चार वटा रित्तो कुर्सी हुँदाहुँदै हजाम एकैछिन कुर्नूस् है भन्दै थिए। मलाई अचम्म लागेर सोधें- हैन कुर्सी त खाली नै छ नि? जवाफमा उनले काम गर्ने मान्छे नभएको बताए। 'अनि कति चाँडो दशैंको बिदा दिनुभएको त तपाईंले?' कपाल कटाउन आएका एक अर्का व्यक्तिको कुरा सुनेर हजामले जवाफ दिए- दशैंको बिदा कहाँ हो? यहाँ काम गर्ने मान्छे नपाएर कति कठिन भइरहेको छ।
त्यसपछि उनले एकोहोरोरुपमा आफ्नो कुरा सुनाइरहे- कसरी पहिला काम खोज्न उनको पसलमा लाइन लाग्ने गर्थ्यो भन्नेबारे। मान्छे छानी छानी राख्न पाइन्थ्यो तर अहिले भने बोलाउँदा पनि कोही आउँदैनन्। अब त काम गर्ने मान्छे खोज्दा पनि नपाइने उनको गुनासो सुनेर अर्का एक जनाले ठट्यौली पारामा भने- अब गाउँ घरतर्फ खोज्ने चलन पनि हराइसक्यो क्यारे। त्यसैले हजाम खोज्नलाई त अब मलेसिया/कतारतर्फ जानुपर्छ। उनको कुरा सुनेर सबै एकैछिन हास्यौँ। तर मलाईचाहिँ कुरा निकै गम्भीर लाग्यो। साँच्चै अब गाउँघरमा समेत काम गर्ने मान्छे पाइन छाडे। गाउँघरमा मान्छे पाइन छाडेको त माओवादीको दश वर्षे द्वन्द्वपछि नै हो। त्यतिबेला समाचारमा आउने गर्थ्यो- गाउँका युवा सबै शहर पसे। गाउँमा काम गर्ने मान्छे नपाएर खेतबारी बाँझै हुन थाले।
अहिले कामदार शहरमा पनि नभएपछि अब त्यसको असर समाजमा कस्तो होला त? यो समस्या हजाममा मात्र सीमित छैन। केही समयअघि मात्र धारा बिग्रेपछि प्लम्बर खोज्दा पनि त्यस्तै कठिनाई भएको थियो। बल्लबल्ल फेला परेका एक जना भाइलाई सोध्दा उनले धेरैजसोले अब कतार र मलेसिया रोज्ने गरेको बताएका थिए। त्यस्तै तराईतिर खेत रोपाइँ गर्न श्रमिक नपाएपछि धान रोप्नका लागि किसानले ठूलो रकम खर्च गरेर रोपाइँ गर्ने मेसिन खरिद गरेको समाचार प्रकाशमा आएको थियो।
सन् २००६ मा कतारमा भएको १५ औँ एसियाली खेलकुद प्रतियोगिताको समाचार संकलन गर्न जाँदा त्यहाँ रहेका नेपालीसँग कुरा गर्ने अवसर प्राप्त भएको थियो। नेपालीहरूले कतार जस्ता खाडी राष्ट्रमा निकै कठिन समस्य भोगिरहेको समाचार लगभग दिनहुँ जस्तो छापामा आइरहन्थ्यो। त्यहाँ रहेका नेपाली कामदारका कुरा सुन्दा ती सबै समाचार सत्य भएको थाहा पाएँ। तीमध्ये एक जना इन्जिनियर काम गरिरहेका नेपालीले भनेका थिए- नेपाली दाजुभाइहरू यहाँ कामका लागि आउन चाहनुहुन्छ भने आउनुहोस् तर केही तालिम लिएर आउनुहोस्। केही सिकेर आउनुहोस्। अनि राम्रो तलब र राम्रो काम पाउनुहुन्छ। नेपालीले विदेशमा दुःख पाउनुको एउटा कारण दक्षता नभएर हो भन्ने आमधारणा थियो। अदक्ष कामदार भएकै कारण नेपालीले धेरैजसो सडक खन्न जानुपर्थ्यो। अथवा भवन निर्माणमा इँटा, बोक्न। त्यस्ता काम निकै जोखिमपूर्ण मानिन्छन्।
दुई चार अक्षर पढेपछि गाउँघर छाडेर शहर पस्नु हाम्रो संंस्कार नै हो। यो प्रचलन पढे/लेखेकाले गाउँ छाडेर नजिकैको शहर अनि ती शहरबाट राजधानी हुँदै अब विदेशसम्म पुगेको छ। अर्थात् अब गाउँघरका पढे/लेखेका मानिसका लागि नजिकैको शहर र काठमाडौंंजत्तिकै पहुँच विदेशसम्म भइसकेको छ। त्यसैले यो क्रम जारी रहने हो भने गाउँघरमा युवा नभेटिए जस्तै अबको केही समयमा शहरमा पनि नभेटिने समय आउने पक्का छ। र, यसमा अहिलेको हाम्रो समाजको सोचाई र सरकारले गरिरहेको प्रयासका आधारमा भन्दा त्यो समय समाज र सरकारका लागि सुखद् होला तर यो ...को न्यानोभन्दा केही हुने छैन।
के दक्ष युवा यो देशको आवश्यकता होइन? विदेश कामदार पठाउने सोच राखेर मात्र सरकराले युवालाई शिक्षा र तालिम व्यवस्था गर्ने हो भने भोलिको नेपालको स्थिति कस्तो होला? दक्ष जति सबै विदेशमा जाने हो भने यो देशलाई बनाउने कसले? त्यसै पनि हाम्रो सोचाई देशमा दक्ष जनशक्तिको अभाव छ भन्ने छ। भएका दक्ष जनशक्तिमाथि समेत हामीले विश्वास गर्न सकेका छैनौँ। यही सन्दर्भमा एक जना परिचितले सुनाएको सत्य घटनाको सम्झना हुन्छ- एक पटक उनका आफन्त बिरामी परेछन्। उनको शल्यकृया गर्नुपर्ने भएछ। त्यो यही नेपालमा पनि हुने भन्दाभन्दै पनि नमानेर विदेश (थाइल्यान्ड) जाने जिद्धि गरेछन्। अनि त्यहाँको कुनै अस्पतालमा उनको रिपोर्ट पठाइएछ। रिपोर्ट हेरेपछि अस्पतालले आफूले पनि दक्ष विदेशी चिकित्सक बोलाउने गरेको भन्दै एक जना अति राम्रा चिकित्सकबाट शल्यकृया गराउने दिन तोकेछ। उनी शल्यकृयाका लागि गएछन् तर उनको शल्यकृया भने नेपालकै चिकित्सकले गरेछन्। ती नेपाली चिकित्सकलाई त्यहाँको अस्पतालले पनि विशेष अवस्थामा बोलाउँदो रहेछ। नेपालमा उनको शल्यकृया तिनै नेपाली चिकित्सकले गर्ने भन्दाभन्दै उनी नमानेर विदेश गएका थिए।
हाम्रो समाजको सोचलाई माथिको घटनाले प्रष्ट पार्छ। जसरी हामीले विदेशीलाई जति स्वदेशीलाई विश्वास गर्दैनौँ, त्यसैगरी कामलाई सम्मान पनि दिन जानेका छैनौँ। विदेश गएर काम गर्नेहरूले पाउने ज्याला नेपालमा भन्दा केही बढी मात्र हुने गरेको कामदारले बताएका थिए। तर नेपालमा हजाम र प्लम्बर जस्ता कामलाई हेयको दृष्टिले हेरिने गरेको ती हजामले बताएका थिए।
'यहाँ त हामीलाई नोकर जस्तो व्यवहार गरिन्छ तर विदेशमा कामको इज्जत छ। त्यहाँ सानो अथवा ठूलो काम भन्ने हुँदैन। त्यसैले पनि त्यस्ता कामदारको रोजाईमा विदेश पर्न थालेको हो। अर्थात् नेपालीहरू विदेशिनुमा आर्थिक कारण जस्तै केही मात्रामा सामाजिक कारण पनि हो। तर अहिलेको अवस्थालाई आधार बनाएर केहीबेर भविष्यबारे चिन्तन गर्ने हो भने त्यो कुनै पनि हालतमा सुखद् भने देखिँदेन।
हजाम, चालक, प्लम्बर, सिकर्मी, डकर्मी, रोपाइँ गर्ने खेताला जस्ता कामदारको अभावमा भोलिको नेपाल कुन गतिमा कसरी अगाडि बढ्ला? त्यतिबेला हजामको खोजीमा भारतदेखि कतारसम्मको यात्रा गर्नुपर्ने हो कि? प्लम्बरको खोजीमा मलेसियासम्म सम्पर्क गर्नुपर्ने हो कि अथवा हरेक परिवारमा एक जनाले हजाम अर्कोले प्लम्बर अर्कोले सिकर्मी, डकर्मी र यस्तै यस्तै तालिम लिएर बस्नुपर्ने अवस्था आउने पो हो कि? यसको प्रभाव समाजभित्र एक अर्कासँग रहेको अन्तरसम्बन्धको सन्तुलनमा कस्तो पर्ला? त्यतातर्फ सोच्नुपर्ने बेला त पक्कै पनि भयो कि? हुन त यस सम्बन्धमा हाम्रा समाजशास्त्रीहरूको चासो पक्कै पनि भइसकेको होला।