पहिले संविधान, अनि चुनाव
२७ असोज २०६९
•
१२ मिनेट पाठ
पहिले संविधान, अनि चुनाव
सरकारले मंसिर ७ मा नयाँ संविधानसभा चुनाव घोषणा गरेपछि त्यसलाई 'माओवादी सत्ता कब्जाको रणनीति' देख्दै त्यसको विरोध गर्ने विपक्षी दलहरू अहिले संविधान जारी नगरी संसदीय चुनावको वकालत गर्न थालेका छन्। जेठ १४ गते मध्यरात नयाँ संविधानसभा चुनाव घोषणाको नेतृत्व गर्ने एकीकृत माओवादीले भने 'संविधान जारी गर्न संविधानसभा पुनर्स्थापना' को एजेन्डा अघि सारेको छ। नागरिक समाज यिनै दुई मुद्दामा विभाजित छन्। साढे चार महिनाको अन्तरालमा कांग्रेस-एमाले र एकीकृत माओवादीले आफ्ना एजेन्डा उल्टाएर ठीकविपरीत आवाज बोल्दा नागरिक समाजले पनि आफ्नो विचार उल्टाएको छ। संविधानभन्दा पहिला नयाँ चुनाव भन्ने आवाज लोकप्रिय बनाउने प्रयत्न भइरहेको छ। संविधान जारी गरेर संसद्को चुनाव भन्ने सुल्टो बाटो देखाउनुपर्ने प्रबुद्धहरू मुन्टो लुकाउन थालेका छन्।

०६३ को आन्दोलनका उपलब्धिलाई विधिवत् लिपिबद्ध गर्ने काम नयाँ संविधानले गर्छ। आन्दोलनपछि जनताको बलमा प्राप्त उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र त्यसबेलामात्र संस्थागत हुन्छ, जब देशले स्थायी संविधान पाउँछ। संविधानसभाको चुनाव भएको साढे ४ वर्ष बित्यो तर यी विषय अझै संस्थागत हुन सकेका छैनन्। बरु उल्टै गणतन्त्रपछि राजालाई प्रतिस्थापन गर्ने राष्ट्रपति रामवरण यादव नै गणतन्त्रमा ग्रहण लागेको बताउन थालेका छन्। इतिहासमै सबैभन्दा बढी आशा गरिएका प्रधानमन्त्री बाबुराम भट्टराई निराशाभाव व्यक्त गरिरहेका छन्। सिंगै राष्ट्र अब भट्टराईलाई आजीवन प्रधानमन्त्री बनाउने कि राष्ट्रपति यादवलाई नयाँ राजा बनाउने भन्ने 'मिसन' मा लामबद्ध छन्। देश भने गम्भीर संकटमा धकेलिंँदै गएको छ।

विनासंविधान संविधानसभा विघटन भएपछि लोकतान्त्रिक व्यवस्था नै बन्दी बन्न पुगेको छ। निष्पक्षताका लागि गठन गरिएका संवैधानिक अंग रित्तिदै गएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्त्रि्कय छ। निर्वाचन आयोग पुसमा खाली हुनेछ। संसदीय सुनुवाईको अभावमा सर्वोच्च अदालत पाँच न्यायाधीशमा सीमित हुँदैछ। लोकतन्त्रको मेरुदण्ड मानिने व्यवस्थापिका विघटन भइसकेको छ। त्यसैको 'साइड इफेक्ट' ले कार्यपालिका कामचलाउ भएको छ।

यता दलका नेताको शैली भने गजबको छ। एकीकृत माओवादी, कांग्रेस, एमाले, मधेसीदेखि आफूलाई चोखो क्रान्तिकारी भन्ने मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसम्म सबैलाई अहिले लोकतान्त्रिक व्यवस्था हैन, प्रधानमन्त्रीको कुर्सी चाहिएको छ। शान्ति प्रक्रियाको मुख्य पाटो माओवादी सेनाका लडाकुको समायोजन र पुनर्स्थापनको काम त प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले सक्यो। तर, परिवर्तन लिपिबद्ध गर्ने संविधान भने अनिश्चित छ। सार्वजनिकरूपमा दलका नेता नयाँ चुनावमा जाने विकल्प स्वीकार गर्छन्। सिद्धान्ततः लोकतन्त्रमा सबैभन्दा उत्तम विकल्प चुनाव नै हो। जति धेरैवटा आवधिक निर्वाचन व्यहोर्दै जान्छ, लोकतन्त्र त्यत्तिकै सबल र संस्थागत हुन्छ। यसमा कसैको दुईमत हुँदैन तर देशको इतिहासमा एक पटक हुने संविधानसभाको निर्वाचन र आवधिक संसदीय चुनावबीचको भेद नछुट्टयाउँदा हाम्रो लोकतान्त्रिक प्रणाली अझै अप्ठेरोमा पर्दै गएको छ।

अहिले ०६३ को आन्दोलनका पक्षधर र त्यसबेला आन्दोनलका विरोधी दुवैको मुखबाट एउटा साझा आवाज आउन थालेको छ- 'पाँच वर्षका लागि नयाँ चुनाव गरौं, त्यसले एक वर्षमा संविधान जारी गर्छ, त्यसपछिको चार वर्ष संसदको काम गर्छ। विघटित संविधानसभाले गरेका कामलाई आधार मानेर नवनिर्वाचित जनप्रनिनिधिले काम गर्छन्।' आफूलाई केन्द्रविन्दुमा राखेर गरिएका यस्ता तर्कले देशलाई अझै अप्ठेरोमा फसाउनेछ। कम्तिमा पनि विगतको चार वर्षे संविधानसभाको अभ्यास र संविधानसभा चुनावअघिका दुई वर्षे राजनीति देख्नेहरूले कम्तिमा यो पत्याउँदैनन्। ६०१ जनाको जम्बो संविधानसभाले चार वर्षमा संविधान बनाउन सकेन। जति दिन बित्दै गए, उति नै विभाजन र नयाँ मुद्दा थपिँदै गयो। जाति, क्षेत्र, लिंग र समुदायमा द्वेष फैलाउने किसिमका मुद्दा प्रवेश गरे। पछिल्लो समयमा पुग्दा बाहुन क्षत्रीविरुद्ध जनजाति, पहाडियाविरुद्ध मधेसी, मधेस प्रदेशविरुद्ध अखण्ड सुदूरपश्चिम जस्ता मुद्दा चर्कोरूपमा उठे। विदेशी दातृनिकायका मुद्दा संविधानसभाभित्रै 'प्रोजेक्ट' का रूपमा प्रवेश गरे।

संविधान नबनाई नयाँ चुनावमा जाँदा केन्द्रमा देखिएको जातीय द्वेष, निर्वाचन क्षेत्र मात्र हैन, उम्मेद्वार र उनका प्रतिनिधिमार्फत् क्षेत्र, गाउँ, टोल हुँदै घर-घरसम्म पुग्नेछ। जातीय राज्य कि गैरजातीय राज्य भन्ने चुनावी नारा तय हुनेछ। त्यसमा पनि एकल जातीय राज्य र बहुजातीय राज्य भन्ने दुई धारणा छन्। संघीयताको पक्ष र विपक्षमा भोट मागिनेछ। विगतको संविधानसभाले टुंगो लगाइसकेको गणतन्त्रको पक्ष र विपक्ष पनि नयाँ चुनावको एजेन्डा बन्नेछन्। यस्ता एजेन्डाले हालसम्मका उपलब्धिलाई कमजोर बनाउनेबाहेक सबल पार्ने छैन। जातीय र क्षेत्रीय मुद्दा उठेर चुनावमा जाँदा त्यसले तत्काल द्वेष त बढाउँछ नै, त्यसमाथि पनि साम्प्रदायिक रूप लिने खतरा छ।

नयाँ निर्वाचनबाट आएको प्रतिनिधिसभा पनि विगतको संविधानसभा जत्तिकै सार्वभौम निकाय हो। त्यसले विगतको संविधानसभाले गरेको कामको स्वामित्व लिनुपर्ने बाध्यता हुँदैन। कसैले लिनैपर्छ भन्नु लोकतन्त्रसम्मत हैन। त्यसैले नयाँ प्रनिनिधिसभाले १ वर्षमा संविधान जारी गर्छ भन्नु दिवास्वप्न हो। संविधानसभाले आफ्नो विधि तय गर्नमात्रै ९ महिना लगाएको यथार्थ हाम्रैसामु छर्लंग छ। नयाँ सभासँग आफ्नै ढंगले विधि तय गर्ने स्वतन्त्रता हुन्छ। फेरि नयाँ चुनावमा जान संविधान संशोधन नगरी हुँदैन। करिब १२ लाख नयाँ मतदातालाई मताधिकार सुनिश्चित गर्नु छ। जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्माण गर्नु जरुरी छ। संविधान संशोधन गर्ने अधिकारप्राप्त एक मात्र निकाय संसद् छैन। संसद्विना राष्ट्रपति वा प्रधानमन्त्रीबाट संविधान संशोधन गर्ने परिकल्पना कसैले गर्छ भने त्यो विगतमा राजा ज्ञानेन्द्रले धारा १२७ प्रयोग गरेजस्तै हो। विगतमा सात दल र माओवादीले शाही कदम नमानेजस्तो अरु कसैले स्वीकारेनन् भने त्यसको विरोध गर्ने नैतिक अधिकार यी दलमा हुन्न।

अहिलेसम्मका भोगाईले के देखिन्छ भने जस्तोसुकै संविधान बनाए पनि अहिलेको नेपालमा सर्वसम्मत हुने अवस्था छैन। कसै न कसैले त्यसलाई अवश्य अस्वीकार गर्छ। पहिलो दिनै सडकमा जलाउनेछ। व्यक्ति, आयोग वा समितिले बनाएका संविधान काम नलागेका कारण जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन मुलुकमा संविधानभा चुनाव गरेको यथार्थ हाम्रैसामु छ। त्यसैले चुनावमा १० अर्ब राज्यको र उम्मेद्वारको त्योभन्दा दोब्बर खर्च गरी नयाँ चुनाव गरेर पनि संविधान बन्ने सुनिश्चितता नदेखिने अहिलेको अवस्थामा संविधानसभाको नयाँ चुनाव व्यावहारिक छैन। इतिहासमा एक पटक हुने संविधानसभाको चुनाव दोहोरिनु भनेको फेरि संविधान नबन्नु हो।

अहिलेको अराजकताको अन्त्यका लागि संविधानसभा पुनर्स्थापना गरी संविधान जारी गर्ने वा नयाँ चुनाव गर्ने वा जनमत संग्रह जस्ता जुन विकल्प रोजे पनि एकपटक अन्तरिम संविधान उल्लंघन नगरी सम्भव छैन। साढे ४ वर्ष पुरानो जनमत भनेको त्यति अस्वीकृत गरिहाल्नुपर्ने अवधि हैन। त्यसैले समय, धन र जनको सबैभन्दा कम क्षति हुने विकल्प संविधान जारी गर्नका लागि मात्र संविधानसभा पुनर्स्थापना हो। यो विकल्प अपनाए सबैभन्दा छिटो संविधान जारी हुन सक्छ। मंसिरमै संविधानसभा पुनर्स्थापना गरी संविधान जारी गर्ने, लोकतान्त्रिक परिपाटीलाई 'ट्र्याक' मा फर्काएर नयाँ वर्षसँगै संविधानसभाको हैन, संसद्को चुनाव गर्नु सबैभन्दा उत्तम विधि हो। त्यसैले छिटो संविधान जारी गरेरमात्र चुनावमा जाऊँ भन्न लाज मान्नुपर्दैन।
अर्को समाचार
सर्वसाधारणको नजरमा प्रचण्ड र माओवादीको पराजय
०९ मंसिर २०७०
•
१२ मिनेट पाठ
सर्वसाधारणको नजरमा प्रचण्ड र माओवादीको पराजय
होला/नहोला, होला/नहोला भन्ने अड्कलबाजी अनि चुनाव होस् र यसले देशलाई सही दिशामा गतिशील बनाओस् भन्ने तीव्र आकांक्षाबीच सम्पन्न संविधान सभाको यो चुनाव आफैँमा महत्त्वपूर्ण घटना भइहाल्यो। तर मतगणना हुन थालेपछि यसले ल्याएको तरंगले भने चुनावको हर्षोल्लास र जनताको भविष्यप्रतिको आशालाई केही धक्का दिएको छ। घटनाको समालोचना/आलोचना सामान्य कुरा हो।अन्य कुरामा त रौसिएर फटाफट फेसबुक र टि्वटरमा आफ्नो स्टाटस अपडेट गर्न पछि नपर्ने हामी सहरी नेपालीहरु अहिले यो चुनावपछि पनि चुप लागेर बस्ने कुरै भएन। त्यो पनि प्रचण्डले नराम्ररी हारेको देखेपछि। जसमध्ये केही यस्ता छन् :  
'नेपाली राजनीतिमा पुष्पकमल दाहाल र प्रचण्ड भन्ने व्यक्तिको प्रवेश भएदेखि उनी लगातार केन्द्रबिन्दुमा नै छन्। अहिले उनी मज्जाले हार्दा उनलाई मन पराउने र अति मन नपराउने दुवैतिरको प्रचुर ध्यानाकर्षण प्रचण्डले गरिराखेकै छन्।'
'अरु नेताहरुको तुलनामा प्रष्टै धेरै चुम्बकीय शक्ति भएका यी नेता भने ... कहिले मात्तिएर र कहिले अति आत्तिएर आफ्ना दर्शकलाई हैरान पारिरहन्छन् बेलाबेलामा।'
'अहिले चुनावको परिणामले उनलाई केही स्तब्ध बनाएको छ । जीवन र जगत परिवर्तनशील छ, यो कुरा स्मरण गर्दै संयमित भएर अगाडि बढ्नेबाहेक उनीसँग कुनै विकल्प छ जस्तो लाग्दैन।'
'यदि उनले भनेको जस्तो मतगणनामा धाधँली भएकै रहेछ भने र एमाओवादी यसको प्रमाण जुटाउन सक्छ भने कुरा अर्कै भइहाल्यो, हैन भने पनि किन एमाओवादी आत्तिनु जरुरी छैन भने — एमाओवादीसँग यसपटक जनता अलि रिसाएका छन्, अरु पार्टीको लोकप्रियतालाई यसले सकारात्मक असर पार्नेछ अनि त्यस्तै वैद्यसँग छुटि्टएका कारण पनि एमाओवादीको चुनावी नतिजा आंकलन गर्न सक्ने अवस्थामा छैन भन्ने कुरामा धेरैले विश्वास गर्दै आएका थिए।'
एमाओवादीको नजरमा यस्तो भएता वा नभए तापनि आमजनताले भने यस पटक  एमाओवादीको हकमा यस्तै नै प्रतिक्रिया दिइरहेका थिए जुन निर्वाचन पहिले नै धेरै सञ्चार माध्यममा पब्लिक भ्वाइसका रूपमा देखिएका थिए। त्यसैले उनीहरुको आंकलन मिल्न जाँदा जनता त्यति धेरै छक्क परेको अवस्था छैन। जनताले धैर्यसाथ हेरिरहेको छ। त्यसैले एमाओवादी शक्ति पूरै सिध्धियो भन्ने त हुँदै होइन तर त्यो तबसम्म होइन जबसम्म पार्टी आफैँमा यो कुरालाई हारेको वा हतास मानसिकताले ग्रहण गर्दैन। छोटो दूरीको घोडा जस्तो हतास मानसिकता एमाओवादी आफ्नै लागि घातक हुन्छ भनेर सबैले र पार्टीभित्रैका नेताहरुले समेत भनिरहेका बेला पार्टीले यस्ता कुरालाई बेवास्ता गर्नै हुँदैन। संविधान सभामा भाग लिएर आफूले गर्न सक्ने,  धैर्यशील भएर परिस्थिति बुझेर अगाडि बढेमा बाटो खुला छ। यो शक्तिले देशका लागि गर्न सक्ने ठाउँ धेरै छ भन्ने बिर्सनु हुँदैन।
विशेषगरी प्रचण्डले बुझ्नुपर्ने के हो भने हिजो पनि उनलाई खुलेरै गाली गर्ने, छिःछिः गर्नेहरु नभएका होइनन्। जसमध्ये धेरैले अहिले सामाजिक सञ्जालहरुमार्फत् उनको हारको उत्सव निकै रमाइरहेका छन्। त्यस्तै उनको व्यक्तित्वलाई प्रभावशाली ठान्नेहरु, उनको सवल पक्ष वा राजनीतिमा उनको भूमिकालाई श्रेय दिनेहरु र उनको क्षमता निखार्दै लैजानुपर्ने र त्यसले देशलाई सही दिशा र गति दिन मद्दत गर्छ भन्नेहरु पनि कम थिएनन्। थुप्रै लेखक र विश्लेषकहरु जो अहिले प्रचण्डको हारसँगै कतिपयको नजरमा हाँस्य पात्र बन्न पुगेका छन्, तिनीहरुले चित्त बुझ्नेगरी नै विश्लेषणसहित प्रचण्डलाई समर्थन गरकै हुन्। हाल विपरित स्थिति बन्यो भन्दैमा ती सबै व्यक्ति र तिनका चेतनास्तर, देशप्रेम र निष्ठालाई बिल्कुलै नजरअन्दाज गरिहाल्न मिल्दैन।
प्रचण्ड हिरो हुन् वा जिरो। त्यस्तै नेपाली कांगे्रस–एमालेका नेता र अन्य दलका सशक्त व्यक्तिले आफ्नो राजनीतिक उचाई जे/जस्तो बनाए पनि उनीहरुको सफलता नाप्ने कडी भनेको उनीहरुले समग्रमा देशलाई के दिए वा दिन सक्ने क्षमता राख्छन् भन्ने नै हो। भ्रष्टको त कुरै छोडौं, व्यक्ति जतिसुकै गतिलो र इमानदार भए पनि उसकोे कार्यक्षमता पर्याप्त भएन र त्यसले नतिजा निकाल्न सकेन भने त्यस्तो व्यक्तिको भूमिकाको कदर गरिरहनु आवश्यक हुन्न। त्यस्तै पार्टीले पनि जतिसुकै सुन्दर सिद्धान्त बोकेर हिँडे पनि त्यही कुरा वास्तविकतामा परिणत गर्न सक्दैन भने त्यसलाई कति सफल मान्ने? नेपाली कांगे्रस र एमालेका विगत र कार्यशैली पनि नेपाली जनतालाई थाहै छ। जसको कारण अहिले नतिजा उनीहरूको पक्षमा हुँदा तिनैलाई भोट दिनेहरू पनि ढुक्क कमै छन् भोलि तिनको नेतृत्वमा बन्ने सरकार र संविधान बनाउने प्रक्रियालाई लिएर।  
जनता आत्तिएसकेका छन् देशको बेहाल देख्दादेख्दा। देशले निकास पाओस्, पार्टी मिलेर अघि बढून्– उनीहरुको इच्छा यही होे। त्यसैले देश संवेदनशील अवस्थामा रहँदासम्म यहाँ क्षमतावान र लचिला नेताहरूको निकै जरुरत् छ। यस हिसाबले तर्क/वितर्क गर्न, सहमतिको वातावरण बनाउन, अर्कालाई फकाउन, सम्झाउन र परिस्थितिअनुसार निहुराउन सक्ने नेताहरुमध्ये सुरुमा प्रचण्डकै नाम आउने गरेको छ। त्यसैले अहिलेको परिस्थितिमा त्यस्ता नेतालाई देशले सम्हाल्नै पर्छ, उनको अरू पक्षलाई दोष दिँदादिँदै पनि। अर्को कुरा जनताले एमाओवादीको नेतृत्व शक्तिलाई यसपटक पन्छाउन खोजे पनि उसले अघि सारेका समावेशी र समानताका मुद्दा भने नितान्त जनताकै हुन्। आफैँलाई अधिकार सम्पन्न बनाउने कुराको विरोध जनताले गर्न सक्ने कुरा पनि भएन।
हुन त विभिन्न कारणमध्ये प्रचण्ड र माओवादी चुनावमा चिप्लिनुको कारण ती मुद्दा संस्थागत गर्ने कसरतमा देश अर्कैतिर जान्छ कि भन्ने डर पनि हो। पहिचान, संघीयता जस्ता शब्दलाई सकारात्मक ढंगले बुझाउन नसक्दा पनि जनताले परिवर्तनलाई स्वीकार्न केही हिच्किाएको जस्तो देखिएको छ। सामाजिक न्याय  र पहिचान प्राप्त गर्नुभन्दा पनि यसले सिर्जना गर्न सक्ने सामाजिक द्वन्द्वबारे जनता चिन्तित देखिन्छन्। त्यसैले पहिचानभन्दा पनि ठूलो कुरा देशमा स्थिरता, शान्ति र विकास नै हो। यो जनताको सन्देश पनि हो। हुन पनि नेपाल जस्तो सानो मुलुकमा आर्थिक उन्नति हुनेबित्तिकै जनताको हित र अधिकार सुनिश्चित छ। आर्थिक क्रान्ति, रोजगारीको अवसर, सिर्जनशीलता र विकास जनताले खोजेको कुरा स्पष्ट छ। अब बन्ने संविधानले धेरै अलमल नगरिकन यसलाई केन्द्रविन्दुमा राखेर देशको खाका कोर्दा हुन्छ।
दश वर्षे 'जनयुद्ध', युद्धले देशलाई गरेको घाटा, नेपाली जनतालाई दिएको चोट साथै त्यसले समाज र देशमा ल्याएको परिवर्तन अनि चेतनाको लहरलाई समग्रलाई हेर्दा माओवादी शक्ति नेपालको राजनीतिक वृतमा कमजोर वा अवाञ्छनीयरूपले प्रवेश भएको शक्ति पक्कै होइन। पहिलोपल्ट माओवादी संविधान सभामा प्रवेश गर्दाको दृष्यले यो शक्ति परिवर्तनको संवाहक भएको झल्को स्पष्ट दिएको थियो। लिङ्ग, जातजाति, वर्गको विभेदलाई चिर्दै एउटा समावेशी समाजको आगमन भएको भान पनि हुन्थ्यो त्यतिखेर।  
माओवादी सत्तामा आइसकेपछिका घटनाक्रमहरुले जनतालाई विस्तारै निराश बनाउँदै लगेको हुनाले माओवादीलाई उनीहरुले सबक सिकाएका मात्र हुन् यसपटक। विलासिता, भ्रष्टाचार, द्वैध चरित्र आदिले पनि माओवादीलाई कमजोर बनाउन भूमिका निर्वाह गर्‍यो। हुन त अरु पार्टीका प्रायः नेताको जीवनशैली पनि उदाहरणीय छैन। तर प्रचण्डको पृष्ठभूमि र सिद्धान्त अलग भएकाले उनले आफ्नो हकमा यसबारे सावधानी अपनाउनैपर्थ्यो, जसमा उनी चुके। श्रमको, विद्रोहको र समानताको गफ गर्ने उनी जस्ता नेताले अपनाएका जीवनशैलीले पनि उनलाई र उनको पार्टीलाई गिराउन मद्दत पुर्‍यायो। जसलाई माओवादीले मनन गर्नु जरुरी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस