आइतबार बिहान ६ बजे म र शुभाङ्क वनस्थली चोकका लागि हिँड्दा बादलबाट पानीका थोपा चुहिँदै थिए। पहिलो पटक मनकामना जाँदै थिए। अघिल्लो दिन मनकामना दर्शनका लागि माइक्रो बसको दुई वटा टिकट खरिद गरेको थिएँ। टिकट बिक्रेताले मनकामनासम्म जानका लागि मिनी बस तथा माइक्रो बस व्यवस्था भएको तर माइक्रोमा गए सुविधा हुने बताएपछि अली बढी पैसा तिरेर भए पनि माइक्रोमै जाने निधो गरेको थिएँ।
टिकट बिक्रेताले नम्बर दिनासाथ नै मलाई शंका लागेर आएको थियो। मलाई दिइएको टिकटमा सिट नम्बर ७ र ८ उल्लेख थियो। वनस्थलीबाट कार्यालयका लागि सधैँ माइक्रोमा आउने मलाई त्यस किसिमको नम्बर राख्न मिल्ने सिट माइक्रोमा नहुने राम्ररी थाहा थियो। मैले जिज्ञासा राख्दा बिक्रेता भाइले तपाईंले आफ्नो नम्बरअनुसार नै स्थान पाउनुहुन्छ भने। हामी तोकिएको स्थानमा आएको १५ मिनेटभन्दा बढी भइसकेको थियो। तर माइक्रो बसको अत्तोपत्तो थिएन। मैले टिकट बिक्रेताले दिएको मोबाइलमा सम्पर्क गरें। उताबाट आवाज आयो- आउँदैछ, अब एक दुई मिनटमा पुगिहाल्छ। तर ग १ य २१८ नम्बरको हरियो प्लपेटको त्यो माइक्रो बस आउन करिब ३० मिनेट लाग्यो।
बसभरी मानिस भरिएका थिए। त्यहाँ भएको एक जनाले ढोका खोलेर हामी दुईलाई अगाडि र पछाडिको सिटमा बस्न भन्यो। मैले आफूसँग टिकट नम्बर भएको बताउँदै त्यहीअनुसार व्यवस्था मिलाउन अनुरोध गरंे। उसले दोस्रो लाइनको सिटतर्फ संकेत गर्यो। त्यहाँ तीन जनाको सिटमा पहिले नै दुई जना थिए। बाँकी एउटामा हामी दुई जना बस्नुपर्ने भयो। मैले झन् सुविधाका लागि भनेर बढी पैसा तिरेर माइक्रो बसको टिकट लिएको र आफूसँग सिट नम्बरसमेत भएको बताउँदा मुन्द्रेको शैलीमा धम्क्याउँदै उसले भन्यो- त्यसो भनेर हँुदैन। सुविधा खोज्नेले त आफ्नो निजी गाडी राख्नुपर्छ। यहाँ त यस्तै हो।
मलाई आफू ठगिएको अनुभव भइसकेको थियो। अब नजाउँ फेरि कहिले मौका मिल्ने हो। जाउँ त त्यत्रो लामो बाटो एउटा सिटमा दुई जना बसेर आउन/जान त्यति सजिलो थिएन। त्यसमाथि त्यो बाहुबली जस्तो देखिने मानिसको अपमानपूर्णं व्यवहार! मलाई निकै नरमाइलो लागेर आयो। मैले पुनः अघिकै नम्बर मिलाएँ। अर्जुन नामका ती व्यक्तिले यस पटक फोन उठएनन्। निकै अप्ठेरोसहित हामी यात्रा गर्दै थियौँ। लगभग आधा बाटो पुगेपछि चालकले चिया चमेनाका लागि बाहन रोके। त्यही अवसरमा मैले पुनः उनलाई टेलिफोन मिलाएँ। मैले आफ्नो अवस्था बताएपछि ठाडो स्वरमा उनको जवाफ आयो- तपाईं बढी किचकिच नगर्नूस्, पहिला दर्शन गरेर आउनूस्, अनि कुरा गरौँला। मैले यसलाई किचकिचका रुपमा नलिन अनुरोध गरेपछि उनी अलिकति नरम भए र भने- माइक्रोमा हामीले १५ जना यात्रु राख्ने गरेका छौँ। त्योभन्दा बढी भए भन्नूस्। हामी चालकसहित १७ जना थियौँ तर पनि उनी यो पत्याउन तयार भएनन्। टिकट नलिँदासम्म नरम तिनीहरु टिकट काटिसकेपछि भने निकै रुखो बनेका थिए।
बिहीबार मात्र नेपालगन्जबाट फर्कंदा लगभग यस्तै घटना भएको थियो। पैसा बढी भए पनि सुविस्ता होला भनेर वातानुकूलित बसको टिकट काटेको थिएँ। तर टिकट बेच्नेले एउटै सिट नम्बरको टिकट दुई जनालाई बेचेछ। त्यहाँ पनि झमेला भएको थियो। तर बसका कर्मचारीले त्रुटि स्वीकार गरेर क्षमा माग्दै दुई जना यात्रुलाई अर्को बसमा आउने व्यवस्था मिलाएका थिए। त्यहाँ बसका कर्मचारीको विवेकका कारण समस्या समाधान भएको थियो। यहाँ भने माइक्रो बसवालाहरू 'जो चोर, उसकै ठूलो स्वर' को शैलीमा कोही अपमानित गर्दै थिए भने कोही सिटभन्दा बढी यात्रु हालेर पनि आफ्नो त्रुटि स्वीकार्न तयार थिएनन्।
उनले पुनः बसमा १५ जनाभन्दा बढी यात्रु नभएको जिद्दी गरिरहे। मलाई अचम्म लागेर आयो। त्यसबीच मैले लगभग पाँच सात पटक गनिसकेको थिएँ। हामी १७ जना यात्रु नै थियौँ। चियाचमेनाका लागि रोकिएका अन्य बसका यात्रुले पनि यो विवाद थाहा पाइसकेका थिए। तर सबैले यसलाई सामान्यरुपमा लिँदा भने मलाई झनै आश्चर्य र खल्लो लागेर आयो। यसैबीच अर्जुन नामका ती व्यक्तिले बेलुका पैसा फिर्ता गरौंला भनेर घुर्क्याउनसमेत भ्याए। मैले पनि आफूले अहिलेसम्म भोगिसकेको पीडा मेटाउन सके थप पैसा दिने प्रस्ताव राखें। त्यसपछि उनले फर्कदा अर्को आफ्नो अर्को कुनै माइक्रो बसमा सिट मिलाउने प्रयास गर्ने बताए। के गर्ने? उपाय थिएन। एउटा सिटमा जसोतसो दुई जना मिलेर मनकामना पुग्यौँ।
फर्कने बेलामा मैले उनलाई पुनः टेलिफोन गरेर सम्झाएँ तर आश्चर्यजनकरुपमा उनी पुनः एक पटक माइक्रोमा १५ जनाभन्दा बढी नभएको कुरामा जिद्दी गर्न थाले। त्यतिमात्र नभई उनले आफ्ना कर्मचारीले कुनै किसिमको दुर्व्यवहार नगरेको दाबीसमेत उतैबाट गरे। मैले चालकसँग कुरा गराउँछु भनेपछि पुनः नरम हँुदै आफूले चाहेर पनि केही गर्न नसक्ने लाचारी व्यक्त गरे। वनस्थलीबाट सुन्धारासम्म जाँदा धेरै पटक एउटा सिटमा दुई जनालाई बसालेको देखेको थिएँ। मैले त्यतिबेला पनि विरोध गर्दै आएको थिएँ। तर सबैलाई कार्यालय पुग्ने हतारोका कारण त्यो दुःख पनि यात्रुका लागि सामान्य भइसकेको छ। र, यात्रु जानाजान त्यसरी बस्दै आएका छन्। तर यहाँ त मलाई झुक्याइएको थियो। ठगिएको थियो र त्यसको प्रतिवाद गर्दा अपमानितसमेत हुनुपरेको थियो।
फर्कंदा पनि हामी दुवैले त्यही पीडा दोहोर्याउन बाध्य हुनुपर्यो। एउटा सिटमा दुई जना बस्नुपर्दाको पीडा शरीरले भोगिरहेको थियो भने खुलारुपमा ठगिएर पनि उल्टो अपमानित हुनुपरेको मानसिक पीडा सँगै थियो। तर सेवाका नाममा यात्रुलाई शारीरिक र मानसिक यातना दिइरहेका यस्ता ठगमाथि कारबाही हुन नसक्नुले थप तनाव सृजना गराएको थियो। सरकार कमजोर भएको मुलुकको नियति अहिले हरेक देशबासीले यसरी नै भोग्नुपरिरहेको छ। देश अहिले साँच्चै नै बाहुबलीले चलाइरहेका छन्। यसो भनेर चित्त बुझाउनुको विकल्प मसँग पनि थिएन।