मधेसको अन्य समस्या जस्तै घरेलु हिंसाको समस्या पनि एक हो। घरेलु हिंसाको चपेटामा मधेस सदियौंदेखि पिल्सिए पनि तीन वर्षअगाडि मात्र राज्यले घरेलु हिंसासम्बन्धी ऐन निर्माण गरेको छ।
उक्त ऐनअनुसार घरपरिवार आफन्तजनबाट नै हुने शारीरिक, मानसिक, आर्थिक, यौनिक तथा सामाजिक यातनालाई घरेलु हिंसाको प्रकृतिका रुपमा लिइएको छ। ऐनको दफा २ अनुसार कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक मानसिक यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ। सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्या्उने अन्य कुनै कार्यलाई समेत जनाउँछ। शारीरिक यातनाअन्तर्गत कुटपिट गैरकानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्याउने, मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने वा त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, झुटा वात लगाउने, घरबाट निकाला गर्ने, मानसिक चोट पुग्न सक्ने अन्य कुनै काम गर्ने/गराउने, यौनजन्य यातना भन्नाले यौनजन्य प्रकृतिको दुर्व्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पुर्याउने वा सुरक्षित यौन स्वास्थ्यमा अघात पुग्ने कुनै कार्य, त्यसैगरी आर्थिक यातना भन्नाले संगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहु"च वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनुपर्छ।कानुनको उपरोक्त प्रावधानअनुसारको व्यवहारको तुलनात्मक अध्ययन गर्ने हो भने प्रायः परिवारमा घरेलु हिंसाको अपराध भेटिन्छ। यस्ता अपराध कम गर्न वा रोक्न उपरोक्त कानुनको चेतना तराईमा अपरिहार्य भएको छ। यसै हप्ता पर्सामा एउटी महिलाको दाइजोका कारण हत्या भएको आरोप लागेको छ। यसबाट देखिन्छ कि कानुन बने पनि त्यसको सकारात्मक प्रभाव तराईको सामाजमा पर्न सकेको छैन। यसर्थ सम्बद्ध पक्षले कानुनको चेतनातर्फ गम्भीर हुनैपर्छ।
घरेलु हिंसा रोकथाम र पीडितलाई न्याय दिलाउन ऐनको दफा ४ मा घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सम्बन्धित विवरण खुलाई प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय निकायसमक्ष लिखित वा मौखिक उजुरी गर्न सकिन्छ। पीडकलाई ३ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन्छ भने मतियारलाई मुख्य अभियुक्तको आधारमा सजाय हुने प्रबन्ध गरेको छ। घरेलु हिंसासम्बन्धी उपरोक्त कानुनी प्रावधानलाई पूर्णरुपले कार्यान्वयन गर्ने हो भने समुदायमा हुने गरेको घरेलु हिंसाको बढोत्तरीमा कमीमात्र आउने होइन, पीडकले सजाय र पीडितले न्याय पनि पाउने अवस्था छ। तर तराईको ग्रामीण समुदायमा घरेलु हिंसासम्बन्धी अपराध व्यापक त छँदैछ साथै यस्ता कार्य अपराध हो र कसैले पनि उजुर गर्न सक्छ भने कुराको चेतना अहिले पनि छैन।
गैससहरुले एकाध गाउँमा यस्ता प्रशिक्षण दिँदा समुदायको वास्तविक चित्र हेर्न पाइएको छ। समुदाको हित र समाजिक विकृति/विसंगति हटाउन लाभप्रद् भएकाले समुदायका महिला पुरुष बालबालिका, वृद्धलगायत्को बाक्लो उपस्थिति त हुने गरेको छ नै। यस्ता प्रशिक्षण नियमित गर्ने विशेष आग्रह पनि गर्ने गरेका छन्। कार्यक्रममा पुरुषभन्दा बढी महिलाको सहभागिता हुने गरेकामा उनीहरु सुरुमा खुलेर परिचय दिनसमेत लाज मान्थे। तर एकाध घण्टाको कक्षा लिएपछि भने समुदायभित्रको समस्या र पीडाको उपचारको उपाय जान्न उनीहरु लालायित देखिँदै आएका छन्। बालविवाह, बहुविवाह, बोक्सी आरोप तथा दाइजो/तिलकलगायत्का कार्यलाई कानुनले अपराध मानेको र त्यस सम्बन्धमा गरेको सजायको व्यवस्थालाई हेरेर आश्चर्य प्रकट गर्ने गरेकामात्र छैनन्। बालविवाहले महिला पुरुषको जीवनमा पर्ने प्रतिकूल प्रभावबारे प्रशिक्षण लिएपछि समाजमा यस्ता कार्य हुन नदिनेतर्फ सक्रियरुपमा लाग्ने अठोट देखाउने गरेका छन्। मधेसका कतिपय समुदायमा बालविवाहलाई परम्पराका रुपमा लिएको देखिन्छ। त्यस्ता समुदायमा बिहावारी महलले गरेको विवाहसम्बन्धी उमेरको हदको कुरा सुनेर आचम्भित हुने गरेका छन्। यसबाट के देखिन्छ भने मधेसका समाजिक विकृति, विसंगति र घरेलु हिंसासम्बन्धी अपराध कम नहुनुमा समाजमा कानुनी शिक्षाको अभाव छ। कानुनी शिक्षाको चेतना भयो भने समाज नै अपराध रोक्नमा सक्रिय हुन सक्छ। आधुनिक तथा परिमार्जित कानुनी ज्ञानको अभावमा यद्यपि मधेसमा जमिनदारी मानसिकता हावी पाइन्छ। बढी सम्पत्तिवाला भएपछि गरिबलाई सानो बुझ्ने, धनी र गरिबको प्रतिष्ठा फरक फरक हुन्छ भन्ने सोचाई नपाइने होइन। कुनै मजदुर किसानले ऋण कर्जा लिएर फरार भयो भने त्यसलाई कानुनी माध्यमबाट असुल गर्नुको साटा आपराधिक मार्ग अपनाइने गरेका दृष्टान्त पनि देखापरेका छन्। एक दशकअगाडिसम्म मुलुकमा अपहरणसम्बन्धी कानुन नै थिएन। जसले गर्दा यस्ता कार्यले सामाजिक प्रथा परम्पराको रुप लिन सफल थियो। यस्ता किसिमका कानुनबारे समाजलाई प्रशिक्षण दिने हो भने अपराध हुनबाट धेरै हदसम्म रोक्न सकिन्छ।
संविधान र कानुनले महिला पुरुषमा कुनै पनि किसिमले विभेद गर्नुहुँदैन भन्ने व्यवस्थामात्र गरेको छैन। मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, सन्धि/अभिसन्धिलगायत्ले पनि यस्तो व्यवस्था गरेको छ तर कतिपय गाविसमा महिलालाई पुरुषको सम्पत्तिसरह मानिने गरेको दृष्टान्त देखिएका छन्। यतिमात्र होइन, समान काम गरेवापत पाउने ज्यालामा पनि विभेद छ। समाजका यस्ता क्रियाकलापउपर राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण अपरिहार्य भएको छ। बहुविवाह गरेर पहिली पत्नी र उनीतर्फका बालबच्चालाई यातना दिने गरिएका घटना पनि छन्। त्यसैगरी सासू, ससुरा र पतिले बुहारी/पत्नीलाई कुटपिट गर्ने र अरुले पनि त्यसलाई घरायसी मामला ठान्ने प्रवृत्ति अझै व्याप्त छ। महिलाको अधिकार रक्षामा राज्यस्तरमा कानुन निर्माण गर्न जति सजगता देखिएको छ, महिलाद्वारा पीडित पुरुषको सन्दर्भमा कानुन निर्माण गर्न त्यति नै उदासिन रहेको गुनासा पनि यहाँ छन्। महिलाले पनि पतिलाई यातना दिने, गालीगलौज गर्ने कुटपिट गर्ने र पतिले कमाएको सम्पति हात पारी अन्य पुरुषसित विवाह गरेर पुरुष र बालबालिकालाई पीडा दिने घटना प्रतिदिन बढ्दैछ। त्यसैले यस्ता माग आउनु जायज पनि देखिन्छ। सबैलाई थाहा छ- कानुनको अनभिज्ञता मान्य हुँदैन। त्यसैले कानुनबारे सबैलाई जानकारी दिन कार्यक्रम थालिनुपर्छ।
लेखक अधिवक्ता हुन