भूमिगत जीवनबाट सार्वजनिक भएको पहिलो दिनदेखि नै घात-प्रतिघात र अन्तर्घातको चौतर्फी आक्रमणमा पर्नुभएको छ प्रचण्ड। आक्रमण राजनीतिमा मात्रै सीमित छैन। उहाँले बेहोर्नुपरेका व्यक्तिगत र पारिवारिक दुर्घटनाको कारक पनि उहाँलाई नै बनाइएको छ। उहाँमाथि यस्तो आक्रमण राजनीतिक हिसावले अन्य पार्टीले पनि गरेका छन्। त्यो त अस्वाभाविक होइन नै। तर, आक्रमण आफनै पार्टीभित्रैबाट पनि सांघातिक ढंगले भएको छ भने त्यो स्वाभाविक होइन। अहिलेको राजनीतिमा देखापरेका नब्बे प्रतिशत समस्या प्रचण्ड राजनीतिमा भएकै कारणले उठेका हुन भन्ने निष्कर्ष निकालेका छन् यहाँका कथित राजनीतिक शक्तिहरुले। 'कम्युनिज्म' का विरोधी भनेर ख्याति कमाएका प्रबुद्ध व्यक्तिहरुको मन्थन-चिन्तनको गोली प्रचण्डति
र नै ताकिएको हुन्छ। प्रचण्डमाथि आक्रमणका आयाम यति विविध छन् कि राजनीतिमा सानो कदको व्यक्तिका लागि त्यसलाई थेग्नु सम्भव नै हुँदैन।
दशक लामो 'जनयुद्ध' का सर्वोच्च कमाण्डर तथा राज्यको रुपान्तरणमा लागेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रचण्डको राजनीतिक शैली र सोचसँग कसैको पनि सहमति र असहमति हुनु बेग्लै कुरा हो। तर उहाँ राजनीतिक विरासत धानेर बसेका देशका अहिलेका बाँकी नेताभन्दा विलकुलै फरक हुनुहुन्छ। उहाँको आफ्नै कुनै राजनीतिक विरासत छैन। उहाँको विरासत उहाँ आफैं हो। अहिले पनि उहाँको साख समकालीन धेरै नेताहरुको तुलनामा कता हो कता बढी छ। गाउँका नेपाली जनताले प्रचण्डलाई चिनेका छन् माओवादीका रुपमा। शहरका मानिसले उहाँलाई नै पर्याय ठानेका छन् माओवादीको। युद्धमा मारिएका पक्ष-विपक्ष सबैको जिम्मेवारी उहाँले नै बेहोर्नुभएको छ। लामो हिंसात्मक आन्दोलनको सफल नेतृत्व गरेर प्रचण्डले आफ्ना लागि नेपाली राजनीतिमा पृथक स्थान बनाउनुभएको छ भन्न समर्थक र विरोधी कसैले पनि कन्जुसी गरिरहनुपर्दैन।
उहाँका सम्बन्धमा राजनीतिक वृत्तका मानिसले आ-आफनै धारणा बनाएका छन्। कम्युनिष्ट आन्दोलनमा लागेका धेरै नेताको नजरमा उहाँ बदमास हुनुहुन्छ। कपटी हुनुहुन्छ। वचनको ठेगान छैन। हुन्न कसैलाई भन्नुहुन्न। हुन्छ भनेको कुरा गर्नुहुन्न। कांग्रेस नेताहरुका आँखामा उहाँ विश्वसनीय हुनुहुन्न। सुशील कोइराला सधँै प्रचण्डले राजनीतिमा जिप्ट्याइदिने डरले आतंकित देखिनुहुन्छ। एमालेको संस्थापन पक्ष सम्हाल्ने जेएन खनाललाई प्रचण्डले पटकपटक राजनीतिक लाभको पदमा उकालिदिनुभएको छ। तैपनि उहाँ प्रचण्डसँग सधैँ सतर्क देखिनुहुन्छ। माधव नेपाल कहिले प्रचण्डसँग साठगाँठमा देखिनुहुन्छ र कहिले मतभेदमा। प्रचण्डबारे उहाँको व्यवहार र धारणामा निरन्तरता देखिँदैन। माधव नेपालको सबभन्दा ठूलो राजनीतिक गुण हो- समयअनुसारको व्यवहार। संविधान सभाको दोस्रो चुनावका लागि दलहरु सहमत भएको अहिलेको अवस्थामा कांग्रेस सरकार बनाउने अवस्थामा छैन भन्ने राम्ररी बुझेर पनि उहाँले कांग्रेसलाई चुनावी सरकारको नेतृत्वका लागि अघि सार्नुभएको छ।
मधेसी वृत्तमा पनि प्रचण्डबारे समान मत छैनन्। विजयकुमार गच्छदारका लागि उहाँ यतिबेला भरपर्दो नेता हुनुहुन्छ। उपेन्द्र यादवले प्रचण्डसँगको भरोसा गुमाउनुभएको छ। यस मामिलामा महन्थ ठाकुर भने परिपक्व देखिनुभएको छ। प्रचण्डसँग उहाँको भरोसा पनि देखिँदैन र निराशा पनि झल्किँदैन। उहाँको राजनीतिक समझदारी निरपेक्ष देखिन्छ। माओवादी र मधेसी राजनीति कहाँ/कहाँ को/कोसँग मिल्छ र कहाँ/कहाँ के/केमा बिथोलिन्छ त्यसको ठेगान भइसकेको छैन। मधेसका नेता सत्ता र सरकारको न्यानो नपाएसम्म चलहल गर्नसक्ने अवस्थामा नै देखिँदैनन्।
यतिखेर प्रचण्ड आफ्नै पार्टीभित्र सुदृढ देखिनुहुन्न। त्यसको अर्थ उहाँले संगठनमाथिको आफ्नो पकड गुमाउन थाल्नुभएको छ भन्ने लगाउन मिल्दैन। माओवादी पार्टीभित्रका साना-ठूला हरेक घटक र हरेक नेताले उहाँलाई आफनो निमेसिस ठानेका छन्। उनीहरुका लागि प्रचण्ड 'इसेन्सियल इभिल' हो। धोेवीघाट पर्वमा बाबुराम भट्टराईदेखि नारायणकाजी श्रेष्ठसम्मका सबै नेता पार्टी विप्लवमा सामेल भएका थिए। जे त होला भनेेर प्रचण्ड चुपचाप बसिदिनुभएको भए एउटा अर्को कोतपर्व निर्माण हुने थियो माओवादीभित्र। हिंसाको पृष्ठभूमिबाट आएका माओवादी नेताहरु आपसमा काटमारमा उत्रन पनि सक्थे। उहाँले तत्कालका लागि एक-दुई कुरा गुमाएर तीन-चार कुरा जोगाए पनि उहाँले आफ्नै लागि महŒवपूर्ण रहेको पार्टी एकता जोगाउन सक्नुभएन। प्रचण्डको हकमा त्यो नै अहिलेका लागि सबभन्दा कठिन विषय हुन पुग्यो।
दैनिक राजनीतिमा प्रचण्डले नेता र उपनेताहरुसँग गर्ने भलाकुसारी र देखाउने चलाखीको राजनीतिको मूल विन्दुमा कुनै महŒव देखिँदैन। राजनीतिमा नेता अलिकति चलाख भएन भने पछाडि परिहाल्छ। प्रचण्डले जति राम्रो लगाए पनि र जति राम्रो घरमा बसे पनि त्यो उहाँको लत बनेको छैन। पैसाको विवाद पक्कै जायज हो। तर माओवादी जस्तो ठूलो आकारको पार्टी चलाउन, जम्बो साइजका र्याली गर्न, चुनाव लडन, पार्टीको कार्यालय राख्ने घर किन्न, नेताहरुको औकात र आवश्यकताअनुसार राजनीति सञ्चालन खर्च दिन, पार्टीका प्रचार संयन्त्रहरु सञ्चालन गर्न र पूर्णकालीक कार्यकर्ताको भरणपोषण गर्न आर्थिक लेनदेन गर्नैपर्छ। माओवादीबाहेकका अरु कुनै पनि पार्टीका लागि पनि यो उत्तिकै आवश्यक तŒव हो। सबै पार्टीले जायज/नाजायज तरिकाले अर्थ संकलन र सञ्चालन गरेकै हुन्छन्। प्रचण्डको पार्टी सिष्टमले पनि त्यसै गरेको छ। राजनीतिको धन्दामा चन्दाको महŒव सर्वाधिक रहन्छ। यत्तिकै लागि प्रचण्डलाई मात्रै दोषी ठहर्याउनु कदाचित न्याय-संगत ठहरिँदैन।
धेरै बुद्धिवादीले नेपालको राजनीतिक पृष्ठभूमि नै नबुझी माओवादी हिंसाको विरोध गरेका छन्। नेपालमा प्रजातान्त्रिक आन्दोलनको प्रवर्तक नेपाली कांग्रेस पार्टीले तीन पटकसम्म हिंसात्मक संघर्ष गरेको छ। अहिले माओवादीलाई आतंककारी र लुटेराको संज्ञा दिइएजस्तै कांग्रेसलाई २०१८ सालदेखि २०२८ सालसम्म अराष्ट्रिय तŒव र त्यसपछि पनि २०३३ सम्म देशद्रोहीको संज्ञा दिइन्थ्यो। यो दन्त्यकथा होइन। समयको गतिसँगै राजतन्त्र अन्तर्विरोधमा नफसेको भए तथा २०४६ सालमा भएको पहिलो जनआन्दोलनले प्रजातन्त्र पुनर्स्थापना नगरेको भए कांग्रेस नेता/कार्यकर्ता अहिले पनि अराष्ट्रिय तŒव र देशद्रोहीको आरोप खेपिरहेका हुन्थे।
नयाँ नेपालका लागि नयाँ संविधान लेख्ने काममा प्रचण्डले आफनो क्षमताको प्रयोग नगर्नुभएकै हो। उहाँले चाहेको भए संविधान सभामा उपस्थित सबै दलका नेतालाई सहमतिको संविधानमा सहमत गराउन सक्नुहुन्थ्यो। त्यसका लागि परिस्थिति उहाँको नियन्त्रणमा थिएन तर हातबाट उम्किइसकेको पनि थिएन। यो विषय अब इतिहासको गर्तमा पुगिसक्यो।
विरासतवादी आँखाले हेर्दा प्रचण्ड धेरै नै बदमास नेता हो कि भन्ने शंका सबैको मनमा जाग्छ। यो राज्यमा शताब्दियौंदेखि चलेको चलन र मान्यता नै हो- राजकाजमा लाग्न भाइ-भारदार र कुल-कुलायनका मानिसमात्रै सुयोग्य हुन्छन्। यसका विपरित सामान्य परिवारमा जन्मेका प्रचण्डले यो चलन र मान्यता मिथ्या सावित गरिदिनुभयो। पुराना मान्यता विस्थापित गरेर नयाँ पद्धति स्थापनाको बाहक बन्नु सामान्य कुरा होइन। एउटा व्यक्तिले योभन्दा ठूलो योगदान केही दिन सक्दैन समाजका लागि। प्रचण्डबारे कुनै निष्कर्ष निकाल्दा युद्ध, शान्ति र सहमतिलाई मात्रै उपलब्धिका रुपमा गन्न मिल्दैन। उहाँको मुख्य योगदान भनेको नेपाली राजनीतिको केन्द्रविन्दुमा सामान्य जनताको पहिचान र पहुँच स्थापित गर्नु हो। भक्तपुरको सिद्धपोखरी जस्तो लटक्क जमेर स्थिर बसेको नेपाली समाजलाई हुँडलेर त्यसलाई चलायमान बनाउन उहाँले कडा परिश्रम गर्नुभएको छ। अहिलेको नेपाली समाज राजनीतिका विषयमा लगातार सचेत भएको छ भने त्यसका लागि माओवादी आन्दोलन संरचना गर्ने प्रचण्डको नेतृत्वलाई जस दिन किन कन्जुस्याइँ गर्ने?
प्रचण्डको अहिलेको व्यक्तित्व निर्माणमा प्रयोग भएका प्रशाधनहरुलाई कोपरीकोपरी उतारिएको छ। नयाँ प्रशाधनसहितको उहाँको व्यक्तित्वको अर्को संस्करण एकपटक फेरि उजागर हुनेछ। प्रचण्ड बदमास हो कि होइन? आगामी चुनावले मात्र त्यसलाई सावित गर्नेछ।