शिक्षा कस्तो चाहिने भन्ने कुरा राजनीतिले निर्धारण गर्दछ। राजनीतिक चेतनाको स्तर जुन किसिमले विकसित भएको छ त्यसै किसिमको प्रतिविम्व शिक्षा नीतिमा झल्कन्छ। हामी शिक्षामा राजनीति वढी भयो भन्ने गरेका छौ।
तर, त्यही राजनीतिले डोर्याछएको शिक्षा नीति भएकाले शिक्षालाई राजनीतिवाट कसरी अलग राख्न सकिएला र? हुन त शिक्षाले ज्ञान शक्ति र सशक्तिकरणसँग सरोकार राख्छ। राजनीति पनि शक्ति र सशक्तिकरणवाट अलग्गिन सक्दैन। त्यसैले पनि हाम्रो वहसमा राजनीतिक नेतृत्वका कुराले वढी महत्व पाउँछ। हामीले वारम्वार भन्ने गरेका छौ, मुलुकले अपेक्षा गरे अनुसारको नेतृत्व पाउन सकेका छैन।
असल नेतृत्व विकासको सुरुवात विद्यालय तहबाटै प्रारम्भ हुनुपर्दछ। विद्यालयमा एउटै उमेर र स्तरका केटाकेटीमा तिनले पाएको एउटै अवसर र शिक्षा प्रदान गर्दा पनि तिनको रुचि क्षमता आदिमा भिन्नता हुन सक्छ र त्यहाँ एउटै स्तर र क्षमताको उत्पादन हुँदैन। समाजमा विभिन्न सोच र विचारका मानिस हुन्छन्। एकले अर्काको विचार कदर गर्न जान्नुपर्छ भन्ने शिक्षा दिनु जरुरी छ। सायद, फरक-फरक दृष्टिकोणलाई स्वीकार गर्ने आदतको कमीले गर्दा नै समाजमा विद्यमान विविधताप्रतिको एकताको भावना वढाउन असजिलो पर्दे आएको हो। अहिले समाजमा साझा भावनाप्रति खेडेरी पर्न लागेको छ। नेपालको सन्दर्भमा सयौं बर्षदेखि विविध जातिहरुवीचमा साझा भाषा, साझा संस्कृति, मिलिजुली वसोवासको आत्मीय भावना रहदै आएको पाइन्छ। यसो हुँदा हुँदै पनि विगत केही वर्षयता नेपाली समाजको साझा विशेषताहरु छिन्नभिन्न पार्ने प्रयास हुन थालेका छन्। शिक्षकले राम्रा नेताहरुका बारेमा आफ्ना विद्यार्थीलाई जानकारी दिनु सकारात्मक पक्ष हुनेछ।
केवल पाठयपुस्तकमा लेखिएका विषय वस्तुमा सीमित रही विद्यार्थीलाई पढाउने प्रचलनले जरा गाडेको छ। सिर्जनात्मक र समिक्षात्मक तरिकाले सोच्ने र विश्लेषण गर्ने विद्यार्थी र शिक्षक दुवैमा कमी छ। यसो भएमा सैद्धान्तिक ज्ञान भएर पनि व्यवहारमा आत्मसात गर्न नसक्दा नै आजको जस्तो नेतृत्व वर्ग उत्पादन हुन गएका हुन्। हामीले अझै पनि शिक्षालाई विद्यार्थीको नेतृत्व क्षमता विकास गराउन सक्ने आँखाले हेर्ने गरेका छैनौं। विद्यालय भन्ने वित्तिकै तोकिएको संरचना र सीमित-पाठयक्रममा रहने बुझ्दैछौ। र, हाम्रो शिक्षालाई यही सन्दर्भ र परिप्रेक्ष्ययमा अडकाउने काम गर्यौव जसले गर्दा शिक्षा व्यापक र समय सार्न्दभिक बन्न सकेन। शिक्षाको अभिन्न अंगको रुपमा रही नागरिक शिक्षाले नेतृत्व विकासका लागि सामाजिकीकरणको प्रकृयामा अग्रसर गराउन सकिने कुरालाई अझै अंगीकार गर्न सकिएको छैन। वास्तवमा नागरिक शिक्षाले विद्यालयलाई समाजकै एउटा अंगको रुपमा स्वीकारेको छ। समाजका हरेक पक्षले वालवालिकाको सर्वाङ्गीण विकासको पक्षमा ध्यान पुर्यागएको हुन्छ। यसका लागि विद्यार्थीहरुवीच सहकार्य गर्ने क्रियाकलाप वढाउनुपर्दछ। विद्यालयभित्रका नियम र योजना वनाउदा विद्यार्थीको पूर्ण सहभागिता र सहमतिमा वनाउनुपर्दछ। उनीहरुलाई आफ्नो भावना अभिव्यक्त गर्ने वातावरण दिनुपर्दछ। शिक्षकले ठीक वा वेठीकका नाममा आफ्नो विचार विद्यार्थीमाथि लादन खोज्नुहुँदैन।
नेतृत्वको आधारभूत तत्वका रुपमा सामुहिकता र सामाजिक प्रक्रियालाई लिइने हुदा विद्यार्थीको समूहभित्रको अन्तरक्रियाबाट नै तिनका क्षमता र कमजोरी पत्ता लाग्ने र यसैका आधारमा विद्यार्थीले समस्या पहिल्याउने, विश्लेषण गर्ने, विकल्पको खोजी गर्ने र रणनीति तयार गर्ने जस्ता गुणहरु विकास गराउने हो। सामाजिक सीपविना नेतृत्व विकास हुन नसक्ने हुँदा सामाजिक सीप विकास गराउनमा विद्यालय निरन्तर उद्यत रहनुपर्दछ। विद्यार्थीले कक्षा कोठा लगायत हरेक क्षेत्रमा आफूले नवुझेका कुरा स्वीकारी बुझ्ने प्रयत्न गर्नुका साथै सहकार्यमा अग्रसर भई सामाजिक सीप उन्मूख वन्नुपर्दछ। हरेक वालवालिकालाई विद्यालयका प्राराम्भिक दिनहरु देखिनै उचित अवसर दिएर नेतृत्व क्षमता विकास गराउन सकिन्छ।
हरेक राष्ट्रको भविष्यमा राम्रो नेता, प्रशासक, व्यवस्थापक, डाक्टर र इन्जिनियर सबैको उत्पादन गर्ने कारखाना भनेको विद्यालय नै हो। सबेैको सफल जीवन जिउने सीप सिकाउने थलो पनि यही हो। तर, हालको हाम्रो शिक्षा अव्यवस्थित भएकाले भोलिको पिढीसमेतलाई प्रतिकूल असर पारिहरेको छ। नागरिक शिक्षा यस्तो शिक्षा हो जसले हरेक नागरिकलाई संवैधानिक व्यवस्था लोकतान्त्रिक समाज, आधारभुत मानवीय मूल्य मान्यताका अवधारणाबारे यथेष्ठ ज्ञान दिलाउदछ। नागरिकमा सीप, ज्ञान विवेक वुद्धि आचरणको वृद्धि गराउदै लोकतान्त्रिक संस्था, सिद्धान्त र सरकारका क्रियाकलापका सम्वन्धमा अध्ययन गराउने नागरिक शिक्षाले नै हो।
हाम्रो देशमा नागरिक शिक्षाको कमीले गर्दा प्राय नेताहरु भीडका नेता भएका छन्। भीडले जे भन्यो त्यही गर्दछन। त्यहाँ विवेक वुद्धि प्रयोग हुदैन। सस्तो लोकप्रियता, क्षणिक स्वार्थ र शक्ति हात लगाउन जे पनि गर्ने भएका छन्। यसलाई सुधार्न सामाजिकीकरणको प्रक्रियालाई निरन्तरता प्रदान गरी समय सापेक्ष ढंगले नागरिक शिक्षा परिमार्जन गरी विद्यालय शिक्षादेखि उच्च शिक्षा तहसम्म लागु गर्नुपर्दछ। सही नागरिक शिक्षाको अभावमा मानिसलाई अधिकार र कर्तव्यबारे ज्ञान हुदैन। नागरिक शिक्षाले नागरिकलाई दायित्व वोध गराउनुका साथै आफ्नो अधिकारको उपयोग गर्न र अरुलाई पनि कर्तव्य पालना गराउन उत्पे्ररित गराउछ। यसले एकले अर्काप्रति आदर गर्न सिकाउछ। अधिकारको सीमा के कति छ भन्ने पनि ज्ञान दिलाउनुका साथै नागरिक शिक्षा प्राप्त व्यक्ति सबैको भलो हुने कार्य तर्फ अग्रसर वन्न सिकाउँछ।