'मुलुकलाई कस्तो शासक चाहिन्छ?' यो आजको मात्रै प्रश्न होइन। देशमा कस्तो शासक जरुरत छ, यो आजभन्दा शताब्दियौंअघि र शताब्दियौंपछिको पनि प्रश्न हो। प्रत्येकजसो युगमा यस्ता प्रश्नको उत्तरको खोजीमा मानिस भौंतारिएका हुन्छन्।
उनीहरूमध्ये कोही दयालु तानाशाह चाहन्छन् त कोही निर्वाचित लोकतान्त्रिक प्रतिनिधिको शासन। कोही असल निरंकुश अधिनायक चाहन्छन् त कोही अंकुशसहितका वैधानिक नेतृत्व।
मुलुकलाई कस्तो शासक चाहिन्छ, यही प्रश्नको उत्तर खोज्ने क्रममा दार्शनिक प्लेटोले आजभन्दा २४ सय वर्षअघि 'बेनिभोलेन्ट डिक्टेक्टर' (उदार तानाशाह) 'गुड डेस्पोट' (असल स्वेच्छाचारी शासक) वा 'फिलोसफर किङ' (दार्शनिक राजा) को अवधारणा खोजेका थिए, दी रिपब्लिक नामक किताबमा। आज रिपब्लिक भइसकेको नेपालमा पनि कोही दयालु तानाशाहको खोजीमा छन् भने कोही दार्शनिक राजाको खोजमा भौंतारिएका छन्। नेपालका एक जना वरिष्ठतम् प्रजाले त 'बेनिभोलेन्ट डिक्टेक्टर' को खोजीको क्रममा 'मुलुकलाई नयाँ जंगबहादुरै चाहिएको छ' भन्दै ठोकुवा गरिहाले। यसैबीच मठमन्दिर चाहार्दै धार्मिक राजनीति गर्दै, जनइच्छाको कदर गर्ने दाबी गर्दै हिँडेका सत्ताच्युत पूर्व राजा ज्ञानेन्द्र शाहले अब आएर 'बेनिभोलेन्ट डिक्टेक्टर' बन्ने कल्पना गरे भने पनि अनौठो हुने छैन। त्यस्तै, कुनै शमशेर, बहादुर वा प्रसादले नयाँ जंगबहादुर हुने सपना साँचे पनि अब आश्चर्यचकित हुने अवस्था छैन।
नागरिक सरकारको अराजनीति
हुन त आजभोलि ठूलठूला राजनीतिक दलका ठूलठूला नेता नै पनि भन्दैछन्, अब सहमतिमा दलहरूका नेतालाई प्रधानमन्त्री बनाउने होइन, गैरदलका तटस्थ नागरिकलाई सरकार बनाउन दिनु उपयुक्त हुन्छ। सत्तापक्ष र विपक्षको नाममा अन्तरदलीय भिडन्त, दलभित्रका नेताबीचको द्वन्द्व र वर्गीय-जातीय-क्षेत्रीय स्वार्थहरूको टक्करकै क्रममा अब दलका नेतामा पनि 'अब त तटस्थ नागरिकले सरकार चलाए बेस होला' भन्ने हदसम्मको अराजनीतिक सोचाइ आएको अनुभूति हुँदैछ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै, आफ्ना लागि आफै संविधान कोर्दै प्रजालाई जनता, जनतालाई नागरिक र नागरिकलाई आफूमाथि आफैंले शासन गर्ने शासक बनाउने राजनीतिक अभियान तुहाइएको बेला कुनै अनाम तटस्थ 'नागरिक' लाई प्रधानमन्त्री बनाउने गफ झट्ट सुन्दा लोभलाग्दो नारा र लोकतान्त्रिक संस्कृतिको परिचायक नै भान हुन्छ। तर, यस्तो गफले आमनागरिकको तर्फबाट विश्वासको मत प्राप्त राजनीतिक दलका प्रतिनिधिले शासन गर्ने र आम नागरिकलाई शासनमा सहभागी गराउने लोकतान्त्रिक संस्कृतिको अधोवस्त्र पनि फुकाल्न बाँकी राख्दैन।
कुनै अनाम तटस्थ प्राणीलाई सरकारको साँचो सुम्पनुको अर्थ जनप्रतिनिधिमूलक संस्था नभएको अवस्थामा निरंकुश शासक बन्न रातो कार्पेट बिछ्याउनु वा स्थायी सत्ता वा सैनिक शक्तिको कठपुतली बन्न भद्रकालीतिर धकेल्नु साबित हुन सक्छ। छिमेकी देश बंगलादेश र पाकिस्तानका तथाकथित नागरिक सरकारको अभ्यासको नाममा भएको तानाशाहीकरण देखेर पनि नदेखेझैं गर्नु कुनै लोकतान्त्रिक संस्कार पक्कै होइन। यस अर्थमा केही प्रजाबाट भएको बेनिभोलेन्ट डिक्टेटरको माग र केही राजनीतिक दलका प्रमुखबाट पोखिएको नागरिक सरकार निर्माणको विचारबीच तादात्म्यता देखिएको छ। यस्तो विचार नेपाली लोकतान्त्रिक गणतन्त्रको सुस्वास्थ्यका लागि हानिकारक छ, क्यान्सरजस्तै।
इन्द्रेनीजस्तै जनप्रतिनिधिमूलक संस्था
संविधान सभालाई नयाँ संविधान नबनाई भंग गर्ने हदसम्मको मूर्खता गर्ने, त्यसपछि सरकारको कुर्सीकै लुछाचुँडीमा पछिल्लो चरणमा पनि चार-चार महिना खेर फाल्दै नागरिक सरकार निर्माणको गफ गर्नु लोकतान्त्रिक अभिव्यक्ति हुन सक्दैन। संविधान सभाको निर्वाचन र राष्ट्रिय सहमतिको सरकारका लागि राजनीतिक दलबीच कुनै सहमति नगरी राष्ट्रपतिलाई सरकार फ्याँक्नेजस्तो गैरसंवैधानिक कदमका लागि उक्स्याउने र उनलाई नयाँ ज्ञानेन्द्र शाह बन्न लोभ्याउने प्रयास पनि लोकतान्त्रिक पहल हुन सक्दैन। सहमतिको सरकार बनाउनुको साटो जननिर्वाचित बाबुराम सरकारको 'तानाशाही' चल्न थालेको आरोप लगाउँदै अर्काे कुनै अनिर्वाचित सरकारलाई स्वागत गर्नु कुनै न कुनैरुपमा नयाँ जंगबहादुरको पदस्थापनाका लागि हार्दिक निम्तो साबित हुनेछ। राजनीतिक संस्था (पार्टी) र जननिर्वाचित नेतृत्वले सरकार चलाउन नसकेको ठान्नु, त्यसकै निहुँमा कुनै अनिर्वाचित संस्था वा तटस्थ व्यक्तिलाई सिंहासनमा आसीन गर्नु अलोकतन्त्रको भीरतिर गुल्टिने पश्चगामी यात्राबाहेक केही हुने छैन। वास्तवमा कुनै निर्वाचित राजनीतिक संस्थाले गर्न नसक्ने र अनिर्वाचित तटस्थ व्यक्तिले मज्जाले गर्न सक्ने सोचाई भनेको सत्तालाई व्यक्तिमा संकुचन गर्ने नीति र नियतको संकेत हो। मुख्य प्रश्न हो, आन्दोलन र मतदानबाट अनुमोदित राजनीतिक नेतृत्व संविधान लेखन र सरकार सञ्चालनमा असफल वा पूर्व राजाको भाषामा 'अक्षम' भएको हो भने व्यक्तिगत नेतृत्व मात्रै कसरी सक्षम र सफल हुन्छ त?
कुनै स्वार्थ नभएको, परिवारवाद र नातावादमा विश्वास नभएको, देशका लागि आँटिलो नेतृत्व दिन सक्ने व्यक्तिको खोजीमा भौंतारिँदै नागरिक नेतृत्वको विकल्पमा जाने प्रस्तावले अन्ततः अधिनायकवादमा पुर्याउँछ, विष नभएको सर्प खोज्दै सर्पदंशकै कारण कालको मुखमा पुगेझैं। जनताबाट अनुमोदित विभिन्न दल र तिनका नेताले देशलाई बिगार्नेबाहेक सपार्ने कामै नगरेकाले निजी आकांक्षा, दलगत स्वार्थ र राजनीतिक दलभन्दा माथि उठेर गतिलो र बलियो नेतृत्व दिन सक्ने 'नयाँ जंगबहादुर चाहियो' भन्दै हिँड्दा निर्दलीय राजनीतिले डोर्याउँदै अन्ततः अर्को तानाशाहीको खाडलतिरै जाकिन्छ, दयालु र उदार भनाउदा अजिंगरको मुखमा आफैं पसेझैं। कहिल्यै सूर्य नअस्ताउने ब्रिटिस साम्राज्यलाई सैनिक सहयोग दिएबापत, सन् १८५७ मा भएको भारतीय जनताको स्वतन्त्रता संग्राम (गदर)लाई दबाएबापत, लखनउ लुट मच्चाएबापत 'नयाँ मुलुक' बक्सिसमा पाउन सक्नुलाई नै जंगबहादुर राणाको गतिलो र सक्षम नेतृत्व ठान्ने र त्यस्तै नेतृत्व आजको मुलुकलाई पनि चाहिएको छ भन्दै हिँड्ने प्रवृत्तिले नै राजा महेन्द्रको निरंकुशता, राजा वीरेन्द्रमार्फत त्यसको निरन्तरता र राजा ज्ञानेन्द्रको तानाशाही जन्माएको होइन र? बीपी कोइरालाले भनेझैं हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर पेट पाल्न बाध्य पार्ने तत्वले राष्ट्रियताको ढिँढोरा पिटेको सुहाउँदैन। उदार र दयालु अधिनायक हुने लोभमा प्रजालाई दबाएर राख्ने र प्रजातन्त्रलाई निरंकुशताले दल्नसम्म दल्ने शासकहरूले पनि आफूलाई लोकतान्त्रिक दाबी गरेको सुहाउँछ र?
कसलाई प्यारो हुन्छ अधिनायकत्व?
हुन त व्यक्तिगतरुपमा हामीमध्ये धेरैजसो पुरुष पिता वा पतिका रुपमा घरमा, शिक्षकका रुपमा स्कुलमा, हाकिमका रुपमा कार्यालयमा, नेताका रुपमा पार्टीमा तानाशाही शासक नै हौं। अन्य व्यक्तिसँग हाम्रा अन्तरसम्बन्धमा पनि समानता, स्वतन्त्रता र प्रेमभन्दा पनि बेसी 'प्याट्रोन क्लाइन्ट रिलेसन' (संरक्षक र संरक्षितको सम्बन्ध) नै हाबी रहेको देखिन्छ। सके आफूलाई, नसके अरुलाई संरक्षक वा मालिक वा स्वामी ठान्ने मानसिकता पाल्ने अनि समर्पण र अधीनताको सम्बन्धमा बस्न रुचाउने मानिसलाई अधिनायकत्व अत्यन्त प्रिय हुन्छ। जर्मन मनोविश्लेषक एरिक फ्रमले दी फियर अफ फ्रिडम पुस्तकमा लेखेका छन्, अधिनायकवादी चरित्र भएका व्यक्तिले अन्य व्यक्तिबाट समर्पण र अधीनता खोज्छन्, चाहे ती दास या विद्यार्थीबाट होस्, पत्नी या प्रजाबाट होस्। अरुबाट खोजिने समर्पण र अधीनताले समानता, स्वतन्त्रता र प्रेम त खोस्छ नै, लोकतन्त्र पनि खोसेर कुनै न कुनैखाले तानाशाही वा निरंकुशता लाद्छन्, चाहे त्यो फासीवाद वा नाजीवादको रुपमा होस्, चाहे त्यो जंगेशासन वा महेन्द्रराजका अर्थमा होस्। यसरी राज्य र समाजमा अरुबाट खोजिने समर्पण र अधीनताले पनि व्यक्तिगत तानाशाहीतिरै डोर्याउने हुनाले लोकतान्त्रिक गणतन्त्रको बचे/खुचेको टेको पनि समाप्त पार्नेछ।
नेपाली समाजमा पनि कहिले देवीदेवतामा त कहिले देवताका जीवित प्रतिनिधि दाबी गर्ने राजा महाराजामा संकटमोचन गर्ने शक्ति खोज्ने प्रवृत्ति प्रबल थियो। आजभोलि जनताबाट निर्वाचित र अनुमोदित नेताहरूमा संकटमोचकको छवि देख्ने प्रवृत्ति बढे पनि अन्तरद्वन्द्वका कारण संकट गहिरिँदै जाँदा, अन्तरसंघर्ष बढ्दै गएर जनअनुमोदित राजनीतिक नेतृत्वको साख र हैसियत कमजोर हुँदै गएको छ। यस्तो भावभूमिमा फेरि पनि व्यक्तिमा, त्यो पनि चमत्कार गर्नसक्ने चामत्कारिक नेतृत्वमा संकटमोचनको साँचो रहेको ठान्ने प्रवृत्ति पनि बढ्दो छ। जर्मन दार्शनिक तथा समाजशास्त्री म्याक्स वेबरको व्याख्याअनुसार समाजमा कतै परम्परागत, कतै कानुनी त कतै चामत्कारिक वर्चस्व र वैधता कायम रहेको हुन्छ। राजतन्त्ररुपी परम्परागत वर्चस्वबाट मुक्ति पाएको नेपाली समाजमा राजनीतिक दलहरूमार्फत् कानुनी वर्चस्व र प्राधिकार स्थापित हुँदा/नहुँदै चामत्कारिक वर्चस्वको माग हुन थालेको हो। सामान्यतः सर्वाधिकरुपमा बदलिने सामाजिक र ऐतिहासिक परिस्थितिमा चामत्कारिक वर्चस्वको माग हुने गरेको छ भने नेपाली समाज पनि त्यसबाट पृथक् देखिएको छैन। आमजनता, तिनको नेतृत्व गर्ने राजनीतिक दल र तिनको अगुवाइ गर्ने नेताहरूको क्षमता, हैसियत र साख कमजोर हुनासाथ यस्तो माग बढेको हो।
अब म्याक्स वेबरले भनेझैं संकटमोचनका लागि विशेष गुण भएको, असामान्य क्षमता भएको, अति प्राकृतिक वा परम मानवीय योग्यता भएको वा अपवादको चरित्र भएको चामत्कारिक व्यक्तिलाई सरकार प्रमुख बनाइयो भनेमात्रै संकटमोचन हुन्छ भन्ने भावभूमि विस्तार गरिँदैछ। राजनीतिक कार्य र शासन सञ्चालन आम गुण भएका जनता (डेमो) ले होइन, खासखास योग्यता र क्षमता भएका चामत्कारिक व्यक्तिले मात्रै गर्न सक्छ भन्ने मान्यताबाट निर्देशित यस्तो माग पूरा भयो भने नयाँ जंगबहादुरको उदय हुन पनि बेर छैन। हुन त नेपाली जनताले दैविक शक्ति भएका राजा/महाराजाहरूले आफूमाथि थोपरेको शासन भोगिसकेका छन्। राष्ट्र निर्मातादेखि राष्ट्रपिताहरूले आफ्नो टाउकोमाथि बनाएको आसन पनि बेहोरिसकेका छन्। र, बीपी कोइरालादेखि मदन भण्डारी र प्रचण्डसम्म चामत्कारिक नेताहरूलाई पनि हेरिसकेका छन्। अब इतिहासको खण्डहरबाट कुनै जंगबहादुर वा कुनै महेन्द्र वा अरु कुनै बहादुर वा प्रसादलाई ब्युँताउन खोज्नु वा तिनका 'क्लोन' ले संकटमोचन गर्छन् भन्नु राजनीतिक आत्महत्या गर्नुबाहेक अरु ठहरिँदैन।