प्रतिपक्ष कहाँ छ?
३१ भदौ २०६९
•
१० मिनेट पाठ
प्रतिपक्ष कहाँ छ?
दी इकोनोमिस्ट पत्रिकाले एक पटक भारतबारे लेखेको थियो, 'भारतमा अति धेरै कानुन छन्, न्यायचाहिँ अति थोरै छ।' आफूलाई विश्व लोकतन्त्रको मसिहा ठान्ने भारतको लोकतान्त्रिक अभ्यास कति कमजोर छ भन्ने बुझाउन गरिएको यो एक लाइन व्याख्या निकै सटिक लाग्छ।
नेपाली कांग्रेसमा लगेर यसलाई मिसाइदिने हो भने भन्न सकिन्छ- कांग्रेसमा लोकतन्त्रसम्बन्धी अति धेरै नारा छन्, स्वयं लोकतन्त्रचाहिँ अति थोरै छ।'
लोकतन्त्र भनेको विधि हो कि बहुमत? कांग्रेस अन्योलमा छ। सभापति सुशील कोइराला (कांग्रेसजन उनलाई सुशील दा भनी बोलाउँछन्) लोकतन्त्र भनेको बहुमत हो भनिरहेछन्। महाधिवेशनबाट पारित विधानका आधारमा नियमावली बन्नुपर्ने हो। सुशील आफूसँग बहुमत देखाउँछन्, अनि मनखुसी नियमावली बनाउँछन्। त्यसका आधारमा भातृ संगठन बनाउँछन्, बिगार्छन्। उनी नियम भत्काउने गल्ती गर्छन्, अनि विधान मिच्ने अर्को गल्तीमार्फत् त्यसलाई सच्याउन चाहन्छन्। कार्यकर्तालाई पनि कति सजिलो! पहिले बीपीले जे व्याख्या गरे, त्यो प्रजातन्त्र हुन्थ्यो। पछि गिरिजाबाबुले बोलेको कुरा लागु हुन्थ्यो। अहिले धीमा स्वरमा प्रश्न उठ्न थालेका छन्, तैपनि सुशीलले भनेको कुरो 'लोकतन्त्र' हुन्छ। र, सुशील लोकतन्त्रको काइते व्याख्या गर्र्दैछन्। उनको भित्री आशय छ, 'लोकतन्त्र भनेको बहुमत हो। मलाई प्रधानमन्त्री हुने मन खासै छैन, सबै मिलेर बहुमत पुर्यातऊ, अनि मलाई कर गर न।'
सुशीलको यो व्यवहार देख्दा भन्न मन लाग्छ- यो देशमा कांग्रेस त छ तर प्रतिपक्षचाहिँ कहाँ छ? जनताले देख्दा हिजोआज एमाओवादी, कांग्रेस र अरु दल देख्छन्। प्रचण्ड, बाबुराम भट्टराई, सुशील कोइराला, झलनाथ खनाल देख्छन्, सत्ता र प्रतिपक्ष देख्दै देख्दैनन्। बाबुराम भट्टराई सरकार देशमा शृंखलाबद्ध अधिनायकी लाद्दैछ। यता, कांग्रेसको देहमा प्रतिपक्षको आत्मा गायब छ। र, सुशील यसका कारक भएका छन्, किनकि उनी सहमतिको कुरा गर्छन्, आफू प्रधानमन्त्री हुने सर्तमा। त्यागी नेताको भ्रमपूर्ण विम्ब रचाउन सफल उनी सिधै सत्ताको कुरा गरिहाल्न पनि सक्दैनन्। त्यसैले तिनको भाव यस्तो छ- अलि कर गर्नुपर्योत मलाई।
सुशीललाई प्रधानमन्त्री हुनु छ, त्यसका लागि बहुमत चाहिएको छ। राष्ट्रिय राजनीतिको गति र दिशा हेरेर नयाँ चुनावमा जाने हो कि संविधानसभा ब्युँताउने हो- सुशीलको 'मेनु' मा खाली पाना मात्रै छन्। त्यसको गातामा सहमति लेखिएको छ। एमाओवादी वा अन्य दलले के गर्दा सहमति हुन्छ- अर्थ खुलाइएको छैन। कांग्रेस सभापतिको बिहानको भजन कीर्तनदेखि रात्रिभोजसम्म सहमतिको एउटै कलाविहीन लय गुन्जिइरहेको छ। बरु ईश्वरवल्लभका अमूर्त कविताको अर्थ खुल्ला, सुशीलको सहमतिको अर्थ खुल्दैन। उनी सहमतिका लागि टेबलमा अघि सारिएका एजेन्डाबारे छलफल गर्दैनन्। चुनाव गर्ने भन्यो भने चुनावमा नजाने भन्छन्। संविधानसभा ब्युँताउने भन्यो भने षड्यन्त्र हुन लाग्यो भन्छन्।
प्रतिपक्ष कहाँ छ, स्वयं प्रतिपक्षलाई थाहा छैन किनकि उसलाई 'म प्रतिपक्षी हुँ' भन्ने नै थाहा छैन। कांग्रेसले सत्ताको 'रिहर्सल' र 'रेस' दुवैमा धेरैपल्ट भाग लिएको छ। त्यसैले उसलाई सत्ताको भोग गर्ने बानी छ। संविधानसभा विघटन हुनेबित्तिकै प्रतिपक्षमा भएका २६ दलसहित कांग्रेसले गत जेठ २६ गते आन्दोलनको 'हुँकार' गर्यो्, अनि तुरुन्तै बिर्सियो। त्यसपछि कहिल्यै सम्झेन। वनको चरी वनमै रमाउँछ भन्ने उखान कांग्रेसमा मिल्छ। प्रचण्डले प्रधानमन्त्री हुँदा भनेका थिए, 'म प्रधानमन्त्री हुँ कि विद्रोही दलको नेता, मलाई नै थाहा छैन।' आज सहमतिको गीत गाइरहेका कांग्रेसका नेताहरू सत्तामा छन् कि प्रतिपक्षमा- उनीहरूलाई नै थाहा छैन। प्रतिपक्षका शील स्वभाव, एजेन्डा, आलोचना, विरोध, भण्डाफोर कांग्रेसका कहीँकतै छिरिक्कै देखिँदैन। एमाओवादीका नेतासँग पटक पटक वार्ता भए- सत्ताको सर्तमा। राष्ट्रपतिकहाँ कांग्रेस कहिले अध्यादेश अस्वीकृत गराउन, कहिले आफूअनुकूल निर्णय गराउन प्रभावित पार्ने मनसायले गयो- सत्ताकै सर्तमा।
सत्ताको दौडमा त वास्तवमा अरु दल पनि कुनै न कुनै लाइनमा दौडिरहेकै छन्। कांग्रेसको व्यग्रताचाहिँ छर्लंगै देखिन्छ। अर्को विडम्बना- यो देशमा सबैभन्दा बढी सहमतिको आवश्यकता प्रतिपक्षले देखिरहेको छ। सत्तापक्षचाहिँ बालुवाटारमा बसेर 'प्रतिपक्ष'लाई थर्काइरहेको छ। कसैकसैले यसलाई कांग्रेसको जनता, शान्ति प्रक्रिया र संविधान निर्माणप्रतिको जिम्मेवारीका रुपमा व्याख्या गर्लान्। कांग्रेस स्वयंको अनुहारमा चाहिँ जिम्मेवारीबोधभन्दा बढी लाचारीको भाव झल्कन्छ। अनि जनता, जनताले अरु धेरै कुरा नबुझे पनि सहमतिको रटान पछिल्तिर सत्तामा जाने मनसाय स्पष्ट बुझेको छ। प्रतिपक्षले यति धेरै सहमतिको कुरा गर्नु जीवन्त लोकतन्त्रका लागि खतरनाक हुन्छ।
के कांग्रेसमा सत्तामा जानका लागि नयाँ चुनाव उपयोग गर्न सकिन्छ भन्ने चेत उत्पन्न भएको छैन? कि ताजा जनादेश लोकतन्त्रका लागि सदैव उचित हो भन्ने बुझाउन बीपी नै फर्केर आउनुपर्छ? सरकारले चुनावको मिति मंसिर ७ गतेका लागि भनी घोषणा गरेको तीन दिनपछि प्रचण्डले 'चुनावको विरोध गरेर कांग्रेसले जातै जाने कुरा पक्कै नगर्ला' भनी व्यंग्य गरेका थिए। आजको कांग्रेस प्रचण्डलाई हँसाउने कुरुप प्रहसन मञ्चन गरिरहेको छ। अर्थात्, ऊ पुरानो व्यवस्थापिकामा भएको समीकरणमार्फत् बहुमत देखाएर सरकारमा उक्लन चाहन्छ। सुशील यसका स्वघोषित अगुवा भएका छन्। बहुमतीय प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेल सभापतिको रिहर्सललाई वैराग मान्दै हेरिरहेका छन्। उता 'सहमतीय' प्रधानमन्त्रीका प्रत्यासी शेरबहादुर देउवा भने सुशीलको चालामाला लोकले अझै स्पष्ट देख्न/बुझ्न पाओस् भन्नेमा छन्।
जनप्रतिनिधिको निकाय अवसान भएको दिनदेखि सरकार जवाफदेहिताबाट मुक्त भएको अनुभूति गरिरहेको छ। सरकार सहभागितामूलक निर्णयबाट होइन, आदेशबाट चलिरहेको छ। विधेयक होइन, अध्यादेशबाट चलिरहेको छ। महँगी बढेको छ, असुरक्षा पनि बढेको छ। अवाञ्छित शक्तिहरूले खेल्ने 'स्पेस' बढाउँदैछन्। सरकारको नैतिक धरातल पूरै खुम्चेको छ। संविधानले कसरी काम गर्छ, यसको प्रयोग कसले गर्छ, कसरी गर्छ भन्नेमै प्रश्न उठ्न थालेका छन्। जनआन्दोलनका उपलब्धिमाथि सन्देह उठ्न थालेका छन्। जनआन्दोलनको मुख्य बाहक कांग्रेस दृश्यमा कतै छैन। ऊ हराएको छ। ऊ न मन खोलेर समर्थन गर्छ, न विरोध नै। न हो भन्छ, न होइन नै। ऊ केवल सहमति भन्छ। विडम्बना, प्रधानमन्त्री भट्टराई र अरु दलका नेता पनि त्यही सहमति भन्छन्। उनीहरू केवल 'सहमति' भन्न सहमत छन्, अनि सम्पूर्ण विषयमा असहमत छन्। जनता यतिखेर प्रतिपक्षी खोजिरहेका छन्। लोकतन्त्रमा बलियो प्रतिपक्षी चाहिन्छ। प्रतिपक्ष खै कहाँ छ? जनता त केवल कांग्रेसमात्रै देखिरहेछन्।
अर्को समाचार
मलाई राजनीति कसीबाट नै जाँच्नु होला: रवि लामिछाने
१४ साउन २०७९
•
२ मिनेट पाठ
मलाई राजनीति कसीबाट नै जाँच्नु होला: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू टेलिभिजनकर्मीको रूपमा प्राप्त गरेको लोकप्रियताको फाइदा उठाउनको लागि राजनीतिमा नआएको बताएका छन्।

शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले आफूलाई राजनीतिक कसीबाट नै जाँच्न सबैलाई आग्रह गर्दै नेकपा (एमाले)समेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन्। शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘मैले टेलिभिजनमा काम गरेको लोकप्रियताको फाइदा उठाउनको लागि चुनावी मैदानमा तपाईँसँग भोट माग्न आएको हैन। प्रतिबद्ध भएर भोट माग्न आएको छु प्रतिबद्ध साथीहरूको टिम बनाएर भोट माग्न आएको छु। टेलिभिजनमा के गरे कति गरे? म त्यसको ब्याज खान्न। अहिलेका नेताहरूले जस्तो यती वर्ष जेल बसे भने जस्तै मैले टिभीमा यती वर्ष काम गरे भन्दिन। अब मलाई राजनैतिक कसीबाट जाँच्नु होला। राजनैतिक मन्चबाट नै हेर्नु होला। यदि मेरा प्रतिवद्दताहरु र म संलग्न पार्टीको उम्मेदवारहरू ठिक लागेको खण्डमा मात्रै तपाईंहरूले भोट गर्नुहोला।’

लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस्। रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला।’

विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले अब जनतालाई जे भनेपनि हुन्छ भन्ने मानसिकता अन्त्य गर्न युवाहरु जाग्नुपर्ने बताए। यस्तै उनले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्ने समेत दाबी गरेका छन्। उनले देशभर स्वतन्त्र उम्मेदवारसँगको समन्वय र सहकार्य समेत सुरु भइसकेको बताएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस