राष्ट्रियता र विकास
१९ भदौ २०६९
•
१५ मिनेट पाठ
राष्ट्रियता र विकास
ब्रिटिश गोर्खाका निवर्तमान सैनिकहरू पेन्सनलगायत् असमानताका विषयवस्तुलाई लिएर बेलायती सरकारका हाकिमहरूलाई हस्ताक्षर बुझाउँदै छन्। यो विषय त्यस समयमा उठिरहेको छ, जतिबेला बेलायतका एक मन्त्रीले काठमाडौंमा भनेका थिए- 'सीमान्तकृत जनतालाई सहयोग गर्ने बेलायती सरकारको घोषित नीति हो र त्यो जारी छ।'
उनको यो भनाई जनजातिप्रति लक्षित थियो। हो, जनजाति नेपालीको राजनीति र प्रशासनिक सेवामा न्युन उपस्थिति छ, यस क्षेत्रमा उनीहरु सीमान्तकृत हुन्। तर त्यसका पछाडिको कारण गोर्खा भर्तीमा लगिएका नेपाली जनजाति युवामाथि बेलायतले गरेको भेदभाव हो भनेर किटान गर्न सकिन्छ। केही तथ्य यस सम्बन्धमा आउनु आवश्यक छ। जनजातिका जल्दोबल्दो नयाँ नेताले यस विषयलाई अवश्य उठाउने छन्।
प्रथम विश्वयुद्धमा बेलायती सेनामा मर्ने अत्यधिक सैनिक नेपाली गोर्खा थिए। बर्मामा जापानिजहरूको आक्रमणमा मात्र एकै रात हजारौं नेपाली मरेका थिए। जापानीले नियन्त्रणमा लिएको एउटा रणनीतिक स्थान हातमा लिन बेलायतले घोडालाई खुवाउने रम खुवाएर राति नेपालीलाई त्यसतर्फ लगेको थियो। रातभरमा करिव १२ हजार नेपालीको कत्लेआम भएको थियो भनेर अनुभव सुनाउनेहहरु केही वर्षपहिलेसम्म जिउँदै थिए। यी मर्नेलाई थाहा थिएन, उनीहरू किन मारिएका हुन् र कसका लागि मर्दैछन्। प्रथम विश्वयुद्धताका लगभग २ लाख नेपाली युद्धमा सामेल गरिएका थिए र बाँचेकाहरू पनि बर्मा, आसाम, डुवर्स, दार्जिलिङ र देहरादुनतिरै बसे धेरैजसो। त्यसबेला नेपालको जनसंख्या करिव ५० लाख थियो र जनजातिको करिव १५ लाख। महिला, वृद्ध र केटाकेटीबाहेक गर्दा करिब चार लाख युवामध्ये सद्धे, स्वस्थ र चलाख सबै युवा बेलायतको युद्धमा प्रयोग भए। धेरै मरे। थोरै अलिकति कम्पनी पैसा र ११ हातको सेतो पटुका उपदान लिएर फर्कन बाध्य छन्।
दोस्रो विश्वयुद्धमा करिब ६ लाख सद्धे युवामध्ये ४ लाखभन्दा बढी गोर्खा सैनिकको छातामुनि लडे। बर्मामा जापनिजहरूको अचानक घेराबन्दी र हवाई आक्रमणबाट बाँच्न भागेका हजारौं सैनिक माण्डले भन्ने ठाउँमा सखाप भए। खोलाको पुल पनि जापनिजहरूले भत्काइसकेका रहेछन्। त्यस त्रासदिबाट बाहिर निक्लिएका करिव ६ सयमध्येका एक जनाले मलाई भनेका थिए- खोलाको रङ नै रातो भएको थियो रगतले। लड्दालड्दै सुवासचन्द्र बोसको सम्पर्कमा आएका पूर्णबहादुर खवास नामक एक जना गोर्खाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्- 'मलेसियामा जापनिज हवाई आक्रमणमा परेर मरेका लास खेतैभरि देखिन्थे, गिद्ध र स्यालले मासु लुटिरहेका हुन्थे। हजारौं त्यस युद्धमा मरे। कुनै गणना नै भएन। घाइतेलाई अस्पतालमा लैजाँदा औषधी उपचार महँगो हुने भएकाले गोली हानी मारिदिनू भन्ने आदेश थियो।' किन मारिए उनीहरू? कसका लागि मारिए उनीहरु? किन पेन्सन पाएनन् उनीहरूले? यी प्रश्न अझै अनुत्तरित छन्। तर जनजातिलाई सीमान्तकृत पार्नेहरु गाउँका गरिब नेपाली होइनन्, देशका राणा र भारतमा शासन गर्ने गोरा उपनिवेशवादीहरु थिए।
विश्वयुद्ध सकियो र बेलायतले भारत छाड्यो । सन् १९५६ बाट मलेसियामा साम्यवादी विद्रोह सुरु भयो। त्यो विद्रोह दबाउने लडाइँको ठेक्का बेलायतले लियो 'मले' सरकारसँग। १७ हजार युवा त्यसमा सामेल गरिए। ब्रिटिस सरकार प्रतिसैनिक ४८२ 'मले' डलरका दरले रकम लिन्थ्यो १७ हजार नेपालीको। तर नेपालीलाई भने मात्र ८० मले डलर दिन्थ्यो। कल्पना गरौं, १२ वर्षमा १७ हजारको ४०२ डलरका दरले बेलायतले कति कमायो होला? तर १९६८ मा उनीहरुमध्ये ११ हजार विनापेन्सन घर फर्काइए। उनीहरुले शिक्षाको अवसर गुमाए। राजनीतिको अवसर गुमाए।
के यसबाट स्पष्ट हुँदैन जनजातिको सीमान्तीकरणको कारण? के नेपाली इतिहासकारलाई यसबारे थाहा छैन? के नेपालका राजनीतिक पार्टीलाई यसबारे थाहा छैन? नेपाली मिडियाले यसबारे किन खोजीनीति नगरेको? के जनजातिका युवाविहीन थिएन सन् १०५०/६० को दशक? के त्यसबेला बाहुन र क्षत्रीले सरकारी जागिर खाएर गल्ती गरेकै हुन्? संविधान सभा भवनअगाडि जेठ १३ गते जनजातिका नाममा नेता भएका एक जनाले कविता पाठ गरेका थिए। अनि भनिरहेका थिए हामीले विश्वयुद्ध लड्यौं, तिमीले के गर्यौा? हामीले सगरमाथा चढ्यौं तिमीले के गर्यौय? यो 'तिमी' भनेको को हो थाहा छैन? भन्न खोजिएको के हो भने हामीले विश्वयुद्ध त लड्यौं तर के पायौं? सीमान्तीकरण। तर किन हाम्रा नेताहरू प्रश्न गर्दैनन् हिजोका त्रासदिबारे?
हाम्रो राष्ट्रियता र स्वाभिमान चकनाचुर भएको छ। हाम्रा नेतालाई देशको स्वाभिमान, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको अनुभूति नै हुँदैन। भारतीय सिनेमामा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल, भादगाउँले टोपी र खुकुरीलाई चौकीदारको पोशाक बनाएर प्रस्तुत गरिन्छ। उनीहरूको राष्ट्रिय पोशाक चौकीदारको पोशाक बनाउँदा, उनीहरूको इतिहास बोक्ने शब्द 'गोर्खा' नोकरको नाम बनाउँदा यस देशका नेता र यस देशका कर्मचारीलाई मन दुख्दैन। त्यस्ता फिल्मलाई नेपालमा सगौरव प्रदर्शन गर्ने अनुमतिपत्र जारी गर्छ सञ्चार मन्त्रालय।
दुई देशका विशाल जनसंख्या, भाषा, संस्कृति र भूगोलबीच चेपिएको हाम्रो समाजले सधैं अस्तित्वको लडाइँ लड्नुपरेको छ। त्यसैले आफ्नोपन जोगाउने, आफ्ना विभूतिहरूको इतिहास जोगाउने, आफ्नो इतिहास जोगाउने एउटा फरक राष्ट्रियता जोगाउने कुरामा हाम्रो शिक्षा नीति हुनुपर्ने थियो। तर राजनीतिक नेतालाई सधैं गाली गर्ने, नेपाल बिग्रियो भनेर निरासा ओकलिरहने हाम्रा बुद्धिजीवीले चलाएका स्कुलका नाम शंखधर, फाल्गुनन्द, बलभद्र, लखनसिंह, कोशी, कुम्भकर्ण, अमृत श्रेष्ठ, शंकर पन्त, नारायण गोपाल हुन सकेनन्। ती त फ्लोरिडा, पेन्टागन, चेल्सी, के के हो के के बनेर आए। आधुनिकता हामी सबैको चाहना र सपना हो। तर आधुनिकताका नाममा 'पश्चिमीकरण' गर्न हामी यति धेरै उद्यत छौं हाम्रो स्वाभिमान, हाम्रो सामाजिक सद्भाव, हाम्रो राष्ट्रियता मरिसकेको छ।
शिक्षामा निजीकरण आयो, ठीक छ। तर निजी क्षेत्रका शिक्षालयहरू युवालाई विदेश पलायन गर्ने सल्लाहकार केन्द्र भएका छन्। देशका विश्वविद्यालयलाई सदृढ र सफल पार्ने चासो उनीहरूको
छैन। उनीहरू देशका विश्वविद्यालयको धज्जी उडाउँछन्। उनीहरू युवालाई विदेशी विश्वविद्यालयको भोक जगाउँछन्। बाबुआमा देशभित्र छोराछोरी पढाउन चाहँदैनन्। जो देशको माया गर्ने काममा सरिक छन्, उनीहरूका संस्था बन्द हुन्छन्। राजनीतिक दलका मानिसले मागेको पैसा तिर्न नसक्दा उनीहरू तालाबन्दीका शिकार हुन्छन्। देश राजनीतिक दलका नेताले मात्रै होइन, राष्ट्रियतालाई कुल्चिएर आफ्नो हित भए 'राष्ट्र भाँडमा जाओस्' भन्ने बौद्धिकताको डसाइले पनि मर्माहित भएको छ। हामीले विकास गर्नैपर्छ। हाम्रा छिमेकीसँग मिलेर बस्नैपर्छ। उनीहरु सरोरकारप्रति संवेदनशील हुनैपर्छ तर आफ्नो सम्मान कायम राखेर।
सडकका किनारमा लाखौंलाखका विज्ञापनका साइनबोर्ड छन्- अंग्रेजी ठाउँ, अंग्रेजी संस्था र अंग्रेजी नेताका नामका स्कुलहरूका, विदेशी विश्वविद्यालयका। अर्थात् देश पश्चिमी धनी राष्ट्रका विलासी नागरिकको सेवा गर्न 'शिक्षितहरू' उत्पादन गर्ने उद्योग भएको छ। नागरिकले कर तिरेर चलेको त्रिवि चिकित्सा क्याम्पसबाट छात्रवृत्तिमा पढेकाहरू पनि विदेश पलायन हुन्छन्। सरकारी विश्वविद्यालयमा देशको राजस्वले खुलेका र चलेका संस्थामा पढेका पनि देशमा बस्दैनन्। के नेपालको नियति विदेशीको सेवा गर्नुमात्रै हो? गरिब जति साउदी अरेविया, धनी जति युरोप, अष्ट्रेलिया र अमेरिका। के यही हो यो देशको नियति? के हो राजनीतिक दलको विकासको नीति? दुर्भाग्य, सञ्चार क्षेत्र यिनै 'ब्रेनडेड' नेताका खबर छापेर आनन्दित छ। देशको विकास नभई राष्ट्रियता बाँच्दैन। देशलाई विकसित पार्न शिक्षित चाहिन्छन्। राम्रो शिक्षा चाहिन्छ। देशमा पलायनको संस्कृति निर्माण गर्नु नै उद्योग भएपछि विकास कसरी होला र राष्ट्रिय स्वाभिमान कसरी बाँच्ला?
देशको केन्द्रीय विमानस्थल जसको प्रयोग सुरक्षाका लागि नेपाली सेनाले पनि गर्छ। सरकार त्यो पनि विदेशीलाई ठेक्कामा दिन्छ। खुलेआम भन्छन्- 'त्यो हल्लामात्र हो।' देशका उद्योगपति टेलिभिजनमा भन्छन्- 'त्यो ठेक्कामा दिएको राम्रो हो, लगानी आउनु राम्रो हो। विमानस्थलको 'टावर' ले सेनाको विमानको पनि नियन्त्रण र सञ्चालन गर्छ। हाम्रो आकाशमा आउने विदेशी विमानको सूचना पाउने 'राडर' पनि त्यही विमानस्थलमा छ। अनि राष्ट्रियता र राष्ट्रिय सुरक्षा त्यागेर कस्तो लगानी खोज्नुभएको हो उहाँहरूले? आफूलाई पैसा आए देशमा जुनसुकैले शासन गरे पनि हुने? अफसोच! सेनाको पनि प्रतिक्रिया सुनिएन यस सम्बन्धमा। एमाले र कांग्रेस जस्ता लोकतन्त्र र राष्ट्रियताका कुरा गर्ने राजनीतिक दल पनि बोलेनन्। भारतीयलाई एयरपोर्ट दिएर भारतको सुरक्षा हुँदैन। भारतविरुद्ध षडयन्त्र गर्नेलाई नेपाली भूमि प्रयोग गर्न नदिएरमात्र भारतको सुरक्षामा सहयोग गर्दै उसको हित गर्न सकिन्छ।
अब देश नयाँ नेतृत्व, नयाँ सोच, अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ नीति र राष्ट्रिय सुरक्षाको नयाँ खाका बनाउँदै भारत र चीनसँग सन्तुलनमा आधारित आर्थिक रूपान्तरणको पक्षपोषण गर्ने वैदेशिक नीति निर्माणतर्फ लाग्नुपर्छ। त्यसैले अब सबैले एकपटक सचेत भएर नेपाललाई माया गर्ने र भारत-चीनसँग नयाँ सम्बन्धको परिभाषा गरेर आर्थिक विकासतर्फ लाग्ने समय आएको छ।


अर्को समाचार
देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्नुस्: ओली
१३ असोज २०७९
•
२ मिनेट पाठ
देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्नुस्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन्। बिहीबार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए। उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए।




उनले सरकार गठनगर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे। अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गरे।

अध्यक्ष ओलीले भने, ‘जनता वास्तवमा देशको जस्तो हालत र जसरी देश अघि जाँदै छ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन्। यो देश कहाँ पुग्ने हो? एउटा भयावह स्थिति छ। यस्तो स्थितिमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन आइरहेको छ। यो निर्वाचनले एकातिर देशमा सरकार गठन गर्नेकुरा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्नेकुरा सभामुखदेखि लिएर अन्य पदाधिकारीको निर्वाचन गर्नेकुरा, सरकार गठन भनेपछि प्रधानमन्त्रीदेखि लिएर सरकार गठन गर्नेकुरा, प्रदेश सरकार गठन गर्नेकुरा र भोलि गएर आवधिक निर्वाचन गर्नेकुरा छ। यसले विभिन्न ठाउँमा महत्व स्थापना गर्नेछ। देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको, विकासको पक्षमा पार्न र राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न, विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अरुलाई सक्दैन। त्यसकारण आज देश एमालेमय बन्द गएको छ, पार्टी प्रवेशको लहर बढ्द गएको छ। यस लहरलाई तिब्र गतिमा अघि बढाउनुपरेको छ।’

उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस