कोरोना र कर्तव्य
१२ भदौ २०७७
•
५ मिनेट पाठ
कोरोना र कर्तव्य
चीनको वुहानमा २०१९ डिसेम्वरबाट सुरु भएको कोभिड–१९ ले विश्वका विभिन्न देश हुँदै नेपाललाई पनि अछूतो छाडेन । २०७६ साल चैत ११ गतेदेखि यसको संक्रमणलाई कम गर्न नेपाल सरकारले मुलुकमा लकडाउन घोषणा गर्यो । क्वारेन्टाइन बनाइए । सार्वजनिक स्थान र भिडभाडमा मास्क प्रयोग गर्न लगाइयो । मानवीय दूरी कायम गर्न भनियो । स्यानिटाइजरको प्रयोग गर्न र –यापिड डायग्नोस्टिक किट्स र स्वाब लिएर संक्रमित भए/नभएकोतिर लागियो । अझ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले त यो संकटको घडीमा अग्रपंक्तिमा रहेर ‘सेवा हि परमो धर्म’ भन्ने सम्झेर सेवामा लागि परे । उनीहरूको प्रोत्साहनका लागि सरकारबाट राष्ट्रव्यापीरूपमा मैनबत्ती बाली, ताली बजाइ, राष्ट्रगानबाट साहस बढाउने काम गरियो ।




आज मुलुकमा लकडाउन भएको ५ महिना पूरा हुन लाग्दासम्म भाइरसको प्रकोप तीव्ररूपमा वृद्धि भइरहेको छ । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । जसका कारण बालबालिका, महिला, वृद्धवृद्धा र दीर्घरोगी भने भयभित छन् । रोगले भन्दा पनि त्रासले समस्या ल्याउने हो कि भन्ने चिन्ता थपिँदो छ । मुलुक विषम परिस्थितिमा छ । दिन/प्रतिदिन बढ्दै गएको लकडाउनले मानिसका दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न अभाव हुन थालेको छ । बेरोजगारी, किस्ते ऋण ताकेताको चाप, विदेशमा आफन्त वा परिवारजन अलपत्रमा परी भोग्नुपरेको पीडा आदिले नागरिकको सरकारप्रतिे वितृष्णा पलाउने हो कि भन्ने छुट्टै चिन्ता छ । त्यसैले यो बेला फुटेर भन्दा पनि जुटेर अगाडि बढ्नुपर्छ । यस्ता अंकुरलाई पलाउन नदिनका लागि सरकार र नागरिक दुवैले उत्तिकै दायित्व लिनुपर्छ ।  

सरकारले गरेको सरसफाइसम्बन्धी सचेतना र सञ्चार माध्यमबाट नियमित प्रसारित सामग्रीले केही टेवा पुगे पनि यो पर्याप्त छैन । राज्यको मात्र भर पर्ने र नागरिक मात्र लागिपरेमा पनि कोरनासँगको लडाइँमा विजय हासिल गर्न गाह्रो हुन्छ । यस्तो विषम परिस्थितिसँग जुध्न दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ ।    

मानवीयता

यो हरेक नागरिकले आफ्नो कर्तव्य पालना गर्ने समय हो । कुनै व्यक्ति असल हुन उसको  चिन्तन र व्यवहार शिष्ट हुनुपर्छ । राष्ट्र प्रेम हुनुपर्छ । यो तरल अवस्थामा देशको सर्वजनिक सम्पत्तिको बेवास्ता गरी दोहन हुनबाट बचाइ संरक्षण र सुरक्षाका लागि हरेक नागरिकको उत्तिकै दायित्व हुन्छ । राष्ट्र प्रेम राष्ट्रियताको एक पक्ष हो भने हामी असल छौँ, हाम्रो व्यवहार असल छ भन्नुचाहिँ त्यसको अर्को पक्ष हो । जिम्मेवारी लिन सक्ने क्षमता हामीमा नभए पनि आफूलाई त्यसमा स्थिर राख्ने जिम्मेवारी भने हाम्रै हो । म सानो हुँ, मेरो केही जिम्मेवारी छैन भनी निच मार्नुहुन्न ।  

पद भनेको कसैले दिएको सामान हो, उसले जति बेला पनि फिर्ता माग्न सक्छ । उसले मागेपछि रिक्त नै हुने हो । निःस्वार्थ सहयोगमा ठूलो आनन्द छ । व्यक्ति–व्यक्ति बीचको स–सानो सहयोगले नै भविष्यमा आउने ठूलो क्षति हुनबाट जोगिन सकिन्छ र देशलाई पनि जोगाउन सकिन्छ । हालको अवस्थामा सरकारले देशव्यापीरूपमा स्वयम्सेवकको आह्वान गर्न सक्नुपर्छ । हजारौँ हजार जनशक्ति स्वयम्सेवकका लागि तयार छन् । लिनुभन्दा दिनुमा भिन्नै आनन्द मान्नेको यहाँ कमी छैन, आफू भोकै बसेर भए पनि अरूलाई खुवाउँदा रमाउनेको पनि कमी छैन । अरूलाई दिन पाउँदा खुसीको स्वाद नै भिन्नै हुन्छ । यस्ता जनशक्तिलाई उपयोगमा ल्याउन सक्नुपर्छ । जसको जस्तो किसिमको क्षमता र योग्यता छ । त्यहीअनुसारको कामको जिम्मेवारी दिन सकिन्छ ।  

हरेक समस्याको विकल्प हुन्छ । विकल्पसहितको समाधान खोज्नतिर लाग्नुपर्छ । सर्वसाधारणलाई दबाबमा भन्दा पनि सम्झाएर, बुझाएर, प्रशिक्षण दिएर परिवर्तन गर्न सकिन्छ । इतिहास फर्केर हेर्दा जुनसुकै परिवर्तनका लागि पनि तीन कुरा आवश्यक हुन्छ । यी हुन्– पहिलो कर, दोस्रो डर र तेस्रो रहर । अहिलेको परिस्थितिमा तेस्रो कुरा अति महत्वपूर्ण र उपयोगी छ । नागरिक र सरकार दुवैले सेवा (रहर) को भावनाले काम गर्ने हो भने यस परिस्थितिमा सहजरूपमा अवतरण गर्न सकिन्छ । आत्तिनुभन्दा प्रकृति र प्रकृतिमा रहेका हरेक जीवात्माबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । लेखनाथ पौडेलले भनेझैँ ‘मानौं कोइली मौन व्रत हुन्छे शीतकालमा’ अहिले मौन हुने समय आएको छ । र, पर्खन गाह्रो भए तापनि चाँडै नै वसन्त आउँछ । एक दिन सबै सहज हुन्छ भन्ने सोचेर बाँच्ने र बचाउनेतिर लागौँ ।  

संविधानमा नागरिकको कर्तव्य

नेपालको संविधानको भाग ३ को मौलिक हक र कर्तव्यको  धारा ४८ को (क) मा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु । यसै धाराको (ख) मा संविधान र कानुनको पालना गर्नु रहेको छ भने उपधारा (ग) मा राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु र (घ) मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु भनिएको छ । बुँदागतरूपमा थोरै भए पनि यसमा गहन कुराहरू समेटिएका छन् । नागरिक भएको नाताले हरेक नेपालीले यी बुँदाहरूको पालना गर्नु जरुरी छ । सरकारसँग आफ्नो अधिकार दावी गर्दा नागरिक भएर कर्तव्यको कति पालना गरेको छु भन्ने कुरा सोच्न पनि जरुरी हुन्छ ।  

संविधानमा उल्लेख कर्तव्य र मानवीय दायित्व दुवै पालना गरौँ । एकले अर्कालाई दोषी चस्माले हेर्नु भन्दा पनि मानवीय आँखाले हेरौँ र कोरोना भाइरसलाई परास्त गर्न सबै लागौँ । जटिल परिस्थितिसँग जुधेर सरकारले नागरिकप्रतिको दायित्व नभुलोस् वा कुनै पक्षपात नगरोस् । सरकारलाई व्यक्ति, घर, परिवार, समाज, समुदाय आ–आफ्नो बलबुताले भ्याएको सहयोग गरौँ । क्षमताअनुसारको काम गर्नका लागि बच्चा, युवा, बूढा, महिला सबैलाई सहयोग र प्रेरित गरौँ ।  

यति मात्र हैन, नियमित योगा गरौं । व्यायाम गरौँ । सेवाको भाव राखौँ । एउटाले गरेको सकारात्मक कामको अर्काले खुलेर प्रशंसा र सहयोग गरौँ । यसले मानिसमा सेवाको भावना विकास भई सकारात्मक सोचमा वृद्धि भई थप काम गर्ने हिम्मत र जाँगर पैदा हुन्छ । मानसिक तनावमा कमी आइ रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी पावर) वृद्धि हुन्छ र महामारीसँग जुध्ने शक्ति प्राप्त गर्न सकिन्छ ।  

हरिपुर, सर्लाही
अर्को समाचार
महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेको छः मन्त्री भट्ट
१६ कार्तिक २०७७
•
१ मिनेट पाठ
महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेको छः मन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेको बताएका छन्।




कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको अन्तिम तयारीमा रहेको दैजी–छेला ओद्योगिक निर्माण स्थलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले कमजोर अर्थतन्त्र भएको मुलुक भए पनि कोरोना सङ्क्रमण नियन्त्रणमा जिम्मेवार भएर सरकार अघि बढिरहेको बताए।

पिसीआर विधिबाट गरिने कोरोना परीक्षण खर्चबारे कुप्रचार गरिएको भन्दै उनले भ्रमका पछि नलाग्न आग्रह समेत गरे। “मन्त्रीपरिष्दले स्पष्ट रुपमा पिसीआर खर्च सक्नेले आफै गर्ने र नसक्नेको सरकारले खर्च व्यहोर्छ भनेको हो”, मन्त्री भट्टले भने, “यसलाई मोडियो र भ्रम फैलाउने काम भयो।”

उनले सरकार कोभिडसित लड्न नसकेको भन्दै आलोचना गर्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारीबाट सरकार कहिल्यै नपन्छिने स्पष्ट पारे। कोभिडकै कारण दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाको शिलान्यासमा ढिलाइ भएको जनाउँदै उनले यहाँका नागरिकको चाहना अब पुरा हुने चरणमा रहेको बताए। उनले सातै प्रदेशमा पहिलो चरणमा चार सय युवालाई उद्यमशिलता तालिम दिने तयारी भइरहेको जानकारी दिए।  

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले २०५१ सालदेखि कल्पना गरिएको दैजी औद्योगिक क्षेत्र स्थापनाको कार्य अन्मित चरणमा रहेको बताए। “मन्त्री ज्यूले फिल्ड हेर्छु भनेपछि सिङ्गो मन्त्रालय यहाँ आएको छ”, उनले भने, “इआइए र डीपीआर तयार गर्दा सहयोग गर्नुहुने सबैप्रति आभार।” उनले शिलान्यास गरेको दुई वर्षभित्र यहाँ उद्योग ल्याउने लक्ष्य रहेको बताए। रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस