पञ्चायती व्यवस्थाका संरक्षक राजा र प्रजातान्त्रिक आन्दोलनका अभियन्ताहरुबीच द्वन्द्व बढ्दै जाँदा नेपालको राष्ट्रियता कमजोर हुन थाल्यो। राष्ट्रिय शक्तिबीचको टकरावले विदेशी हस्तक्षेप बढ्न थाल्यो। विदेशीहरुले राजा र बीपीसँग आफ्नो हितमा बार्गेनिङ गर्न थाले।
जुन शक्तिसँग आफ्नो स्वार्थ पूरा हुन्छ, त्यो शक्तिलाई सहयोग गर्ने नीति विदेशी (खासगरी त्यतिबेला भारतको नेतृत्व) ले लिए। घोर राष्ट्रवादी नेता बीपी कोइरालाले यस्तो बेलामा विदेशी स्वार्थ पूरा हुन दिने कुरै थिएन। त्यसैले विदेशी शक्तिसँग मिल्नुभन्दा राष्ट्रियताका सन्दर्भमा राजासँग मिल्नु उत्तम हुने निश्कर्ष निकाले। परिणामतः ज्यानको बाजी लगाएर मेलमिलापको नीति अवलम्बन गरे।
स्वतन्त्र सिक्किमको राष्ट्रियता कमजोर भएको र सिक्किमलाई भारतले हडप्ने सम्भावना देखेर बीपीले त्यहाँका नेता लेण्डुप दोर्जेलाई 'राजासँगको संघर्ष शासकीय स्वरुप र प्रजातन्त्रका विषयमा मात्र हो, अन्यथा राजा चोग्याललाई फाल्न खोज्दा तिम्रो राष्ट्र नै संकटमा पर्छ' भनेर सल्लाह दिएका थिए। त्यस सल्लाह दोर्जेले अस्वीकार गरे। त्यसपछिको परिणाम बीपीले शंका गरेझैं भयो। बाह्य हस्तक्षेपबाट राष्ट्रियतामाथि हुने खतरा रोक्नका लागि राष्ट्रिय शक्तिबीचको न्युनतम् सहमति र एकता बन्न नसक्दा सिक्किम आज स्वतन्त्र सिक्किमका रुपमा रहन सकेन।
बीपीले मेलमिलापको नीति लिएपछि कतिले उनलाई राजावादी भनेर आलोचना गरे। लेण्डुपलाई बीपीले उल्लिखित सल्लाह दिँदा पनि उनलाई लेण्डुपले 'तपाईं त राजावादी हुनुहुँदोरैछ' भनी आक्रोशित जवाफ लगाएका थिए। यी दुवै घटनामा बीपी राजावादी थिएनन्, राष्ट्रवादी थिए। राजावादी हुन्थे त बीपीले ०३८ सालको निर्वाचनमा भाग लिन्थे। मरीचमानलाई घोर राष्ट्रवादी भन्ने नेपालका कम्युनिष्टहरुले बीपीको त्यो राष्ट्रवादी चिन्तन बुझ्न नसक्नु र त्यसलाई राजावादी भन्नु अन्यथा पनि होइन। तर सारमा त्यो घोर राष्ट्रवाद थियो, जसका बलमा हामी अहिले पनि स्वतन्त्र देशका नागरिक हुन सकिरहेका छौं।
अहिले नेपालको राष्ट्रियता कमजोर पारिँदैछ। यो पनि नियोजितरुमपा कमजोर पारिँदैछ। उल्लिखित दुई उदाहरणले के देखाउँछन् भने बलियो राष्ट्रियताका लागि राष्ट्रिय शक्तिबीचको न्युनतम सहमति र एकता बन्न जरुरी छ। तर यहाँ सहमति र एकताको वातावरण बन्न दिइएको छैन। 'सत्ताको साँचो अन्तै रैछ' भन्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नेतृत्वमा एउटा मोर्चा बनेको छ। त्यो मोर्चाका संयोजक 'हिसावकिताब मैदानबाट गर्ने' चेतावनी दिन्छन्। त्यो पनि लोकतान्त्रिक र राष्ट्रवादी शक्तिलाई। सत्ताको साँचो अन्तै रैछ भन्ने बुझेर बीपी कोइराला ०३३ सालमा नेपाल फर्केर मिलापका लागि पहल गरे। तर, माओवादी नेतृत्व सत्ताको साँचो अन्तै रैछ भन्ने बुझेको केही दिनमै मोर्चा बनाएर राष्ट्रिय शक्तिसँग भिड्ने तयारी गर्छ र 'मैदानबाट हिसाव गर्ने' चेतावनी दिन्छ। यो द्वन्द्वले अन्ततः राष्ट्रियता कमजोर हुने हो। विदेशी शक्तिले दुई ध्रुवका शक्तिसँग आफ्नो हितका लागि बार्गेनिङ गर्ने परिस्थिति निर्माण हुनु हो। माओवादी अध्यक्षले २५ वर्ष यही सरकार चल्ने बताउनुको पछाडि विदेशीहरुबाट यस्तो बार्गेनिङ सुरु भइसकेको त छैन भन्ने शंकासमेत गर्न सकिन्छ।
मधेसकेन्द्रित दलहरुको ४ बुँदेको बलमा सरकार बनेको छ। त्यो सरकारले भारतसँग बिप्पा सम्झौता गरेको छ। हवाई मैदानको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी भइरहेको खुलासा भएको छ। प्रधानमन्त्री भएलगत्तै बाबुराम भटट्राई भारतको बिहार प्रान्त गएका छन् र त्यहाँ बिहार र नेपालको सम्बन्धमात्र चर्चा गरेका छन्। (नेपाल र भारतको सम्बन्धको चर्चा नगरी भारतीय प्रान्तसँगको सम्बन्ध चर्चा गर्नुको अर्थ के? नेपालको हैसियत के?) देशका बहालवाला प्रधानमन्त्री र ठूलो दलको ठूलो नेतालाई भारतीय प्राध्यापक एसडी मुनीले आफूमार्फत् भारतीय सरकारसमक्ष उनीहरुले गोप्य सम्बन्ध राख्न थालेको कुरा यतिबेला खुलासा गर्छन्। उनीहरुको सम्बन्ध भारतीय गुप्तचर संस्थासँग समेत रहेको खुलासा यतिबेला नै हुन्छ। बहालवाला प्रधानमन्त्रीको हैसियत खुलाई नेपालीको मनोबल घटाउने कूटनीतिक प्रपञ्च हुँदा त्यसको खण्डन गर्ने सामर्थ्य नेपाल सरकार र नेतृत्वकर्ताले राख्दैनन्। छिमेकी देशहरुसँग सग्लो उभिएर आफ्नो देशको हितको कुरा गर्न नसक्नेहरु राष्ट्रवादी हुन सक्दैनन्। देश र जनताको स्वाभिमानमा आँच आउनेगरी प्रधानमन्त्रीको सम्बन्ध र भारतसँगको लाचार विगतलाई क्रमशः खुलासा गरिइरहँदाखेरी प्रचण्ड-बाबुराम मौन बस्नुपछाडिको कारण के? यस्तो नेतृत्वको अगुवाईमा बलियो राष्ट्रियता निर्माण हुन पनि सक्दैन। यो आक्षेप होइन। राष्ट्रियता कमजोर भइरहँदा र राष्ट्रिय स्वाभिमानमा आँच पुर्याइँदै गर्दा बलियो राष्ट्रिय एकता कायम गर्नुको साटो मोर्चा बनाई राष्ट्रियता कमजोर पार्ने कार्यले यो कुरा पुष्टि गरिदिएको छ। राष्ट्रवादी नेतृत्वले नेपाल राष्ट्र र नेपाली स्वाभिमानविरुद्ध बोल्नेहरुसँग सग्लो उभिएर प्रतिवाद गर्न सक्नुपर्छ।
बीपी कोइराला प्रधानमन्त्री भएको समय २०१७ असार (जुन १९६०) मा चीनका सुरक्षाकर्मीले मुस्ताङ प्रवेश गरी सीमा सुरक्षामा बसेका नेपाली सिपाहीलाई गोली हानी मारे। यो घटनालाई लिएर भारतका प्रधानमन्त्री नेहरुले 'नेपालमाथि भएको विदेशी हमला भारतमाथि भएको भारतले ठान्छ' भन्ने वक्तव्य दिए। तर तत्काल बीपीले खण्डन गर्दै सन् १९५० को द्विपक्षीय सन्धिको अपव्याख्या नगर्न आग्रह गरे र भने- 'नेपाल स्वतन्त्र र सार्वभौम देश हो र हाम्राबारे निर्णय लिन हामी स्वतन्त्र छौं।' यसपछि नेहरुले क्षमायाचना गरे। सोही घटनामा चीनका प्रधानमन्त्री चाउएनलाइले समेत माफी माग्दै क्षतिपूर्ति तिर्ने काम गरे। यस्तो साहस घोर राष्ट्रवादी नेताले मात्र गर्छ। 'साँचो अर्काको हातमा रहेछ' भन्दै बिलौना गर्ने तर नेपाली शक्तिसँग मैदानमा हिसावकिताव गर्न मोर्चा बनाउनेहरु कुनै पनि कोणबाट राष्ट्रिय स्वाभिमानका पक्षमा उभिन सक्दैनन्।
राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व भनेको जनता हो। तर यतिबेला जनताको प्रतिनिधिमूलक संस्था छैन। प्रतिनिधिमूलक संस्था नरहँदा राष्ट्रियता बलियो हुनुको साटो कमजोर हुँदै जान्छ। प्रतिनिधिहरुको संस्था निर्माण गर्नका लागि त्यसको प्रक्रियाका विषयमा यतिबेला सहमति आवश्यक छ। तर सरकार सहमति गर्नतर्फ अग्रसर छैन। एकलौटी ढंगले अध्यादेश प्रस्ताव गरी राष्ट्रपतिको संस्थासँग समेत द्वन्द्व बढाउन सरकार उद्दत छ। राजनीतिक दल, राष्ट्रपतिलगायत् सबै राष्ट्रिय शक्तिसँग यसरी शत्रुवत् व्यवहार गर्दै सरकार र सत्तारुढ दल नेपालको राष्ट्रियतामाथि खेलवाड गर्दैछ।
जनता, जनताको अगाडि उपस्थित समस्या, त्यो समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव गरिने एकताको भावना नै राष्ट्रियताका तत्व हुन्। यी चार तत्वले बलियो राष्ट्रियता निर्माण हुने विश्लेषण बीपी कोइरालाको थियो। तर, वर्तमान सरकार जनताभन्दा धेरै टाढा पुगिसकेको छ। जनताको अगाडि उसले समस्या नै देख्दैन, बरु अरु २५ वर्ष सत्ता टिकाउने रणनीति बनाउन सक्रिय छ। समस्या समाधानका लागि सामूहिक प्रयत्न सरकारको नेतृत्व चाहँदैन। समाधानका लागि पहल गरौं भन्दै आफ्नो पार्टीबाट निर्णयसमेत गर्ने सुशील कोइरालालाई सरकारको नेतृत्व गर्ने दलका अध्यक्षले 'सहमतिको बाधक' भन्दै उनिविरुद्ध मोर्चाबन्दी गर्छन्। यस्तो परिस्थीतिमा एकताको भावना अनुभव हुन सक्दैन। राष्ट्रियताका अनिवार्य चार तत्वमाथि सरकार र सत्तारुढ दलले यसरी धावा बोलिरहेका छन्।
राष्ट्रियता न चर्का नाराबाट जोगिन्छ, न त राष्ट्रिय शक्तिलाई लाञ्छना लगाएर जोगिन्छ। यसका लागि त राजनीतिक प्रतिष्पर्धामा विजयी हुने महत्वाकांक्षाभन्दा माथि उठेर राष्ट्रिय शक्तिहरुबीच न्युनतम् सहमति र सहकार्य गर्ने संस्कृति आवश्यक पर्छ। नेपालमा त्यो संस्कृति बीपी कोइरालाले पटकपटक देखाएका थिए। सत्ता र सत्ता सञ्चालकमा पनि यस्तो संस्कृति आवश्यक पर्छ। बलियो राष्ट्रिय एकता कायम गरी नेपालको राष्ट्रियता बलियो बनाउनका लागि माओवादी र उसद्वारा नेतृत्व गरिएको सरकार सकारात्मक हुन जरुरी छ। द्वन्द्व बढाएर राष्ट्रियता कमजोर पार्न उसले छाड्नुपर्छ। देश नै नरहे भोलि कहाँको मन्त्री, प्रधानमन्त्री बन्ने? सबैले सोच्नुपर्छ।