तत्कालीन द्वन्द्वरत् पक्षबीच २०६३ सालमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएर सुरु भएको नेपालको संक्रमणकालीन न्याय प्रक्रिया अपुरै छ। न्याय, परिपूरण, दण्डहीनताको अन्त्य तथा कानुनी शासनको क्षेत्रमा ६ वर्षसम्म पनि आशातीत सफलता प्राप्त हुन सकेको छैन। द्वन्द्वपीडित नागरिकका पीडा-ब्यथा अझै उस्तै छन्।
विगतमा द्वन्द्वबाट गुजि्रएका मुलुकका अनुभवबाट प्रतिपादित द्वन्द्व रुपान्तरणका सिद्धान्त अबलम्वन गर्दै संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्यातउने काम हुनुपर्थ्यो। तर यही काम गर्न जिम्मेवार सरकार तथा राजनीतिक दलहरुको असंवेदनशीलता र इच्छाशक्तिको कमीका कारण नै शान्ति प्रक्रिया अलपत्र हुन पुगेको हो।
शान्ति सम्झौताले तय गरेका राजनीतिक मुद्दाहरुमा मात्र दलहरुको ध्यान गयो, जनताका जनजीविका तथा सामाजिक न्यायका मुद्दा दलका भाषण गर्ने मसलामात्र बने। द्वन्द्वपीडित समुदाय, मानव अधिकारकर्मी तथा नागरिक समाजबाट द्वन्द्वपीडितका न्याय तथा परिपूरणका मुद्दा उठाउने काम त भएका छन् तर राजनीतिक दलको मात्र नभएर मानव अधिकारकर्मी तथा द्वन्द्वपीडित समुदायबीच पनि संक्रमणकालीन न्यायको आफूअनुकूलको बुझाइ, व्याख्या तथा कार्यक्रमले गर्दा उनीहरुका मुद्दा समाधानबाट टाढा पुगेका छन्। साथै संक्रमणकालीन न्यायमा कार्यरत् केही संस्थाबाट द्वन्द्वपीडित समुदाय तथा संस्थाहरुले काखा र पाखाको व्यवहार झेलिरहेका छन्।
म्ाूलतः आफूलाई कानुनभन्दा माथि ठान्ने अहिले सत्तारुढ हुन पुगेको र हिजोको द्वन्द्वरत् दुवै पक्षका राजनीतिक दल अन्तर्राष्ट्रियरुपमा स्थापित मापदण्डबमोजिम संक्रमणकालीन न्याय संयन्त्र गठन भएमा त्यसको फन्दामा आफैं परिएला भन्ने डरमा छन्। पीडितलाई केही राहत बाँडेर विगतका घटना थामथुम पार्ने दाउमा उनीहरु छन्। पीडितका अगाडि पूर्ण माफीको पक्षमा आफू नरहेको बताउने गरे तापनि मेलमिलापका लागि भन्दै आममाफीकै बाटो पछ्याउनेमा उनीहरु छन्। त्यसैले संविधान सभा गठनपश्चात् गठित ४ वटै सरकार संक्रमणकालीन न्याय संयन्त्र गठनमा उदासिन रहँदै आए।
विस्तृत शान्ति सम्झौता र तत्पश्चात दलबीच सम्पन्न यावत् सम्झौताले राज्य वा विद्राही पक्षको पीडित नभनेर सशस्त्र द्वन्द्वमा मानव अधिकार हनन्का कारण पीडित नेपाली नागरिकको पीडालाई समानरुपमा आत्मसात गरेको छ। तर अझैसम्म पनि द्वन्द्वपीडितका आवाज प्राथमिकतासाथ सुनुवाई भएका छैनन्। द्वन्द्वपीडितका समस्या तथा चालिनुपर्ने कदमबारे अध्ययन गर्न हालैमात्र नेपाल आएका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका प्रतिनिधिहरुले यो समुदाय तथा संस्थाहरुसँग भेटघाट गर्दै आफ्नो समस्या समाधानका लागि अग्रसर भएकामा खुसी व्यक्त गरे। यसको अर्थ अहिलेसम्म यो विषयले महŒव नपाउनु पनि हो।
विस्तृत शान्ति सम्झौतापश्चात् तत्कालीन नेकपा माओवादीको केन्द्रीय नेतृत्वको अगुवाईमा द्वन्द्वमा मूलतः माओवादी सम्बद्ध बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्न दबाब दिने उद्देश्यले सैनिक मुख्यालय घेर्ने काम भएको थियो। सत्तामा गएपछि लडाकु व्यवस्थापनका मुद्दा निरन्तर जोडतोडका साथ उठ्यो। तर बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने कुरा प्राथमिकतामा परेन। त्यसो त उनीहरुमा हिजो आफूले गरेका जस्तोसुकै जघन्य अपराध पनि जायज भएको र राज्यतर्फबाट मात्र मानव अधिकार ज्यादति भएको भन्ने सोचाई पाइने गरेको छ। आफ्नो अनुकूलताका लागि न्यायालयको ढोका ढक्ढक्याउने, अन्तर्राष्ट्रिय समुदाय गुहार्ने, जेनेभा महासन्धिको कुरा पनि उठाउने तर आफूतर्फ औंला उठाइँदा सदैव अन्याय भएको र हस्तक्षेप भएको भनाइ माओवादी पक्षको रहँदै आएको छ। बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले सुनाएको सजायलाई समेत उसले अन्यायपूर्ण भन्दै आएको छ।
एमाओवादीका बाबुराम नेतृत्वको सरकारले विभिन्न व्यक्तिविरुद्ध दर्ता गरिएका आपराधिक मुद्दा पटकपटक फिर्ता गरेको छ। तर दुई वर्षअगाडि संसदमा पेश गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक यथाशक्य छिटो पारित गराई आयोगहरु ग्ाठन गर्नु साटो संसदबाट विधेयक फिर्ता गर्न लागिपर्योो। संविधान सभा विघटन भएपछि भने सरोकारवालासँग छलफलै नगरी माफी आयोग गठन गर्ने अध्यादेश जारी गर्न खोजेको जगजाहेरै छ। आन्तरिक शक्ति सन्तुलन तथा लेनदेन नमिलेर एनेकपा माओवादी फुटेपश्चात् भैरवनाथ गणमा ४९ जना नागरिक बेपत्ता पार्ने कार्यमा जिम्मेवार रहेको भन्दै छानबिन तथा कारबाहीको आवाज उठिरहेका राजु बस्नेतको बढुवासमेत यो सरकारले गर्योि। अनि माओवादी नेताहरु अग्नि सापकोटा, सूर्यमान दोङविरुद्धका मुद्दासमेत फिर्ता लियो। यसबाट सरकारी पारा प्रष्टिन्छ।
माओवादीपीडित नागरिकलाई ऊप्रति आक्रोश उठ्नु र राज्यबाट पीडितलाई सरकारी पक्षप्रति अविश्वास हुनु अस्वाभाविक होइन। तथापि एक अर्को पक्षलाई निषेध गर्नुको साटो सहअस्तित्व र सहकार्यको भावनाबमोजिम मात्र शान्ति प्रक्रिया अगाडि बढ्न सक्नेमा दुई मत छैन। हिजो राजनीतिको नाममा माओवादीले समाजमा हिंसा र आतंक सुरु गरेको यथार्थ हो। त्यस प्रकारका हिंसात्मक क्रियाकलाप तथा आपराधिक घटना नियन्त्रण गर्नु र जनधन सुरक्षाको आवश्यक प्रबन्ध गर्नु राज्यको दायित्व हुँदै हो। यिनै प्रयोजनका लागि बनाइएका कानुन तथा स्थापित मान्यताबमोजिम जिम्मेवारी बहनका सिलसिलामा राज्य पक्षबाट भएका कमजोरी सम्बन्धमा सम्बोधनको आवाज उठ्नु स्वाभाविक पनि हो।
बढुवा र मुद्दा फिर्ताविरुद्ध बालुवाटारअगाडि धर्ना कार्यक्रमसमेत भयो। यो कुनै व्यक्तिभन्दा पनि झ्याँगिंदै भएको दण्डहीनताको संस्कृतिविरुद्ध थियो। तर धर्नामा सरकार र विद्रोही पक्षका ज्यादतिका मुद्दा समानरुपले उठ्न सकेनन्। अर्कोतिर राजनीतिक नारा लाग्न थालेपछि धर्नामा ऐक्यबद्धता जनाउन आइपुगेका अन्य पीडित तथा मानव अधिकारकर्मी पाखा लागेका थिए। यस्तो अवस्थाले पीडितबीच नै पनि सहकार्यको अवस्था नरहेको देखियो। जुन सुखद् पक्ष थिएन।
एउटै पार्टीमा रहँदा बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्न र पीडितको न्याय सम्बन्धमा खास प्रगति गर्न नसकेकामा अहिले नयाँ नाममा आएको माओवादीसमेत उत्तिकै जिम्मेवार छ। हिंसात्मक राजनीति सर्वथा अस्वीकार्य भएको सन्दर्भमा फेरि सशस्त्र युद्धको धम्की दिइरहेको यो माओवादी सम्बद्ध नेताहरुले उठाउने विगतका मानव अधिकार हनन्का घटनाको न्यायिक सम्बोधनका मुद्दा कति विश्वसनीय छन् भन्ने शंकासमेत उब्जिएको छ। ज्ासले गरेको भए पनि गम्भीर मानव अधिकार हनन् दण्डनीय अपराध नै हो। सबै पीडितका लागि अफ्नो पीडा सय प्रतिशत नै हो। तसर्थ समान मापदण्डका आधारमा न्याय, परिपूरण, दण्डहीनता अन्त्य र विधिको शासन स्थापनाका लागि पीडितजनलगायत् सरोकारवालाबीच सहकार्य गर्दै राज्य र दललाई दबाब दिनुपर्छ।