन र जनतालाई यो सुनिरहने इच्छा पनि छैन।

यसपछि पनि संविधान सभाको मृत्यु भइसकेको अहिलेको अवस्था, राज्यको उपस्थितिको शून्यता यस्ता धेरै प्रश्नको बीचबाट मुलुकको दिनानुदिनको हालत, राजनीतिक दलबीच विश्वासको अभाव, ध्रुवीकरणको तीव्रता, जनताप्रति ओठेभक्ति, जनता र नेतृत्वबीचको खाडल यसबीचबाट यी कार्य सम्पादनको भूमिका कसले निर्वाह गर्ने भन्ने प्रश्न स्वाभाविकरुपमा उठेका हुन्छन्। यदाकदा स्वतन्त्र व्यक्तित्वहरुबाट सरकारको निर्माण होस् र त्यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराओस्, त्यसैबाट संविधान निर्माण होस्, त्यसैले संसद्को भूमिका पनि निर्वाह गरोस् भन्ने एउटा सोच पनि प्रवलरुपमा अगाडि आएको छ। होइन, जेठ १४ अगाडि नै भएको ५ बुँदे सम्झौताअनुुरुप कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकारको निर्माण हो, बाँकी कार्य सम्पादन उसैले गरोस् भन्ने सोच पनि जबर्जस्त किसिमको छ। जस्तोसुकै होस्, वर्तमान सरकारको साटो जुनसुकै सरकार आओस् निर्वाचन भने छिटो सम्पन्न होस् र शान्ति र संविधान छिटै मुलुकमा आओस्।

दुई विषयमा जनताको मत माग्न सकिन्छ भने मतै माग्नका लागि अरु विषयमा किन प्रवेश गर्न सक्दैनन् भन्ने कुरो उठ्न सक्छ। आखिर मुलुकमा विद्यमान राजनीतिक मुद्दालाई सकेसम्म चिरस्थायीरुपमा समाधान गर्ने प्रयत्न नै हो। धर्मनिरपेक्षताको मुद्दा पनि कसैले उठाउन सक्छ। त्यसैगरी गणतन्त्र र राजतन्त्रको मुद्दा पनि उठाउन सक्छ। त्यसको व्यवस्थापन नै हुन सक्दैन भन्ने कुरो पनि छैन। मतदाताको नामावलीमा भएका व्यक्तिहरुको निश्चित संख्याले मागेका आवस्थामा त्यो कति तोक्ने हो? यस्तो मत माग्नेहरुसित कति मतदाता नामावलीमा भएका मतदाताको संख्यासहित माग गर्छन् भने र निर्वाचन आयोग तत्कालै त्यो व्यवस्था गर्न सक्छ भने त्यस विषयमा पनि मत संकलन गरेर छिनोफानो गर्ने साहस ठूला दलले देखाउन सक्नुपर्छ। राष्ट्रिय सरकार निर्माण गर्दाखेरी पनि दलहरुको उपस्थितिलाई मोर्चाबन्दीको रुपमा नलिई समावेसी, समानुपातिक दृष्टिले हेर्न सकियो भने त्यहीँबाटै यी धेरै प्रश्नको समाधान खोजी गर्ने काममा सरकार स्वयंले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छ।

संविधान सभा ६०१ जनाको धेरै ठूलो भयो भनिए तापनि त्यसबेला आन्दोलनको उन्माद, बलिदानको कदर, रगतको मूल्य, सिंगो देशलाई हेर्ने दृष्टि यो सबैप्रति उदार चित्त राखेर नै एउटा समावेसी सभाको निर्माण गरिएकै हो। सँगसँगै विषयगत समितिहरुले संविधानका विविध मुद्दामा छलफल गर्दै, टुंगो लगाउँदै बहुमत, अल्पमत, सहमति, असहमतिको यात्राबाट गुजि्रदै धेरै विषय टंुगो लगाएकै पनि हो। तर ती विषय संविधान सभाको ती ठूला बैठकमा पुग्नै पाएनन्। र, त्यसपछि विस्तृत छलफलको माग जुन आम सभासदले गरे, त्यो अवसरबाट उनीहरु वञ्चित भए। आ-आफ्ना इच्छा, स्वार्थ, आकांक्षा, हित यसमाथि बहस गर्ने मौकै मिलेन। लोकतान्त्रिक दललाई धेरै दोष दिने ठाउँ पनि छैन। लोकतान्त्रिक दलमा त व्यक्ति नै सर्वोपरी हुन्छ, ऊ नै सार्वभौम हुन्छ, ऊ नै अनन्त सम्भावना हुन्छ। दलभन्दा माथि उठेर सोच्नुपर्ने उपदेशहरु चारै दिशाबाट आए। लोकतान्त्रिक दलमा आबद्ध व्यक्तिहरु दलभन्दा माथि उठेरै कुरो गर्छन्। जुन दल व्यक्तिको स्वायत्ततालाई स्वीकार गर्दैन, त्यस्ता दलको मात्रै यो समस्या हो। र, तिनका कारणले चार वर्षसम्म संविधान बन्न सकेन।
विचारपूर्ण स्वार्थ व्यक्तिको स्वार्थ हुन सक्दैन। कसैको इच्छा, सपना, भावना, लहड या जलप लगाइएको बलिदानी इतिहासले कुनै मूल्य र आदर्श निर्माण पनि गर्न सक्दैन। सधैं कारण र विज्ञानको खोजी समाज विज्ञान र समाज विकासमा अकाट्य र कालजयी रहँदैन। आजको नेपालको भविष्य निर्माण नेतृत्वहरुबाट पुग्न खोजिएको भनिएको विवादित विषयमाथि जनताको मत असल विकल्प हो। तर यसलाई पनि सर्वग्राह्य बाटोबाट अगाडि बढाउनुपर्छ। सम्पूर्ण संस्थालाई ध्वस्त गर्दै अब हिँड्ने बाटो अस्थिरता उन्मुख भयो भने त्यो देशका लागि दुर्भाग्य हुनेछ। सबै दलहरु सहमतिमा पुग्नका लागि आतुर देखिन्छन्। बैठकले पनि तीव्रता पाएकै छ। सहमतिमा पुगिसकेपछि यसको कार्यान्वयन गर्ने कसरी? भन्ने प्रश्न त उठ्नु नै छ।
जस्तोसुकै सहमति भए तापनि तीन कुरालाई हामीले बिर्सनुहुन्न। संविधान संविधान सभाले नै बनाएको हुनुपर्छ, संघीयता जनताले मागेजस्तै हुनुपर्छ र शासकीय स्वरुप जनताको सुविधाअनुरुप वर्तमानलाई जनताले खोजेजस्तै हुनुपर्छ। बाँकी कुरा तत्कालै बन्ने संविधानमा जनता माग्छन् माग्दैनन् त्यो हेर्न बाँकी नै छ। राष्ट्रपतिले केही कदम चाल्नुअघि संविधानको अक्षरले कहाँनेर बाँध्छ र कहाँनेर फुकाउँछ भन्नुभन्दा पनि राजनीतिक दलहरुले उनको हातलाई कति मजबुत किसिमले साथ दिन्छन् भन्ने कुरो महŒवपूर्ण हो। र, एउटा अर्को कुरो पनि निश्चित हो- राष्ट्रपतिको काम अध्यादेश जारी गर्दै कामचलाउ सरकारलाई अनिश्चितकालसम्म टिकाइराख्नु भन्नेचाहिँ होइन। राष्ट्रपति र राजनीतिक दलका नेता यसप्रति संवेदनशील हुनु वाञ्छनीय देखिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस