जाने कतातिर?
२१ असोज २०६९
•
१५ मिनेट पाठ
जाने कतातिर?
एकपटक फेरि हाम्रा नेताले राष्ट्रपतिको अनुरोधमा राष्ट्रपति तथा राष्ट्रलाई असोज मसान्तसम्म सहमतिमा पुग्ने विश्वास दिलाएका छन्। सहमति हुन नसकेको प्रमुख कारण सरकारमा सामेल नभएका दलहरुले कांगे्रसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने र माओवादी तथा तिनका समर्थक दलहरुको भने माओवादीकै नेतृत्वमा सरकार कायम हुनुपर्ने अडान नै हो।
समय समयमा बोलीमा जतिसुकै भिन्नता आउने भए तापनि प्रधानमन्त्री बाबुराम भट्टराईले हालै राष्ट्रिय टेलिभिजनबाट प्रसारित अन्तरक्रियामा भनेका थिए- सहमतीय राजनीति प्रजातन्त्रमा सम्भव छैन। कार्यक्रमको आधारमा नै साझा धारणा बनाउने हो। प्रजातन्त्र भनेको बहुमतीय शासन प्रणाली हो। त्यतिखेर भट्टराईले सहमति शब्ददेखि नै आफूलाई दिक्क लाग्न थालेको ब्यथा पनि व्यक्त गरेका थिए। त्यसकारण सहमतिको खोज कति लाभप्रद् हुन सक्छ, त्यसको अन्दाज गर्न कठिन छैन।




माओवादीका निमित्त सहमतीय सरकार भनेको उनीहरुको नेतृत्वमा बन्ने सरकार हो भन्ने उदगार त राष्ट्रपतिसँग यो महिनाको अन्त्यसम्ममा सहमति गर्ने प्रतिबद्धता व्यक्त गरेको केही घण्टा नबित्दै तिनका प्रवक्ताले प्रष्ट पार्न भ्याइसकेका थिए। त्यस अर्थमा नेपाली कांग्रेस, एमाले तथा तिनलाई समर्थन गर्ने दलहरुले हाम्रो रोल आएको हुनाले कुर्सीमा विराजमान हुने पालो हाम्रो भनेर रोदन गर्नुको कुनै अर्थ देखिँदैन। झन् कांग्रेसलाई नेतृत्व नदिने अडान बाबुराम तथा कमरेड अध्यक्ष प्रचण्डले प्रष्ट पारि नै सक्नुभएको छ।

राजनीतिक क्षितिजमा कुनै नाटकीय परिर्वतन भएन भने हामीले सडकबाट डा. भट्टराईको सरकार फाल्ने प्रयास सुरु भएको घोषणा छिट्टै सुन्ने छौं।
विपक्षका घोषणाहरुको प्रतिकार गर्न सत्ताधारीहरु पनि आफ्नो शक्ति प्रदर्शनमा लागिपरेका समाचार प्रकाशमा आइसकेका छन्। यस अर्थमा राजनीतिक शक्तिहरु मुखले सहमतिको कुरा गरे पनि कामले मुठभेड निम्त्याउन लागिपरेका छन्। अर्कोतर्फ मधेसवादी दलहरु, जसको एक हिस्सा सत्तामा र अर्को हिस्सा सत्ताबाहिर छ, पनि एकजुट हुने प्रयासमा लागिपरेको पाइन्छ। त्यसैगरी जनजाति पनि आफ्नै दल बनाएर एकजुट हुने प्रकृयामा लागेका छन्। हाइफन गा"सिएको माओवादी त पुनः हतियार उठाउने मार्गतर्फ अग्रसर भएको देखिन्छ। छोटकरीमा भन्नुपर्दा समस्याको पहिचान अर्थात् देशको बिग्रँदो स्थितिमा सुधारतर्फ केन्द्रित हुनुको साटो राजनीतिक शक्तिहरु मुठभेडतर्फ उन्मुख भएका छन्। आफूमा समस्याको समाधान गर्ने क्षमता नभएको तथ्यलाई जसोतसो लुकाएर जनता र राष्ट्रपतिको मुख ताक्न पनि लागिपरेका देखिन्छन्। कोही उनलाई गुहार्न लागेका छन् भने कोही खबरदारी गर्न।

दुई हात्ती लड्दा घाँस हानि हुने अफ्रिकी उक्ति जस्तै राजनीतिक शक्तिहरुको टकरावले अन्ततोगत्वा जनतालाई मात्रै हानि पुग्ने हो। मुलुकमा भएका आन्दोलनको मूल्यांकन गर्ने हो भने जनताले कुनै एक व्यक्तिको प्रधानमन्त्रीत्व अर्को व्यक्तिलाई सुम्पनेे मनसायबाट गरिएका आन्दोलनलाई साथ दिएको पाइँदैन। नत्र त माधव नेपालको कठपुतली सरकार हटाउन माओवादी सजिलै सफल हुने थिए। सात सालको आन्दोलन मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएको थियो। क्रान्तिपछि पनि मोहन शमशेर नै प्रधानमन्त्री बने। पञ्चायतबाट वाक्क ब्याक्क भएका जनताले ३६ सालको विद्यार्थी आन्दोलनमा पनि साथ दिए। तर पञ्चायतमा परिर्वतन आउँछ भन्ने राजाबाट आश्वासन पाएपछि पञ्चहरुका नेता बनेका राजा र उनका कार्यकर्तालाई साथ दिएर बहुदललाई पराजित गरे।

२०४६ सालको आन्दोलनपछि पनि राजा रहे। तिनका पुराना कार्यकर्ताले पार्टी पनि खोले। जनताले तिनलाई भोट नदिए पनि हाम्रा नेताहरुले फर्कीफर्की पुराना पञ्चलाई शासनभार नसुम्पिएका होइनन्। दोस्रो जनआन्दोलनमा जनसहभागिता त्यतिन्जेलसम्म भएन, जबसम्म राजा ज्ञानेन्द्रले आफू मूर्ख निरंकुश राजा भएको एकपछि अर्को प्रमाण दिएर जनतालाई निरास बनाएनन्। डा. बाबुरामले जनतालाई निश्चय पनि निरास बनाएका छन्। धेरैलाई भरोसा थियो- यिनले सुशासनको नयाँ आयाम सुरु गर्नेछन्। तर यस वास्तविकतालाई न बाबुरामले बुझ्न सके न त तिनको पार्टीले नै। आखिर १२ वर्ष ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बांगोको बांग्यै रह्यो।

यति हुँदाहँुदै पनि, अन्य दलका अग्रिम पंक्तिमा रहेका नेताहरुको विगतको छवि पनि त्यति राम्रो छैन। न तिनले छवि सुधार्ने कुनै काम नै गरेका छन्। प्रश्न उठ्छ- तिनको समर्थनमा बाबुरामलाई पदच्युत गर्न जनता किन अघि सर्ने? आखिर तातो तावाबाट हामफालेर आगोमा नै पर्नुछ भने तावामै किन नबसिरहने? जबसम्म विपक्षले जनतालाई विश्वास दिलाउने कार्यक्रम प्रस्तुत गर्न सक्दैन, तबसम्म जनताको सहयोगमा आन्दोलन गरेर बाबुरामलाई सत्ताच्युत गर्छु भन्नु मृगतृष्णा मात्र हुनेछ। आखिर जनताको चाहना भनेको सुशासन, शान्ति सुरक्षा तथा आफ्नो विकास गर्ने अवसरहरु हुन। यी कुरा दिन नसक्ने जोसुकै प्रधानमन्त्री भए पनि जनतालाई केही फरक पर्नेवाला छैन।

सत्ता संघर्षमा सडक तताउने भनेको धेरै अर्थमा जनतालाई जनतन्त्रप्रति नै वितृष्णा जगाउनुसरह बन्न पुगेको छ। बन्द हड्तालबाट आजित नेपाली नागरिक विस्तार विस्तार हामीलाई वेनिभोलेन्ट डिक्टेटर (उदार तानाशाह) चाहिएको छ भन्नेमा पुगिसकेका छन्। धेरैले सिंगापुरका लि क्वान यु जस्तै नेता नजन्मेसम्म हाम्रो स्थितिमा सुधार नहुने धारणा राख्न थालिसकेका छन्।
राजा महेन्द्र धेरै हदसम्म वेनिभोलेन्ट डिक्टेटर नै बन्न चाहेका थिए। तिनका छोरा राजा वीरेन्द्रमा त बाबुको जस्तो कपट नभएको वेनिभोलेन्ट डिक्टेटर बन्ने आकंाक्षा थियो। ज्ञानेन्द्रले पनि बाबु र दाजुले जस्तै गर्न चाहेका थिए। तर हामीले जनतन्त्र चाहेका थियौं। कानुनी राज्यको अवधारणा र सुशासन डिक्टेटरसँग मेल खा"दैन। संसारको कुनै भागमा पनि त्यो भएको छैन। लि क्वान युले सिंगापुरको उन्नतिका निमित्त के के गरे र उनको भूमिका कस्तो रह्यो? त्यसको सही मूल्यांकन भविष्यमा इतिहासकारहरुले गर्नेछन्। त्यस्ता मूल्यांकनमा उनको साटो अर्को भएको भए के हुन सक्ने थियो भन्ने पनि अवश्य नै प्रष्टयाइनेछ। अनिमात्र उनले कसरी अविकसित मुलुकलाई विकसित बनाए र त्यसका निमित सिंगापुरे जनताले के/कति मूल्य चुकाए भन्ने प्रष्ट हुन्छ।

जहाँसम्म हामी नेपालीको प्रसंग छ, प्रकृतिले नै हामी चिनिया अथवा अरुजस्तो मनमा कुरा राखेर बाच्न सक्दैनौं। अनुशासनको पनि हाम्रो आफ्नै परिभाषा छ। नत्र त पहिले पहिले नारायणहिटी दरवारका खोपीहरुमा भएका घटना बाहिर आउने थिएनन्। हामी स्वतन्त्र भएर खुल्ला वातावरणमा बाँच्न चाहने नागरिक हौं। मनमा लागेको कुरा बोल्छौं। त्यसकारण हाम्रो सोचाई, चालचलन, बानी-बेहोरा डिक्टेटरअन्तर्गत बस्न सक्ने छैन। पुरानो इतिहास कोट्याउने हो भने पनि यो मुलुकमा डिक्टेटरहरु धेरै टिकेका पाइँदैन। भीमसेन थापादेखि जंगबहादुर हुन वा जुद्धशमशेर, तिनको अन्त्य कसरी भयो? त्यो त जनमानसमा स्पष्ट छ । कुनै डिक्टेटर जन्मेर हाम्रो उद्दार होला भन्ने ठान्नु पनि गलत हुनेछ। कुनै नेताले म डिक्टेटर बन्छु भनेर अघि बढे ती जंगबहादुर त बन्न सक्लान् तर कति समयसम्म बनिरहन्छन्? त्यसको अनुमान सजिलै गर्न सकिन्छ।
अकर्मण्य नेताहरुका कारण सविस्तार जनमानसमा जनतन्त्रप्रति नै निरासाको भावना बढ्न थालेको अवस्थामा पहिले राजाको मुख ताकेझैं अहिले राष्ट्रपतिको मुख ताक्न थाल्नु पनि अशुभ संकेत हो। अवसरको फाइदा उठाउँदै केही नेता तथा बुद्धिजीवी राष्ट्रपतिलाई उचाल्न थालेका छन्। त्यही सोचलाई दृष्टिगत गरेर होला, प्रधानमन्त्री बाबुराम पनि राष्ट्रपतिलाई निसाना बनाउन थालेका छन्। सरकार प्रमुखको प्रावधान भएको मुलुकमा राष्ट्रपतिको भूमिका वास्तवमा सरकार प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र कानुनमा लाहाछाप लगाउनेसिवाय अरु केही हुन सक्तैन। बाबुरामको खिलाफ राष्ट्रपतिलाई उचाल्न खोज्नेहरुले स्मरण गर्नुपर्ने हो कि सात सालयताको हाम्रो इतिहास भनेको नेताहरुले आफ्नो कमजोरी तथा अकर्मण्यता लुकाउन राजदरवारलाई बलियो बनाएका थिए। त्यही इतिहास दोहोर्या एर राजाको साटो राष्ट्रपतिलाई शक्ति दिने हो भने त्यसबाट जन्मने कंसबारे चिन्ता लिनु जरुरी छ।

अन्ततोगत्वा मुलुकको समस्याको समाधान विद्यमान राजनीतिक शक्तिहरुबाट नै खोजिनुपर्ने बाध्यात्मक परिस्थिति छ। यो काम नागरिकले खेल्ने रचनात्मक भूमिकाबाट सम्भव हुने कुरा हो। सबै जनता सडकमा उत्रेर समस्याको समाधान हुन सक्तैन। त्यसकारण जिम्मेवार नागरिकहरु अघि बढेर निकास प्रकृयामा सक्रिय हुनु अहिलेको आवश्यकता हो। यो कार्यमा विलम्ब गरियो भने भोलि हुने दुर्घटनाबाट कोही पनि अछुत रहन पाउँदैन। भविष्यका सन्ततिले धिक्कार्दा केबल नेतागणलाई मात्र नभएर हामी सबैलाई तिनले के हेरेर बसेका थिए? भनेर धिक्कार्ने छन्।

जसरी दोस्रो जनआन्दोलनको समयमा अगाडि बढेर नागरिक समाज जनतन्त्रको पुनर्स्थापनाका लागि डटेर लड्यो, त्यसैगरी वर्तमानमा पनि समस्याबाट जकडिएको मुलुकलाई निकास दिन अग्रसर हुनु नितान्त आवश्यक छ। नागरिक समाजले राजनीतिक नेताहरुलाई एकै ठाउँमा बसालेर निकासका कार्यक्रम तयार पार्न लगाउने कार्यमा सक्रिय सहभागिता जनाउने समय हो यो। नागरिक समाजले राजनीतिक व्यक्तिबीच समझदारी कायम गर्न रचनात्मक भूमिका खेल्न सक्छ। मध्यस्थकर्ताको भूमिका खेलेर न्युनतम् कार्यक्रममा राजनीतिक दलका नेताबीच सहमति गराउने काम रकेट साइन्स होइन। यो काम जति छिटो अगाडि बढ्छ, त्यति चाँडो मुलुकले निकास पाउन सक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस