इतिहासकार रामशरण शर्माको पुस्तक 'शूद्रों का प्राचीन इतिहास' अनुसार पुरोहितहरूद्वारा लिखित अनुशासन पर्वलगायत् अन्य धार्मिक साहित्यमा चण्डाललगायत् शूद्रहरूलाई मानिसै गनिँदैन। चण्डालहरूलाई त कुकुर र गधाहरूले उडाएका धुलोजस्तै ठानिन्थ्यो। मानिसलाई मानिसमात्रै होइन, पशुपन्छीसरह पनि नठान्ने संस्कार २-३ हजार वर्षअघि मात्रै होइन, २१ औं शताब्दीमा पनि छ। आफ्नो पक्षमा रहेसम्म 'गड' ठान्ने र पक्ष छाडेपछि 'डग' मान्ने संस्कार धार्मिक क्षेत्रका पुरोहितमा मात्रै होइन, मार्क्सवादका पुरोहितमा पनि छ। विशेषतः पार्टी विभाजन र पार्टी त्यागको सन्दर्भमा नांगै प्रकट भएको छ यस्तो संस्कार। मार्क्सवादलाई पनि वेदजस्तै ठान्ने अनि आफूलाई पुरोहित मान्ने संस्कृति भएकाले नै हुनुपर्छ, यस्तो संस्कार पटक-पटक प्रकट भएको। नेपाल कम्युनिस्ट पार्टी, एकीकृत मार्क्सवादी लेनिनवादीका नेताहरूले पार्टी त्याग्ने नेताहरूलाई गरेको गालीगलौजमा पनि त्यस्तै संस्कार झल्किएको छ। नेकपा एमाले त्याग्ने आदिवासी जनजाति र मधेसी मूलका नेताहरूलाई उनीहरूले 'धुलो, भकुण्डो, पट्याँस र पिलो' भन्दै गाली गरे। यस्ता तल्लो स्तरका गालीले मार्क्सवाद लेनिनवादका नेपाली पण्डितहरूको माथिल्लो सांस्कृितक स्तर प्रदर्शन गरेनन्, न त कम्युनिस्ट आचरणै अभिव्यक्त गरे।
आजभन्दा २-३ हजार वर्षअघि वर्णवादी पण्डितहरूले शूद्रहरूलाई कुकुर र गधाहरूले उडाएको धुलो भनेका थिए। ठीक त्यस्तै, नयाँ वर्गवादी पण्डितहरूले पनि आदिवासी जनजाति र मधेसी नेतालाई पनि धुलोसँग तुलना गरेर ब्राह्मणवादी मानसिकता देखाए। उनीहरूलाई हात्तीका शरीरबाट खसेका धुलोजस्तै ठान्ने एमाले अध्यक्ष झलनाथ खनाल र उनको ठम्याईमा ताली पड्काउने एमाले गणको मस्तिष्कमा ब्राह्मणवाद त छँदैछ, त्यसको सारतŒव मानवद्वेषी पनि छ। एमाले त्याग्नेहरूको मानवीय अस्तित्वसमेत नस्वीकार्ने, उनीहरूका फरक विचार र अलग्गिने स्वतन्त्रतालाई समेत दुत्कार्ने तथा उनीहरूलाई धुलो, पट्याँस, भकुण्डो र पिलो ठान्ने मानसिकताले मानवीय गरिमालाई बोक्न सक्दैन, बरु सबै मानवीय अस्तित्व र गरिमालाई चाहिँ वस्तु ठान्छ। पुँजीवादी संयन्त्रले गर्ने मानवको वस्तुकरण कसरी मार्क्सवादी हुन्छ? मार्क्सवादी लेनिनवादी पार्टीको साइनबोर्ड झुड्याएर हिँड्ने नेतागणले जवाफ दिनुपर्छ।
मार्क्सवादको नाममा ब्राह्मणवाद
एमाले गणका मन पनि वस्तुकरण भएका छैनन्, तिनमा मानवीय चेत र विवेक बाँकी छन् भने उनीहरूले बुझ्न सक्छन्, अरु मानिसलाई धुलो ठान्नेहरूले इतिहासमा धुलै चाटेका छन्। पूर्वी पहाडमा पकड भएका नेताहरूको बहिर्गमनका कारण निर्वाचनमा धुलो चाटिने डरले मनमा घर गरेकै कारण उनीहरू तल्लो स्तरको गालीगलौजमा उत्रिएका हुनसक्छन्। तर, केही नेताहरूको बहिर्गमनले एमालेलाई कुनै प्रभाव नपार्ने एमाले उपाध्यक्ष वामदेव गौतमको ठम्याई नै पार्टीको ठहर हो भने उनीहरूले परित्यागकर्ताहरूलाई गाली गर्दैनथे, प्रभावै नपार्नेखालको परित्यागबारे शब्द, श्रम, समय र सम्पत्ति खर्चेर मुर्ख्याइँ पनि देखाउँदैनथे। बरु, 'अग्रगामी विचार समूह' ले उठाएका वर्ग, जाति र पहिचानसम्बन्धी वैचारिक-राजनीतिक प्रश्नको उत्तर दार्शनिक सहिष्णुताका साथ दिन्थे। तर, उनीहरूले देशभरि भिडभाड बटुलेर 'गाली-पुराण' सुनाएर बहिर्गमनको बाढीलाई नियन्त्रित गर्ने र आफूलाई एक नम्बरको पार्टीका रुपमा देखाउने रणनीति प्रदर्शन गरे। यस्तो रणनीति अग्रगामी पहल र क्रिया गर्ने 'प्रो-एक्टिभ' नेतृत्वको होइन, प्रतिक्रियाको राजनीति गर्ने 'प्रतिक्रियावादी नेतृत्व' को 'डिफेन्स मेकानिज्म' मात्रै हो।
अरुलाई वस्तु र शूद्रजस्तो ठान्ने ब्राह्मणवाद अरुलाई गाली गर्ने प्रत्येक उदाहरण र त्यसमा प्रयुक्त प्रतीकमा पनि प्रकट हुँदोरहेछ। पहिले हिन्दु धर्मावलम्बी राजाहरूमा आफूलाई सूर्यवंशी ठान्ने र अरुलाई कमसल वंशका रैती मान्ने चलन थियो, अहिले पनि त्यसको दाग ब्राह्मणवादी मनमा टाँसिएरै रहेको छ। सूर्य अग्निपिण्ड हो भन्ने तथ्य, कुनै जीवित वंश वा दैवी शक्ति होइन भन्ने सत्य थाहा नभएका मानिसमा त्यस्तो टँसाइ अनौठो होइन। तर, आमनिर्वाचनमा सूर्य चिह्न पाएकै भरमा सूर्यवंशी राजाहरूजस्तै ठान्ने एमाले नेतृत्वको मनमा पनि आफूलाई सूर्य नै ठान्ने भ्रम रहेछ। यही भ्रमको चस्मा लगाउने केही एमालेजनमा श्रमिक वर्गको हँसिया-हथौडा अंकित रातो झन्डाभन्दा चुनाव चिह्न सूर्य अंकित सेतो झन्डा बोक्दै हिँड्नमा गर्व छ तर उनीहरूमा सूर्यलाई बादलले छेकेको भेउ भने छैन।
एमाले उपाध्यक्ष तथा पूर्व माले महासचिव वामदेव गौतमले एमालेलाई थुक्नु भनेको सूर्यतिर फर्किएर थुकेसरह भएको दाबी गर्दै भने- सूर्यतर्फ फर्किएर थुक्नेको मुखमा आफंैले थुकेको थुक पर्नुशिवाय अरु केही उपलब्धि हुँदैन। एमाले-माले फुट्दा एमालेलाई भरपूर थुकेका र एमालेबाट पनि भ्रष्टाचारी नंं. १ घोषणा गरिएका गौतमलाई यस विषयमा राम्रो अनुभव र अनुभवसिद्ध ज्ञान छ। यस्तै अनुभव र ज्ञानबाट पाठ सिकेर पनि गौतमलगायत् एमाले गणले आफूलाई सूर्य ठान्ने महान् भ्रम पाल्दै अरुलाई नथुक्नुपर्ने हो। तर, गालीलाई नै राजनीतिक कर्म ठान्ने मानसिकताका कारण अरुले एमालेलाई थुके भन्दै आफूले थुक्ने क्रम जारी छ। नानीदेखि लागेका बानी छाड्न सजिलो हुँदैन। त्यसैले उनीहरूले 'अग्रगामी विचार समूह' का नेताहरूले गरेको पार्टी त्यागले एमालेलाई कुनै घाटा नपार्ने बहीखाता पल्टाउन पनि भ्याए, नवधनाढ्य व्यापारीले जस्तै। उनीहरूले आँधीहुरी आउँदा ठूलो रुखका सुकेका पात झर्नुलाई अन्यथा लिन मिल्दैन भन्दै आत्मरति गर्न पनि पाए, आफ्नो नेतृत्व र पार्टीलाई छाडेर गएका मानिसलाई वस्तुकरण गर्दै।
जातिवादी राज्यको पुनरुत्पादन
'एमाले जनताको मनमा नेपालकै नं. १ पार्टी' भएको आत्मरतिमा मग्न एमाले गण मानवीय संवेदनशीलता हराउँदैछ भने उनीहरूले जनताका संवेदनशील मुद्दालाई सम्बोधन गर्ने दृष्टि, क्षमता र हैसियत पनि गुमाउँदैछन्। चोइटिएर जाने ५ सय १७ नेताको टाउको गन्दै, तिनीहरूले केही लछारपाटो लगाउन सक्दैनन् भन्दै, पार्टी परित्यागकर्तालाई व्यंग्य, चुट्किला र गालीबाट हाँक दिने छोटे-बडे नेताहरूमा फुटको भावनात्मक प्रभाव कति रेक्टर स्केलको भूकम्पजस्तो हुन्छ भन्ने बुझ्ने मानवीय संवेदनासमेत देखिएन। उनीहरूले पार्टी फुट्दासमेत आम गरिब जनताका समस्यासँगै आदिवासी जनजाति, मधेसी, महिला र मुस्लिम समुदायका मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नको उत्तर न खुलामञ्चमा पेस गर्ने जमर्काे गरे, न त बैठकहरूमै दिने बुद्धिमत्ता देखाए।
'अशोक राईहरूले एकल जातीय पहिचानको नाममा जातीय पार्टी बनाउन खोजेको र जातीय राज्य दिवास्वप्नमात्रै भएको' भ्रामक आरोप चर्काे स्वरमा घन्काउँदैमा वर्ग, जाति, लिङ्ग, क्षेत्रसँग सम्बन्धित उत्पीडनका समस्या स्वतः समाधान हुने होइनन्। कुनै पनि समुदायले एकल जातीय प्रदेश बनाउने, अरु समुदायलाई दोस्रो दर्जाको नागरिक बनाउने नारा नदिएको स्थितिमा 'लौ अब जातिवादी राज्य बन्ने भो' भन्ने हौवा पिटेर पहिचानमा आधारित संघीयताको मुद्दामाथि नै तारो हान्नु आफैंमा जातिवादी राज्यको पुनरुत्पादन हो। साँच्चै नै जातिवादी नहुने हो भने, नेपाली राज्य र समाजमा जरो गाडेर रहेका जात, जाति, पहिचानका समस्याको निदान (डाइग्नोसिस) गर्नु राजनीतिक चिकित्सकहरूको पहिलो दायित्व हुन्छ। तर, एमालेका डाक्टरहरू भने ती समस्यालाई वर्गको कार्पेटले छोपेर सबै समस्याको समाधान वर्गीय मुक्तिबाट हुने दाबी गर्दै हिँडे, तर वर्गीयरुपमा समस्या समाधान गर्नुपर्ने बेला धनी वर्गको पक्षपोषण गरे। 'राज्य पुनर्संरचना : राजनीतिक, आर्थिक र सांस्कृतिक दृष्टिकोण' मा व्यक्त राजनीतिशास्त्री कृष्ण खनालको विचारअनुसार अहिलेको बहस मार्क्सवादी र नव-मार्क्सवादीहरूले भनेझैं ठाडो वर्गीय द्वन्द्वमात्र होइन, बहुतह र समानान्तर प्रकृतिको छ। अहिलेको मुद्दा वर्ग-प्रधान होइन, पहिचान-प्रधान हो, तथापि वर्गविभेदका कारण उत्पन्न द्वन्द्वलाई पनि उपेक्षा गर्न मिल्दैन।
वर्ग र वर्णका समस्या, वर्ग र पहिचानका मुद्दामा एमाले गणमा ठूलो भ्रम छ। पूर्व एमाले सभासद् हितकाजी गुरुङले भनेझैं 'जनवादीभन्दा बेसी जनैवादी भएकाले' यस्तो भ्रम फैलिएको हुनसक्छ। भिन्न वर्ण र पहिचान भएकै कारण अधिकांश समुदाय सत्ता, शक्ति र सम्पत्तिबाट वञ्चित गरिएको तथ्यतिर आँखा चिम्लिँदै उनीहरूले यस्तो भ्रम पाल्ने सुविधा पाएका हुन्। वर्गीय पट्टी लगाएर दसौं वर्षसम्म आँखा चिम्लिँदै बसेकाले उनीहरूका आँखाको दृष्टि निकै धमिलिएको छ। र, त ती आँखाले वर्ग र पहिचानका मुद्दाबीचको अन्तरसम्बन्धलाई पनि देख्नै सकेनन्। र, तीन-चार दशक सहकार्य गरेका नेताहरूले पार्टी त्याग्दा पनि 'चिर्नुपर्ने पिलो आफैं फुटेको' सस्तो टिप्पणी गर्दै बस्नेहरूले आफ्नै दृष्टि र शक्ति हराएको पनि अनुभूत गर्न सकेनन्।
वर्गको पट्टी खोल
गान्धारीले जस्तो आफैंले लगाएको भ्रमको पट्टी खोल्ने साहस गर्ने हो भने एमाले गणले वर्ग र पहिचानको अन्तरसम्बन्ध सहजै पहिल्याउन सक्छन्। उदाहरणका लागि, नेपालमा गरिबी सबै जातजातिका गरिब जनताका लागि वर्गीय मुद्दा हो, तर गरिबी वर्गीय मुद्दामात्रै होइन। गरिब बाहुन-क्षत्रीका लागि गरिबी वर्गीय मुद्दामात्रै हो, तर आदिवासी जनजाति, दलित, मधेसी, महिला, मुस्लिम वा अन्य अल्पसंख्यकका लागि भने यो वर्गीय मुद्दामात्रै होइन, अनेक पहिचानसँग जोडिएको मुद्दा पनि हो। डा. मुक्तसिंह तामाङले 'रुपान्तरण : समाज अध्ययन' जर्नलमा लेखेझैं उनीहरूको गरिबी जातीय, भाषिक, सांस्कृतिक, लैंगिक र धार्मिक पहिचानको आधारमा गरिएका विभेद र उत्पीडनको उपज पनि हो। अतः गरिबी घटाउन आर्थिक वृद्धिलाई तेज पार्ने कामसँगै सामाजिक विभेद पनि अन्त्य गर्नु जरुरी हुन्छ। भिन्न पहिचानकै आधारमा सामाजिक विभेद गरिएकाले एकल जातिवादी राज्यलाई संघीय राज्यमा पुनर्संरचना गर्दा, ती प्रदेशको नामकरण र अधिकारको बाँडफँाट गर्दा पहिचानलाई प्राथमिकतामा राख्नु उचित हुन्छ।
एमाले गण साँच्चै नै गरिब वर्गकै पक्षपाती हुन् भने उनीहरूले जातीय, लिङ्गीय र क्षेत्रीय मुद्दाजस्ता पहिचानका समस्या न्यायपूर्ण ढंगले समाधान गर्दा वर्गीय समस्या समाधान गर्नमा पनि जोड दिनु जरुरी हुन्छ। यसरी पहिचानको समस्यालाई सामाजिक न्यायसहितका नीति र कार्यक्रमले पनि सम्बोधन गर्नतिर लाग्नुको साटो वर्णवादको लठ्ठीमा वर्गवादको झन्डा उचाल्दै, गालीपुराण मात्रै पाठ गर्दै बसियो भने एकीकृत मार्क्सवादी-लेनिनवादी पार्टी जनताको आँखामा कतिऔं नम्बरको विभाजित पार्टी बन्न पुग्छ, अनुमान गर्नै कठिन छ। अतः विमल निभाको कवितामार्फत् एमालेजनलाई बदलिँदो समयको आह्वान छ- जाग सूर्य/सूर्य जाग/मभित्रको सूर्य/मबाहिरको सूर्य/अब तिमी पनि जाग/बिहान भइसक्यो।