पशुपतिनाथ र भट्टहरु
१९ साउन २०६६
•
१२ मिनेट पाठ
पशुपतिनाथ र भट्टहरु
बेथितिको चक्रवात्मा रिङ्नु नै नित्य नियतिजस्तो भएको जीवनमा बेथिति सिरियलको पीडा भोग्दै जाँदा थाहा भयो नेपालमा पशुपतिनाथ र भट्ट तीतीन थान रहेछन् ।
गौशालाछेउ वागमती किनारको गजुरधारी त मौलिक पशुपतिनाथ भइनै हाले । यिनको चरित्र र चर्तिकलाको ऐनामा नियाल्दा सर्वोच्च अदालत र नेपाली सेना पनि पशुपतिनाथै प्रतीत हुन्छन् । र तिनका उच्च पदस्थ धेरैजसो हस्ती भट्टतुल्य देखिन्छन् । हिजो निरङ्कुश राजाका वचन र कर्म नागरिकका प्रश्नभन्दा माथि थिए । यी दुई पशुपतिनाथका भट्टहरु पनि आपुना वचन र कर्म नागरिकका प्रश्नभन्दा माथि छन् भनी हठयुक्त जिरह गरिरहेछन् । सर्वोच्च अदालतका भट्टका वचन र कर्ममाथि प्रश्न उठाए कथित मानमर्दनको बात लाग्न सक्छ । नेपाली सेनाका भट्टका वचन र कर्ममाथि प्रश्न उठाए तिनले भैरवनाथगण देखाइदेलान् कि भनी डर लाग्छ ।
जनजनको भुक्तभोगी मनोविज्ञानमा छापिएको अकाट्य नजिर भन्छ सर्वोच्च अदालतरुपी पशुपतिनाथको फैसला गर्ने काइदा बेकाइदाको छ । लाग्छ यो अदालत वादी-प्रतिवादीका नाम र क्रम नम्बर लेखिएका चिटहरु अँध्यारो खोपीमा एउटा डालोमा हाल्छ । चिटमा मिति लेख्दैन । सर्वोच्चका श्रीहजुरहरुका दृष्टिमा समय सदैव स्थिर छ । मितिको अर्थ छैन । स्थिर समयमा जीवन स्थिर छ । समाज जडवत् छ । समयविहीन समय र मितिविहीन मितिमा जीवन र समाजमा कहिल्यै केही फेरिँदैन । त्यसैले लोक हित र साम्प्रदायिक सद्भावको पर्वाह नगरी जुन मुद्दाको जहिले र जसरी फैसला गरे पनि हुन्छ । अथवा कहिल्यै फैसला नगरे पनि हुन्छ । दमित सत्य भन्छ फैसला गर्ने गराउने कारक र निर्णयकर्ता प्रायः श्रीहजुरहरु आफैँ हुँदैनन् । फैसला कि त शक्तिकेन्द्रका सम्भ्रान्त प्रभुहरुको दबाबमा हुन्छ कि हुन्छ मनै हर्ने द्रव्यको प्रभावमा । अपवादका रुपमा शक्ति र दौलतमुक्त सच्चा फैसला पनि होलान् नै । तर यस्ता फैसला फेला पार्न सिला खोज्नुपर्छ ।
सर्वोच्च अदालतले हालै बेमौसमको कर्कश राग अलाप्दै उपराष्ट्रपति परमानन्द झामाथिको मुद्दाको फैसला गर् यो । मुद्दाको गाँठो झाजीको शपथको भाषा थियो । मुद्दा एक वर्षदेखि डालाको चिटको रासमा पुरिएको थियो । मुद्दाका पक्षविपक्षका नागरिकले शपथसम्बन्धी विवाद प्रायः बिसर्िसकेका थिए । झाजी आपुनो अतीतको विम्ब र आपुनो मतिको हैसियतअनुसार उपराष्ट्रपतिमा स्थापित भइसकेका थिए । काम र मान पाइन भनी गनगन गर्दै साइरन बजाएर सडकमा हुइँकिदै र ओजनदार तलब भत्ता ग्रहण गदैै्र उनको फुस्रदिलो जीवन राम्रैसँग बितिरहेको थियो । उनको पदको आयु करिबन डेढ वर्ष बाँकी थियो । बहुभाषी नेपालमा सबै भाषाको मान-भाउ रहने गरी भाषा विवादको टुङ्गो लगाउने जिम्मा संविधान निर्माताका हातमा थियो । तर कुन दिशाबाट कुन दाउले के सङ्केत आयो कुन्नि सर्वोच्चका श्रीहजुरहरुलाई यो मुद्दाको हठात् सम्झना भयो । र भाषासम्बन्धी एक आयामिक र एक रङ्गी महेन्द्रीय पहाडी राष्ट्रवादको विभेदकारी र अहंकारी वर्चस्वको झन्डा उठाउँदै सर्वोच्चका श्रीहजुरहरुबाट झाजीको शपथ बदर गरियो । शपथ बदर गरिनु के थियो राजनीतिमा कोलाहलमाथि अर्को कोलाहल थपियो ।

बारका गुरुजीहरुको पेशागत धर्म सर्वोच्चले बेसौमको राग अलाप्दै नकाम गरे विधिजन्य आचारसंहिताका कोर्रा हल्लाउँदै खबर्दारी गर्नु हो । तर राजनीतिक वृत्तमा यत्रो कोलाहल मच्चिसक्यो यी गुरुजीहरु भने मौन छन् । मानौँ यो विग्रहकारी फैसलाबाट महेन्द्रीय सांस्कृतिक राष्ट्रवादको जगेर्ना भएकोमा यी मखलेल छन् । मधेस र पहाडका नागरिकमाझ कहल मौलाओस् द्वन्द्व बढोस् युद्धै होस् आखिर के फरक पर्छ महेन्द्रीय पहाडी राष्ट्रवादको असीम महत्तासामु यस्ता नाथे कुरा के नै पो हुन् र !

काठमाडौँको अघोषित उपनिवेशको पीडाबाट आक्रान्त मधेशी दृष्टिमा परमानन्द झा व्यक्तिका रुपमा त उति लोकप्रिय नहोलान् नै तर उद्भव वर्ण भेष र भाषाका दृष्टिले यी झाजी सत्तामा मधेशीजनका कामचलाउ प्रनिनिधि हुन् । उसो यी तिनका संास्कृतिक विम्ब पनि हुन् । यी तिनका आशा हुन् र धेरथोर भरोसा पनि । र यी तिनको नियतिअनुसारका गौरव पनि हुन् । सके मधेशी दृष्टिमा सधैँ दौरासुराल टोपी लाउने र समानताकारी सङ्घीयता उति नरुचाउने राष्ट्रपति रामवरण यादवभन्दा उपराष्ट्रपति झा निकट छन् पि्रय छन् । यस अर्थमा यो असामयिक फैसला मधेशी संवेदनाको उग्र उपहास हो एक विग्रहकारी बज्राघात हो । यो मधेशीलाई भाषायुद्धमा होमिन गरिएको अनिष्टकारी निम्ता हो । महेन्द्रीय राष्ट्रवादप्रेमी श्रीहजुरहरु र गुरुजीहरुको निम्ता स्वीकार गरेर मधेशी दलले समवेत स्वरमा आक्रोश पोखिसकेका छन् । यो आक्रोश सांस्कृतिक असन्तोषको आगो हो । दन्किरहेको यो आगोमा घिउ थप्न उपराष्ट्रपति झामाथि मानमर्दनको थप मुद्दा थोपरिएको छ । के लाग्छ अनिष्टप्रेमीहरुको जातै बिब्ल्याँटो !

देखियो फैसलाको नाउँमा सर्वोच्चले कलहको बीउ छरिदियो । उपराष्ट्रपति झाले अब न यसो गरे लोकको हित हुन्छ न उसो गरे लोकको हित हुन्छ । तिनले नेपालीमा शपथ खाए महेन्द्रीय राष्ट्रवादका पथिकहरुको अहंकार चुलिन्छ र मधेशीहरुको आक्रोश उर्लिन्छ । अनि यो अहंकार र यो आक्रोश जुध्दा के हुन्छ तिनले राजीनामा दिए पनि हुने कुरो आखिर उही हो उही अहंकार र आक्रोशको टक्कर । के सर्वोच्च अदालत साम्प्रदायिक कलहको कारखाना हो के सर्वोच्चका श्रीहजुरहरु यस्तो कलहका अभियन्ताहरु हुन्
अदालतको जुन फैसलाले लोकको हित गर्छ त्यो न्याय हो । जुनले गर्दैन न्यायको नाउँमा त्यो कलङ्क हो । सर्वोच्चको डालोको पिँधमा महारथी रुक्माङ्गद कटवालको जन्म मितिसम्बन्धी चिट छ । आजको होइन तीन-तीन वर्ष पुरानो! डालोमा राष्ट्रपति यादवको ुनिर्देशुसम्बन्धी चिट पनि छ । तर सर्वोच्चका श्रीहजुरहरुलाई यसको पटक्कै हेक्का छैन। आखिर हेक्का किन छैन किनभने कटवालसम्बन्धी मुद्दाको फैसला गर्ने महारथी कटवाल आफैँ हुन् । र रामवरणसम्बन्धी मुद्दाको फैसला गर्ने पनि राष्ट्रपति रामवरण आफैँ हुन् । जब तिनलाई अनुकूल पर्छ फैसला हुन्छ । तिनकै मर्जीबमोजिम । तिनकै मस्तीमुताबिक । कटवालले जङ्गी अड्डा छाडेका दिन सर्वोच्चका श्रीहजुरहरु लाजै नमानी हामीलाई सुनाउलान् - कटवालको जन्म मिति अघिल्लो शताब्दीमा रहेछ । र नै अघिल्लो शताब्दीसम्म यात्रा गर्न हामीलाई यत्रो समय लाग्यो । राष्ट्रपति यादव शीतल निवासबाट सुसेलो हाल्दै बिदा भएको दिन यी श्रीहजुरहरुले भन्लान् - मिति गुजि्रएको ुनिर्देशु मुद्दा आजका मितिले फास्फुस् भो ! सुल्टो फैसला गरे लोकको हित हुने मुद्दा अँध्यारो खोपीमा डालामा लुकाएर राख्ने र लोकको अहित हुने मुद्दाको कलहकारी फैसला गरेर बबाल मचाउने।

यही हो त सर्वोच्चको सक्कली अनुहार सर्वोच्च अदालतका र नेपाली सेनाका कतिपय भट्टहरुलाई उत्तिकै मन नपर्ने र सुन्दैमा क_िन्सरी तात्ने एउटा कुरा छ । त्यो हो यी संस्थाको लोकतान्त्रीकरण । लोकतान्त्रीकरण कुनै हाउगुजी होइन । यो करणको अर्थ हो यी संस्थाभित्रको वैचारिक सांस्कृतिक र शैलीगत फाहोरमैला बढारकुँडार र धोइपखाली गर्नु । तर फोहोरमैला बढार्ने प्रसङ्ग उठ्यो कि यी पशुपतिनाथका भट्टहरु ुलौ है राजनीतिकरण भोु भन्दै कोकोहोलो मच्चाउँछन् । बरा यी भट्टहरुलाई डर छ - यी संस्थाको लोकतान्त्रीकरण भए घुस खान पाइँदैन ढिलासुस्ती गर्न पाइँदैन दण्डहीनताको उपभोग गर्न पाइँदैन तल्लो तहका कर्मचारी र सामान्य नागरिकसँग दासवत् व्यवहार गर्न पाइँदैन । अर्थात् प्रश्नभन्दा माथिको राजा रहिरहन पाइँदैन ।

जसले लोकतन्त्रको चेतनामय हुरीको उपेक्षा गर्छ ऊ हुरीको चरो भएर अविदित लोकमा बिलाउँछ । जसले लोकहितको उपेक्षा गर्छ उसले लोकको कोपभाजन भएर दुःख पाउँछ । पूर्व राजा ज्ञानेन्द्रको त्यसै यत्रो दुर्गति भएको हो र !
अर्को समाचार
पशुपतिका नयाँ पुजारीहरुमाथि आक्रमण
१९ भदौ २०६६
•
२ मिनेट पाठ
पशुपतिका नयाँ पुजारीहरुमाथि आक्रमण
काठमाडौ‌, भदौ १९ (नागरिक)- पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी नियुक्त भएपछि त्यसको विरोधमा बनेको स‌ंघर्ष समितिले गुफामा बसेका भट्टहरुलाई शुक्रबार आक्रमण गरेको छ। भट्टहरु गुफामा बसेकै स्थानमा गएर संघर्ष समितिका व्यक्तिहरुले दुर्ब्यवहार गरेको प्रहरीले जनाएको छ।

दुबै भट्टलाई बाहिर निकालेर जनै चुँडाल्न लागेपछि प्रहरी लगाएर प्रदर्शनकारीलाई त्यहाँबाट धपाइएको पशुपति विकास कोषका पदाधिकारीले जनाएका छन्।
प्रत्यक्षदर्शीहरुले भने भट्टलाई बाहिर निकालेर जनै चुँडाइएको बताएका छन्।

चार दिनको गुफापछि भट्टहरुले शनिबारदेखि पशुपतिनाथमा पुजा गर्ने कार्यक्रम छ।

नवनियुक्त भट्टहरु गिरीशले मन्दिरको उत्तर मुहार र राघवेन्द्रले बासुकी मन्दिरमा पूजाको जिम्मेवारी सम्हाल्ने बताइएको छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यकाअनुसार शनिबार बिहान आठ बजेदेखि साइतस्वरुप पूजाको प्रारम्भ हुने भएको छ।

भारतबाट नयाँ भट्ट नियुक्ति भएकोमा आइतबारदेखि तालाबन्दी सुरु गरेको पशुपति भट्ट नियुक्ति संघर्ष समितिले आफ्ना विरोधका कार्यक्रमलाई झनै तीव्र बनाउने क्रममा भट्टहरूलाई गुफाबाट निकाल्न खोजिएको संघर्ष समिति परमानन्द शाक्यले बताए।

समितिले रिक्त स्थानमा प्रतिस्पर्धाका आधारमा नेपाली नागरिकलाई नै भर्ना गरिनु पर्ने भन्दै पूजारी नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेको थियो।
पशुपतिमा पुजारी प्रवेशको विषयलाई लिएर त्यस क्षेत्रमा हुने गतिविधिलाई नियन्त्रणका लागि व्यापक सुरक्षा तयारी भैरहेको छ।

शुक्रबार पनि दिनभर प्रदर्शनका कारण गौशाला क्षेत्र वरपर तनाव भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस