शीतल निवास दरबारको गाईजात्रा
२० असोज २०६९
•
१४ मिनेट पाठ
शीतल निवास दरबारको गाईजात्रा
राजनीतिक नेताहरुलाई घरिघरि डाकेर बडो राजसी मुद्रामा तिनलाई केरकार गर्नु र थर्काउनु राष्ट्रपति महोदयको दिनचर्या भएको छ। सार्वभौम भनिने जनताका नेताहरुको यस्तो दुर्गति होला भनेर कसले पो चिताएको थियो र? शनैःशनैः शीतल निवासको चरित्रमा नारायणहिटी दरबारको सामन्ती प्रेत संक्रमित भयो। चाकरीमय वातावरणको चापमा परेर आफ्नो अज्ञात मनोविज्ञानमा राष्ट्रपति महोदय कसोकसो राजातुल्य बन्दै गए।
कसैसँग आफ्ना चरणछेउ धाएर नित्य चाकरी गरिमाग्नु मानसिक दुर्व्यसन हो। र, चाकरी गर्न कसैका चरणछेउ नित्य धाउनु पनि मानसिक दुर्व्यसनै हो। अहिले गणतन्त्र नेपालको राष्ट्रपति भवन अर्थात् शीतल निवास यो दोहोरो मानसिक दुर्व्यसनबाट आक्रान्त छ। चाकरी गरिमाग्ने राष्ट्रपति रामवरण यादव छन् र त"छाड-मछाड गर्दै तिनको चाकरी गर्नेहरु छन् ठूला राजनीतिक दलका ठूला नेता। अहिलेको शीतल निवास दरबारको यो कुरुप व्यवहारले पहिलेको नारायणहिटी दरबारको कुरुप व्यवहारको झल्झली याद दिलाउ"छ। पहिले चाकरी गरिमाग्ने राजा हुन्थे र चाकरी गर्नेहरु हुन्थे निर्दलमार्गी पञ्च वा बहुदलमार्गी अपञ्च। जन्म, वंश र धर्मको नाताले राजाको छोरो स्वतः राजा हुने जनगणका ढाडको किर्नोरुपी राजतन्त्र गयो र जनगणको राजीखुशीको रोजाईको मतले नेता वा शासक बनेर उही जनगणको भलाई गर्ने भनी बयान गरिएको गणतन्त्र आयो।




अहिले नारायणहिटीमा सिंहासनमाथि राष्ट्राध्यक्ष नाउ"को निरङ्कुश राजा छैन। त्यो त जाग्रत समयको आखेटमा परेर इतिहासको मसानघाटमा विलुप्त भयो। अहिले राष्ट्राध्यक्षको आसनमा शीतल निवासमा जनादेशप्राप्त मताधिकारीहरुद्वारा निर्वाचित राष्ट्रपति विराजमान छन्। यो ठूलो परिवर्तन हो। अति उत्साहका साथ अतिरञ्जनाको रङ्ग भरिने चलनचल्तीको भाषामा भन्ने हो भने यो अकल्पनीय, अपूर्व र अद्भूत परिवर्तन हो। तर, शासनतन्त्रमा यी तीन अ र अको अर्थ र गरिमालाई धान्नेखालको संस्कारगत परिवर्तनको आरम्भको आभाससम्म पनि कतै पाइ"दैन। शीतल निवास दरबारमा व्याप्त मानसिक दुर्व्यसनको विदू्रप दृश्य देख्दा खिन्न मनले 'राजा गयो, राजा रह्यो' भनेजस्तो लाग्छ। राष्ट्रपतिका शिरमा श्रीपेच छैन, टोपी छ। तिनको चाकरीमा धाउने नेताहरु तिनलाई पञ्चले झै" 'मौसुफ सरकार' भन्दैनन्, शायद 'महामहिम' भन्दा हुन्। बस्, फरक यत्ति हो। बा"की सबै व्यवहारमा उही पुरानो दरबारिया प्रेतको जगजगी छ। भन्नूस त, त्यत्रो जनसौर्य र आत्मबलिदानको वेदीबाट पैदा भएको गणतन्त्रको अनुहार यति कुरुप होला भनेर मनको अन्तरकुन्तरमा कतै कल्पना गरिएको थियो र?

शीतल निवासमा चाकरी गरिमाग्ने र चाकरी गर्ने मानसिक दुर्व्यसनको संक्रामक रोग कटवाल प्रकरणस"गै सल्किएको हो। १८ दलले कटवालको अनुहारमा आफ्ना भाग्यविधाताको साक्षात् औतार देखे। तिनलाई लाग्यो- कटवाल काजी नेपाली सेनाकै पर्याय हुन्। तसर्थ तिनमाथिको कारबाही नेपाली सेनामाथिकै कारबाही हो। यो प्रचलित सैनिक परम्परा, अभ्यास र मर्यादामाथिको धावा हो। धावा रोक्न तिनले अटेर, स्वेच्छाचार र अहंकारका प्रतिमूर्तितुल्य कटवालसाहेबलाई घ्याप्पै का"ध थापे। त्यो वर्गबन्धुहरुको आफ्ना अनन्य वर्गबन्धुप्रतिको अगाध प्रेमको अभिव्यक्ति थियो।

राज्यको कार्यकारी आसनमा अख्तियार सम्पन्न प्रधानमन्त्री थिए। जनजनका सुन्दर सपनाको चित्र उनिएको युगीन परिवर्तनको प्रक्रियालाई हाकाहाकी उपहास गर्ने आफ्नो मातहतका सिपाहीमाथि तिनले कारबाही गरे। कारबाहीको फल राम्रो भए जस पाउने तिनै थिए। फल नराम्रो भए अपजसको पूरापूर भागी बन्ने पनि तिनै थिए। उता खोपाका भीमसेनतुल्य राष्ट्रपति महोदय कार्य नगर्ने र विवाद ननिम्त्याउने मर्यादाको डोरीले बा"धिएका थिए। तर १८ दलले घरिघरि शीतल निवास धाएर धनुषटङ्कार मुद्रामा तिनलाई उक्साए। विधिवेत्ता भनिने रकमी विद्वान्हरुले तिनको चित्तमा पम्पु भरे। र, पदीय मर्यादाको लक्ष्मण रेखा नाघेर राष्ट्रपति महोदयले प्रधानमन्त्रीको कारबाही उल्टाए। न विधिविधानको कुनै धारा-उपधाराको उल्लेख भयो, न त गरिमामय राष्ट्रपति कार्यालयको आबरु नै रह्यो। स्वेच्छाचारी सिपाहीमाथिको कारबाही बदर गर्ने त्यो सरासर स्वेच्छाचारी कृत्य थियो। सर्वोच्चले राजनीतिक प्रकृतिको कारबाहीको बहाना रचेर राष्ट्रपतिको स्वेच्छाचारलाई सभक्ति सदर गरिदियो। बस्, यसरी शीतल निवास दरबारमा चाकरीको अपेक्षा गर्ने र प्रभुका चरणका चाकरी अर्पण गर्ने मानसिक दुर्व्यसनले मुन्टो उठायो। यो मानसिक दुर्व्यसन ‰याङ्गिदै र फैल"दै शीतल निवास त भावर चाकरी निवास पो हुनपुग्यो।

शनैःशनैः शीतल निवासको चरित्रमा नारायणहिटी दरबारको सामन्ती प्रेत संक्रमित भयो। चाकरीमय वातावरणको चापमा परेर आफ्नो अज्ञात मनोविज्ञानमा राष्ट्रपति महोदय कसोकसो राजातुल्य बन्दै गए। 'बन्दै गए' नभनु", भाषा मिलाएर 'तिनलाई बन्न विवश तुल्याइयो' भनु"। चाकरीजन्य मानसिक दुर्व्यसनबाट लठि्ठएका नेता र विधिवेत्ता, नागरिक समाजका ढ्याके नागरिक र गैसस उद्यमका मालामाल कमाउकर्मीहरु झुण्डपछि झुण्ड भएर शीतल निवास धाउन थाले। राष्ट्रपति पनि त आखिर काम, क्रोध, लोभ र मोहजस्ता मानवीय वृत्तिसहितका सांसारिक जीव हुन्। चाकरीकर्मीहरुको अहोरात्र लामबन्दी देखेर सके तिनका चित्तवृत्तिको भाव तिनले चालै नपाई फेरिन थाल्यो होला। सके तिनले स्वतःस्फूर्त भावमा कतै म सिंहासनमै त छुइन भनेर आफ्नो आसन छामे हुनन्। आफ्नो शिरमाथिको टोपी कतै श्रीपेचै पो हो कि भन्ने तिनलाई भान पनि त पर्‍यो होला। अनि तिनका चित्तको भित्तोमा 'म भनेको मै हु"' भन्ने तामसले शिर उठायो होला। व्यक्तिको चित्तवृत्ति र व्यक्तित्वको कायाकल्प हुने यसरी नै त हो †

राजनीतिक नेताहरुलाई घरिघरि डाकेर बडो राजसी मुद्रामा तिनलाई केरकार गर्नु र थर्काउनु राष्ट्रपति महोदयको दिनचर्यासरह भएको छ। मानौ" त्यसो नगरे महामहिमलाई न दिनमा भोक न रातमा निन्द्रा हुन्छ। नेताहरुलाई दच्काउ"दै ती भन्छन्- 'जनतालाई र मलाई संविधान चाहियो, दिने कहिले हो?' कस्तो संविधान ती केही भन्दैनन्। संविधानमा क्षेत्रीय र जातीय उत्पीडनबाट बनेका घाउहरुको उपचार कसरी गर्ने हो? ती केही भन्दैनन्। राजनीतिका जटिल गा"ठा फुकाउनेबारे केही भन्नु छैन त बित्थामा बोल्नु नै किन? पहिले राजा पञ्चहरुलाई ठिङ्गे लगाएर यसै गर्थे। पञ्चहरु भिजेका मुसासरी सुनिबस्थे। अहिले राष्ट्रपति गणतन्त्रका नेताहरुलाई उसै गर्न थाले। सार्वभौम भनिने जनताका नेताहरुको यस्तो दुर्गति होला भनेर कसले पो चिताएको थियो र?

अलि दिनअघि राष्ट्रपति महोदयको हैकमी उर्दीको पालना गर्दै नेताहरु आफ्नै छाया"जस्ता भएर शीतल निवास पुगे। त्यसरी पुग्नेमा विद्रोहको आ"धीले जनचेतनाको उत्ताल प्रवाह सिर्जना गर्ने माउ कमरेड प्रचण्ड त थिए नै, संसदीय दलदलमा फसेर सिद्धान्तको शुद्धता बिटुलिने भयो भनी पार्टी भत्काउने कमरेड मोहन वैद्य पनि लुरुलुरु हि"ड्दै त्यो दलदलमा पुगेका थिए। राष्ट्रपति गुरुकूलका कठोर गुरुको मुद्रामा प्रस्तुत भए। नेता नाउ"का लद्दु शिष्यहरुलाई तिनले कक्षाकार्य दिए- बस, बात मार र समय किटेर यति दिनमा हामी निकासको गौ"डो खोल्छौ" भन। भनिन्छ- गुरुजीको अकाट्य आदेश चुपचाप शिरोधार्य गर्दै नेताहरु पा"च घण्टासम्म कक्षाकार्यमा कन्दै डटे। र, मानौ" कान समातेर राष्ट्रपतिसमक्ष तिनले कसम खाए- प्रभो † गर्नू भनी हजूरबाट आज्ञा भएको कर्म हामी दुई सातामा गरिछाड्छौ"। नगरे जो आदेश जो निगाह †

पाठ बुझाएर थकित र क्लान्त नेताहरु शीतल निवास दरबारबाहिर निस्किए। सूचनाको शिकार गर्न तिर्खाएका क्यामेराहरुले तिनको बाटो छेके। प्रचण्डले शुष्क स्वरमा महामहिमछेउ बुझाएको पाठ यन्त्रवत्रुपले दोहोर्‍याए। न तिनको बोलीमा किञ्चित् ओज थियो न त अनुहारमा आभा नै थियो। मानौ" सबै मृतवत् थिए। पाका र सदैव सुस्त प्रतीत हुने सुशील दा झनै सुस्त देखिन्थे। झलनाथ झल्ला मुद्रामा थिए। रामचन्द्रको त मानौ" सात्तै गएको थियो। साना का"टीका मोहन वैद्य संसदीय दलदलमा फस्ने भयले कहालि"दै पछाडि कतै लुकेका थिए। ती सबलाई देख्दा मेरो स्मृतिमा राजाको खप्की खाएर गलित नख दन्त भई नारायणहिटी दरबारबाट बाहिर निस्किएका पञ्चहरुको झल्को आयो। सबै अनुहार हेर्‍यो, ती फुङ्ग उडेका छन्। सबैका ओठ सुकेका छन्। सबैका नूर गिरेका छन्। मनमा ननिको तर्क खेल्यो- आत्महीन चाकरीजन्य यो मानसिक दुर्व्यसन जान-अन्जान शीलत निवास दरबारबाट तानाशाह जन्माउने अनिष्ट खेल तमासा त होइन?

चुनावबाट पाएको जनादेशको मिति जब गुजि्रन्छ, जननेताहरु जाने ठाउ" भनेको जनताको घरदैलो हो। जनादेश खोज्ने विधि चुनाव हो। आफू उभिएको धरातल जा"च्ने लोकतान्त्रिक काइदा पनि त्यही हो। जनताले पत्याए शासक बन्ने हो, नपत्याए खुरुक्क जोगी भए भएकै छ। तर, जनमतबाट भयभीत भएका हाम्रा हस्तीहाडे बुर्जाबासी नेताहरु शीतल निवासको हैकमी इसारामा मानसिक दुर्व्यसनको सुतीखेती गर्नमा लिप्त छन्। जनताका कत्रा दुःखले आर्जेको गणतन्त्रको राजनीतिमा यो हद दर्जाको गाईजात्रा हो। म मूक भाषामा सकल लोकको चित्कार सुनिरहेको छु- मानसिक दुर्व्यसनी ख्यामित् एवं भक्तहरु हो † यो चुत्थो गाईजात्रा अविलम्ब अन्त्य गर †
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस