भ्रष्टाचार मनोविज्ञान हो कि व्यवहार? यसबारे नेपालमा छलफल सुरु भएको छैन। लोकतन्त्र भन्ने शब्द सबैका लागि अत्यन्त प्यारो छ। लोकतन्त्रबारे कोही पनि विचलित नहोलान्। लोकतन्त्रको महिमा वोध गर्दा लोकतन्त्रवादी नेताहरुबारे केही विश्लेषण आवश्यक देखिन्छ। उदाहरणका लागि पूर्व मन्त्री तथा नेपाली कांगे्रसका नेता चिरञ्जीवी वाग्लेको नै कुरा गरौं। उनी जीवनको यौवनकालमा प्रजातान्त्रिक यौद्धा थिए। विगतका ती कठिन जेल यात्रामा उनले मन्त्री हुन्छु, पैसा कमाउँछु, पार्टीको महत्त्वपूर्ण पदमा पुग्छु भन्ने शायद सोचेका थिएनन्। उनको विशुद्ध प्रजातन्त्रप्रतिको वलिदानी थियो। त्याग थियो र उनी त्यसबेला निस्वार्थभावले लागेका एक कर्मठ युवा थिए, राष्ट्रपे्रमी युवा थिए भन्न सकिन्छ। उनका समकक्षीहरुको विचार, अठोट पनि उस्तै थिए।
विडम्बना! २०४६ सालको आन्दोलनको परिवर्तनपछि यो पुस्ताका नेताहरू त्यसभन्दा अगाडिका गिरिजाप्रसाद कोइरालाको पुस्तासँगै मन्त्रिपरिषद्मा पुगे। त्यतिखेर कोइरालाका साथै कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको राजनीतिमा प्रभाव थियो। सत्ताको साथसाथै पार्टी कब्जा गर्ने कोइरालाको रणनीति गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पत्तै पाएनन्। यता पछिल्लो पुस्ताका नेता भने नेतापिच्छे गुटमा लागेर आफ्नै अर्को नेताको विरोध गर्न थाले। सरकारको विरोध मन्त्रिपरिषद् छाडेर र पार्टीको अन्तर्विरोध त्यहीँभित्र रहेर गर्नुपर्थ्याे। तर उनीहरूले त्यसो गरेनन्। मन्त्रिपरिषद्मै रहेर आफ्ना नेतालाई असफल पार्ने कामतिर लागे, कतिपय पार्टी नै छाड्नतिर लागे। अन्ततः पार्टी कब्जाको अभियान सुरु भयो, जसमा आफ्नो समर्थक नेता/कार्यकर्तालाई प्रयोग गरियो। कोइरालालाई गणेशमान र किसुनजीदेखि डर, गणेशमान र किसुनजीलाई भने कोइरालाको डर। राणा, पञ्चायत र राजासँग नडराएकाहरू जीवनको उत्तरार्द्धमा आफ्नै समकक्षीसँग हार्नुपर्दा पार्टी त्याग गर्नुपर्योत। यसपछाडिको एक कारण मनोवैज्ञानिक भ्रष्टाचार नै थियो भन्ने बुझ्न सकिन्छ।
कोइराला, गणेशमान र किसुनजीबीच शक्तिहीन हुने हो कि भन्ने द्विविधा थियो। त्यही द्विविधा खतरा वीजका रूपमा सल्केर क्यान्सरझैं फैलियो। फलस्वरुप पार्टीमा निष्ठावान् नेता/कार्यकर्ता पछि परे, नेताका आसेपासे नै पार्टीमा हावी भए। यता निमुखा कार्यकर्तालाई भने आफ्नै नाममा नेताहरूले राजनीति गरेको पत्तै भएन। नेताहरू भने एउटा समकक्षीले कमाएको देखनेबित्तिकै त्योभन्दा बढी कमाउन र पार्टी कब्जा गर्ने प्रयासमा मात्रै लागे। जसले बढी कमाउन सक्छ, उसैले पार्टी कब्जा गर्न सक्छ भन्ने मनोविज्ञानले नेता ग्रसित भए। यसैका कारण आफ्ना विरोधी सिध्दिँदै गए तर सहयोगी पनि त्यही खाडलमा परेको पत्तै भएन नेतृत्वलाई। सहयोगीहरू पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कारबाहीमा परे। अख्तियारले कांग्रेस नेताहरूलाई छानीछानी सजाय दियो भने राजावादी र कम्युनिष्टलाई उन्मुक्ति दियो।
पार्टी र सत्ता कब्जा गर्ने रोग कांग्रेसमा मात्रै सीमित भएन, अन्य राष्ट्रिय पार्टीदेखि अहिले मधेसवादी पार्टीसम्म फैलिएको छ। प्रहरीदेखि निजामती सेवासम्ममा भ्रष्टाचारको जालो फैलिएको छ। भ्रष्टाचार नगर्ने राष्ट्रसेवकलाई समेत नेताको घर-घर धाउनुपर्ने स्थिति बनाइएको छ। त्यसलाई अहिलेका प्रधानमन्त्रीले झनै बढी गरिदिए। पछिल्ला समय गरिएका नियुक्तिले पनि त्यही कुरालाई प्रष्ट्याएको छ। प्रजातन्त्रका निम्ति परिवार, जीवनको सुनौला बिहानी छाडी संघर्ष गरेका व्यक्ति कसरी भ्रष्टाचारको जालोमा फस्दैछन्? बुझ्नै कठिन छ। यो स्थितिमा बीपी कोइरालाको विचारको सान्दर्भिकता खड्किएको छ। एक हिसावले राजनीति समाजसेवा हो। समाजसेवा कठिन यात्रा पनि हो, यो गलत 'ट्रयाक' मा जाँदा समाजका साथै राष्ट्र सेवाका अंगहरु प्रभावित हुन्छन्। र, अन्ततः लोकतन्त्र नै संकटमा पर्न सक्छ।
लेखक नेपाली कांग्रेसका महासमिति सदस्य हुन्।