साठीको दशक सकिँदासम्म पनि हाम्रो अर्थशास्त्रका विषयमा ज्ञान आर्जन गर्न पञ्चवर्षीय योजनाका ठेली वा डा. बद्रीप्रसाद श्रेष्ठ र डा. यादवप्रसाद पन्तहरूले लेख्नुभएको पुस्तकमा भर पर्नुपर्ने बाध्यता थियो। पञ्चवर्षीय योजनाका ठेलीहरूको पहिलो खण्डमा अघिल्लो योजनाका कमीकमजोरी औंल्याउँदै मूल्यांकन गरिएको हुन्थ्यो।
दोस्रो खण्डमा पछिल्लो योजनामा अपनाइएका कार्यक्रमलाई रेखांकित गरिन्थ्यो। यी दुवै डाक्टरसाबहरूले लेख्नुभएका पुस्तकको आधार कमजोर हुने गर्थ्याे, तथ्यांकको अभावले। सैद्धान्तिक पक्षलाई भने जोड दिइएको हुन्थ्यो। जस्तो कि कृषि क्षेत्रको भूमिका, सडकबाट हुने फाइदा, जंगलबाट हुने फाइदा, औद्योगिक नीति आदि।
त्यसबेला अमेरिकाको फोर्ड फाउण्डेसनबाट आएका यूवा अर्थशास्त्री तथा संयुक्त राष्ट्रसंघीय विशेषज्ञहरूले सीमित तथ्यांककै आधारमा भए पनि हाम्रो अर्थतन्त्रका विभिन्न पक्षलाई प्रकाशमा ल्याउने कार्य गरेका थिए। त्यति बेलाका आर्थिक प्रतिवेदनहरू पढ्दा सबैले हाम्रो अँध्यारो पक्षलाई औंल्याउने गरेको पाइन्छ। यसैको परिणाम सत्तरीको दशकदेखि हामी विश्वको सबैभन्दा कम विकसित राष्ट्र भनेर कहलिन थाल्यौं। बेलायतको इष्ट एङलिया युनिभर्सिटीका प्राध्यापकद्वय ब्लेकी र क्यमरनले नेपाल इन क्राइसिस तथा पोर पिजेन्ट दुई पुस्तक प्रकाशित गरी हाम्रो अर्थतन्त्रको अँध्यारो पक्षको विश्लेषण गरे। र, हाम्रो देश सधैँ गरिब रहने ठोकुवा पनि गरे। अर्कोतर्फ लुजिङ्ग ग्राउण्डका लेखक एरिक पी इक्होल्मले नेपाल छिट्टै मरुभूमिमा परिणत हुने देश भनेर घोषणा नै गरिदिए। त्यसपछि त झन् मुलुकभित्रका बुद्धिजीवी तथा बाहिरी विशेषज्ञका निम्ति हाम्रो विकास विनास बन्न गयो।
यता पञ्चायतका नेता राजा महेन्द्र र उनका छोरा वीरेन्द्रले विकासका निमित्त 'माटो, हावा र पानी' सुहाउने व्यवस्था पञ्चायत नै हो भन्ने प्रमाणित गर्न विकासलाई प्राथमिकता दिएको र दिइरहने घोषणा गरेका थिए। राजा महेन्द्रले भूमि सुधार गर्ने, औद्योगिक नीति बनाउनेदेखि पूर्व-पश्चिम राजमार्गसम्म आफ्नै स्रोत र साधनले बनाउने घोषणा गरेका थिए। अरूले सय वर्षमा गरेको काम नेपालीले दश वर्षभित्रमा गरेर देखाउने उनको नारा नै थियो। राजा वीरेन्द्रले त गद्दीमा बस्नासाथै 'विकासको मूल फूटाउने' घोषणै गरेका थिए। केहीपछि त झन् बीसौं शताब्दीको अन्त्यअघि नै हाम्रो जीवनस्तर एसियाली मापदण्डअनुरुप तुल्याउने घोषणा गरे। यो उद्देश्य प्राप्तिका निम्ति नीति तथा कार्यक्रम पनि तयार गर्न लगाइए। प्रत्येक वर्ष मुलुकको विकास स्थितिको स्थलगत अध्ययनका लागि लगातार विकास क्षेत्रहरूको भ्रमण पनि गरे।
चार दशकका यी प्रयासबाट मुलुक आजित भइसकेको थियो। यी सबै प्रयत्न जनताको उन्नतिको सपना बाँड्ने तर वास्तविकतामा चाहिँ काठमाडौं र केही साना शहरी क्षेत्रलाई घेरेर बसेका धनीहरूको स-साना टापु बनाउने कार्यमा सीमित भए। पञ्चायती परीक्षणको तीस वर्षमा हाम्रो उन्नति हुन सकेन। रोजीरोटीको खोजमा लागेका युवा वर्गको हातमा निराशाबाहेक अरू केही प्राप्ति भएन। अन्ततोगत्वा जगैदेखि बलियो बनाएको पञ्चायती राजनीतिक संरचना भताभुंग हुन पुग्यो। मुलुकमा पूर्ण प्रजातन्त्र स्थापना भयो।
प्रजातन्त्र पुनर्स्थापनापछि पनि जनताको आकांक्षाअनुसार जनजीवनमा परिवर्तन हुन सकेन। 'वासिङ्गटन कनसेन्सन' द्वारा प्रतिपादित बजार व्यवस्थामा आधारित खुला अर्थतन्त्र हामीले अंगाल्यौ। सरकारी स्वामित्वमा भएका संस्थान निजीकरण गर्ने प्रक्रियालाई गतिशीलता साथ अघि बढाइयो। वैदेशिक सहयोगअन्तर्गत खास गरेर रुस तथा चीनद्वारा उपलब्ध गराइएका उद्योग निजीकरण गरियो। बजार खुला भएकाले वैदेशिक व्यापारले खास गरेर आयात व्यापारले बढ्ने अवसर पायो। हामीसँग निर्यात क्षमता भएन। जुन वस्तु उत्पादन गर्दा हामीलाई फाइदा हुन्थ्यो, तिनको उत्पादन प्रक्रियामा राजनीतिक पार्टीहरूसँग आबद्ध ट्रेड यूनियनहरू हावी भए। जसले गर्दा मजदुरहरू प्रत्येक दिन सुनको फूल दिने हाँसको पेट थिच्न अग्रसर हुन थाले।
अर्कोतर्फ जनसंख्याको बढ्दो चाप र शहरीकरणको प्रभावले व्यापारिक इन्धनको खपत बढ्यो। मुलुकको सबैभन्दा बढी आर्थिक लाभ हुने प्राकृतिक स्रोत जल सम्पदाको विकास कार्यमा हामी अघि सर्यौं। तर राजनीतिक कारणहरूले यो क्षेत्रको विकास भएन, जसले गर्दा आशा निराशामा परिणत भयो। प्रजातन्त्रका निमित्त मरिमेटेका नेताहरू हुन् वा व्यक्ति हत्याबाट राजनीति सुरु गरेका साम्यवादी नेता कसैले पनि पानीको सदुपयोग गर्नका लागि आवश्यक हिम्मत गर्ने सामर्थ्य जुटाउन सकेनन्। फलस्वरुप नेपाली पानीको ४२ हजार मेघावाट ऊर्जा उत्पादन गर्ने क्षमता भए पनि उत्पादन १ हजार मेघावाटसम्म पनि पुगेन। हाम्रो इन्धनको प्रमुख स्रोत दाउरामा नै सीमित हुन पुग्यो।
हामीले विकासका लागि गरेका प्रयासको पूर्वाग्रहरहित मूल्यांकन जति आवश्यक छ, त्यस्ता मूल्यांकनको आधारमा भविष्यको बाटो पहिल्याउनु पनि त्यति नै आवश्यक छ। तर, हामीले विगतको विश्लेषण गरेर चुकाएका पाइला पहिल्याउन सकेका छैनौं। हामी भविष्य निर्माणको रोडम्याप तय गर्न अग्रसर हुनु त परै जाओस् आजकल गण्यमाण्य कहलाएका नेताहरू मुलुकलाई दुई दशकमा नै 'विकासशील' बाट 'विकसित' तुल्याइदिने सपना बाँड्न थालेका छन्। माओवादी नेताहरू त झन् 'हामी विश्वको सबैभन्दा धनी मुलुक हौं, जो गलत राजनीतिक प्रणाली अपनाएका कारणले मात्र गरिब बन्न पुगेका हौं' भन्दैछन्। यी भनाईका पछाडि दुईवटा कारण हुन सक्छन्। पहिलो, अनभिज्ञता अर्थात् तिनलाई हामी कुन आर्थिक धरातलमा उभिएका छौं भन्ने सामान्य ज्ञानसमेत छैन। दोस्रो, युवा वर्गलाई उज्ज्वल भविष्यको सपना देखाएर सत्र हजारभन्दा बढीको नरसंहार र अरबौंको क्षतिपछि शक्तिशाली बनेका नेताहरू अब फेरि पनि जनता झुक्याउने कार्यमा नियोजित तरिकाले लागेका छन्। बीसौं वर्ष शासनको डाडु पन्यू समातेर बसेका नेताहरू पनि माओवादीसँग प्रतिस्पर्धा गर्दै झुटको खेतीमा तँछाडमँछाड गर्नुचाहिँ उदेक लाग्दो छ। यो बेइमानीले मुलुकलाई अगाडि होइन, पछाडि धकल्ने कार्यमात्रै गरेको छ।
विश्वमा कुनै पनि मुलुक पुस्तौं पुस्ताको परिश्रम र कष्टप्रद् प्रयासविना उन्नति गर्न सफल भएका छैनन्। हामी त्यसको एकल उदाहरण बन्न सक्दैनौं। जनमानसमा भ्रम फैलाएर छिट्टै उन्नति गर्छौं भन्दै जनतालाई महत्वाकांक्षी बनाउनुभन्दा तिनलाई वस्तुस्थितिको वास्तविक ज्ञान दिएर बढी मेहनति बन्ने प्रेरणा दिनु नै राजनीतिककर्मीहरूको कर्तव्य हो। सपनामा खेती गरेर कोही पनि बाँच्न सक्दैन। अहिले कुनै पनि यस्तो राजनीतिक दर्शन वा आर्थिक कार्यक्रम छैन, जसले हाम्रो जस्तो स्रोत र साधनको अभावमा पिल्सिएको जीवनलाई विना परिश्रम कायापलट गर्न सकोस्।
हामीले शून्य अवस्थाबाट विकास प्रयासको थालनी गरेका थियौं। पचास, साठी, सत्तरी तथा असीको दशकसम्म हाम्रो विकास दरले जनसंख्या वृद्धि दरलाई उछिन्न सकेको थिएन। नब्बेको दशकमा मात्र जनसंख्या वृद्धि दरलाई आर्थिक वृद्धि दरले उछिन्ने सफलता पाएको हो। तर, पाँच वर्ष बित्दा/नबित्दै भएको माओवादी युद्धले आर्थिक वृद्धि दरलाई न्युनमात्र तुल्याएन, पछाडि धकेल्ने काम गर्यो। लम्बिँदै गएको निराशाजनक राजनीतिक अस्थिरताले गर्दा हाम्रो आर्थिक हैसियत झन् कमजोर हुन पुगेको छ।
अहिले जे/जति उन्नति भएको छ, त्यसको मूल कारण मरुभूमिको चरम गर्मीमा वा हिमपातले ग्रस्त चरम ठण्डी ठाउँहरूमा नेपाली युवा वर्गले बगाएको पसिना नै हो। कुल राष्ट्रिय उत्पादनको झण्डै एक तिहाई भाग तिनैले बगाएको पसिनाले भरथेग गरेको छ। त्यो नभएको भए हामीलाई सुन्दर सपना देखाएर सुताइराख्न चाहनेहरुको हैसियत अहिलेको जस्तो हुने थिएन। अन्ततोगत्वा हाम्रो सबैभन्दा ठूलो सम्पत्ति भनेको तीन करोडको हाराहारीमा पुग्न लागेको नेपाली जनसंख्या र खास गरेर १५-६० उमेर समूहका झन्डै डेढ करोड काम गर्न सक्षम नेपाली पुस्ता नै हो। हाम्रो भविष्य त्यतिबेला सुन्दर हुन सक्छ, जब यो जनसमुदाय सीपमा दक्ष र व्यवहारमा अनुशासित हुन्छ। मेहनतको फल पाउन धैर्यसाथ कुर्न सक्नुपर्छ।