स्तम्भकार डायरी लेख्दैन। शिक्षकहरुले सधैँ नियमित डायरी लेख्ने शिक्षा नदिनुभएको होइन। आदत नभएर होइन। लेख्ने मन नभएर त हु"दै होइन। पत्रकारले डायरी लेख्नु झन् जरुरी हुन्छ। त्यसैले म पनि बेलाबेलामा टिपोट गर्ने गर्छु। तर डायरी लेख्दिन। चालीस वर्षअघि घर खान-तलासी लिँदा पुलिसले स्तम्भकारको डायरी फेला पारेको थियो। त्यतिबेला जोशिलो र जागरुक स्तम्भकार भर्खर वनारसमा बीपी कोइरालालाई भेटेर फर्किएको थियो। स्वाभाविक हो, डायरीमा त्यस भेटको भावपूर्ण वर्णन थियो। बीपीसँगको भेटपछि शरीरमा तातो रगत उम्लिइरहेको तन्नेरी मनका उच्छ्वास थियो। क्रान्तिप्रतिको उत्सर्ग र समर्पणभाव थियो।
तर, त्यो डायरी स्तम्भकारका लागि त्यतिबेला भय र आतंकको विषय बन्यो जब प्रशासक र सुरक्षाकर्मीले त्यसलाई पढे। उनीहरुको नजरमा स्तम्भकार एउटा खतरनाक व्यक्ति प्रमाणित भयो। त्यसलाई सावित गर्न उसलाई नुवाकोट जेल रवाना गरियो अड्डासार गरेर। हनुमान ढोकाबाट बालाजु, बालाजुबाट पा"चमाने भञ्ज्याङ, त्यहा"बाट काउलेथाना, बट्टार र विदुर। आफ्नो गुण्टा आफैं बोकेर पुलिसको घेरामा दुई दिनपछि स्तम्भकार नुवाकोट जिल्लाको भर्खरै सारिएको सदरमुकाम विदुर पुग्यो। त्यसपछि के भयो? त्यो विषय यतिबेला प्रासांगिक छैन।
केही समयअघि स्तम्भकार आफ्ना पुराना टिपोट केलाउ"दै थियो। एक ठाउ"मा टिपिएको रहेछ- हरेक युद्ध वा आन्दोलनले परिवर्तन जन्माउ"छ। परिवर्तनपछि विश्वलाई हेर्ने मानिसको पूरै दृष्टिकोण बदलिदिन्छ। सन् १९१४ मा भएको विश्वयुद्धले सोभियत क्रान्ति जन्माएको थियो, जसलाई इतिहासकारहरु मानिसको हिंसात्मक अभिव्यक्तिका रुपमा हेर्छन्। यो क्रान्तिको प्रभाव फ्रान्सको राज्यक्रान्ति र नेपोलियनले लडेका युद्धहरु भन्दा व्यापक थियो।
राजनीतिका समकालीन नेताहरुले पक्कै पनि र अनियमित नै भए पनि डायरी लेख्ने गर्नुभएको हुनुपर्छ। डायरी एक प्रकारको जीवित इतिहासको लिपि हो। कस्ता कस्ता दुःखले समाज यहा"सम्म आइपुग्यो त्यसको खुलासा हुन्छ डायरीबाट। फुर्सदको बेलामा आफ्नो अतीततिर चियाउने बानी हाम्रा नेतामा देखिँदैन। स्कुलका विद्यार्थीको जस्तो 'ऊभन्दा म ठूलो र सबैभन्दा पनि म नै ठूलो' मा केन्द्रित रहने बानी देशका सबै नेतामा उत्तिकै देखिन्छ। स्तम्भकार यसलाई सत्ताको खेलमात्र पनि भन्न चाह"दैन। राजनीति पारदर्शी भएकोे छ। नेताहरुलाई प्रधानमन्त्री बन्न अलिकति गाह्रो परे पनि मन्त्री बन्न कत्ति पनि गाह्रो छैन। राजनीतिमा संख्यात्मक परिवर्तन धेरै भएका छन्। गुणात्मक परिवर्तन भने अपवादमा मात्र भएका छन्।
उदयपुर यात्रामा रहेका बेला एकजना निकै विचारशील तन्नेरीले स्तम्भकारसँग प्रश्न गरे- संघीयतामा देश गइसकेपछि काठमाडौंको महŒव कति घटला? सबैले मथिंगल खियाउनुपर्ने प्रश्न थियो उनको। अहिलेको अवस्थामा संघीय राज्यहरुको निर्माणले मात्रै काठमाडौंको महŒव घटाउन सक्दैन। काठमाडौंसँग कुनै पनि संघीय राज्यका राजधानीले तुलनायोग्य ठाउ" बनाउन सक्दैनन्। काठमाडौं नेपालसँग रहेको एकमात्र चा"दीको कचौरा हो, जसमाथि आफनो एकाधिकार जमाउन सबै राजनीतिक दल लागेका छन्। एक्लै काठमाडौंले अहिलेसम्म सबै संघीय राज्यको प्रतिनिधित्व गरिरहेको छ र भोलि पनि यही क्रम जारी रहनेमा शंका नगरे पनि हुन्छ।
अहिले हामी जुन संघीयताको बहसमा छौं, त्यसको चरित्र राजनीतिकमात्रै हो। त्यसका सांस्कृतिक र अन्य आयाम शून्य नै छन। संघीय राज्यका राजधानीले छिटै विस्तार लिनसक्ने आर्थिक अवस्था पनि छैन नेपालको। यो स्थितिमा सबै संघीय राज्यका पदाधिकारी र नेताले काठमाडौंबाटै संघीय सरकार सञ्चालन गरे भने पनि ठूलै आश्चर्य मान्नुपर्ने छैन। संघीयता राजनीतिक आवश्यकता हो। काठमाडौ केन्द्रित सत्ताको विकल्पमा सोचिएको र आर्थिक, सांस्कृतिक र सामाजिक विषयसँग समन्वयमा रहेको परिपक्व अवधारणा होइन।
देश अहिले त्यही संघीयतामा टाक्सिएको छ। त्यसैलाई आधार बनाएर पार्टीहरु फुटेका छन् वा फुट्ने तरखरमा लागेका छन्। संघीयता राजनीतिकभन्दा प्राविधिक विषय बढी थियो। नेताहरुले यसैलाई विवादको मूल मुद्दा बनाए। लेख्नुपर्ने संविधान लेखिएन। कचमच जारी रहने भयो सधैँका लागि। किनभने समस्या वास्तविक छन् भने तिनको समाधान सहज ढंगले निस्कन्छ, खोंचे थापिएका समस्याका समाधान निस्किनेचाहिँ कामनामात्रै गर्न सकिन्छ।
राजनीतिमा राष्ट्रिय सहमतिका लागि ठाउ" हुन्छ। तर कचमचमा सहमतिका लागि कुनै ठाउ" हु"दैन। अहिले बाबुराम भट्टराईको सत्ता कचमच झेलिरहेको छ। कदाचित यो सत्ताले ठाउ" छाडेको भोलिपल्टदेखि कचमचको अर्को अध्याय सुरु हुने त निश्चित नै छ। अहिले चुुनावको समर्थनमा लागेकाहरुले चुनावले कचमच समाप्त गर्छ भन्ने सामान्य विश्वासमात्रै गरेका हुन। नेपाली सत्ताको जस्तो चरित्र छ, त्यसलाई हेर्दा कुनै दलले चुनावमा बहुमत ल्याएरै सरकार गठन गर्यो भने पनि कचमच सकिने स्थिति छैन। हरेक सरकारले आ-आफनै प्राथमिकता तोकेका छन्। अरुको एजेण्डाप्रति बराबरीको रेस्पोन्स गर्ने कुनै राजनीतिक संस्कार नै छैन नेपालमा।
के हो हाम्रो राष्ट्रिय आवश्यकता? के हो हाम्रो राष्ट्रिय कार्यसूची? के हो हाम्रो राष्ट्रिय प्राथमिकताको विषय? यी तीनवटा अहम् प्रश्नमाथि दोस्रो जन-आन्दोलनपछि बनेको सौहार्द्रपूर्ण वातावरणको समयमा समेत नेताहरुले सहमति गर्न सकेनन् भने अहिले त झन् सक्ने कुरा नै आएन। नेताहरुलाई सहमतिको विन्दुमा पुर्याउन राष्ट्रपतिले समेत आफ्नो सम्मान दाउमा लगाइसकेका छन्। सहमतिको सूत्रले सबैलाई थकाइसकेको छ। बचेका कोही छैनन्। अवस्था विकराल होइन, विद्रूप बन्दै गएको छ। देशका मानिस निराशाको नसामा ल पर्न थालेका छन्। नेताहरुको उल्टो कसरतले समय बर्बाद भइरहेकोे छ।
धेरैले निष्कर्ष निकालेका छन्- अब सहमति हुन सक्दैन। नेपालका नेताहरुका लागि सहमति भनेको वायुपंखी घोडाजस्तै भएको छ, जसमा चढेको कल्पना सुखद् हुन्छ। वास्तविकतामा त्यो वायुपंखी घोडा नै हु"दैन। नेताहरुले आफ्नो डायरीका पाना पल्टाएर हेरे भने थाहा पाउन बेर लाग्दैन- गणतन्त्र स्थापनापछि राष्ट्रिय दलबीच कतिपटक सहमतिको कवुलियतमा हस्ताक्षर गरियो र कतिपटक सहमतिको त्यो दस्तावेज ट्वाइलेट पेपरका रुपमा प्रयोग भयो? सहमति गर्ने र बिथोल्ने यो प्रवृत्तिले राजनीतिक दलहरु नै घाटामा परेका छन्। उनीहरुको शारीरिक आकार टाक्सिएको छ। विश्वसनीयता घटेको छ। जनमत उनीहरुप्रति सहानूभूतिशील छैन। टुँडिखेल खुलामञ्चको पचास हजार जनता अट्ने क्षमतासमेत गुमाएर उनीहरु दश हजारभन्दा कम क्षमताको वसन्तपुर डबलीमा ओर्लिएका छन्। नेताहरुको नैतिक आकार घटेको छ। उनीहरुप्रति सम्मानको होइन, तिरष्कारको भाव बढ्दैछ जनताको मनमा। तैपनि नेताहरु आफूलाई जनताका बीच पुनर्स्थापित गर्ने अभ्यासमा लागेका छैनन् भने यो देशका नेताहरुको अवस्था कति दयनीय बनेको छ! सामाजिक अस्वीकृतिको बोझले दबेका नेताहरु तैपनि खुशी छन्।
भारदारी शासनको लामो परम्परा छ नेपालमा। भारदारहरुको वचन नै रीति-रिवाज र नियम-कानुनको स्रोत बन्दै आएको यो देशको शासन लामो समयसम्म मुलुकी ऐनको भर र भरोसामा टिकेको थियो। अहिले पनि त्यो मानसिकता जीवित देखिन्छ। विधिको शासन त एउटा परिकल्पना हो। परिकल्पना यथार्थमा बदलिन सक्छ पनि र सक्दैन पनि। चार वर्षको गणतान्त्रिक अभ्यासअन्तर्गत जनताले मध्यकालीन समाजको अनूभूति गर्नुपरेको छ भने त्यो किञ्चित् पनि असत्य होइन। संविधान र कानुनको अभावमा मौलाएको दण्डहीनताले सामाजिक न्याय र अवसरको समानताको माला जप्ने हाम्रा नेता-शासकहरुको खिल्ली उडाएको छ कि उनीहरुलाई अझै बलियो तुल्याएको छ? आफ्नो गरिखाने र देशको चिन्ता गर्ने सामान्य नेपालीले मात्र यसको उत्तर दिन सक्नेछ।