राष्ट्रपति रामवरण यादवले फेरि प्रमुख चार दलका नेतालाई संविधानसभा चुनावमा जान दिशानिर्देश गरेका छन्। दलहरूले भदौ मसान्तसम्म निकास निकाल्ने आश्वासन यसअघि राष्ट्रपति र जनसाधारणलाई दिँदै आएकोमा त्यो सम्भव नभएको सन्दर्भमा भदौ मसान्तकै दिन राष्ट्रपतिले दलका नेताहरूलाई शीतल निवास बोलाएर यसअघिको वाचा स्मरण गराए र भने, 'देशले नयाँ संविधान प्राप्त नगरी अहिलेको राजनीतिक गतिरोध अन्त्य हुन सक्दैन।'
उनले जनआन्दोलन २०६२/६३ को भावना, अन्तरिम संविधानको मर्मअनुसार नयाँ संविधान बनाउन आग्रह गरे। जेठ १४ यताका साढे तीन महिना संविधानसभा निर्वाचन वा विघटित संविधानसभाको पुनर्स्थापनाजस्ता निरर्थक प्रश्नमा अल्भि्कएको छ। नयाँ संविधान निर्माणका निम्ति चुनावको विकल्प छैन भन्ने जान्दाजान्दै पनि मुलुकलाई यी दुई प्रश्नको अन्तहीन शृंखलामा नेताहरूले प्रवेश गराए। खासमा सबैजसो राजनीतिक दलका नेताहरूले मुलुकका समस्याको हलभन्दा आफ्ना असीमित आकांक्षाको परिपूर्तिमा समय खेर फालेको देखिन्छ। यस स्थितिबाट आम जनमानसमा दलका नेताहरूको साख गिरेको छ। यसतर्फ भने कुनै पनि दलका नेताहरूले हेक्का पुर्याएको देखिँदैन।
संविधानसभाबाट संविधान जारी गर्न सक्ने अवस्था नभएपछि चुनाव घोषणा गर्न पुगेको सरकारको ध्याउन्न भने चुनाव सम्पन्न गराउनेतर्फ देखिएन। बरु सरकारको नेतृत्व गर्ने एकीकृत माओवादी संविधानसभा पुनर्स्थापनालाई प्राथमिक मुद्दा बनाएर अघि बढ्यो। यसबीच दलहरू पानी बाराबारको स्थितिबाट फेरि संवाद र सहकार्यको मार्गतर्फ उन्मुख भए पनि त्यसले गुणात्मक परिणाम दिन सकेको छैन। संविधान निर्माणलाई राजनीतिक दलहरूले मुख्य एजेन्डा बनाउन पनि सकेनन्। संविधान निर्माण कार्य दलहरूले आफ्नो सत्ताप्राप्तिको सीमित स्वार्थका लागि गोटी चाल्ने प्रवृत्तिको सिकार भएको हो। पक्कै पनि संविधानसभाको कार्यकाल सम्पन्न भएपछि थपिएको समय आपसी तानातानमै सकियो। संविधानसभा विघटनपछि दलहरूले चेत्लान् र समयमै संविधान निर्माणको बाटोतर्फ आफूलाई अग्रसर गराउलान् भन्ने आमअपेक्षामा तिनले तुषारापात गरे। मुलुकले लोकतान्त्रिक शासन व्यवस्थालाई अंगीकार गरिसकेको जान्दाजान्दै फेरि त्यसैमा पनि तलमाथि गर्न सकिन्छ कि भन्ने व्यवहार नै संविधान निर्माण हुन नसक्नुको कारण हो। अतः सबै राजनीतिक दलले यसअघि बृहत शान्ति सम्झौता, अन्तरिम संविधान र पटक-पटक भएका विभिन्न सहमतिका बुँदाको कार्यान्वयनमा इमानदार प्रयासको विकल्प छैन। प्रत्येक दल र तिनका नेताले गरेका व्यवहार जनसाधारणको नजरबाट ओझेल परेको छैन। जननिर्वाचित सभाले समेत बनाउन नसकेको संविधान अन्य उपायले बन्न सक्ने अवस्था पनि रहन्न।
यसबीच नेताहरूले आफूप्रतिको विश्वसनीयतालाई समेत धराशयी गराएकै छन्। त्यसकारण पनि नयाँ जनादेशले मात्र संविधान लेखनको काम पूरा गर्ने अवसर दिन सक्छ। संविधानको संरक्षक र पछिल्लो निर्वाचित सभाबाट निर्वाचित संस्था राष्ट्रपतिबाट पटक-पटक नयाँ निर्वाचनका निम्ति दलहरूलाई भएको आग्रह त्यसैले विचारणीय छ। बिनानिर्वाचन शासन गर्ने वा संविधान लेख्ने इच्छा कुनै पनि दल र नेतामा आउनु अधिनायकत्वतर्फको यात्रा मात्र हुन जान्छ। विघटित संविधानसभा ब्युँताएर केही समयका निम्ति आफ्नो पद र शक्ति सुनिश्चित भएको भ्रम त दिन सकिएला तर खण्डित भइसकेको जनादेशको पुनर्स्थापना हुन सक्दैन। नयाँ चुनावले मात्र दलहरूलाई काम गर्ने जनादेश र शक्ति दिन सक्छ। यसै पनि मुलुक शून्यतातर्फ उन्मुख भइरहेको छ। संवैधानिक निकायहरू रिक्त हुँदै गइरहेका छन्। दैनिक कार्य सञ्चालनका निम्ति कानुन निर्माण वा दैनिक खर्च सञ्चालनसमेत गर्न नसकिने अवस्था आइसकेको छ। यसकारण पनि राष्ट्रपतिले मुलुकको अभिभावकका हैसियतमा दिइएको निर्देश मनन् गर्दै चुनावनिम्ति सहमति गर्न छिटोभन्दा छिटो आवश्यक छ। यसका निम्ति दलहरूले के-कस्तो सहमति गर्नु उचित हुन्छ, त्यस दिशातर्फ जाने हो। चुनावलाई टार्ने र बासी जनादेशकै भरमा शासन गर्ने इच्छाबाट मुक्त हुनु नै दलहरूले आफ्नो साख जोगाउने उपयुक्त विकल्प हो।