जाजरकोटमा झाडापखालाबाट मान्छेको ज्यान जान थालेको ९० दिन भयो। जाजरकोटमा मृत्युको ताण्डव भइरहँदा आकाशमा हेलिकप्टरले धेरै फन्को मारेको छ।
यसबीचमा प्रधानमन्त्रीदेखि स्वास्थ्य मन्त्रालयका दुई मन्त्रीलगायत सम्बन्धित जिल्लाका सभासद्ले समेत महामारी क्षेत्रको भ्रमण गरिसकेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले झण्डै तीन महिनादेखि फैलिएको झाडापखाला नियन्त्रणमा राज्यले गरेको प्रयासबारे संसदलाई बुधबार गराएको जानकारीमा पनि यी प्रयासको फेहरिस्त छ। सरकारले सेनाका दुइवटा हेलिकप्टर भाडामा लिएर औषधी र चिकित्सक ओसारी रहेको छ। निर्देशक तहका तीन चिकित्सक महामारी क्षेत्रमा समन्वय गरिरहेका छन्। प्रधानमन्त्रीको पहलमा झाडापखालालाई नियन्त्रण सरोकारवालापक्षसँग आधा दर्जन बढी बैठक भइसक्यो। मृत्युका तथ्यांक तथा औषधी र चिकित्सकका सूची दिएर राज्यले धेरै नै प्रयास गरिरहेको राज्यसँग अब प्रश्न गर्ने बेला आएको छ यी सबैको नतिजा के त
सरकारले भनेजस्तै सारा राज्य संयन्त्र लाग्दापनि तीन महिनामा एउटा जिल्लाको झाडापखाला नियन्त्रण गर्न नसकेको हो भने प्रश्न खडा हुन्छ- यति कम्जोर छ राज्य यति नै बेला मन्त्रालयका उच्च अधिकारीलाई आएको निम्तामा जर्मन पुगेका मन्त्री फर्केका छैनन्। महामारी हेर्ने सरकारको उच्च निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक छुट्टी लिएर अमेरिका गएका छन्। महाशाखा निमित्त निर्देशकको भरमा चलेको छ।
राज्यले जाजरकोटलगायतमा संकट नै देखेको छैन भने बेग्लै हो नत्र त एकाइसौ शताब्दीमा हैजाले हजारौ जना थला पर्छन् र दुई सयभन्दा बढीले ज्यान गुमाउँछन् भने राज्य गम्भीर भएको भन्न मिल्दैन। यति नै बेला स्वास्थ्य मन्त्रीको विदेश भ्रमण सरकारी गैरजिम्मेवारीको उदाहरण हो। केही महिनाअघि श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजापक्षे नेपाल भ्रमणमा रहेको अवस्थामा पाकिस्तानमा उनको राष्ट्रिय क्रिकेट टोलीमाथि हमला भयो। लुम्बिनी जाने कार्यक्रम छोडेर उनी स्वदेश फर्किए।
राज्यको रोग नियन्त्रणका लागि धेरै ठाउँमा चुकेको छ । बैशाख २२ गते जाजरकोटकबाट सुरु भएको हैजा अहिले जाजरकोटसँग सिमाना जोडिएका आधा दर्जनसमेत गरी देशका १२ जिल्लामा फैलिसकेको छ । डोल्पा डडेल्धुरा रोल्पा सुर्खेत दैलेख अछाम सल्यान डोटी कन्चनपुर प्युठान बाजुरामा हजारौँ जना बिरामी भएका छन् र दिनहुँ मृत्युको खवर आइरहेको छ । सरकारले ती ठाउँमा ७४ वटा शिविर साचालन गरेको जनाएको छ । सबै जिल्लामा गरेर ३३ चिकित्सक स्वास्थ्यकर्मी ३१९ परिचालन गरिएको छ । रुकुमका १६ र जाजरकोटमा ३० वटै गविसमा माहामारी फैलिएको छ। सरकारले हालसम्म जाजरकोटमा मात्रै १८ हजारको हाराहारीमा उपचार गरेको जनाएको।
पूर्नी क्षेत्रका चार गाविसबाट फैलिएको झाडापखाला जिल्लाभर फैलिएको छ। राज्यले नियन्त्रण भइसक्यो भनेको सो ठाउँबाट स्वास्थ्यकर्मी फर्किएपछि मृत्युको खवर आएको छ। दुर्गम ठाउँमा महामारी फैलिएको खबर आएपछि औषधि र चिकित्सक पुर्याउन तीनदिन लाग्छ। हैजाले तीन घण्टामा जलवियोजन गराएर मार्छ। तीन चार घन्टाको दुरीमा राखिएको स्वास्थ्य शिविरले आवश्यकता धानेन भन्ने राज्यले बुझ्न खोजेको देखिएन।
प्रधानमन्त्रीले नै प्रकोप व्यवस्थापनका चुनौतीसँगै दूषित पानी भौगोलिक विकटता व्यक्तिगत सरसफाइलगायतका समस्या औँल्याएका छन्। यसबाट त्यहाँको समस्यबारे सरकार जानकार छ भन्ने स्पष्ट हुन्छ। कामबाट भने सरकार जिम्मेवार भएको देखिँदैन।
एउटै गाविसमा अनेकौं गाउँ हुन्छन्। जाजरकोटका ३० वटै गाविस प्रभावित छन्। जिल्लाभरमा २४ वटा मात्रै शिविर चलाइन्छ। साचारको सुविधा छैन तर ८ वटा सिडिएमए फोन बाँढेको सगर्व सुनाउँछन सरकार प्रमुख। झाडापखालको एउटा कारण हैजा भएको रिपोर्ट सरकार मातहतकै प्रयोगशालाले दिएको छ। पानीको सबै मुहानमा ब्लिचिङ पाउडर छर्केर स्वच्छ पार्नुपर्छ। तर एउटा गैरसरकारी संस्थालाई चारवटा गाविसको पानीको मुहान शुद्ध गर्न जिम्मा दिएको विज्ञप्ति पठाउँछ । स्पष्ट छ अरु गाविसमा अझै जनचेतना छैन र प्रदूषित पानी नै खाइरहेका छन्।
समग्रमा सरकारले झाडापखालाको व्यापकताअनुसार उपचारलाई विस्तृत र एकीकृतरुपमा लैजान नसकेको स्पष्ट छ। जाजरकोटमा राज्यको प्रयास त साँढेको ढाडलाई टालोले छोप्न खोजेको जस्तै भएको छ। जाजरकोटमा औषधि चिकित्सक पानी शुद्धिकरणका सामाग्रीसहित जनचेतनाका प्रयास एकैपटक थाल्नु जरुरी छ। एकपटक औषधि र केहीपछि क्लोरिन ट्याबलेट र स्वयम् सेवक पुर् याउनुको अर्थ रहन्न। महामारी क्षेत्रमा खटिएका चिकित्सक स्वयंसेवक धेरै ठाउँमा धेरैदिन रहन र पटकपटक जान सक्दैनन्। यसर्थ महामारी फैलिएको भेगलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर पनि निजी क्षेत्रबाट चिकित्सक स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिनुपर्छ। सरकार संवेदनशील छ भने व्यवहारमा देखिनुपर्छ। अहिलेको व्यवहारले त सरकारलाई नकच्चरो मात्र साबित गरेको छ।