एनजीओ र डलर खेती
१९ कार्तिक २०६९
•
१२ मिनेट पाठ
एनजीओ र डलर खेती
लामो समय पछिको भेटमा क श्रेणीको प्रख्यात बैंकमा उच्च ओहोदामा कार्यरत मेरा एक मित्रले मिलेर एउटा गैर सरकारी संस्था (एनजीओ) बनाउने प्रस्ताव गरे। ब्यापारिक बैकको ब्यवस्थापन क्षेत्रमा कार्यरत मित्रको उक्त प्रस्ताव सुनेर म खुसी भए। लाग्यो उनलाई अव सबै कार्य छोडेर समाज सेवामा समर्पित हुने इच्छा जागेछ। तर, कुरागर्दै जा"दा थाहा भयो उनलाई बंैकको तलब तथा सुविधाहरु अपर्याप्त भएकोले एनजीओप्रति आर्कषण बढेको रहेछ। तिनको विचारमा एनजीओमा काम गर्ने भनेको डलरको खेती हो। थोरै परिश्रममा धेरै आय हुने र त्यो पनि डलरमा। त्यसकारण उनलाई बैंकिङ् ब्यवसायभन्दा यो ब्यवसाय बढी लाभप्रद हुने लागेको रहेछ।
हाम्रो मुलुकमा थुप्रै अन्तराष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ) रहेका छन्। ती संस्थामा काम गर्नेमध्ये धेरैले निलो नम्बर प्लेट भएको गाडीहरु आफना ठूला-ठूला घर अगाडि सजाएर राखेको देखिन्छ। त्यस्ता गाडीमा विदेशीदेखी स्वदेशीसम्म सवै सवार भएको देखिन्छ । उनीहरुलाई तलब र भत्ताको थुप्रो त्यो पनि डलरमा प्राप्त हुन्छ भन्ने विश्वास सबैमा छ। दुई पक्षीय हुन् वा बहुपक्षीय - सबै सहयोग नियोगहरुले सरकारलाई भन्दा बढी आइएनजीओलाई विश्वास गर्न थालेको भान पर्न थालेको छ। त्यसकारण राम्रो र आकर्षक एनजीओ बनाएर उनीहरुसँग आवद्ध भई काम गर्न पाए डलर फल्ने भईहाल्यो ।

यस प्रसंगमा हामीलाई थाहा नभएका थुप्रै तथ्यहरु छन्। किनभने, वास्तविकता प्रकाशमा आउदैन्। जस्तै यो मुलुकमा कति आइएनजीओ कार्यरत छन? समाज कल्याण परिषदसँग आवद्ध भएका आईएनजीओ २०७ मात्र हुन् । त्यसमध्ये ६१ वटा संस्थाहरुमा नेपाली नाम भएका व्यक्तिहरु प्रमुख भएकोसम्म पहिल्याउन सकिन्छ। तर, ती संस्थाहरुमा कति नेपाली नागरिकहरुले रोजगारी पाएका छन् त्यो कमैलाइ मात्र थाहा होला। सबैभन्दा महत्वपूर्ण पक्ष तिनले हाम्रो मुलुकमा कति डलर भित्रयाउछन् भन्ने हो। कति रकम दातृृ संस्थाहरुबाट संकलन गर्दछन र कति आफैले आन्तरिक श्रोतबाट जुटाउ"छन? यसबारे अन्दाज गर्नेे आधार समेत पनि हामीसँग छैन। तथ्य थाहा हुने त प्रश्न नै भएन। अर्थात हाम्रो मुलुकमा आइएनजीओेवारे गरिने धेरै कुराकानी हल्लामा आधारित छन्। तथ्य कसैलाई थाहा हु"दैन।

स्वदेशी एनजीओहरुको बस्तुस्थिति त झनै अन्योलपूर्ण छ। २०६७ सालसम्म समाज कल्याण परिषदमा दर्ता भएका संस्थाहरुको संख्या तीस हजार दुई सय ८४ भएको पाईन्छ। त्यसपछिको दुई बर्षभन्दा लामो अवधिमा कति थपिए? त्यसको लेखा जोखा प्राप्त छैन। तीमध्ये कति सकृय छन र कति निष्कृय? त्यो तथ्यांक पनि पाइदैन। समाज कल्याण परिषदमा दर्ता नभएका तर अन्य निकायहरु जस्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कति छन कति! अनि कतै पनि दर्ता नभएका तर सकृय भएर कार्यरत रहेकाहरूको त लेखा जोखा हुने कुरै भएन।

समाज कल्याण परिषदले स्थानिय एनजीओहरुलाई दश किसिमको कार्य विभाजन गरेको छ जस अनुसार सवैभन्दा बढी सामुदायिक तथा ग्रामिण विकास कार्यमा आठ हजार छ सय २५ संस्था उन्मुख भएको पाइन्छ भने सबैभन्दा थोरै ८८ चाही एचआइभी एडसमा। शिक्षामा ४ सय ९२ अपाङ्गमा ५ सय ९७, स्वास्थ्यमा ७ सय ३ वटा कार्यक्रमहरु संचालनमा छन्। यसबाट हाम्रा गैरसरकारी संस्थाहरु सामाजिक क्षेत्रमा कति आर्कषित छन् भन्ने प्रष्ट हुन्छ। यो तथ्यांकबाट कति संस्थाहरु एक भन्दा बढी काममा संलग्न छन् भन्ने थाहा पाउन सकिदैन। जस्तै ग्रामिण विकास कार्यभित्र शिक्षा, स्वास्थ, खानेपानी पर्दछन। त्यसको उल्लेख छैन यसमा। त्यसकारण यो तथ्यांकको आधारमा कुनै निचोड निकाली हाल्नु कठिन छ ।

आइएनजीओहरुको कार्य क्षेत्र विस्तारलाई सतहबाट नै हेर्ने हो भने पनि स्थिति उदेक लाग्दो पाइन्छ। किन कि ठूला ठूला आईएनजीओहरु मुलुकको अन्तर कुन्तरमा पुगेका छन् आफनै 'नेटवर्क'मार्फत। वैदेशिक संस्थाले स्थानीय संस्थालाई सहयोगी बनाउनुपर्नेे वाध्यात्मक नियम पनि छ। तर, ब्यवहारमा मुलुकभरि जाल फैलाउन सफल अन्तर्राष्ट्रिय संस्थाहरुलाई त्यस्ता नियमले कुनै बन्देज लगाउदैन। उनीहरुको कार्यक्रमका विषयमा केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी निकायहरु अनभिज्ञ नै हुन्छन । यस्ता अन्तर्राष्ट्रिय संस्थाहरू आफनै सुरमा आफनै योजना मुताविक कार्यरत हुन्छन्। तिनले के गरिरहेका छन्? किन गरिरहेका छन्? त्यसको अनुगमन, लेखाजोखा वा नियन्त्रण कतैबाट पनि हुँदैन। छोटकरीमा भन्नु पर्दा न स्रोतको एकीन गर्न सकिने आधार छ न उनीहरुमार्फत भित्रिएर परिचालित भएका स्रोतको हिसाब किताब नै पाइन्छ। न त कति नेपालीले रोजगारी पाएका छन त्यसको एकीन गर्न नै सकिन्छ। उनीहरुको कार्यसिमा र क्षेत्रको विषयमा जानकारी पाउनु त टाढाकै कुरा भयो।

बढी सुविधा र आयको पछाडी दगुर्नु त मानिसको स्वभाव नै हो। आइएनजीओहरुले सुविधा र आयका अतिरिक्त अन्य अवसरहरु पनि प्रदान गर्दछन। धेरै नेपाली विश्वको कुना कन्दरामा पुगेका आइएनजीओहरुमा कार्यरत छन्। केहीले आइएनजीओको ब्यवस्थापन गर्ने जिम्मेवारी पनि पाएका छन। केहीले संयुक्त राष्ट्रसंघ (यूएन)जस्ता संस्थामा कार्यरत हुने अवसर पाएका छन्। त्यस अर्थमा आइएनजीओ ब्यक्तिको उन्नतिका लागि भर्या ङ समेत बन्न सकेको छ। यसैले धेरै विद्यार्थीहरु आइएनजीओमा काम गर्ने आफनो इच्छा भएको बताउछन्। समस्या चाहिं आइएनजीओतर्फ जति-जति आकर्षण बढन थालेको छ त्यति त्यति मुलुकमा दक्ष जनशक्तिको अभाव पनि बढ्न थालेको छ।

त्यसो त, स्थानीय एनजीओहरुको निमित्त पनि समाज कल्याण परिषदले आचार संहिता बनाएको छ। तर, त्यसको पालना गर्ने संस्थाहरु कति छन् त्यो कसैलाई पनि थाहा छैन। उनीहरुको आम्दानी र खर्चको 'अडिट' गर्नुपर्ने प्रावधान छ। तर, यो औपचारिकतामा मात्र सीमित छ। आन्तरिक स्रोत परिचालन गरेर संचालनमा रहेकाभन्दा विदेशी स्रोतको आधारमा संचालित संस्था अत्याधिक छन्। विदेशी स्रोत पाउ"ला भन्ने आशाले वनेका संस्था त झन कति छन कति। थुप्रै एनजीओ पारिवारिक पेशा बन्न पुगेका छन। श्रीमान अध्यक्ष, श्रीमती कार्यकारी निर्देशक, छोरा एकाउण्टेण्ट हुनु अनौठो होइन। एउटै परिवारका सदस्यहरुको नाममा गठन भएका विभिन्न संस्थाहरु पनि हुन्छन्। अनि अध्यक्ष नै त्यसको कार्यकर्ता समेत भएर हाली मुहाली गर्ने पनि छन्। यस्ता संस्थामा कसले तलब भत्ता पाउने र कसले नपाउने भन्ने प्रावधान कागजमा मात्र सीमित छ।

आइएनजीओ भन्दा एनजीओको भूमिका ठूलो छ। हाम्रो जस्तो मुलुक, जहाँ प्रशासनयन्त्र फितलो छ, यी संस्था नभएको भए अहिले जनताले जे जति सुविधा पाएका छन त्यो पनि किमार्थ पाउने थिएनन् भनेर ठोकुवा गर्न सकिन्छ। मुलुकमा जागरण र चेतनाको जुन लहर फैलिएको छ त्यसमा पनि यी संस्थाहरुको ठूलो भूमिका छ। बास्तवमा दोस्रो जन-आन्दोलनको उभार र सफलताको पछाडी एनजीओको ठूलो भूमिका थियो। यी संस्थाहरुले अझै योगदान गर्न सक्तछन भन्ने पनि सत्य हो। प्रश्न यी संस्थाहरुलाई कसरी अझै प्रभावकारी र उत्तरदायी बनाउने र कसरी सरकारी निकायको भूमिकालाई न्यूनिकरण नगरी यी संस्थाहरुलाई कार्यरत हुन दिने भन्ने हो।

देखा परेका थुप्रै विकृतिहरु पन्छाउने नियम र निकाय पनि हामी कहाँ नभएको होइन। केवल तिनलाई अनिवार्य अवलम्वन गर्नुपर्ने तथ्यलाई नजरअन्दाज गरिएकोले स्थिति जटिल बन्दै गएको हो। राष्ट्रिय योजना आयोगले गैर सरकारी संस्थाहरु कार्यरत हुनुपर्ने भौगोलिक क्षेत्र तथा कार्यक्रमहरुको सीमा तोकी दिने हो र समाज कल्याण परिषदले त्यसको अनुगमन गरिदिने हो भने डलर खेतीको भ्रम घटने थियो र मुलुकले यी संस्थाहरुबाट धेरै फाइदा पाउने थियो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस