महिला हिंसाविरुद्धको 'सय करोड अभियान' सुरु भएको हप्ता दिन पनि बित्न नपाउँदै सञ्चार माध्यममा एउटा अत्यन्त अप्रिय घटना आयो- मदिरा सेवन गरेर पतिले पटक पटक आफू र छोराहरूलाई कुटपिट गर्ने र यातना दिने गरेकै कारण बारा, निजगढकी एक महिला (आशादेवी) ले दुई छोरासहित इनारमा हामफालेर आत्महत्या प्रयास गरिन्।
तर आफैंले जन्माएका सन्तान मारेर आफैँ पनि मर्ने दुष्ट योजना बनाएकी ती महिला यतिबेला हत्याको आरोपमा प्रहरी हिरासतमा पुगेकी छन्। दुवै सन्तानसहित इनारमा हामफालेर आत्महत्या गर्न खोजेकी उनलाई गाउँलेले उद्दार गरेर बचाएछन्।
घरेलु हिंसा सहन नसकेर आत्महत्या गर्ने गरेका घटना उल्लेख्यरुपमा सञ्चार माध्यममा आउने गरेका छन् पछिल्लो समयमा। हुन त समाजमा यस्ता घटना हुने क्रम एकै पटक ह्वात्तै बढेको भने होइन, यो त युगौंंदेखिको निरन्तरता हो तर पनि पछिल्लो समयमा आम सञ्चारको विकाससँगै यस्ता घटना बाहिर आउने क्रम बढ्नाले घटना धेरै भएजस्तो लागेकोमात्र हो।
आफैं जन्माएर हुर्काएका सन्तानलाई काखी च्यापेर मर्न किन विवश हुन्छन् त आमाहरू? बडो गम्भीर प्रश्न छ यो र यो प्रश्नले संपूर्ण समाजलाई घच्घच्याउनुपर्छ। समाज जति विकसित हुँदैछ, त्यति नै हिंसा बढ्दा छन्, हिंसाका रुप बढ्दा छन्। समाज जति सभ्य बन्दैछ भनिएको छ, त्यति नै महिलामाथि हुने हिंसा भयाबहरुपमा देखिँंदैछन्। आधा आकास ढाकेर सिङ्गै संसार थामिरहेका महिलामध्ये विश्व जनसंख्याको करिब एक तिहाई कुनै न कुनै रुपमा हिंसाको शिकार भइरहेछन्। जसको असर केवल महिलामा मात्र नपरेर संपूर्ण समाजमा परिरहेको हुन्छ। त्यसैले त हिंसा अन्त्यका लागि पुरुषको पनि उत्तिकै आवश्यकता महसुस गरी यतिबेला दक्षिण एसियामा महिला हिंसा अन्त्यका लागि 'भो! अब अति भो!! हिंसा अन्त्य गरौंं' भन्ने नारासहित 'उर्लंदो सय करोड' अभियान असोज ७ गतेबाट थालिएको छ। यो अभियानअन्तर्गत आगामी २०१३ को १४ फेब्रुअरीका दिन विश्वका सय करोड महिला र पुरुष एकैपटक सडकमा उत्रेर नाचगान गर्नेछन् भन्ने अपेक्षा गरिएको छ।
दुर्भाग्य नै भन्नुपर्छ, नेपालको राजधानीबाट यो अभियानको थालनी भएको हप्ता दिन पनि नबित्दै तराईकी एउटी 'आमा' हिंसाकै कारण मर्ने र मार्ने खेलमा उत्रिइन् आफ्नै सन्तानलाई इनारमा फालेर! हिंसाको योभन्दा डरलाग्दो रुप के हुन सक्छ? हिंसाले हिंसा निम्त्याउँछ भनेको यही हो। लोग्नेको हिंस्रक व्यवहार सहँदासहँदै शायद निरास भएर मर्ने निधो गरिहोलिन् ती महिलाले। अनि सोचिहोलिन्- आफ्नैअगाडि त कुटपिट गर्ने बाबुले आफू मरेपछि छोराहरूलाई के बाँकी राख्ला? त्यही भएर नै सबैको मुक्तिको बाटो केवल मृत्युमात्र देखिन्। भनिन्छ, मानिस जब निरासाको चरम् बिन्दुमा पुग्छ, उसले मृत्युबाहेक अर्को विकल्प देख्दैन। संसारमा हुने अधिकांश आत्महत्या यही निरासाकै कारण हुने गर्छन्। आशादेवीले रोजेको यो जघन्य अपराधको बाटो पनि त्यही निराशाको परिणाम हो भन्नुमा अत्युक्ति नहोला।
सँगै जीउने, सँगै सुखदुःख बाँड्ने र सँगै मर्ने कसम खाएर विवाहको पवित्र बन्धनमा बाँधिएका जोडीबीच जहाँ आपसी प्रेम र विश्वास हुन्छ, त्यहाँ हिंसाले ठाउँ पाउँदैन तर जहाँ आपसमा विश्वास र प्रेम हुन सक्दैन, त्यहाँ हिंसाले घर बनाउँछ। त्यसैले हिंसा अन्त्यका लागि प्रेम जरुरी पर्छ भन्ने कुराको प्रतीकात्मक अभियान हो हिंसाविरुद्धको सय करोड अभियान। आशादेवीका पतिले आफ्नी पत्नी र सन्तानलाई माया गर्न, प्रेम गर्न जानेको भए शायदै यो घटना हुन्थ्यो। न त लोग्नेकै थप्पडको कारण आवेशमा आएर गएको फागुनमा कास्की सिसुवाकी एक महिलाले आफ्ना दुई छोरीसहित आगो लगाएर आत्महत्या नै गर्थिन्।
प्रेमकै कुरा गर्दा करिब एक दशकअगाडि सिद्धार्थनगरमा भएको एक यस्तै त्रु्कर र बिभत्स घटनालाई स्मरण गर्न मन लागेको छ। आपसमा मन पराएर अन्तरजातीय प्रेम विवाह गरेको एक जोडीको बीचमा प्रेम र विश्वास हराउँदै गएर हिंसाले घर बनायो। लोग्नेले अविश्वास गर्ने र पटकपटक शारीरिक र मानसिक यातना दिन थालेपछि त्यहाँकी एक संभ्रान्त परिवारकी महिलाले मध्यदिनमा दुई छोराछोरीलाई काखी च्यापेर शरीरमा मट्टितेल खन्याई आगो लगाइन्। बन्द कोठाभित्र मुस्लोमा जल्दै र चिच्याउँदै गरेका साना नानीहरूको चित्कारले लामो समयसम्म झस्काइरह्यो। प्रेम जब घृणामा बदलिन्छ र हिंसाको रुप लिन्छ, यस्ता घटना दोहोरिइरहन्छन्।
आत्महत्या आफैँमा एउटा जघन्य अपराध त हुँदै हो, त्यसमाथि पनि सन्तानसहित आत्महत्या गर्ने आमाहरूलाई कदापि क्षमा गर्न सकिँदैन। हो, हिंसाले निरासा निम्त्याउँछ तर मुक्तिको बाटो केवल मृत्यु देख्नु र त्यसमा सन्तानलाई समेत धकेल्नुले मातृत्वमाथि नै प्रश्नचिह्न लगाएको छ, कलंक लगाएको छ। आफैले जन्माएका सन्तानको जीवन समाप्त पार्ने हक कुनै पनि आमालाई छैन। आत्महत्या कायरता हो। हिंसाविरुद्ध लड्ने थुपै्र ठाउँ बनिसकेका छन्। आफ्ना आवाज बाहिर ल्याउन सक्नुपर्छ, सुन्ने ठाउँ प्रशस्त छन्, कानुनी उपचारका लागि थुपै्र संघ/संगठन उपलब्ध छन्। लड्नुपर्छ आफूमाथि हुने गरेका हरेक ज्यादतिविरुद्ध। आत्महत्याको बाटोले हिंसा न्युनीकरण गर्दैन, बरु मलजल गर्छ।
विडम्बना नै भन्नुपर्छ, जति जति सामाजिक सचेतना बढ्दै गएको छ, त्यति त्यति समाजमा महिलामाथि अनेकखाले हिंसा बढ्दैछन्। यौनजन्य हिंसाका घटना डरलाग्दोरुपमा बढिरहेछन्। तर समाज अझै पनि यसलाई महिलाका मात्र समस्या ठान्छ। एउटी महिला (श्रीमती) माथि ज्यादति हुँदा उसका सन्तानले समेत अनाहकमा ज्यान गुमाउनुपरेको छ। त्यसको असर परिवारलाई परेको छ, समाजलाई परेको छ। स्वयं हिंस्रक पुरुषको जीवनकाल कोठरीमा बित्न पुग्छ। यतिमात्र मनन् गर्न सके पनि धेरै समस्याले निकास पाउने निश्चित छ।