जेष्ठ १४ गते भएको राजनीतिक दुर्घटनापछि उत्पन्न राजनैतिक संकट, अन्यौलपछि राजनीतिक दलहरुबीच पुनः नयाँ सहमतिको सुरुवात भएको छ।
संविधानसभाको पुनःस्थापनाको बहस, जुन समयको बर्र्बादी र अरु राजनैतिक संकट र अनिश्चय निम्त्याउने विषय थियो, को ढोका बन्द गर्ने निर्णय आफैँमा अग्रगामी छ। तर विगतमा झैं हरेक सहमतिपछि असहमतिको सुरुवात हुने क्रम पनि जारी छ। अब कसको नेतृत्वमा चुनाव हुने भन्ने ताता बहस सुरु भएको छ । एमाओवादी आफ्नै नेतृत्व चाहन्छ, अरु अधिकांश पार्टीहरु उसलाई नेतृत्व दिन तयार देखिँदैनन्।
नेपालको राजनीतिक खेल बच्चाहरुले वालुवाको घर बनाएर खेल्ने खेल जस्तै छ। बच्चाहरुले वालुवाकोघर बनाउँछन्, मिलेरै हाँसीखुसी। घरमा बस्ने कुरा गर्छन्। चोटा कोठा भाग लगाउँछन्। ठूला-ठूला कल्पना पनि गर्छन्। मोटरगाडी राख्ने पार्क, खाना पकाउने भान्छा घर, आदि/इत्यादिको छिनोफानो समेत गर्छन्। बच्चाहरुबीच विवाद सिर्जना हुन्छ। र कसैले घर भताभुङ्ग बनाइदिन्छ। शुन्यतामा पुर्यारइदिन्छ। केही बच्चा फेरि त्यस्तै घर बनाउन लाग्दछन्। तर, व्यर्थ। समयले कोल्टो फेरिसकेको हुन्छ। रात परिसकेको हुन्छ वा विजुली चम्किसकेको।
नेपालमा विगतको संविधानसभाको यसरी नै उदय र पतन भएको छ। ऐतिहासिक महŒव राख्ने संविधानसभालाई आफ्नो काम सम्पन्न गर्नु अगावै अवसानमा पुर्या उन महत्वपूर्ण भूमिका खेल्ने पात्रहरुलाई आउने संविधानसभाको चुनावमा जनताले पुरस्कृत वा दण्ड के गर्ने हुन् हेर्न बाँकी नै छ। जे भएपनि संविधानसभाको पुनर्स्थापनाको बाटो जति जोखिमपूर्ण र अन्यौलग्रस्त थियो संविधानसभाको नयाँ निर्वाचन गर्ने बाटो कम जोखिमपूर्ण भए पनि सम्पन्न गर्न कठिन साध्य छ। निर्वाचनको लागि गर्नु पर्ने पूर्व तयारीहरु, पदाधिकारीहरुको नियुक्ति संवैधानिक र कानून व्यवस्था, भोटिङ्ग मेसिन लगायतका भौतिक पूर्वाधारहरु, चुनावी माहौलको सिर्जना र स्वतन्त्र र धाँधलीरहीत निर्वाचनको संचालन जस्ता महत्वपूर्ण पाइलाहरुबाट नेपाल अगाडि हिँड्नु पर्ने छ। विगतको संविधानसभाको निर्वाचन जस्तो माओवादी बन्दुकको छायाँ छैन, माओवादीप्रति जनताको आस र त्रास छैन र निर्वाचनको आयोगको सम्पन्नताको हिसाबले समेत आगामी निर्वाचन बढी निष्पक्ष र स्वतन्त्र हुने प्रायः निश्चित छ।
संविधानसभाको चुनावभन्दा चुनाव सम्बन्धी पूर्व सहमतिहरु धेरै नै महत्वपूर्ण छन्। बाधा अडकाउ फुकाउन राष्ट्रपतिकहाँ पठाउने दस्तावेजको निर्माण राजनीतिक पार्टीहरुले कसरी गर्छन् त्यसमा नै चुनावको प्रभावकारिता र निष्पक्षता भर पर्दछ। नेपालको राजनीतिमा बिना तयारी निर्णय गर्ने, अपरिपक्व निर्णय गर्ने र निर्णयको मसी सुक्न नपाउँदै निर्णयलाई उल्ट्याउन हस्ताक्षरकर्ता शक्तिहरु नै लागि पर्ने विडम्वनापूर्ण संस्कृतिको विकास भएको छ। निर्वाचनतिर जाने बाटोको यात्रामा समेत यस्ता घटनाहरु नदोहोरिएलान् भन्न सकिन्न।
विगतको संविधानसभा संख्याको हिसाबले पार्टीगत उपस्थितिको हिसाबले सभासद्हरुको योग्यता र क्षमताको हिसाबले समस्याग्रस्त थियो भन्न अब हिच्किचाउनु पर्दैन। त्यस सभाको कमजोरीहरुको बारेमा जति बढी सत्यको नजिक पुग्न सकिन्छ त्यति नै अब निर्माण हुने संविधानसभालाई सक्षम र प्रभावकारी बनाउन सकिन्छ। ६०१ संख्या भारी संख्या थियो। समावेशीकरणको नाउँमा योग्यता, क्षमत र दक्षतालाई ओझेलमा पार्ने काम भएको थियो। माओवादी र मधेसवादी मोर्चाको उपस्थितिले लोकतन्त्रलाई पाइला पाइलामा धावा बोल्ने परिस्थिति त्यस संविधानसभामा थियो। नेपाली कांगे्रस र नेकपा (एमाले) संख्यात्मक हिसाबले कमजोर रहेको संविधानसभाले लोकतान्त्रिक संविधान बनाउने परिकल्पना गर्नु आफैँमा अवस्तुवादी हुन्थ्यो। जसको कारणले संविधानसभाको अवसान भएपनि मुलुक एउटा कठिन परिस्थितिबाट बचेकै हो। त्यसबाट पाठ सिकेर आगामी बन्ने संविधानसभालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन सक्नु पर्दछ।
२०६३ सालको तुमुलकारी परिवर्तनले राजतन्त्रीय निरंकुशताको अन्त्य गरिदियो। तर त्यसको सह उत्पादनको रुपमा माओवादी निरंकुशताको जवर्जस्त प्रभाव नेपाली लोकतन्त्रमा परिरह्यो। राजतन्त्रीय निरंकुशता र माओवादीय एकाधिकारवादलाई अन्त्य नगरी लोकतन्त्रलाई सुनिश्चित गर्न असम्भव प्रायः छ। आगामी संविधानसभाको निर्वाचनले माओवादी शक्तिलाई आफ्नो वास्तविक आकारमा धकेलिदिएको खण्डमा मात्र लोकतन्त्रको आगामी बाटो सहज र सुनिश्चित हुनेछ। माओवादीको विभाजन, माओवादी भित्र देखा परेको तहैपिच्छेको भ्रष्टाचार, एजेण्डाबिहीन टालटुले कार्यशैली, जनतालाई झुक्याउने नेतृत्वको भाषण जस्ता विषयहरुले माओवादीको भोट व्याङ्कमा नाटकीय परिवर्तन आइसकेको छ। विगतमा संसदवादी दलहरुले प्रभावकारी ढंगले काम गर्न नसक्दा निरास बनेका जनताले दिएको माओवादी समर्थन धेरै समय पहिले नै फिर्ता भइसकेको छ। यस्तो परिस्थितिमा हुने चुनावले मधेसवादी मोर्चाको प्रभावमा समेत गम्भीर नकारात्मक छबी बनाइदिएको छ। तराइ मधेसमा भएको विगतको लठ्ठी आन्दोलनको प्रभाव मधेसवादी दलहरुमा भएको सत्ता केन्द्रित विभाजनबाट छियाछिया भइसकेको छ। अब अरु कुनै बहानामा मधेसमा आन्दोलन उठिहाल्ने परिस्थितिको निर्माण भएको छैन। लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन मार्फत माओवादीसँग हुन सक्ने चुनावी तालमेलले विग्रिएको परिस्थितिलाई केही राहत दिन सक्दछ। तर हिजोको जस्तो जन उभार प्राप्त गर्न सक्दैन।
आगामी निर्वाचनको सबभन्दा बढी उपलब्धि लिन सक्ने पार्टीहरु नेकपा (एमाले) र नेपाली कांगे्रस नै हुन सक्दछ। आफूलाई परिस्कृत गरेर जनतामा इमान्दार प्रस्तुति गर्न सके यी दुइ ठूला पार्टीहरु नै संविधान निर्माताको रुपमा पुनः सत्तामा आउने स्थिति पैदा हुँदैछ। माओवादी विभाजनपछि जिल्लाजिल्लामा बनेका उनीहरुका समानान्तर संगठनहरु देख्दा लाग्दछ - उनीहरुको विभाजन कुनै चानचुने विभाजन होइन, अधिकांश पाका पुराना कार्यकर्ताहरुले एकीकृत नेकपा माओवादीलाई छोडिसकेको स्थिति हो। कुर्सी छोड्ने बेलाका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आक्रोशले समेत एमाओवादी भित्रको जटिलतालाई सतहमा ल्याइदिएको छ। सत्ता बाहिर रहेर चुनाव लड्नु त्यस पार्टीका लागि फलामको चिउरा सावित हुने देखेरै जवर्जस्त सत्तामा टिकिरहने प्रयत्न भइरहेको सबैले महसुस गरेकै विषय हुन्।
चुनावमा जाने बाटो जतिसुकै जोखिमपूर्ण भएपनि लोकतन्त्रमा अग्रगामी बाटोको रुपमा परिभाषित गरिनु पर्दछ। विगतको जनादेशबाट निर्देशित भएर मात्र विद्यमान समस्याहरुको समाधान गर्न सकिँदैन। नेपालका प्रमुख राजनीतिक पार्टीहरुले चार वर्ष संविधानसभा भित्र र बाहिर खेलेको भूमिकालाई जनता जनार्दनको एसिड टेस्टमा पठाउनै पर्दछ। संसारमै नभएको दोश्रोपटकको संविधानसभाको निर्वाचन सम्पन्न गर्न सकियो भने यो पनि नेपालको अर्को ऐतिहासिक घटना हुनेछ। दोश्रो संविधानसभाले अग्रगामी लोकतान्त्रिक संविधानको निर्माण गर्नसक्ने परिस्थिति जनता जनार्दनले नै सिर्जना गर्न सक्दछन्। दुइ-चारजना ठूला दलका ठूला नेताहरुले सधैँ राष्ट्रलाई शासन गरिरहने परिस्थितिको समेत अन्त्य हुनेछ। विगतको संविधानसभाले गरेका राम्रा कामहरुलाई आउने संविधानसभाले बिना पूर्वाग्रह ग्रहण गरेर अगाडि बढेको खण्डमा नेपालको राजनीतिक भविष्य अन्धकार मात्रै छ भनेर बुझ्नु हतार हुनेछ। जतिवटा संविधानसभाको निर्वाचन गरे पनि दूरगामी महत्वको संविधान निर्माण सम्पन्न गर्न सकिएन भने त्यो अनावश्यक बोझ सिवाय अरु केही हुन सक्दैन।