बङ्लादेशबाट देखेको नेपाल
१० असोज २०६९
•
१३ मिनेट पाठ
बङ्लादेशबाट देखेको नेपाल
दक्षिण एसियाको सानो क्षेत्रफल र ठूलो जनसंख्या भएको देश हो बंगलादेश। नेपालको कुल जनसंख्याको आधा जनसंख्या ढाका शहरमा मात्रै छ। बंगलादेश हुँदै थुप्रै ठूला ठूला नदी बंगालको खाडीमा झर्छन्। बंगलादेशको ठूलो भू-भाग पानीमा डुबेको हुन्छ सधैं। ठट्टैठट्टामा भन्ने गर्छन् बंगलादेशी मित्रहरु- 'हिउँदभर बंगालीहरु छानीछानी माछा खान्छन्, अनि वर्षाभरी माछाहरु छानी छानी बंगाली खान्छन्।' बाढीमात्रै होइन, साइक्लोन, टाइफुन र बिस्तारै बिस्तारै बढ्दो मरुभूमीकरणले जमिनको ऊर्वर माटो बगेर समुद्रमा जाँदैछ र उत्पादनमा कमी आइरहेको छ। बढ्दो जनसंख्याले गर्दा जंगल फँडानी भइरहेको छ। मानव बेचबिखनको जघन्य समस्या बंगलादेशमा छ। रातभर-दिनभर काम गरेर पनि मानिस खान पाउँदैनन्। नेपालभन्दा सानो भू-भागमा १७ करोड जनसंख्या बाँचेको छ त्यहाँ।




ढाका अहिले आकाशे पुल बनाउन ब्यस्त छ। जताततै लामालामा आकाशे पुल निर्माण भइरहेका छन्। राम्रा राम्रा पार्क बनिरहेका छन् ढाकामा। ठूलाठूला होटल थपिएका छन्। बंगलादेशको विकास दर बढिरहेको छ। उसले देशका कुनाकुनामा उद्योग पुर्या एको छ। दूरदराजका गाउँमा गार्मेन्ट कारखाना बनेका छन्। जुट र कपासको खेती बढिरहेको छ। करोडौंको फूल निर्यात गर्छ बंगलादेश भारत र बर्मातिर। सडक चौडा बनिरहेका छन्। यहाँको औद्योगिकीकरण र आर्थिक विकासदर तुलनात्मकरुपमा भारतको भन्दा बढी छ। तर देखिँदैन किनभने उसको आकार यति सानो छ कि ऊसँग भएको जनसंख्यालाई धान्न जति कमाए पनि पुग्दैन। कल्पना गरौं, उसको मेहनत र हाम्रो जनसंख्या भएको भए 'बंगलादेश' कस्तो हुने थियो होला? हामीसँग भएको के छैन
ऊसँग? ऊसँग नेपालको जस्तो प्राकृतिक स्रोत छैन। जंगल छैन। बालुवा छैन। ढुंगा छैन। बाटो बनाउन जमिनको माटो झिकेर इँटा बनाई टुक्रा बनाउनुपर्छ। गिटीको ठाउँमा इँटाका टुक्रा बनाउनुपर्छ। पिउने पानी छैन। जमिनमुनिबाट निकालेको पानीमा आर्सेनिक तत्व छ। सिमेन्ट बनाउन चुनढुंगा छैन। अर्थात् नेपालको तुलनामा बंगलादेश गरिब छ प्राकृतिक स्रोतमा। तर पनि ऊ संघर्ष गरिरहेको छ।

बंगलादेशसँग भएको के कुरा नेपालमा छैन? बंगालीहरु श्रमलाई माया गर्छन्। उनीहरु श्रम गर्न लाज मान्दैनन्। देश विकासका लागि चाहिने दक्ष र अर्धदक्ष जनशक्ति प्रचुर छ बंगलादेशमा। बाटो बनाउने कुल्लीदेखि दक्ष प्राविधिक सबै बंगलादेशकै नागरिक छन्। बंगलादेशमा विदेशी छैनन् स-साना प्राविधिक र सेवामूलक काम गर्ने। किनकि उनीहरु कामलाई हेला गर्दैनन्। तर कामलाई हेला गर्छन् मानिस नेपालमा। नेपालमा पढ्न पनि नचाहने र काम गर्न पनि नचाहनेको संख्या ठूलो छ। नेपालीहरु भेडाबाख्रा हेर्नसमेत जान्छन् अरब। त्यहाँ शौचालय सफा गर्न लाज हुँदैन उनीहरुलाई तर नेपालमा लाज लाग्छ काम गर्न। नेपालमा काम नगर्ने 'एक क्वीन्टल तौल भएकी छोरीलाई बाबुआमाले भाग्यमानी भन्छन्।' काम गर्नुपरेन भने भाग्यमानी हुन्छ र काम गर्नेलाई अभागी भनिन्छ नेपालमा। नजिकैका यी दुई देशमा श्रमप्रतिको दृष्टिकोणमा ठूलो अन्तर छ। बंगालीहरु काम गर्छन्, नेपालीहरु कुरा काट्छन्। बंगालीहरु आफ्नो राष्ट्रप्रति भावनात्मक प्रेम गर्छन्, नेपालीहरु देश छाडर भाग्छन्।

के समानता छ नेपाल र बंगलादेशमा? दुवै देशमा भ्रष्टाचार क्यान्सरजस्तै भएको छ। दुवै देशका नेता जनताप्रति उत्तरदायी छैनन्। दुवै देशका नेतालाई कानुन मान्नुपर्ने दायित्व छैन। दुवै देशमा नेता महँगा पोजेरो र प्राडो चढ्ने गर्छन्। सेना र प्रहरीको ताँती लगाएर हिँड्छन्। उद्घाटन र शिलान्यास गर्न खुशी हुन्छन्। टेलिभिजनमा अनुहार देखिनुलाई मन्त्री हुनुको विशेषता मानिन्छ। दुवै देशमा मन्त्री हुन योग्यता र विशेषज्ञता होइन, ढाँट्न, ठग्न, लुट्न र बाहुबल प्रयोग गर्न सक्ने गुण्डा प्रवृत्ति चाहिन्छ। यी सबै समानता र असमानताका बीच अर्को एउटा समानता छ- 'दुवै देशका जनता' उनीहरुका नेताबाट शोषित र पीडित छन्।

नेपाल राजनीतिक स्थिरताका लागि तड्पिइरहेको छ। विचार, दर्शन र आदर्शतालाई त्यागिसकेका नेपाली नेताहरु राजनीतिक अस्थिरताका कारण बनेका छन् नेपालमा। बंगलादेश प्राकृतिक प्रकोपबाट पीडित छ र नेताहरु भ्रष्टाचारको आहालमा डुबेका छन्। र, कानुनलाई बिरालाले मुसा खेलाएजस्तै खेलाइरहेका छन्।

भर्खरैमात्र बंगलादेशको राष्ट्रिय मानव अधिकार आयोगले 'युनिभर्सल पिरियोडिक रिपोर्ट' को छलफल गर्ने क्रममा एउटा कार्यक्रम गर्योअ। गाउँघरबाट जनताका प्रतिनिधि आएका थिए। उनीहरु सोधिरहेका थिए- कसरी बंगलादेशको ग्याँस बहुराष्ट्रिय कम्पनीको हातमा जानबाट जोगाउने? कसरी वातावरण जोगाउने? कसरी भ्रष्टाचार रोक्ने? कसरी निर्वाचन स्वच्छ बनाउने? कसरी सन् १९७२ को क्रान्तिलाई धोका दिनेहरुलाई सजाय दिने?

कार्यक्रममा एकजना अर्धवैंसे महिला प्रतिनिधिले भनिन्- जबसम्म नागरिकहरुको आर्थिक स्तर बढ्दैन, उसमा सामाजिक परिवर्तन हुन सक्तैन। जबसम्म मानिसमा सामाजिक चेतना विकास हुँदैन, उसले विकास र परिवर्तनको भार बोक्न सक्तैन। जबसम्म मानिसको आर्थिक र सामाजिक रुपान्तरणको प्रक्रिया अवरुद्ध भइरहन्छ, न लोकतन्त्रको कुनै अर्थ रहन्छ न त स्वतन्त्रताको। आर्थिक र सामाजिक विकासविहीन समाजमा लोकतन्त्रलाई अपराधी, भ्रष्टाचारी र निरंकुश राजनीतिक महŒवाकांक्षा भएका मानिसले अन्धी बालिकालाई अपराधीले बलात्कार गरेझैं विनाडर बलात्कार गरिरहन्छन्। जबसम्म यस्तो नाममात्रको लोकतन्त्र रहिरहन्छ, राष्ट्रका स्रोतहरु गवाराले केराको गुभो खाएजसरी खाइरहन्छन्। हाम्रो समस्या हामीले भोगिरहेको शासनको ढाँचा हो। हामी बंगाली, चक्मा, गारो, सन्थाल, उत्तरी बंगलादेश, दक्षिणी बंगलादेश समतलका बंगाली र पहाडका बंगाली भनेर बाँडिएका छौं। जबसम्म हामी यसरी बाँडिन्छौ, हाम्रो शोषित हुने नियति कायम रहिरहन्छ। हामी फरकफरक जातका मानिस छौं। हामी बंगाली जात, चक्मा जात, गारो जात, सन्थाल जात, हिन्दु, मुस्लिम, बुद्धिष्ट र क्रिस्चियन धर्म मान्नेहरु छौं। तर हामी सबै बंगलादेशी नागरिक हौं। अर्थात् हिन्दु बंगलादेशी, चक्मा बंगलादेशी, गारो र सन्थाल बंगलादेशी। हाम्रो राष्ट्रियता पहिचान १९७२ को क्रान्तिले निर्माण गरेको बंगलादेशी राष्ट्रियता हो।

अन्तमा उनले थपिन्- राष्ट्रको पर्यावरण, विकास, आर्थिक, सामाजिक रुपान्तरण र समृद्ध बंगलादेशको निर्माण गर्न पसिना बगाइरहेका मानिस हामी नै हौं। समाजमा चेतनाको निर्माण गर्न क्रियाशील मानिस पनि हामी नै हौ। गाउँगाउँमा सहकारी खोलेर देशको अर्थतन्त्रको निर्माण गर्ने पनि हामी नै
हौं। यदि हामीसँग राष्ट्र निर्माण गर्ने ताकत छ भने किन असक्षम, अयोग्य, भ्रष्ट र अपराधमा डुबेका मानिसलाई काँधमा हालेर हिँडिरहने? किन हामीले अब राष्ट्रको जिम्मा आफ्नो हातमा लिने आँट नगर्ने? उनले पत्रकार र टिभी क्रु हेर्दै भनिन्- भ्रष्ट व्यापारीले विज्ञापन नदेला भनेर खोलामा रासायनिक पदार्थ फ्याँक्ने कारखानाको खबर लेख्न नछाड्नुहोस्। मन्त्रीका भाषण होइन, विद्वान्का विचार छापिदिनुहोस्। कलिला केटीका छाती देखाउन बन्द गरेर गाउँमा तरकारी रोपेर श्रम गरिरहेकी बालिकाको पसिनाले भरिएको अनुहार छापिदिनुहोस्।

अन्तमा उनले 'डायसमा बसेका ठूलाठूला बालिका' लाई इंगित गर्दै भनिन्- माननीय ऐनजीवी (वकिल) वोर्गो! तपाईंहरु भ्रष्टाचारमा डुबेका नेताहरुका मुद्दा हेर्न बन्द गर्नुहोस्। तबमात्र बन्छ बस्न लायकको बंगलादेश। सेलहटकी ती महिला चियाबगानी कामदार थिइन्। बंगलादेशमा भ्रष्टाचार र विपत्ति छ। राजनीतिक अस्थिरता पनि छ। तर ती महिलाका कुरा र तिनका कुरालाई उठेर ताली पिट्ने नागरिक समाज देखेपछि लाग्यो- अन्ततः बंगलादेशको भविष्य अन्धकार छैन। तर मेरो आफ्नै देशमा 'मानिसहरु खुट्टा तान्ने संस्कृतिमा डुबेका छन्, विदेश भाग्ने नशाले मातेका छन्, निरासाको भारी बोकेर गनगनाइरहेका छन्। युवालाई लुट्न सिकाइन्छ यहाँ। त्यसैले लाग्यो- सानो जनसंख्या र धेरै प्राकृतिक स्रोत भए पनि मेरो देशको भविष्य खतरामुक्त छैन। शायद अब राष्ट्रियता, सकारात्मक मनोविज्ञान र सांस्कृतिक क्रान्तिको थालनी गर्ने बेला भइसकेको छ। यसपालि बंगलादेशमा मैले एक श्रमिक महिलाबाट राष्ट्रप्रतिको सोच कस्तो हुनुपर्छ भन्ने सिक्न पाएँ। सलाम छ ती महिला श्रमिकलाई।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस