युरिया मलका भ्रम र यथार्थ
०९ भदौ २०७७
•
८ मिनेट पाठ
युरिया मलका भ्रम र यथार्थ
बोलीचालीमा चिनी मल भनिने युरियामा पाइने नाइट्रोजन बिरुवाको खाना बनाउन नभई नहुने मुख्य तत्व हो । बिरुवाले हरितकोषमा यही नाइट्रोजनको सहायताले सौर्य ऊर्जा उपयोग गरी पानी र कार्बनडाइअक्साइडबाट ग्लुकोज अर्थात चिनी बनाउँछ । सँगै यो सबै जीवन प्रक्रियामा नभई नहुने प्रोटिनको महत्वपूर्ण तत्वसमेत हो । तर अहिले बिरुवालाई यो चिनी बनाउन चाहिने चिनी मल भनेर चिनिने कृत्रिम मलबाट पूरा गरिन्छ । अहिले यसैको अभावले हाहाकार मच्चिएको छ । किसानहरूयहीमल नपाउने कुराले विचलित भएका छन् । अरू सरोकार समूह यसैका वरिपरि रुमलिएका छन् ।  

कृत्रिम मलमानिर्भर हुँदै गएका खेतीपाती गरेर परिवारको पेट पाल्ने र घर व्यवहार चलाउने किसानले समयमै यो मल नपाउँदा धानको उत्पादन घट्ने र यसले आफ्नो दैनिकी चलाउन मुस्किल हुने कुराबाट चिन्तित हुनु स्वाभाविक होे । यस्तो परिस्थितिमा उनीहरूको चिन्ता र चासोलाई सम्बोधन गर्नेतर्फ सरकारले समयमै उचित ध्यान नदिएकामा सबैतिर आक्रोश बढेको छ । यिनै कुरालाई संचार माध्यमले अहिले मुख्य खबर बनाएका छन् । धेरैजसो यी चर्चामा पहिलो समयमै युरिया मल ल्याउन नसकेको सरकारको निकम्मापन र दोस्रो यो मल नहँुदा धानको उत्पादन घट्ने कुरा उल्लेख गरेका छन् । यस लेखमा दोस्रो प्रसंगसँग सम्बन्धित भएर केही चर्चा गर्ने प्रयास गरिएको छ ।  

युरिया मल बनाउने खोज २०० वर्षपहिले नै भएको हो । सन् १८१८मा जर्मन रसायनशास्त्री फड्रेरिच ओलरले मानिस र अन्य जीवमा पाइने युरिया प्रयोगशालामा कृत्रिम तरिकाले बनाए । यो नै रसायनको मात्र प्रयोगबाट कृत्रिम तरिकाले जैविक यौगिक बनाउने पहिलो खोजसमेत थियो । यही खोजका आधारमा बोटबिरुवालाई चाहिने नाइट्रोजनको सहज आपूर्ति गर्न कृत्रिम युरिया मल बनाउने कामको सुरुवात भयो । यो बन्नुअघिसम्म संसारभर नै जैविक मलका भरमा मात्र खेतीपाती गरिन्थ्यो । माटोमा आवश्यक नाइट्रोजनको व्यवस्था गर्न यस्तो जैविक मलको मुख्य स्रोत वस्तुभाउको पिसाव, गोबर, गोठेमल, कम्पोस्ट र मानिसको दिशापिसाव उपयोग गरिन्थ्यो ।सँगै कोशेबाली र रुख लगाएर हावाबाट नाइट्रोजन लिएर बिरुवामै दिने र पोषण तत्व कायम राख्ने प्राकृतिक व्यवस्था बलियो बनाइन्थ्यो ।  

यस्तो कृत्रिम युरिया र यसका सहोदर अन्य कृत्रिम रासायनिक मलको प्रयोग युरोप तथा अन्य पश्चिमी मुलुकमा विश्व युद्धअघिदेखि नै भएको थियो । तर विश्वयुद्ध सकिएलगत्तैअन्य विषादी रयी मलको प्रयोग ह्वात्तै बढ्यो । त्यतैको सिको गर्दै नेपालमा भित्रिएको यो मलको व्यापक प्रयोग नेपालको कृषिलाई आधुनिक बनाउने भन्दै सन् १९८० बाट मात्र सुरु भएको देखिन्छ । जनस्तरमा यसको प्रयोगको मिश्रित प्रतिक्रिया छ । यसको नकारात्मक प्रभावका भुक्तभोगी र अनुभवी स्थानीय स्रोतबाट जैविक मल पु¥याउन सक्ने किसानहरू अहिले पनि यो मल प्रयोग गर्न रुचाउँदैनन् । तर सरकार र अन्य बिचौलिया (बौद्धिकसमेत) को जोडबलमा यसको प्रयोग र परनिर्भरता निरन्तर बढ्दै गएको छ ।  

यसरी युरिया भित्राएसँगै धेरै किसान माटोमा आवश्यक नाइट्रोजन तत्वको व्यवस्था गर्न परम्परागत तरिकालाई चटक्कै छाडेर यही मलमा भर पर्दै गएका छन् । हुनत यस्तो परनिर्भर खेती प्रणाली अपनाउन किसानहरूसामाजिक, आर्थिक र वातावरणीय परिस्थिति फेरिएसँगै बाध्य हँुदै गएका हुन् । हँुदाहुँदा अब यो मल नभए खेती नै हुँदैन भन्नेसम्मको भ्रम परेको छ । यी भ्रमबारे केही चर्चा गरौँ ।  

युरिया मलबाट बिरुवाले लिन सक्ने नाइट्रोजन बनाउनसमेत माटोमा भएका ब्याक्टेरियाले काम गरेका हुन्छन् । तर युरियामा हुने हाइड्रोजनले माटोमा अम्लीयता बढाउने हुँदा यसलाई सन्तुलित गर्न चुनको प्रयोग बढाउँदै जानुपर्छ । रासायनिक मलको प्रयोग मात्र गर्दा माटोमा नाइट्रोजनको मात्रा निरन्तर घट्ने हुँदा यस्तो मल थप्दै जानुपर्ने अर्को बाध्यता हुन्छ यसरी मल थप्दै जाँदा यसको खर्च र माटो अम्लीय हुने र युरियाबाट बिरुवाले लिन सक्ने यौगिकका टुक्रिने क्रममा नाइट्राइट जस्ता विषाक्त यौगिक बन्ने र माटो तथा बिरुवामा फैलिने र विषाक्त हुने प्रक्रिया पनि सँगै बढ्दै जान्छ ।  

यसको प्रभावले खाना, माटो प्रकृति र पर्यावरणसमेत विषाक्त बन्दै विविधतामा व्यापक ह्रास आएको छ । युरिया हालेको माटोमा नाइट्राइटको मात्रा बढी हुन्छ । यस्तो माटोमा हुर्केको बिरुवाबाट तयार भएको खानेकुराले मानिसको पेटमा समेत नराम्रो असर गर्छ । यस्तो खानेकुरामा विषाक्त नाइट्राइटको मात्रा बढी हुन्छ भने यसमा आइरन, जिंक, क्यारोटिन, भिटामिन सी, कपर र प्रोटिनमा समेत कमी हुने पाइएको छ । जसका कारण रगतबोक्ने साना नलीहरू र फोक्सोमा समस्या देखिने गर्छ । भर्खरै अमेरिकाको रोड्ले इन्स्टिच्युटले गरेको एक अध्ययनले झण्डै १० करोड अमेरिकीमा यस्तो रक्तनलीसम्बन्धी समस्या भएको तथ्यांक बाहिर ल्याएको छ । नेपालमा पनि यस्तो अवस्थाका बिरामी निरन्तर बढेका छन् ।

अहिले जलवायु परिवर्तनको प्रभाव, असर र नाटकीयरूपमा देखिन थालेका यसका दुष्परिणाम केही देखिने उदाहरण मात्र हुन् । आधुनिक कृषि प्रणाली यस्तो दुष्परिणामको एक महत्वपूर्ण कारक हो । यसले माटोमा भएका उपयोगी सूक्ष्म जीवको नास गर्छ । यी जीवले नै अन्य वनस्पती र जीवका अवशेषलाई बिरुवाले लिन सक्ने खाद्य तत्व बनाउने गर्छन् । युरिया र यस्तै अन्य कृत्रिम मल खेतबारीबाट चुहिएर यिनमा रहेका विषक्त योगकी, जस्तै– नाइट्राइट पानीका स्रोत खोलानाला र जमिनमुनिको पानीमा पुग्छन् । यसले पानीमा आधारित जैविक प्रक्रिया ध्वस्त बनाउँछ । साथै यी पानीको स्रोत हुँदै मानिस तथा अन्य जीवको शरीरमा समेत पुग्छन् ।  

यी सबै जटिलता थपिनुमा हजारौँ वर्षदेखि अपनाउँदै आएको परम्परागत रसायन, विषादी र प्लास्टिक मुक्त खेतीपातीलाई निर्वाहमुखीको आरोप लगाएर खेतीपातीलाई उन्नत बनाउने भन्दै यस्ता कृत्रिम रसायनको प्रयोग बढाएर हो । यसको परिणाम केही दशक नबित्दै मानव तथा प्रकृतिको स्वास्थ्यमा देखिएका बिकराल समस्याले सबैलाई सताउन थालेको छ । मुख्यतः जलवायु परिवर्तनका असर तथा प्रभावहरू खेतीपातीमा क्रमशः देखिन थालेका छन् । यसबाट खेतीपाती बचाउन के गर्ने भन्ने सबैको टाउको दुखाइ बनेको छ ।  

यसलाई सच्याउनअब विवेकशील किसान र सामाजिक अगुवाको भूमिका झनै बढेको छ । आफ्नो तत्कालीन बाध्यताको आक्रोश पोख्दै मर्नु भन्दा बौलाउनु निको भनेर युरिया मलको खोजी गर्दैगर्दा स्वाभिमानी किसान अपहेलना र अपमानको जिन्दगी बिताउन किन बाध्य भएका छाै‌ँ ? भनेर खोज्ने बेला भएको छ । किसान कसरी परचक्री दलाल बिचौलियाका स्वार्थबाट पीडित हुँदैछन् ? र, यिनको चंगुलबाट खेतीपातीलाई कसरी मुक्त पार्ने भन्ने कुराको चिन्तन–मनन पनि सँगै गर्नुपर्ने भएको छ ।  

यस अर्थमा किसान समुदाय र यिनका सारथि सबैलाई विनम्र अनुरोध छ, अब ढिलो गरी युरिया हालेर खानेकुरा बिगार्नु भन्दा यसपटक मल नपाएर हुने क्षतिको हिसाब खोज्न सबै संगठितरूपमा अघि बढौँ । किनकि धान पसाउने बेलामा मात्र राखिने युरियाले समग्र धान र चामलको गुणस्तरीय उत्पादन बढ्ने भन्दा पराल मात्र बढ्ने हुन्छ । यो कुरा अगुवा किसानका आफ्नै अनुभव हुन् । बरु यसको थप परीक्षण गरौँ । यसका लागि केही खेतमा युरिया राखेर र केहीमा नराखेर आफैँले समेत परीक्षण गर्दा हुन्छ । त्यसै पनि यो मल पर्याप्त पनि छैन । एकआपसकै तानातानमा सरकारले १४ रुपियाँमा उपलब्ध गराएको युरिया ६५ रुपियाँ प्रतिकेजीसम्म हालेर किन्नुपरेको तीतो यथार्थ छँदैछ । अझै भारतीय बजारबाट कालो बजारी गरेको युरियाको गुणस्तरको प्रश्न त छँदैछ ।  

सँगै, किसान समुदाय खेतीपाती गर्न आवश्यक जमिन र अन्य वातावरण मिलाएर सक्षम बनाए कस्तो खेतीपाती र कसरी गर्ने भन्नेमा कुरा सम्हाल्न उनीहरू सक्षम छन् । थप केही गर्न सक्ने हो भने सरकार र सरोकार समूहले बहुआयामिक कृषिको अनुसन्धान, शिक्षा र प्रसारलाई प्रभावकारी बनाएर किसानलाई नयाँ सिप र प्रविधिमा, रोग कीरा नियन्त्रण र बाली तथा वस्तुभाउको गुणस्तर वृद्धिमा सघाए हुन्छ । यसका लागि सबै तहमा आवश्यक जनचेतना र क्षमता बढाउने काम गरे हुन्छ । कृत्रिम मलबाट आउने कमिसनमा -याल चुहाएर नेपालको कृषि तहसनहस बनाउने छूट नदिउँ ।

तसर्थ पर्यावरणीय कृषिका सिद्धान्तको अभ्यासले मात्र हाम्रो माटो, पर्यावरण र स्वास्थ्य बचाउन सकिन्छ भन्ने कुराहामी सबैले विचार गर्नुपर्ने भएको छ । यो नै हाम्रो भविष्य सुरक्षित गर्ने सबैभन्दा सरल तरिका हो । मुख्यतः दिगो खेतीपाती तथा वस्तुभाउ व्यवस्थापन प्रविधि, स्वस्थ माटो र चिस्यान व्यवस्थापनका आधारभूत पक्षहरूमा ध्यान दिँदै गोठ सुधार, जैविक मल र विषादी बनाउने तरिका अपनाएर कृत्रिम रासायनिक मल तथा विषादी घटाउँदै जाने संक्रमणकालीन अभ्यासमा तत्कालै लाग्न आवश्यक छ । सँगैविविधता, बहुलता, एकीकृत र मिश्रित खेती प्रणालीमा जोड दिँदै कृषि उत्पादनका लागि स्थानीय विशेषताका आधारमा स्थानीय स्रोत परिचालनको बृहत् चित्र बनाउन र यसमा अभ्यास गर्न सबैले सघाउनुपर्छ ।  

यी सबै कुराको मनन गर्दै कृत्रिम मल (युरिया)बारे बौद्धिक दिवालियापन नदेखाउन र भ्रमको खेती नगर्न सबैलाई अनुरोध छ । बरु यसमा पर्याप्त खोज अनुसन्धान र संवाद गरेर किसानका लागि उपयोगी ज्ञान र सिप फैलाउन सके हामी सबैको कल्याण हुनेछ । तसर्थ अब मल आएन भनेर एकअर्कालाई दोष दिएर पन्छिनु भन्दा यस वर्ष आएको मललाई आउँदो वर्ष उपयोग गर्ने र यसरी बचत हुने रकम इमानदारीपूर्वक यस वर्ष मल नपाएर क्षति बेहोर्नुपरेका किसानलाई राहत दिने काममा खर्च गरेर खेतीपाती सपार्ने संकल्प गरौँ।  

सँगै, आगामी वर्षदेखि अरूसँग भर पर्नुपर्ने माटो, वातावरण र मानव स्वास्थ्यलाई समेत हानि गर्ने यस्तो विषाक्त मलको आयातमा कटौती गरी जैविक मल बनाउने घरेलु प्रविधि र यस्तोमल बनाएर स्वस्थ खाना उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्न उपयोग गर्नु उचित हुन्छ । यसले समग्रतामा खेतीपातीलाई उन्नत बनाउने बाटो त सपार्छ नै, साथै यसले यो मलको खरिद, बिक्री, ढुवानी र वितरणमा चलखेल गर्ने बिचौलिया दलालको समेत स्वास्थ्य राम्रो बनाएर भलो गर्छ । 
(कृषि नीति विश्लेषक)
अर्को समाचार
कपिलवस्तुमा युरिया मल आउन सुरू
२७ साउन २०७९
•
२ मिनेट पाठ
कपिलवस्तुमा युरिया मल आउन सुरू
धान खेतीलाई लक्षित गरी कपिलवस्तुमा युरिया मल आउन सुरु भएको छ। गत बुधबारबाट कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवाबाट युरिया मल जिल्लामा आउन सुरु भएको हो। 

ओमनबाट भारतको कोलकत्ता हुँदै नेपालको वीरगन्ज नाकाबाट ३० हजार मेट्रिक टन युरिया नेपाल भित्रिएको हो। सो मल कृषि सामाग्री रुपन्देहीले जिल्लाका कृषि सामाग्री लिमिटेडमा पठाउन सुरु गरेको हो। कृषि सामाग्री लिमिटेड तौलिहवाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीले धान खेतीलाई लक्षित गरी जिल्लालाई ७ सय २० मेट्रिक टन ( १४४० बोरा ) कोटा निर्धारण गरिएको बताए। त्यस मध्ये बिहिबारसम्म सय मेट्रिक टन युरिया आइसकेको उनले बताए। ७ सय २० मेट्रिक टन मध्ये ७० प्रतिशत कृषि सामाग्री तौलिहवा र ३० प्रतिशत कृषि सामाग्री बहादुरगंजबाट वितरण हुनेछ।‘भैरहवाबाट निर्धारित गरिएको कोटा मल सबै आए पछि भदौ १ या २ गतेबाट वितरण थाल्छौँ ’ उनले भने। 

जिल्लाका १० पालिकामा रहेको कृषि सहकारीबाट मल वितरण हुनेछ। पालिकाले सिफारिस र निर्धारित गरेको कोटा अनुसार सहकारीलाई मल उपलब्ध गराईने ज्ञवालीले बताए। कृषि सामाग्री तौलिहवाबाट १ सय ६० र बहादुरगंज कृषि सामाग्रीबाट ६० कृषि सहकारीलाई मल उपलब्ध गराइनेछ। मलखादको अभावमा कृषकहरुले भारतबाट मल ल्याएर धानको रोपाईं गरेका थिए। लामो समय देखि मलको अभाव झेलिरहेका कृषकहरु महंगो मूल्यमा भारतीय युरिया मल किन्न बाध्य छन्। कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्र चौबेले जिल्लामा ७१ हजार बढी हेक्टरमा गरिएको धान खेतलाई १० हजार बढी मेट्रिक टन मलको आवश्यकक्ता पर्ने बताए। मागअनुसार निकै कम मात्र जिल्लालाई कोटा निर्धारण भएको उनले बताए। अहिले आएको युरिया मलले धानमा गाज लाग्दाका लागि उपयुक्त हुने उनले बताए। 

प्रजिअ धर्मेन्द्र कुमार मिश्रले जिल्लामा धान खेतका लागि निर्धारण गरिएको कोटा न्यून रहेको भन्दै थप कोटा माग गरिएको बताए। उनले आएको मल पारदर्शी रुपमा वितरण गर्न निर्देशन दिएको बताए। ८ सय रुपैँया बोरा मूल्य निर्धारण गरिए पनि पालिकाहरुले भोडा बापतको रकम थप लिने निर्णय गरेका छन्।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस