'नाइन इलेभेन' को त्रासदी
०२ असोज २०६९
•
१८ मिनेट पाठ
'नाइन इलेभेन' को त्रासदी
भारतीय लेखिका अरुन्धती रोयद्वारा अमेरिकाको न्यु मेक्सिकोस्थित सान्ता फेमा दिइएको प्रख्यात् प्रवचनको शीर्षक थियो- कम सेप्टेम्बर। हुन त सेप्टेम्बर महिना प्रत्येक वर्ष आउँछ तर सेप्टेम्बर महिना आएपछि उनको प्रवचनको शीर्षकले नै झस्काउँछ र कुनै न कुनै वर्षको सेप्टेम्बर ११ (नाइन इलेभेन)को दुःखद् घटनाले मनमस्तिष्कलाई नराम्ररी तर्साउँछ।
सन् २०१२ को 'नाइन इलेभेन' पनि त्रासदीकै रुपमा आएको छ, स्टिभ क्लियनको 'इन्नोसेन्स अफ मुस्लिम्स' नामक नशलवादी फिल्मका कारण।
एक जना इजरायली मूलका अमेरिकी व्यापारी, त्यसमा पनि मुस्लिम र इस्लामविरोधी यहुदी, त्यसमा पनि इस्लामफोबियाले ग्रस्त यहुदीहरूबाट पैसा उठाएर बनाइएको फिल्मले आगो लगाउनु अनौठो होइन। 'इस्लाम धर्मलाई हिंसा र द्वेष फैलाउने क्यान्सरका रुपमा र त्यसका प्रवर्तक पैगम्बर मोहम्मदलाई मूर्ख, सत्तालोभी र स्त्रीलम्पट' का रुपमा देखाइएको नशलवादी फिल्मको विरोधमा अरब जगतमा आगो बल्न थालेको हो। त्यस आगोका झिल्का पश्चिम एसियामा मात्रै होइन, दक्षिण एसियाको भारतदेखि युरोप र अमेरिकामा समेत फैलिन थालेको छ। र, लिबियाको बेनघाजी शहरमा रहेका अमेरिकी राजदूत जोन क्रिस्टोफर स्टेभेन्सलगायत् कयौं मानिसको हत्यासँगै अमेरिकी दूतावासै जलाइएको छ भने सुडानमा जर्मनी र ब्रिटेनका दूतावासमा पनि आगजनी गरिएको छ। नश्लवादी अमेरिकी फिल्मको निर्माण र फिल्मको विरोधको नाममा जारी हिंसा स्वागतयोग्य हुन सक्दैन।
हामीलाई घृणा किन गरिन्छ?
हुन त यस वर्षको 'नाइन इलेभेन' प्रकरण हुनुभन्दा ११ वर्षअघि अमेरिकामै भएको थियो- एउटा नाइन इलेभेन। सन् २००१ को नाइन इलेभेनमा न्युयोर्कका टि्वन टावर तथा पेन्टागनमाथि भएको भीषण हवाई हमलालाई पनि मुसलमान आतंकवादी, त्यसमा पनि ओसामा बिन लादेनको अल कायदाकै थाप्लोमा हालिएको थियो। हमलाका कारण ३ हजार नागरिकको ज्यान गएको झोकमा अमेरिकाले अफगानिस्तानदेखि इराकसम्म बमवर्षा गर्दै नाइन इलेभेनको पीडा र घाउलाई आलो राख्दै आएको छ। त्यसबेला अमेरिकी राष्ट्रपति जर्ज बुसले नाइन इलेभेनका आक्रमणकारीतिर संकेत गर्दै सोधेका थिए- किन उनीहरू हामीलाई घृणा गर्छन् हँ?
सन् २०१२ को नाइन इलेभेन प्रकरणपछि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि यस्तै प्रश्न गरेकी छिन्- 'हामीले नै मुक्त गर्न सघाएको देशमा, हामीले नै विनाश हुनबाट बचाएको शहरमा कसरी यस्तो हुन सम्भव भयो? तर विडम्बना, ११ वर्षअघि र पछि पनि अमेरिकीहरूको उत्तर एउटै रहेको देखियो, चाहे ती उत्तर जर्ज बुस (जुनियर)को मुखबाट निस्केका होऊन् या हिलारी क्लिन्टनको मुखबाट। उनीहरूका उत्तरको सार हो- अरब जगतका मानिसमा पश्चिमेली लोकतान्त्रिक मूल्य/मान्यताप्रति विद्वेषको भाव छ, इस्लाम धर्मावलम्बी मुस्लिमहरूमा इसाई धर्मप्रति आक्रोश छ। यो त मूल्यहरूबीचको द्वन्द्व हो, सभ्यताहरूबीचको टक्कर (क्लाय्स अफ सिभिलाइजेसन) हो।

यस्ता प्रश्न र उत्तर दुवैमा अरब जगतको जटिलता र मुस्लिम जनताको भावनाको अंश कम छ। त्यसमा पनि आफ्नै विचार र व्यवहारमा रहेको नश्लवादबारे सामान्य प्रश्नसमेत छैन नै, अरब जगत, मुस्लिम जनता र इस्लाम धर्मप्रति आफूमा रहेको प्रभुत्वकारी मानसिकतामाथि सन्देहसमेत छैन। गोरा-गोरी पश्चिमेलीले जे भनेका हुन्, त्यो सोह्रै आना सही छ भन्ने प्रवृत्तिले सही स्थितिबोध गर्न दिँदैन। स्थितिबोधका लागि त सबैभन्दा पहिले आफैंलाई प्रश्न सोध्नु जरुरी छ- हामीमा अरब जगत्, मुस्लिम जनता र इस्लाम धर्मप्रति शत्रुभाव त छैन? हामीले ब्रिटिस साम्राज्य बनेर सूर्य नअस्ताउने गरी गोरा हुनुको बोझ उठाउँदा अरुलाई भारी त भएन? हामीले फ्रान्सेली साम्राज्य बनेर गैरपश्चिमेलीहरूलाई सभ्य बनाउने मिसन चलाउँदा आफ्ना दाह्रा र नङ्ग्राबाट अरु घाइते भए कि? हामीले अमेरिकी साम्राज्य बनेर, विश्व स्वतन्त्रताको पर्खालमाथि चढेर पहरेदारी गर्दा, कालो, पहेँलो र रातो बिमारीसँग लड्दा, विश्वव्यापीरुपमा मानवअधिकारको लडाइँ छेड्दा, आतंकवादी विरोधी युद्ध लड्दा अरु मानव र तिनको अधिकार हताहत त भएनन्, विश्वमै आतंकको राज त सृजना भएन? अरुका स्रोतसाधन कब्जा गर्दा प्रतिरोध हुनु अनौठो हो र?

कति वटा नाइन इलेभेन?
खोतलेर हेर्दा देखिन्छ- 'इन्नोसेन्स अफ मुस्लिम्स' र त्यसका निर्माता स्टिभ क्लियनको सम्बन्ध आजभन्दा नब्बे वर्षअघिको नाइन इलेभेनसँग सालनाल गाँसिएको छ। ११ सेप्टेम्बर, १९२२ मा प्यालेस्टिनी शहर गाजामाथि सेनाको घेराबन्दी जारी राख्दै ब्रिटिस साम्राज्यले प्यालेस्टाइनलाई विभाजित गर्ने र युरोपका यहुदीहरूका लागि अरब जगतमा अलग्गै राष्ट्र घोषणा गरेको थियो। बेलफोर घोषणा लागु गर्ने ब्रिटिस दाबीलाई अमेरिकासहित अन्य देशको समर्थनमा सन् १९४७ मा संयुक्त राष्ट्रसंघबाट बकाइदा लागु गरियो, प्याटेस्टाइनको ५५ प्रतिशत भूभागमा इजरायल नामक नयाँ राष्ट्र बनाएर। त्यसको एक वर्षभित्र युद्धकै क्रममा ब्रिटेन, अमेरिका र फ्रान्सको सहयोगमा इजरायलले त ७६ प्रतिशत जमिनमाथि कब्जा जमाइहाल्यो भने इजिप्टले गाजापट्टी र जोर्डनले पश्चिमी तटमाथि प्रभुत्व कायम गरेपछि विश्व मानचित्रबाट प्यालेस्टाइन राष्ट्रै एकाएक हरायो भने शरणार्थी बनाइएका प्यालेस्टिनीहरूको मनमस्तिष्कमा मात्रै देश बाँचिरह्यो।
अरब जगतमा सन् १९२२ को नाइन इलेभेनले एउटा सिंगो देशलाई क्वाप्लाक्कै निलेको तीतो सत्य प्यालेस्टाइनलगायत् सिंगो अरब जगतका जनतालाई कहिल्यै स्वीकार्य भएन। त्यसैले उनीहरूले मानव बमसमेत भएर अनेक युद्ध, संघर्ष र हमला गर्दै आए तर प्यालेस्टिनी जनतालाई 'दोपाया जनावर' मान्ने इजरायली प्रधानमन्त्री मेनाचिम बेजिन र अन्य नश्लवादी शासकलाई सैनिक, आर्थिक र राजनीतिक समर्थन दिने अमेरिकासामु उनीहरूको केही लागेन। जे भए पनि ब्रिटिस साम्राज्यको योगदानका कारण एउटा नाइन इलेभेनले पारेको प्यालेस्टिनी घाउ अरब जगतमा भएको साढे ६ दशक लामो हिंसात्मक द्वन्द्वको कारक तŒव हुँदै आएको छ। प्यालेस्टाइनलगायत् सिंगो अरब जगत्का जनतामा इजरायल र अमेरिकासँगै आम गोरागोरीप्रति आक्रोशको आगोमा इजरायली मूलका अमेरिकी यहुदी व्यापारीले फिल्मको नाममा मुस्लिम र इस्लामविरोधी पेट्रोल छर्किदिएका छन्। हिंसाको आगो त परिणाम न हो, जतिबेलासम्म कारक तŒव बचाइराखिन्छ, परिणाम त कुनै न कुनै निहुँमा प्रकट भइरहन्छ।

कारक तत्वको खोजी र सही स्थितिबोधका लागि अमेरिकी र सबै पश्चिमेलीले सम्झनैपर्ने अर्काे नाइन इलेभेन हो- आजभन्दा बीस वर्षअघिको। ११ सेप्टेम्बर, १९९० मा अमेरिकी राष्ट्रपति जर्ज बुस (सिनियर) ले कंग्रेसको संयुक्त अधिवेशनमा इराकविरुद्ध युद्धको घोषणा गरेका थिए। कुवेतमाथि इराकले हमला गरेको निहुँमा युद्धको घोषणा गर्दा बुसले आफ्नो भरथेगमा इजरायलले प्यालेस्टाइन राष्ट्रलाई नै निलिरहेको तथ्य सम्झेनन्, सम्भि्कयो कि त्यही निहुँमा इजरायलमाथि पनि हमला गर्नु जरुरी हुन्छ। उनले इराकी राष्ट्रपति सद्दाम हुसेनलाई आफ्नै जनताको संहार गर्ने क्रुर सैनिक तानाशाह र युद्ध अपराधी भएको सटीक आरोप पनि लगाए। तर उनले सन् १९८८ मा उत्तरी इराकमा सयौं गाउँ उजाड्ने तथा रासायनिक हतियार र मेसिनगनद्वारा हजारौं कुर्द जातिका जनताको संहार गर्न आफूले आर्थिक र सैनिक सहयोग दिएको तथ्य उजागर गरेनन्, गरेको भए आफैं सह-युद्ध अपराधी प्रमाणित हुन्छ। उनले थालेको युद्धको क्रममा ब्रिटेन र अमेरिकी सहकार्यमा महिनौं महिनासम्म बम वर्षाका कारण लाखौं इराकीको ज्यान गयो।

उनीपछिका बिल क्लिन्टन, जर्ज बुस (जुनियर) र बाराक ओबामाजस्ता अमेरिकी राष्ट्रपतिहरूले पनि कहिले आमविनाशकारी हतियार भण्डारण गरेको निहुँमा त कहिले अल कायदा नामक आतंकवादी नेटवर्कसँग साँठगाँठको बहानामा विनाशकारी युद्ध जारी राखेका छन्। उनीहरूले यसैबीच सद्दाम हुसेनलाई फाँसीमा चढाए नै, सिंगो राष्ट्रको सार्वभौमसत्तालाई पनि शूलीमा चढाइरहेकै छन्। के यस्ता नाइन इलेभेन र तिनका दुष्परिणामले अमेरिका र गोरा पश्चिमेलीहरूप्रति अरब जगतमा प्रेम र सद्भाव बढाउँछन्?

भष्मासुरको जन्म र मृत्युदण्ड
अमेरिकी राष्ट्रपतिहरूले जसरी आफ्नो पकडभन्दा बाहिर गएकै कारण सद्दाम हुसेनलाई मृत्युदण्डको भागिदार बनाए, त्यसकै पछिल्लो कडी हो- २००१ को नाइन इलेभेनका 'मास्टर माइन्ड' भनिने ओसामा बिन लादेनको हत्या पनि। हुन त आमविनाशकारी हतियार र अल कायदा नेटवर्कसँग हुसेनको सम्बन्ध प्रमाणित गर्न नसकिएझैं लादेनले नै टि्वन टावरमा हमला गर्न लगाएको पनि पुष्टि भएको छैन, न त उनलाई समातेर न्यायको कठघरामा उभ्याएर उनको अपराध सिद्ध गरियो। तर, अर्काे सार्वभौम देशमा रहेका ओसामा बिन लादेनलाई चराजस्तै मार्न लगाउने बाराक ओबामाले पनि लादेन आफ्नै देशले थालेको सोभियत संघ (रुस) विरोधी अफगान युद्धका 'ब्रेन चाइल्ड' हुन् भनेर सकार्नु जरुरी ठानेनन्।

विख्यात् विद्वान् इकबाल अहमदले भनेझैं सन् १९७९ मा अफगानिस्तानमा सैन्य हस्तक्षेप गरेपछि सोभियत संघलाई अर्का भियतनाम युद्धमा जस्तै फसाउन सकिने तथा सोभियत संघ र साम्यवादविरुद्ध मुस्लिम विश्वलाई लामबद्ध पार्न सकिने सम्भावना देखेरै अमेरिकाले सीआइएमार्फत् ओसामा बिन लादेन निर्माण गरेको थियो, विदेशी प्रभुत्व समाप्त पार्ने निहुँमा। सन् १९९० मा सोभियत संघ विघटन भएपछि पनि अफगानिस्तानदेखि साउदी अरबसम्म विदेशी प्रभुत्व कायम रहेको र मुस्लिमहरूमाथि अमेरिकी सरकारबाटै आक्रमण हुन थालेको देखेर लादेनले अफगान युद्धकै मिसनलाई विश्वव्यापी बनाएका थिए। उनी पुरानै मिसनमा कायम रहनु अमेरिका र पश्चिमेली जगतलाई स्वीकार्य भएन। त्यसैले त उनी पनि सद्दाम हुसेनजस्तै मारिए, आफ्नै पोष्यपुत्र भए पनि। यसको अर्थ पहिले भष्मासुर बनाइयो, पछि भष्मासुरबाट खतरा बढेपछि समाप्त पारियो।

इकबाल अहमदका अनुसार, इराकका सद्दाम हुसेन होऊन् या साउदी अरबका ओसामा बिन लादेन या इजिप्टका होस्नी मुबारक, उनीहरू शीतयुद्धको क्रममा अरब जगतमा गरिब जनता र तिनका कम्युनिस्ट पार्टीका 'सन्तुलनकर्ता' का रुपमा जन्माइएका अमेरिकी ब्रेन चाइल्ड हुन्। बचे/खुचेका सन्तुलक तानाशाहहरूको समाप्तिका लागि सन् २०११ को 'अरब स्पि्रङ' मा अमेरिकाले एकसेएक तानाशालाई भरथेग गरेकोमा अरब जगतमा आक्रोश छ। इजिप्टका तानाशाह होस्नी मुबारकविरुद्ध जनविद्रोह हुँदा अमेरिकाले तीन जहाज हतियार दिएर विद्रोहीलाई दमन गर्न लगाएको तथ्य उनीहरूले बिर्सेका छैनन्। उनीहरूलाई साउदी अरब, कतार र बहराइनका कट्टरपन्थी मुस्लिम शासकहरूलाई बचाइराख्ने को हो भन्ने कुरा पनि थाहा नभएको होइन। उनीहरूलाई कतिसम्म थाहा छ भने लिबियामा किन बम वर्षा गरियो, त्यसमा पनि बेनघाजी शहरका विद्रोहीलाई किन हतियार बाँडियो र 'माइ डियर' तानाशाह मोम्मर गद्दाफीलाई किन मार्न लगाइयो, त्यसको पछाडि साउदी अरब, इराक, अफगानिस्तानमा जस्तै लिबियामा रहेको विशाल तेलको स्वार्थ कति ठूलो छ?

बुस वा ओबामाले अरब जगतमा आगो बाल्दै हिँडेका युवाहरूको आँखाबाट आफ्नो देशको नीति र व्यवहार हेर्नु जरुरी छ। हिजोसम्म कविता कोर्दै हिँड्ने ओसामा विश्वका कुख्यात् आतंकवादी लादेन बन्नुमा कति 'नाइन इलेभेन' कारक तŒवका रुपमा रहे, त्यसमा आफ्नो योगदान के/कति रह्यो, त्यसको उत्तर उनीहरूकै आँखामा पढे अनेक वर्ष 'नाइन इलेभेन' को त्रासदी पुनरावृत्त हुने क्रम कम हुन्थ्यो कि?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस