संघीयतामा जलस्रोत
२४ साउन २०६६
•
१२ मिनेट पाठ
संघीयतामा जलस्रोत
जलसम्पदा नेपालको विकासका लागि विकल्परहित स्रोत हो। जंगल, जडिबुटी गलत नीति, शान्ती सुरक्षाको अभाव, अप्रभावकारी प्रशासनिक संरचना समेतका कारणले लगभग सखाप भईसक्यो। जलस्रोतबाट नेपालको भाग्य बदल्न सक्ने क्षमता भने अझै बाँंकी छ। नेपालमा ४० लाख हेक्टर उब्जाउ जमिन मध्ये १२ प्रतिशतमा मात्र सिंचाइ सुविधा उपलब्ध छ, त्यो पनि धेरैमा त वषर्ँमा मात्र। तसर्थ, जलस्रोत मात्र हामीसँग उपलब्ध विकासको स्रोत हो।

नेपालमा उत्तरतिर हिमाल, बीचमा पहाडी भूभाग र दक्षिणतिर तराईको मैदान छ। हिमालको हिउंमा पानी संचय हुन्छ, पहाडी र हिमाली भेगमा जलाशय निर्माण गरेर वषर्ँतको पानी पनि संचित गर्न सकिन्छ। अनि तराईको उब्जाउ भूमिमा वर्षैभर सिंचाइ गरेर ३ देखि ४ बाली लगाउन सकिन्छ।
जलस्रोतको सदुपयोग भनेको विद्युत उत्पादन गर्नु मात्र होइन। जलको बहुआयामिक प्रयोग गरेर पनि देशलाई सम्पन्न बनाउन सकिन्छ। जस्तो र्‍याफि्टङ, सिंचाइ, जलमार्ग, खानेपानी, उद्योगको लागि पानीआदि। भोटेकोशी जस्तो नदीमा जलविद्युत निकाल्नुभन्दा र्‍याफि्टङमार्फत् पर्यटकलाई आकर्षण गर्न सके बढी आर्जन गर्न सकिन्छ। कतै सिँचाइ गरी जमिनबाट धेरै बाली उत्पादन गरी समग्र देशवासीको हित गर्न सकिन्छ। कोशी, गण्डकी, कणर्ँलीजस्ता ठूला नदीहरु मात्र होइन राजधानीको बागमती विष्णुमतीजस्ता मध्यम खालका नदीलाई पनि जलमार्गकारूपमा प्रयोग गर्न सकिए सस्तोमा यातायात सेवा उपलब्ध हुने थियो। पानीमा चल्ने यातायात अरूभन्दा कम खर्चालु हुन्छ।

नेपालका नेताहरू नेपालमा लोडसेडिङ गरी भारतमा बिजुली बेच्ने सपना देख्छन्। नेपालमा पर्याप्त बिजुली उत्पादन भए त्यसलाई भारतमा बेच्ने होइन, बरु नेपालमै चुनढुंगाबाट सिमेन्ट, जडीबुटीबाट औषधि उत्पादनआदिमा प्रयोग गरी आर्थिक विकास गर्नुपर्छ। सस्तोमा भारतलाई बिजुली बेचेर महंगोमा त्यहाँंबाट सिमेन्ट किन्नुपर्ने बाध्यताको कुचक्रबाट मुक्ति पाउनेतिर लाग्नुपर्छ।

तर संघीय व्यवस्था लागू भयो भने नेपालमा उत्पादन हुने बिजुली भारतमा बेचिने सम्भावना धेरै हुन्छ। किनभने जुन प्रदेशमा बिजुलीको उत्पादन बढी छ उसले आप\mनो बिजुली बढी मूल्यमा बेच्न खोज्छ। अहिले पनि हेर्ने हो भने नेपालको पश्चिमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी विद्युत उत्पादन हुने क्षेत्र हो। त्यहाँ हाल ३ सय मेगावाटभन्दा बढी जलविद्युत उत्पादन हुन्छ, तर खपत आधामात्र हुन्छ। त्यसपछि पूञ्वार्ंचल क्षेत्र पर्छ। यहाँ पौने ३ सय मेगावाट उत्पादन हुन्छ र लगभग सबै यहीँं खपत हुन्छ। मध्यामाञ्चलमा १४ मेगावाट मात्र उत्पादन हुन्छ तर उसको विद्युत उपभोग अरु सबैभन्दा बढी छ। यस्तो स्थितिमा पश्चिमाञ्चलमा पर्ने प्रदेशले आफूले तोकेको भाउ दिएमा मात्र पूर्वलाई बिजुली बेच्ने छ। पूर्वले भन्दा भारतले उसलाई बढी मोल दिन्छ भने उसले किन पूर्वलाई विद्युत् बेच्छ ? उसले त सिधै भारतलाई बेच्छ नि। भारतले दिने भाउ नेपालको भन्दा बढी पनि छ। र, अहिलेको चर्चाअनुसार संघीय व्यवस्थामा कुनै पनि प्रदेश आफूले उत्पादन गरेको बिजुली जहाँसुकै बेच्न स्वतन्त्र हुनेछ।

अहिले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्ने योजना भइरहेकोछ तर यो आयोजना स्थल ताम्सालिङ प्रान्तमा पर्छ। संघियतामा गएपछि त्यो प्रान्त पानी दिनै नमान्न सक्छ र दिनै परेपनि उच्च मूल्य मांग गर्न सक्छ। हाल सर्वसाधारणले खानेपानीको लागि तिरिरहेको मासिक ५० रुपियाँ त खानेपानीको व्यवस्थापन खर्च मात्रै हो। त्यसमा खानेपानीको मूल्य परेकै छैन। मेलम्चीबाट पानी ल्याउने हो भने ताम्सालिङले तोकेको भाउ नेवाः प्रदेशले तिर्नुपर्‍यो। के त्यो पैसा तिर्ने हैसियत नेवाः प्रदेशसँग छ ? नेवाः प्रदेशले नतिरे जसले तिर्छ उसैलाई पानी बेच्न ताम्सालिङ स्वतन्त्र हुनेछ। मेलम्ची अन्तै गयो भने नेवाः प्रदेशले के खाने ?

यस्तै नेपाल मण्डलामा जलविद्युत् उत्पादन हुन्न, र हुने सम्भाव्यता पनि छैन। नेपाल मण्डला छुट्टै प्रान्त घोषित भएका अवस्थामा यहांँका जनताले कि अंँध्यारोमा बस्न पर्‍यो हैन भने जलविद्युत् उत्पादन गर्ने छिमेकी प्रान्तबाट भनेको जति मूल्य तिरेर किन्नुपर्ने हुन्छ। डिजेल जेनरेटर राखेर विद्युत् उत्पादन गर्न सकिन्छ तर प्रति युनिट २० रुपैयाभन्दा बढी पर्ने हुन्छ। यति चर्को मूल्य तिर्न यहांका बासिन्दालाई धेरै गाह्रो पर्नेछ।

नेपाल जस्तो सानो देश संघीयतामा गएर सबल र सक्षम होला भन्ने लाग्दैन। भारतको एउटा प्रदेश नै सिंगो नेपालभन्दा धेरै ठूलो छ। तैपनि जलस्रोतको मामलामा भारतमा धेरै विवाद छन्। नेपालका प्रदेशहरू ससाना हुने भएकाले यहाँ जलस्रोतको विकास गर्न गार्‍हो हुन्छ। जलस्रोत अरू जस्तो स्रोत होइन। यसको प्रकृति फरक छ। कुनै पनि प्रदेश एक्लैले मात्र जलस्रोतको विकास गर्न सम्भव छैन। जंगलमा जडिबुटी उत्पादन गरी लाभ लिन सकिन्छ। जमीनमा राम्रो खेतीपाती गरी लाभ लिन सकिन्छ। तर जलस्रोतको उपयोग त्यसरी एक्लो रुपमा गर्न सकिँदैन। जलस्रोतको उपयोग गर्नु भनेको मुख्यतया विद्युत उत्पादन र सिँचाइमा प्रयोग गर्नु हो। यी दुवै कामको लागि बाँध बनाउनुपर्ने हुन्छ। बाँध बनाउँदा जहाँ बाँध बनाइएको हो त्यस वरपरका धेरै ठाउँ जलमग्न हुन पुग्छ। त्यहाँका स्थानीय जनता विस्थापित पनि हुनुपर्ने हुन्छ। बाँधभन्दा माथि अरूले नदीको पानी प्रयोग गर्न पाइँदैन। प्रयोग भयो भने बाँधमा पानी पुग्दैन र अर्थहिन हुन्छ। बाँधको पानीबाट बढी फाइदा लिने बाँधभन्दा मुनि बस्नेले हो। किनभने बाँधभन्दा माथि त सिँचाइ गर्न सकिँदैन। पानीको उपयोग गर्दा बाँध एक ठाउँमा बन्छ, डुबान र विस्थापित अर्को ठाउँमा हुन्छ र फाइदा अर्कै ठाउँलाई हुनपुग्छ। अहिले कल्पना गरिएको नेपालको संघीय व्यवस्थामा लिम्बुवानको भूमि डुबानमा पारी मधेशको भूमिमा सिंचाइ गर्न सकिएला त ? यो सम्भव हुने छैन। यसले गर्दा न लिम्बुवानमा बाँध बन्न सक्छ, न तराइको भूमि सिंचित हुन सक्छ। दुवै हुन नपा पछि कसरी हुन्छ जलस्रोतको विकास ? दुई प्रदेश बीचको असझदारीबाट तेस्रो शक्तिले फाइदा लिने खतरा त छँदैछ।

प्रदेशहरुको आपसी झैंझगडाले जलस्रोतको विकास हुन पाएन भने त्यसले सिंगो देशकै विकासलाई अवरुद्ध पार्नेछ। यस्तो अवस्था आउन नदिने उपाय जलस्रोत जस्तो क्षेत्रलाई सिधै केन्द्रको मातहतमा राख्नु हो। त्यसो भएमात्रै केन्द्रले सबै प्रदेशलाई मिलाएर जलस्रोतको सामूहिक विकास गर्न सक्छ। अहिलेको अवस्थामा नेपालका विभिन्न जातीय समुदाय र तिनको नामले बन्न लागेका प्रदेशले यो अवधारणालाई स्वीकार्ने सम्भावना कमै छ। नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धि नम्बर १६९ मा हस्ताक्षर गरिसकेको छ जसमा प्राकृतिक स्रोतको अधिकार आदिवासीमा निहित हुन्छ, केन्द्रमा हुँदैन भनेर लेखिएको छ। यस अभिसन्धिले जलस्रोतमाथिको अधिकार केन्द्रमा राख्ने अवधारणालाई निषेध गर्छ। जलस्रोतलाई केन्द्रको मातहत राखौं अन्तर्राष्ट्रिय सन्धि सम्झौता र आदिवासी अधिकारले नमिल्ने, प्रदेशको मातहत राखौं त्यसको उपयोग गर्न नसकिने। संघीय व्यवस्थामा जलस्रोत विकासका लागि यस्तो जटिल कठिनाइ देखा पर्नेछ।
यस्तो स्थितिमा संघीय प्रणालीभित्र जलस्रोतको विकास कसरी गर्ने, त्यस बारे छुट्टै ढंगले सोच्नुपर्ने देखिन्छ। अहिले चर्चामा आइरहेकै ढाँचाको संघीय व्यवस्था आउने हो भने त्यहाँ जलस्रोत विकासको कुनै सम्भावना देखिँदैन। जलस्रोत नै नेपालको प्रमुख स्रोत भएकोले यसको विकास नहुनु पूरा मुलुक कै विकास नहुनु हो। यो नेपालको लागि दुर्भाग्यपूर्ण हुनेछ।
लेखक जलस्रोत विश्लेषक हुन्।
अर्को समाचार
साना र मझौला आयोजना प्रदेश र स्थानीय तहबाटै
२२ फागुन २०७४
•
५ मिनेट पाठ
साना र मझौला आयोजना प्रदेश र स्थानीय तहबाटै
काठमाडौं – देश संघीयतामा गएसँगै जलस्रोत तथा ऊर्जा मन्त्रालयले मझौला तथा साना सिँचाइका आयोजना सञ्चालन नगर्ने भएको छ।

देशभरका अधिकांश आयोजना केन्द्रले नियन्त्रण राख्दै आएको बेला जलस्रोत तथा ऊर्जा र सिँचाइलाई मर्ज गरी बनाइएको जलस्रोत तथा ऊर्जा मन्त्रालयले अबदेखि साना तथा मझौला आयोजना सञ्चालन नगर्ने खाका तयार पारेको हो।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले हालका कार्यक्रमलाई केन्द्र तथा प्रदेश र स्थानीय तहलाई ५०–५० प्रतिशत बजेट र काम विभाजन हुने गरी खाका तयार पारिएको बताए । मन्त्रालयले तयार पारेको उक्त खाकालाई १–२ दिनमै नियुक्त हुने मन्त्रीले सदर गरेपछि कार्यान्वयनमा आउने बताइएको छ ।

तिवारीका अनुसार तराईमा १० देखि १५ हजार हेक्टर जमिनलाई सिँचाइ गर्ने क्षमताका आयोजना प्रदेश सरकारलाई र १० हजार हेक्टरभन्दा कम सिँचाइ गर्ने क्षमताका आयोजना स्थानीय सरकारलाई सञ्चालन गर्न दिइने योजना बनाइएको छ।

१५ हजार हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ गर्ने आयोजना मात्र केन्द्र सरकारले सञ्चालन गर्नुपर्ने मन्त्रालयको प्रस्ताव छ । पहाडी भेगका लागि भने तराईको भन्दा केही फरक हुने गरी खाका तयार पारिएको छ । पहाडी भेगका लागि तयार पारिएको खाकामा एक हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ गर्ने क्षमताका आयोजना केन्द्रले र ५० देखि एक हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउन सक्ने आयोजना प्रदेश तथा ५० हजार हेक्टरभन्दा कम जमिन सिँचित गर्ने आयोजना स्थानीय सरकारले सञ्चालन गर्नेछन्।

प्रदेश र स्थानीय सरकारले आयोजना सञ्चालन गर्न केन्द्रको मुख ताक्नु नपर्ने र डिजाइनदेखि सबै काम स्वतन्त्रपूर्वक सञ्चालन गर्न पाउनेछन् । जलस्रोत तथा ऊर्जा र सिँचाइ मन्त्रालय मर्ज भएपछि कुल बजेटमध्ये केन्द्रलाई ५० प्रतिशत र बाँकी ५० प्रतिशत बजेट प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने तयारी गरिएको छ।

केन्द्रलाई छुट्ट्याएर बचेको ५० प्रतिशत बजेटमध्ये ४० प्रतिशत प्रदेशलाई र १० प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने संयन्त्र विकास गर्नुपर्ने मन्त्रालयको खाकामा उल्लेख छ । सहसचिव तिवारीले मन्त्रालयले तयार पारेको खाकालाई मन्त्रिपरिषद्ले स्वीकृत गरिनसकेका कारण फेरबदल हुन सक्ने सम्भावना रहेको बताउँछन्।

चालु आर्थिक वर्षका लागि सिँचाइ मन्त्रालयको कुल बजेट २९ अर्ब रुपैयाँमध्ये स्थानीय तहले दुई अर्ब आठ करोड रुपैयाँ पाएको थियो । चालु आर्थिक वर्षका लागि बजेट ल्याउने बेला प्रदेश सरकारको ढाँचा तयार नभएका कारण प्रदेशमा सिँचाइ आयोजना सञ्चालन गर्न बजेट विनियोजन गरिएको थिएन।

मन्त्रालयले तयार पारेको खाका स्वीकृत भएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले गर्ने काममा प्रस्टता आउने अधिकारीहरूले अपेक्षा गरेका छन् । ‘कुन काम कसले गर्ने भन्न यकिन भएपछि एकातिर केन्द्रलाई लोड कम हुन्छ भने अर्कोतर्फ प्रदेश र स्थानीय सरकारले पनि काम पाउनेछन्,’ मन्त्रालयका अधिकारी भन्छन्, ‘त्यसपछि तीन तहबीच विवाद पनि आउने छैन।’

केन्द्रीकृत संरचनाबाट हुँदै आइरहेका कामको बाँडफाँटमा प्रस्टता नभए तीन तहबीच द्वन्द्व बढ्न सक्ने अनुमान गरिएको बेला मन्त्रालयले कामको यकिन बाँडफाँट गर्न खाका तयार पारेको हो । उक्त खाका कार्यान्वयनमा आएसँगै देशभर साना, ठूला सिँचाइका आयोजना धमाधम निर्माण हुने अपेक्षा गरिएको छ । नेपाललाई कृषिप्रधान देश भनिँदै आए पनि सिँचाइ सुविधा नहुँदा खेतीबाट किसानले राम्रो लाभ लिन सकेका छैनन् । सिँचाइको अभावमा कृषि पेसा निर्वाहमुखी मै सीमित हुन पुगेको छ । कृषिबाट आम्दानी लिन सकिने बनाउने हो भने बिदेसिने हजारौं युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने बताइन्छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस