संक्रमणकाल लम्बिनाको प्रमुख कारण के हो? यसको उत्तर नेताहरुको सत्तामोह तथा सत्तालिप्सा हो भनेर सजिलै दिन सकिन्छ। जो सत्तामा पुगे, तिनको उद्देश्य आफ्ना सबै मूल्य र मान्यताको सोैदा गरेर भए पनि त्यसमा टिकिरहनु भयो। जो सत्ता बाहिर पुगे वा सत्तामा टिक्न सकेनन्, उनीहरुको एकमात्र उद्देश्य सत्ता प्राप्ति हुनपुग्यो। यस खेलमा जतिजति नेताहरु सफल हुँदै गएका छन्, त्यति त्यति देश असफल हुँदै गएको छ। धेरै अर्थमा नेताहरुको सफलता जनताको असफलता बन्दै गएको छ। यस्तो परिस्थितिमा 'सर्वमान्य' नेता गणेशमान सिंहको अनुपस्थिति खड्किएको छ।
आफ्नो आदर्श र विचारमा अडिग रहने क्रान्तिकारी भएको हुनाले उहाँलाई 'लौह' पुरुषको उपाधि दिइएको हो। उहाँको नेतृत्वमा भएको जनआन्दोलनको सफलतापछि उहाँको नामको अगाडि सर्वमान्य नेताको पगरीले सुशोभित गरियो। देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय जगतले समेत उहाँलाई सम्मान गर्न थाल्यो। उहाँलाई अमेरिकी सरकारले 'पिस रनर प्राइज' (१९९०), संयुक्त राष्ट्र संघले मानव अधिकार पदक (१९९३) तथा उ थान्त प्रतिष्ठानले उ थान्त शान्ति पदक (१९९४) ले सम्मानित गरेको थियो। विडम्वना नै भन्नुपर्छ, जति उहाँले देश बाहिर सम्मान पाउन थाल्नुभयो, त्यति देशभित्र उहाँको व्यक्तित्वमा खिया लगाउने काम हुन थाल्यो। बीपी कोइरालाको निधनपछि गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला गरी नेतात्रयका हिसावले नेपाली कांग्रेस सञ्चालित थियो। सामूहिक नेतृत्वको अवधारणा चल्यो। तर, जनआन्दोलनपछि क्रमिकरुपमा सिंहलाई 'माइनस' गर्न थालियो। सन् १९९६ सम्म पुग्दा उहाँले पार्टी नै परित्याग गरेको घोषणा गर्न बाध्य हुनुभयो।
गणेशमान सिंह राजनीतिमा होमिनाको उद्देश्य जनतालाई अधिकार सम्पन्न तुल्याउनु थियो । नत्र त उहाँकै शब्दमा राणाहरुको तावेदारी गरेर त्यसैको आडमा आफ्नो र आफ्नो परिवारको पोषण गर्ने उद्देश्य भएको परिवारमा जन्मेर नेपालको प्रजातान्त्रिक आन्दोलनको पिता उहाँ बन्नुहुने थिएन। उहाँको लालनपालन गर्ने ठूला बाजे बडा काजी रत्नमान उहाँलाई मिर सुब्बा बनाउने प्रक्रियामा लाग्नुभएको थियो। कक्षा ६ मा पढ्दा राणाको छोरासँग झगडा गरेर माफी माग्नुभन्दा स्कुल जान छोड्नुभयो गणेशमानले। फेरि पढ्ने विचार आएपछि उहाँलाई कलकत्ताको विद्यासागर कलेजमा पठाइएको थियो। प्रथम श्रेणीमा म्याटि्रक उत्तीर्ण भएपछि उहाँ विज्ञान पढ्न थाल्नुभयो। गान्धी र सुवासचन्द्र बोसको भाषणले तातेका सिंहको रुचि कक्षातर्फभन्दा राजनीतितर्फ नै बढ्यो। उहाँ राजनीतिमा नै केन्द्रित रहनुभयो।
शुक्रराज शास्त्रीसँगको संगतले मुलुक फर्केर राणाविरुद्ध क्रान्तिमा सक्रिय बन्ने प्रेरणा मिल्यो। नेपालमा फर्केपछि उहाँको सम्बन्ध गंगालालसँग भयो। अनि राणाविरोधी प्रजापरिषद् पार्टीको खोजमा धर्मभक्त माथेमासँग उहाँको भेट हुन पुग्यो। आजीवन कैद सजाय पाउनुभएका गणेशमान जेल फोरेर भारत पुग्नुभयो। त्यहींँ उहाँको सम्बन्ध बीपी र कृष्णप्रसाद भट्टराईसँग स्थापित भयो। नेपाली कांग्रेस पार्टीको जन्म र गठनमा उहाँको योग्ादान अद्वितीय नै छ । बीपी र गणेशमानबीचको सम्बन्धका विषयमा चर्चा गर्नुपरेन। किनकि उहाँमा बीपीमा जस्तो बौद्धिकता त थिएन तर पनि उहाँले बीपीको साथ कहिल्यै छोड्नुभएन ।
समयसमयमा उहाँले पाउनुपर्ने राजनीतिक सम्मानलाई बीपीले विमुख गरे पनि त्यसको असर गणेशमानमा कहिल्यै परेन। जस्तो कि १९५६ मा उहाँ र सुवर्णशमशेरबीच पार्टी अध्यक्षमा बीपीले सुवर्णलाई साथ दिनुभएको थियो। बीपीले उहाँलाई कहिले पनि पार्टी नेतृत्वको जिम्मेवारी सुम्पिनुभएन। पदको पछि नलाग्ने गणेशमानलाई आफूप्रति गरिएका यस्ता व्यवहारले कुनै असर परेन। बीपीको अन्तिम समयसम्म उहाँ असल मित्र भएरै बस्नुभयो। ट्रोइकाको सदस्य कृष्णप्रसादलाई चन्द्रगढी (१९९२) को पार्टी सम्मेलनले विधिवत् पार्टी सभापति चयन गर्यो भने काठमाडौं सम्मेलन (१९९६) ले गिरिजाप्रसाद कोइरालालाई। गणेशमान सिंहलाई भने पार्टीले सभापति चयन गर्ने प्रकृया पनि सुरु गरेन। त्यसप्रति उहाँले खेद प्रकट गर्नुभएन, बरु राजाले प्रधानमन्त्री बनिदिन गरेको अनुरोधलाई समेत त्यागेर पार्टीका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराइलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुभयो।
गणेशमान प्रजातान्त्रिक सरकारले जनचाहनाअनुरुपको कार्य गर्नेछ भन्नेमा विश्वस्त हुनुहुन्थ्यो। कृष्णप्रसाद भट्टराईमात्र होइन, आफ्नै पुत्र प्रकाशमानको चुनावी हारले उहाँलाई चोट लागेको थियो। अनि गिरिजाप्रसाद कोइरालाले मुलुकको शासन भार संहाल्न सक्दैनन् भन्नेमा उहाँलाई विश्वास थियो। तर ठीक विपरित गिरिजाप्रसाद मुलुकको प्रधानमन्त्री बन्न पुग्नुभयो। त्यसपछि कोइरालाले पार्टीमा आफ्नो पकड बलियो बनाउनुभयो। विस्तारै गणेशमानमात्र होइन, कृष्णप्रसादलाई पनि ओझेलमा पुर्याइदिनुभयो। कांग्रेस पार्टीमा घात/प्रतिघातका खेलले उत्कर्ष रुप लिएपछि कांग्रेस विभाजन हुने अवस्थामा नै पुग्यो। विभाजित गर्नुभन्दा उहाँले पार्टी नै परित्याग गरेको घोषणा गरिदिनुभयो।
राजाले आफूलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेर कृष्णप्रसादको नाम चयन गर्न आग्रह गर्नुभएका गणेशमानले निश्चय पनि सोच्नुभएको थियो होला- आफ्नो पार्टीको झण्डै पाँच दशक सहकार्य गरेका मित्र तथा कार्यबाहक सदस्यको नेतृत्वमा बनेको सरकारले कुनै न कुनै किसिमले उहाँको आदर्शमा काम गर्छ। तर त्यसो भएन। झन् गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएपछि त सरकारमा उहाँको पहुँच नै रहेन। सरकारले गरेका कामबाट उहाँ असन्तुष्ट हुन थाल्नुभयो। दुई नेताबीचको दूरी झन बढ्न गयो। चुनाव हारेकालाई सरकारी उच्च ओहोदामा नल्याउने जस्ता प्राविधिक सहमतिहरु गिरिजाप्रसादले एकपछि अर्को गर्दै तोड्न थाल्नुभयो। गणेशमानको समावेशीकरणलाई साम्प्रदायिक रंग दिन थालियो। पञ्चायत व्यवस्थाको विरोधमा गरिएको एउटा भाषणमा गणेशमान सिंहले भन्नुभएको थियो- 'देश प्रजातन्त्रतर्फ उन्मुख भएन भने यो मुलुकमा खुमेनी आउँछ।' मुलुकमा प्रजातन्त्र पुनर्स्थापना भयो, विकास कार्यमा पनि तीव्रता आयो तर विकासको फलको वितरण प्रकृया भने जोसँग स्रोत र साधन थिए, तिनीहरुकहाँ मात्र पुग्यो। धनी झन् धनी बन्न पुगे, गरिब झनै विपन्न भए। प्रजातान्त्रिक समाजवादका हिमायती गणेशमानलाई यो वास्तविकता नपच्नु स्वाभाविक थियो।
त्यसैगरी समावेशीकरणको साटो सरकार पहुँचवालाहरुको पेवा बन्यो। यो तथ्य पनि उहाँको मूल्य र मान्यताविरुद्ध थियो, जसले गर्दा 'ब्राह्मणवादविरुद्ध जिहाद गर्छु' भनेर उहाँ गर्जिनुुभयो। हिन्दु तथा बौद्ध धर्मावलम्बीको वर्चश्व भएको मुलुकमा खुमेनी त जन्मिएन तर माओवादी जन्मियो। प्रजातन्त्र बहालीको छ वर्ष बित्दा/नबित्दै तिनले धमाधम प्रहरी चौकीमा आक्रमण गर्न थाले र अन्ततोगत्वा देश गृहयुद्धको भुमरीमा फस्यो। गणेशमानले उठाउनुभएका आर्थिक र सामाजिक मुद्दाहरुको बलमा यो देशका युवाका भविष्यको सुन्दर सपनामा मस्त तुल्याउन सफल भयो माओवादी। देशमा १९ हजारभन्दा बढी मानिसको संहार भयो। कांग्रेसको सरकार उहाँले देखाउनुभएको बाटोमा हिंँडेको भए न पार्टीको अवस्था अहिलेको जस्तो हुने थियो न त यो देशकै ।
गणेशमान सिंहका लागि सर्वमान्य नेताको पगरीको कुनै महŒव थिएन। उहाँलाई मुलुकमा प्रजातन्त्र ल्याउनु थियो। देशमा विभेदरहित समाज निर्माण गर्नु थियो। सबै नेपालीको साझा प्रतिनिधित्व गर्ने सरकार बनाउनु थियो। प्रजातन्त्र प्राप्तिले उहाँलाई मौन राख्न सकेन। प्रजातन्त्र धनी र हुनेखाने वर्गका निम्तिमात्र होइन, विपन्नहरुलाई सम्पन्न र उन्नतिशील बनाउनु थियो। यो लडाइँमा उहाँ हार्नुभयो। तर, आफ्नो उद्देश्यबाट पर हटेर सम्झौता गर्नुभएन उहाँले। आजको नेपालका लागि गणेशमान सिंह जस्तै आफूलाई पदमा होइन, जनतामा पूर्णरुपले समर्पित गराउने नेता आवश्यक छ।