बीपीको स्मरण
३१ भदौ २०६९
•
१२ मिनेट पाठ
बीपीको स्मरण
सेप्टेम्बर १९१४ का दिन वाराणसी भारतमा शरणार्थी जीवन बिताइरहेका कृष्णप्रसाद कोइरालाको माइलो पुत्रका रूपमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिक क्षितिजको सबैभन्दा उज्ज्वल तारा हुनुहुन्छ। त्यसैले त उहाँको देहवसानपश्चात् पनि प्रत्येक वर्ष जन्म दिन मनाएर श्रद्धाञ्जलि दिने परम्परा तीन दशकदेखि निरन्तर छ।
यस प्रकृयाका क्रममा यस वर्ष पनि पत्रपत्रिकामा थुप्रै लेख र सम्पादकीय छापीए। प्रायः सबै लेखमा उहाँलाई राष्ट्रवादी नेताका रुपमा चित्रण गरिएको थियो। कांग्रेस नेता तथा कार्यकर्ताका लेख भने उहाँले अख्तियार गरेको राष्ट्रिय मेलमिलापको नीति तथा प्रजातान्त्रिक समाजवादको सान्दर्भिकताका विषयमा केन्द्रित थिए। तर बीपीले अख्तियार गरेको राजनीतिक दर्शन तथा उहाँले प्रतिपादन गरेको आर्थिक नीतिका विषयमा विश्लेषणात्मक लेख थिएनन्। उहाँ को हुनुहुन्थ्यो र उहाँले मुलुकलाई के के योगदान पुर्या उनुभएको थियो भन्ने कुरा ती लेखमा उल्लेख भएको पाइएन।




बीपीको निधन हुँदाको वर्ष जन्मेका बच्चाले तीन दशक पार गरिसकेका छन्। अर्थात् मुलुकको ३५/४० प्रतिशत जनसंख्याका निमित्त बीपीका विषयमा ज्ञान भनेको पढेर सुनेकाबाट प्राप्तमात्र हो। तर उहाँको स्तुतिगानका गाथाहरुले बीपी को हुनुहुन्थ्यो? उहाँको भूमिका आधुनिक इतिहास निर्माणका निमित्त कस्तो रह्यो? उहाँको राजनीतिक तथा आर्थिक दर्शन कोबाट प्रभावित थिए? उहाँको व्यक्तिगत आचारण कस्तो थियो? आदि प्रश्नका विषयमा मौनता हुनु भनेको उहाँको व्यक्तित्वलाई क्रमैसँग ओझेलमा पार्नु हो। नयाँ पुस्ता स्तुतिगान भन्दा वास्तविकता जान्न चाहन्छन्। त्यसो त बीपी अध्ययन प्रतिष्ठानहरु पनि हाम्रो मुलुकमा आधा दर्जनभन्दा बढी छन्। त्यसैगरी कांग्रेसका थुप्रै नेता जसले बीपीसँग काम गर्ने सौभाग्य पाएका थिए, उहाँहरुले बीपीबारे किताब लेख्ने इच्छा व्यक्त गरेको पनि दशकौं बितिसकेको छ। तर, हालसम्म सम्मानजनक किसिमले बीपी र उहाँका विचारका विषयमा कुनै अध्ययन तथा प्रकाशन भएको छैन।

यो वर्षका थुप्रै लेखमा 'राष्ट्रियतामा गम्भीर खतरा आएको हुनाले मेलमिलापको नीतिको सन्दर्भ बढेको' उल्लेख थियो। तर यो भन्नेहरु कसैले पनि कुन मुलुकबाट हाम्रो राष्ट्रलाई खतरा बढायो भन्न सकेका छैनन्। जुन समय राष्ट्रमाथि खतरा देखेर बीपी निर्वासनबाट मुलुक फर्कने निर्णय गर्नुभयो, त्यो समय नै भयभित थियो। एकातिर शीत युद्ध उत्कर्षमा पुगेको थियो, सोभियत युनियन अफगानिस्थानसम्म आइपुगेको थियो। अनि, उसको विस्तार पूर्वी युरोपबाट अफ्रिका पुगिसकेको थियो। भारतले सिक्किमलाई विलय गरिसकेको थियो। तर, अहिलेे शीत युद्ध छैन। साम्यवादको पतनसँगै त्यो बिलायो। चीन र भारत आर्थिक उन्नतिमा केन्द्रित छन्। वास्तवमा चीन भारतको सबैभन्दा ठूलो व्यापारिक मुलुक बन्न पुगेको छ। चीन अथवा भारतले सीमा बढाउने कार्य गरेको कतै पनि प्रमाण छैनन् । यस अर्थमा हाम्रो मुलुकमा बाहिरी खतरा कताबाट आएको हो भन्ने देखिँदैन। जहाँसम्म प्रजातान्त्रिक समाजवादको उपदेयता छ, त्यस विषयमा बीपीले व्याख्या गरेका लेख प्रकाशन भएका छैनन्। प्रकाशन भएका छिटफुट लेखमा यस विषयलाई उल्लेख गरेको पाइन्छ। तर अभिव्यक्तिका ती आधारमा विष्लेषण भने भएको छैन। जसले गर्दा काग्रेस नेताहरुका निमित्त प्रजातान्त्रिक समाजवाद भनेको जर्ज बनार्ड शाको सबैको टाउकोमा फिट हुने टोप बन्न पुगेको छ। जलस्रोतको विकास नै समाजवाद हो भन्नेदेखि लिएर खुला बजारमा आधारित अर्थतन्त्रलाई पनि प्रजातान्त्रिक समाजवादका रुपमा प्रस्तुत गरिन्छ। छोटकरीमा भन्नुपर्दा उहाँका विचार सान्दर्भिक भनेर ढोल पिट्नेहरुले न उहाँको प्रजातान्त्रिक समाजवाद के हो भन्न सकेका छन् न त त्यसको सान्दर्भिकताका कारण नै प्रस्तुत गर्न सकेका छन्। यदि त्यसो गरिदिएको भए बीपीको गरिमा बढ्ने थियो।

उहाँको राजनीतिक दर्शनका विषयमा पनि थुप्रै रहस्य पाइन्छ। जस्तो कि १९४७ देखि १९५० सम्म बीपी गान्धीवादी भएको पाइन्छ। उहाँले बनाएको राष्ट्रिय कांग्रेस पार्टी १९५० सम्म सत्याग्रहबाट राणा शासनको अन्त्य चाहन्थ्यो। उहाँ स्वयं पनि मुलुकमा सत्याग्रह गराउनका निमित्त पस्नुभएको थियो। अनि त्यही कारणले थुनामा पर्नुभयो र सोही हतियारको प्रयोग अर्थात् भोक हड्ताल गरेर जेलबाट छुट्नुभएको थियो। तर प्रजातान्त्रिक काग्रेससँग मिलेपछि बीपी बन्दूकले राणा शासन अन्त गर्ने लक्ष्य प्राप्तिप्रति उन्मुख हुनुभयो। यस अर्थमा प्रश्न उठ्छ- के सुवर्ण शमशेरको प्रभावमा परेर उहाँ गान्धीवादीबाट क्रान्तिकारीमा रुपान्तरण हुनुभएको हो? पछि ३० अक्टोबर १९६८ मा जेलबाट छुटेका बीपीले तीन महिना अर्थात् १२ फेबु्रअरी १९६९ मा नै पुनः क्रान्ति गर्ने घोषणा गर्नुभयो। यस अर्थमा १९५१ को क्रान्तिपछि बीपीले सदाका निमित्त गान्धीवादलाई तिलाञ्जलि दिनुभएको देखिन्छ। तर, जीवनको अन्त्यतिर आउँदा उहाँ पुनः गान्धीवादी भएर राजासँग सहकार्य गर्न तयार हुनुभयो। अनि सानो नै राम्रो पुस्तकका लेखक इएफ सुमाकरबाट प्रभावित भएर हेनरी फोर्ड र साम्यवादीहरुको विकास मोडल एकै भएको व्याख्यामा लाग्नुभयो। उहाँ पुनः गान्धीको ग्रामीण विकासबाट मात्र मुलुकको विकास सम्भव भएको विश्वास गर्ने शिष्य नै बन्नुभएको पाइन्छ। नेपाली कांग्रेस पार्टीले १९५७ को वीरगन्जको महाधिवेशनपश्चात् मात्र प्रजातान्त्रिक समाजवादलाई आफ्नो पार्टीको आदर्श घोषणा गरेको हो। त्यसबखत बीपी पार्टीको अध्यक्ष नभएर सुवर्ण शमशेर हुनुहुन्थ्यो। यस अर्थमा पुनः प्रश्न उठ्छ- त्यो प्रजातान्त्रिक समाजवाद सुवर्ण शमशेरको एजेन्डा थियो कि बीपीको? अर्थात् के सुवर्ण शमशेरको साथ लागेर क्रान्तिमा होमिनुभएका बीपी उनकै प्रभावमा समाजवादतर्फ अग्रसर हुनुभएको त होइन?

अन्ततोगत्वा राष्ट्रिय मेलमिलापका विषयमा पनि सुवर्ण शमशेरको प्रभावका विषयमा कांग्रेस पार्टी मौन छ। किनकि १९६२ को असफल क्रान्तिपछि विदेशमा बसेर क्रान्ति गर्नुको साटो राजासँग मिलेर परिर्वतन गर्नु बेस भनेर नै सुवर्ण शमशेर मुलुक फर्कनुभएको थियो। सुवर्णको नीतिलाई समर्थन गर्ने वक्तव्य दिएर नै बीपी जेलबाट छुट्नुभएको हो। तर आठ वर्षपछि क्रान्तिलाई तिलाञ्जली दिएर राष्ट्रिय मेलमिलापका निमित्त मुलुक फर्कनुभयो। यस अवधिमा होनाहार थुप्रै कांग्रेस युवाहरु शहीद भए अनि धेरै जेलमा सडे। यदि सुवर्णको कुरा सुनेर जसरी जेलबाट बीपी छुट्नुभएको थियो, सोहीअनुरुप क्रान्तिको साटो गान्धीको सत्याग्रहमा लाग्नुभएको भए के हुने थियो होला? यस विषयमा कांग्रेसजनहरु मौन नै छन्।

निश्चय पनि बीपीमा अहिले स्थापित नेताहरुको जस्तो लोभलालच थिएन। आखिर उहाँको अन्तिमसम्म पनि न घर भयो, न गाडी। सफा लुगा लगाउनुपर्ने लुगाका सोखिन बीपी आफंै लुगा धुने गर्नुहुन्थ्यो भन्ने त जेल जर्नलमा नै उल्लेख छ। उहाँको पहिरन सादा हुने गर्थ्याे। अनि उहाँले चुरोट रक्सी सेवन गरेको अथवा जुवा खेलेको भन्ने कतै पाइँदैन। यस अर्थमा उहाँमा खर्चिलो/भड्किलोपना केही थिएन। काग्रेससँग सम्बन्धित ठूला विद्वान् वा पार्टीका युवा तथा विद्यार्थीले कुनै न कुनै दिन बीपीका विषयमा अध्ययन गर्ने नै छन्। र, उहाँको विषयमा प्रचारवाजीभन्दा सत्य तथ्य प्रकाशमा ल्याउनेछन्। त्यो कार्य बरु जति छिटो हुन्छ, त्यति नै बीपीसम्बन्धी रहस्य खुल्छन्। अन्यथा वर्षैपिच्छे प्रकाशित हुने लेख/विचारले कुनै अर्थ राख्दैनन्।
अर्को समाचार
पुष्पलाल र बीपीको योगदान नेपालको परिवर्तनका लागि प्रेरणादायी : अध्यक्ष ओली
०७ साउन २०८३
•
२ मिनेट पाठ
पुष्पलाल र बीपीको योगदान नेपालको परिवर्तनका लागि प्रेरणादायी : अध्यक्ष ओली
फाइल तस्बिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेताहरू पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको विचार र संघर्षबाट सिकेर अगाडि बढ्नुपर्ने बताएका छन्। 




पुष्पलालको स्मृति दिवसका अवसरमा बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले परिवर्तनमा उनीहरूको योगदानको स्मरण गरेका हुन्। यसै सन्दर्भमा, उनले बुधबार परेको बीपी स्मृति दिवसलाई समेत स्मरण गर्दै दुवै नेताप्रति सम्मान प्रकट गरेका छन्। जारी भिडियो सन्देशमा अध्यक्ष ओलीले उनीहरूको त्याग र संघर्षले नै राजनीतिक तथा सामाजिक परिवर्तनको आधार तयार पारेको बताएका छन्।

अध्यक्ष ओलीले पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवका रूपमा स्मरण गर्दै उनी राजनीतिका विश्लेषक र चिन्तक रहेको उल्लेख गरेका छन्। पुष्पलाल सहिद गंगालाल श्रेष्ठका भाइ हुनुको साथै उनीबाट प्रेरणा पाएर जीवनभर राजनीतिक तथा सामाजिक रूपान्तरणको बाटोमा लागेको उनले बताए। पुष्पलालले प्रगतिवादी आन्दोलनलाई जनताको जीवन, मजदूर तथा किसानका अधिकार र उनीहरूका समस्याको समाधानसँग जोडेर अगाडि बढाएको उनको भनाइ छ।

पञ्चायती अधिनायकवाद र निरंकुश राजतन्त्रका विरुद्ध पुष्पलालले जीवनभर संघर्ष गरेको र अधिकांश समय निर्वासनमा बिताएको यथार्थलाई अध्यक्ष ओलीले स्मरण गराएका छन्। लोकतान्त्रिक र प्रगतिवादी शक्तिहरू मिलेर निरंकुशताविरुद्ध लड्नुपर्छ भन्ने पुष्पलालको नीतिलाई पछि २०२६ सालको अन्त्य र २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा एमाले (तत्कालीन माले) ले आत्मसात् गरेको उनले बताए। नेपाली कांग्रेसका तत्कालीन नेता गणेशमान सिंह लगायतसँगको सहकार्यले मुलुकमा संयुक्त जनआन्दोलन सफल भई लोकतन्त्रको पुनर्स्थापना सम्भव भएको ऐतिहासिक तथ्यलाई उनले उजागर गरेका छन्।

वर्तमान राजनीतिक परिस्थितिमा आन्दोलनले केही धक्का खाए पनि अग्रजहरूको दूरदृष्टिले यसलाई फेरि उठाउने प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्। यसका साथै, अध्यक्ष ओलीले राजनीतिज्ञ तथा साहित्यकार बीपीको राजनीतिक संघर्ष र जेल जीवनले पनि मार्गनिर्देशन गर्ने कुरामा जोड दिएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस