पुष्पकमल दाहाल बोल्न सिपालु छन्। सबैले सुन्ने स्वरमा उनी नयाँ विचार दिएजस्तो भान पार्न सक्छन्। पछिल्लोपल्ट मंगलबार राजधानीमा वृहद् राजनीतिक अन्तर्क्रिया गर्दै वृहद्रुपमा नयाँ नीति सार्वजनिक गरेको प्रचार गर्न सफल भए। समाचारका शीर्षकहरुले त्यस्तै सन्देश दिए।
तर उनले भनेको यत्ति हो- नेपालमा जुन प्रदेश बनाए पनि कुनै जातिविशेषको बहुमत हुदैन। हरेक भेगमा बहुजातीय बसोबास छ। एकल जातीय प्रदेश सम्भव छैन।
सही हो। नेपालको बहुजातीय समाजको यो यथार्थपरक चित्रण हो। यो सबैले बुझेको र भन्दै आएकै तथ्य हो। दाहालको अभिव्यक्ति जसरी नयाँ थिएन, त्यसैगरी उनले फेरि छक्याउन खोजेको पनि नयाँ देखिएन। उनले गत जेठ १४ गतेसम्म पनि यही त भन्दै आएका थिए तर त्यो घटनापूर्ण दिन ठिक्क उल्टो गरिदिए।
जनजाति ककसका सभासद्हरुले बालुवाटार पुगेर संविधान नबन्ने सर्तमा 'हाम्रो अडान होइन, बहुजातीय प्रदेश सुहाउने नाममा हाम्रो मञ्जुरी छ, संविधान ल्याउनुहोस्' भनिदिएकै थिए। तब दाहाललाई संविधानमा सहमति गर्न केले रोकेको थियो? कांग्रेस र एमालेले जातिको पहिचान मेट्न खोजे भन्दै औंला ठड्याएको उनैले होइन? पहिचानबेगरको संघीयता र त्यस्तो संघीयताबेगरको संविधान ल्याउन विपक्षीले खोजे भन्दै अड्को थापेको उनैले होइन?
पहिचान भनेकै एकल जातीय हुन्छ भनेर उनैले प्रचार गरेको होइन? बहुपहिचानको वकालत गर्नेहरुलाई यथास्थितिवादी र परिवर्तनविरोधी भनेर लाञ्छित गरेको होइन? तर, अन्य दलहरुसँग पाँच बँुदे सहमति गरेर बहुपहिचानका ११ प्रदेश बनाउने र नाम प्रदेश सभालाई राख्न दिने हस्ताक्षर गरेको पनि दाहाल आफैंले होइन?
बहुजातीय चरित्र ख्याल गर्ने हो भने त प्रदेशको विवाद धेरै लम्बिने नै छैन। त्यसका लागि पनि दलहरुले मानेनन् भनेर दाहालले अझै अरुलाई नै दोष दिन खोजेका छन्। अरु दल सहमतिमा नआएसम्म राजनीतिको आगामी दिशाबारे कुनै निर्णय हुन सक्दैन भनेर उनले फेरि दोहोर्या एका छन्। त्यसो भए विवाद केमा बाँकी छ त?
विवादको जड दाहाल खुलाउन सक्दैनन्। उनका निकटवर्ती मन्त्री वर्षमान पुनका अनुसार त्यो दिन १० वटा प्रदेश मिलिसकेका थिए, विवाद एउटा प्रदेश र दुईटा जिल्लाबारे थिए। त्यसबारे छलफल नभई सहमति सम्भव छैन भनेर उनले दुई दिनअघि मात्र नेपाल कन्स्टिट्युसन फाउन्डेसनको गोष्ठीमा भनेका थिए। त्यो भनेको मधेसमा दुई प्रदेशभन्दा बढ्न नदिने अडानको कडी हो।
मधेसमा कम र पहाडमा बढी प्रदेशको विरोधाभाषपूर्ण अडानबीच संघीयता कायम हुन नसकेको दाहाल प्रष्ट गर्ने हिम्मत गर्दैनन्। त्यससँगै उनी बाबुराम भट्टराई नेतृत्वको गठबन्धन जोगाउने मूल मतियार भएका हुन्। त्यसले संघीयता बन्न रोकेको, संविधान जारी हुन नदिएको, रुपान्तरित संसदको सम्भावना पनि समाप्त पारेको थियो।
यसको सबभन्दा बलियो साक्षी सभामुख सुवासचन्द्र नेम्बाङ हुन्। फाउन्डेसनको गोष्ठीमा उनले त्यसको विस्तार गरे। जेठ १४ मा जसरी पनि संविधान जारी गर्ने, संसद अस्तित्वमा राख्ने र आम निर्वाचनको तिथि घोषणा गर्ने प्रयासमा उनले रातिसम्म आफ्नो कार्यकक्षमा दलहरुका अनौपचारिक बैठक अनवरत् राखेका थिए।
भएसम्मका सहमतिहरुको लिखतलाई संविधानका रुपमा घोषणा गर्ने, त्यसमा पनि सहमति हुन नसके संविधानको प्रस्तावनामात्र भए पनि जारी गर्ने, एकै हरफ भए पनि घोषणा गर्ने उनले समझदारी बनाइसकेका थिए। त्यो गरिएको भए रुपान्तरित संसदले बाँकी छलफल र संवैधानिक जिम्मेवारी पूरा गर्न पाउने थियो।
त्यसमा सहमति जनाएर 'कोट लगाइवरी आउँछु' भनेर निस्केका दाहाल फर्केर नेम्वाङ कार्यकक्षमा आएनन्। माओवादी र मधेसी गठबन्धनको नियतको चुरो केही बेरमा नेम्वाङको कार्यकक्षमा प्रष्ट भयो। उक्त कार्यकक्षमा वार्तामा सरिक कांग्रेस नेता रामशरण महतका अनुसार, उपप्रधानमन्त्री विजयकुमार गच्छदारले छलफलमा उपस्थित भएर एउटा सर्त राखे- रुपान्तरित संसद राख्ने हो भने बाबुराम मन्त्रिपरिषद्विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने सहमति गर्नुपर्छ।
नेम्वाङले बाँकी घोषणा रुपान्तरित संसदले गर्ने भनेर प्रधानमन्त्रीदेखि सबै दलका नेताहरुलाई पहिल्यैदेखि सम्झाउँदै आएका थिए। उनले बेल्जियममा समेत संविधान सभाको बाँकी काम संसदले गरेको भनेर उदाहरणसमेत दिने गरेका थिए। उनले भने- मैले जारी गर्न सकिने संविधानको मस्यौदा तयार गरिसकेको थिएँ। रुपान्तरित संसद जारी राख्ने र निर्वाचनको तिथि घोषणा गर्न संविधान संशोधनको मस्यौदा पनि लेखिसकेको थिएँ।
दुई मधेस प्रदेश र सरकार छाड्नुपर्ने अवस्थाका कारण सत्ता गठबन्धन संविधान जारी नगर्ने निष्कर्षमा पुगेको त्यही दिन प्रष्ट भइसकेको थियो। दिनभरि नेम्वाङकहाँ जे/जति छलफल भए पनि वा दलबीच जे/जति वार्ताका नाटक भए पनि बिहानै प्रधानमन्त्री बाबुराम भट्टराईले शीतलनिवास पुगेर राष्ट्रपतिकहाँ संविधानको पटाक्षेप गरिसकेका थिए। उनले निर्वाचनमा जाने आफ्नो तयारीको संकेत दिइसकेका थिए।
त्यसपछि दाहाल आफैंले नेम्वाङ कार्यकक्षको सहमति छलेर मन्त्रिमण्डलको आकस्मिक बैठकस्थलतिर भटट्राईलाई सोझ्याइसकेका थिए। भट्टराई नेतृत्वको बैठकको ढोकाबाहिर अन्य दलका नेताहरुलाई पस्न नदिई दाहाल आफैंले निर्वाचनको बलात् घोषणा गर्न लगाएको सार्वजनिक भइसकेको छ। तर त्यसको बुझ पचाएर अझै पनि दलका नेताहरु रातारात दाहालसँग केही सहमति भइहाल्लाझैं वार्ताको सिलसिला जारी राखिरहेका छन् र सहमतिको काल्पनिक सम्भावना देखाइरहेका छन्।
यसरी नेताहरुले अगाडि बढ्न सहमतिको प्रयासमा वार्ता जति जारी राखे पनि ‘जेठ १४' घरी फर्केर आउने गरेको छ। संविधान सभाको अवधि सकिएको दिन के भएको थियो भन्ने साझा व्याख्या हुन नसकेकाले जनतामा अझै अन्यौल छ। नेताहरुका विचार बुझ्न कठिन भइरहेको छ। उनीहरुले गरेका छलफलप्रति आशा जाग्न सकेको छैन। ती छलफल छलकपट र छिनाझम्टीको स्तरबाट उठ्न सकेका छैनन्। दाहालले वाकपटुतावशः दिने गरेका नीतिवचनले झन् अल्मलमा पार्ने गरेका छन्।