यतिखेर संसद पुनर्स्थापनाको लहलहै खुब चलिरहेको छ। कांग्रेस नेता शेरबहादुर देउवाले त पटकपटक कम्तीमा १५ दिनका लागि भने पनि संसद पुनर्स्थापना हुनैपर्छ भनिरहेका छन्। नेकपा एमालेले पनि सहमति भए यसमा जान सकिने पनि बताएको छ।
यसैगरी माओवादीले सबै पार्टीले सहमति जनाए यसमा माओवादीलाई कुनै आपत्ति छैन भनिरहेका छन्। प्रधानमन्त्री बाबुराम भट्टराईले त यी सबैभन्दा अघि बढेर एक दिनका लागि भए पनि संसद पुनर्स्थापना गर्नैपर्ने कुरा उठाइरहेका छन्। तर यो संसद पुनर्स्थापना गर्ने अधिकार न कुनै व्यक्तिलाई छ न त अन्य कुनै उपायबाटै गर्न सकिन्छ। तैपनि संसद पुनर्स्थापनाको रटमात्र किन लागिरहेको छ भन्ने बुझ्न सकिएको छैन। सर्वोच्चको आसय पनि यो पक्कै होइन।
नेपालको इतिहासमा करिव ५५ वर्षपछि २०६४ सालमा पहिलो पटक यस्तो निर्वाचन भयो, जसलाई नेपाली जनताले सहर्ष स्वीकार गरेका थि्ए। २००७ सालदेखि लामो प्रतीक्षामा रहेका नेपाली जनताले पाएको यो अवसर यतिखेरको सरकारले गुमाएको छ। नेपाली कांगेसका सरकारहरुले नगराएको संविधान सभाको निर्वाचन माओवादीसमेतको सरकार सत्तामा आएपछि मात्र बल्ल भएको थियो यसबाट नेपाली जनतामा एक प्रकारको ठूलो हौसला मिलेको थियो। हेपिएकामा सम्मान पाउने र पछि परेका र समाजमा रहेका सबै जातजाति अब अघि आउन पाउने कुरामा आशावादी थिए। तर ती सबै आशा एकै पटक २०६९ साल जेठ १४ गतेको रातले समाप्त पारिदियो। यसले नेपाली जनताको आशा र विश्वासमाथि कुठाराघात भयो। हुन त यस्ता धोका जनताले पहिलो पटक पाएका थिएनन्। तर यस पटकको धोकाचाहिँ ठूलै हो। यतिबेला फेरि माओवादीले निर्वाचन घोषणा गरेर जनतामा जाने र दुई तिहाई बहुमत ल्याएर अरुलाई देखाइदिने बताउँदै आएको छ। उसलाई यो घमण्ड छ कि आफूले भनेपछि सबै जनताले पत्याउँछन्। २०६२/०६३ सालपछिका नेताहरुसँग जनताले जुन भरोसा गरेका थिए, ती सबै हावाले उडाइदिएका कारण स्थिति माओवादीले सोचेजस्तो पक्कै छैन।
१७ हजार मानिस मारेर अनि भारत सरकारको सदासयतामा सत्तामा आएको पार्टीले पनि केही गर्न सकेन। बरु उसैले संविधान सभालाई समाप्त पारिदियो। सम्भवै नभएको संविधान सभाकै निर्वाचनको अर्को मिति पनि तोक्यो। त्यसैले पनि उसको खास पहिलेजस्तो पटक्कै छैन। विभिन्न पटक एमाओवादीले भन्दै आएको छ कि संविधान सभा हाम्रो एजेण्डा हो। हामी यसलाई जसरी पनि पूरा गर्छौं। तर दुई पटक सत्ताको नेतृत्व पाउँदा पनि उसले केही गर्न सकेन। उल्टै संविधान सभा भंग गरेर कहिल्यै नबिर्सने धोका दियो जनतालाई। अहिले ऊ निर्लज्जतासाथ भनिरहेको छ कि संविधान सभा संघीयता नचाहनेहरुले खत्तम पारे। खासमा चित्रबहादुरको पार्टीबाहेक अरु कसैले पनि संघीयताको विरोध गरेको थिएन। तर उसले यस्तो आक्षेप अरुलाई लगाएर आफू पन्छिने बाटो गरिरहेको छ। नेपाली कांग्र्रेस, नेकपा एमालेलगायत्का अन्य साना पार्टीहरुले भनेको यही हो कि धेरैभन्दा धेरै जातजाति मिलेर बस्नेखालको संघीयता हुनुपर्छ। जातीय सन्तुलन खलबिलन हुँदैन। यसो भन्दैमा उनीहरु कसरी संघीयता विरोधी भए? यो अरुलाई फसाएर आफू पानीमाथिको ओभानो बन्ने प्रयासमात्र हो।
१० वर्षसम्म जंगलमा बसेर आएको माआवादीले संविधान सभामा पहिलो स्थान पायो, त्यसैले पनि संविधान बनाउने मुख्य जिम्मेवारी उसैको हो। तर विभिन्न तिकडम रचेर म्याद थप्दा पनि संविधान नबन्नुको दोष अरुलाई दिन मिल्दैन। यतिबेला ससंद नहुँदाको मर्म राज्यले भोगिरहेको छ। विभिन्न अवरोध आएका छन्। त्यसैले चुनावमा गएर वा अन्य विकल्प भित्र्याएर मुलुकका समस्या हल गरिहाल्नतर्फ लाग्नुपर्छ।